गजल


भुपेन्द्र महत

सिनोमै अडकिदो रछ गिद्धहरुका आँखा
भन्किनु के अचम्म भो र फोहोरमा माखा

लालिगुरास नफुलेको खाली सिउदो छामी
बारुद बिझेर रोइराछ उजाड त्यो पाखा

सदभाबको बिउ थियो कि आगोको घिउ
अतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखा

बली बली आयो कि कली,छली कै ढलिमली
निर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखा

चिसो चुलो धुवाउनु नधुवाउनु के भो र
हुनेकै बैभब नहुनेलाई को भन्छ ला खा

पाँच हाइकु


टंक वनेम
१. सपना ।
एउटा बिहानले खोसेर लग्ने
निन्द्राको जादुमय तश्विर ।

२. निस्ठुरी मन ।
बेत्रावतिको कलकल ध्वानीमा
गीत नगाउँने मान्छे ।

३. पहिलो हुने रहर ।
शारदीय घामको बैँसमा
खरायो दौड ।
४. संम्बन्ध ।
टेलिफोन साइनो
लङ सिन्सको धुन ।

५. सत्ता मोह ।
सिनो खान पल्केको
बूढो गिद्ध ।

गजल


आचार्य प्रभा

भएभर को बल्बुत्ता ले मेरो खुट्टा तान्न खोज्यौ
ठुलै अपराधी ठानी मलाई कैदिलाई झै बान्न खोज्यौ

मन मा त्यस्तो जलन रैछ् मुखले भने भै हाल्थ्यो
तर किन ? निशाना बनाइ तीखो बाण ले हान्न खोज्यौ

अन्जानमा जस्को पनि भुल भन्ने हुन सक्छ
त्यस्तो खोट के थियो ? मन मा अहिले शत्रु मान्न खोज्यौ

एकै पल टाढा हुँदा ठुलै अभाव महसुश गर्थ्यौ
अहिले नजिक हुँदा पनि टाढाको झै ठान्न थाल्यौ

(बोल्डर कोलोराडो )

गजल


भुपेन्द्र महत

साझको बेला हाबा मन्द मन्द थियो
उन्को केश खेल्दै हाबा बुलन्द थियो

मादक हेराइ पोखियो सुस्त सुस्त
आहा!त्यो क्षण कती आनन्द थियो

मधुर मुस्कान सजियो ओठभरी
लागथ्यो हासोमा पनि छन्द थियो

प्रकृतिको अनुपम स्रीजना कस्तो
उड्यो मन फर्कन बाटो बन्द थियो

नजिक के बढेथे उनी बाटो लगिन
हाबामा अझै नि उन्को सुगन्ध थियो

कोलोराडो ,अमेरिका

नेपाली भुमिमा राष्ट्रपतिको पद

छक्कु उदासी

राष्ट्रपतिको पद भुईमा नभाडोमा होला जस्तो
काम छैन काज छैन खाने बेला लाज छैन जस्तो

कसैलाई केटाकेटीले खेलाउने खेलौना जस्तो
कसैलाई आकासको फल आखा तिरी मर जस्तो

खै कस्तो कस्तो नेपालको राष्ट्रपतिको पद
आज यस्तै भोलि त्यस्तै र पर्सि पनि उस्तै

धेरै भो काने खुसी सल्लै सल्लाह र हल्लै हल्ला
राष्ट्रपतिको पद हुन बेर छैन खरानीको डल्ला

पक्कै हैन होला हुदै हैन होला राष्ट्र पतिको पद
मन्दिरमा बलिदिदा बोकाको टाउको जस्तो

सत्यनारायण पुजामा टपरिको दक्षिणा जस्तो
दुध नदिने गाई बैचेर दुधालु भैंसी किने जस्तो

साच्चै हैन होला नी धिउले तेल साते जस्तो
खै कस्तो कस्तो अहिलेको राष्ट्रपतिको पद

मुखैमा हालेको तातो दुध निल्नु नवाक्कु जस्तो
दिन भरिको सिकार कान्छा बाउको हनुहार जस्तो

खुत्याउन नसकेको निको नहुने पुरानो रोग जस्तो
मन सिलाउने सिपालु सुचिकार अन्दा धुन्दा खोजे जस्तो
चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पेटोको बिड भन्दा सस्तो

जापान

गजल


आचार्य प्रभा

दु:खको भुमरी मन्डराए संगै आसुँ झारौला
पीर, ब्यथा भए पनि हासेर संगै टारौला

संघर्ष हो जीवन बुझे पछी बाँच्न गाह्रो मान्नु हुन्न
मरुभूमी झै हाम्रो छातीमा हिम्मत् को बीज सारौला

सहज जीवन कसैको हुन्न बाधा अड्चन सबैको हुन्छं
हार, जीत को बाजिमा दु:खलाई सागर तारौला

मनमा आखिर जे नै होस् बाहिरी संसार हसौला
आँधी र कुहिरोले छोपे पनि मुहार उज्यालो पारौला

सपथ

लघुकथा
शिव प्रकाश
एककान दूइकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको ।
अहिले के छैन उनीसँग ! श्रीमतिका नाउँमा आलिसानको बङ्गला । सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा । घरमा महँगो गाडी पार्क गरेर राखेको छ । परिवारलाई सरकारी सुविधाका गाडीहरु उपलव्ध छन् । छोराको चुरीफूरी र मैमत्तता निकै बढेको छ । वैंक व्यालेन्स टन्न छ । हिजोको ख्याउटे मास्टरको जीउडाल मन्त्रीभएपछि भ्यागुते भएको छ । यो देखेर टोल छरछिमेक र गाउँबाट मन्त्री भेट्न आउनेहरु सबै छक्क पर्छन् ।
धेरैको मनमा लाग्छ सबै काम छोडेर राजनीतिमा लाग्नु पर्ने रहेछ । कमालको पेशा रातारात लामाल ! अरु त अरु आफ्नै श्रीमती पनि छक्क परेकिछिन् आफ्नो लोग्ने मन्त्री भएदेखिको उत्पात देखेर । गाउँमा मास्टरनी नानी भनेर चिनिने सीदासादा स्वास्नीमान्छे बेलाबेला रेडियो, टिभी र अखबारमा आएका समाचारले झस्किन्छिन् पनि । कतै यस्तै हुने त होइन ! त्यसलाई उनी दूर्दशा ठान्छिन ।
टोलछिमेकमा चर्चापरिचर्चा बढी नै हुन थाल्यो मन्त्रीज्यूको बद्लदो र उर्लदो जीवनशैलीप्रति ।
मन्त्राणीका कानमा पनि गाँइगुँइ पर्न थाल्यो आफ्नो लोग्नेका बारेमा चलेको चर्चा परिचर्चा । हुन त उनले पहिलेदेखि नै लाग्नेलाई लागार्थिन र बेलाबेलामा सोध्ने गर्थिन " हैन कहाँबाट आउँछ रातारात मुठाका मुठा ! अति गर्नु तर अतिसारो गर्नु त राम्रो हुदैन नि भोली फन्दामा परिएला ! भन्नेबेलामा देशर जनताको निस्वार्थ सेवा गछू भन्ने गर्ने बेलामा रातारात यस्तो लुटपात गर्ने ।"
मन्त्रीज्यू उल्टो लघार्थे "नकरा तँ । म के गर्दैछु मलाइ थाह छ । ममात्र मंगलग्रहबाट आएको हु र ! तँ गोज्याङ्री यस्ता कुराहरु बुझि्दनस् चुपलाग ।"
भोलीपल्ट अचानक मन्त्रीमण्डल विघटन भयो । विघटित मन्त्रीमण्डलका सदस्यहरुको सम्पत्ति छानविन अख्तियारले गर्ने समाचारसँग भ्रष्टाचारमा यीनै मन्त्रीको नाउँ सबैभन्दा पहिलो नम्बरमा आयो ।
मन्त्राणी अत्तालिदै मन्त्रीलाई सुनाउन आइन - "मैले त भनेको हो नि उ अब अख्तियारले समाउने भयो । अब कसरी मुख देखाउनु यो समाजमा । जति सोधे नि कहिल्यै भन्नु भएन । मसँगै लुकाउनु भो । जति कराए नि कहिल्यै मान्नु भएन । अब के गर्ने हे भगवान् !"
श्रीमतीको अत्याहटबाट अलिकति पनि विचलित नभइ मन्त्रीले गम्भीर र शान्त मुद्रामा जवाफ दिए - "नकारा केही हुदैन । यस्ता समाचार त मन्त्रीमण्डल परिवर्तन हुदैपिच्छे सधैं आउछन् अलिपछि आफैं हराउँछन् । बाँकी रहृयो मैले तँलाईसमेत नभन्नुको कारण चाँही मन्त्री हुँदा पद तथा गोपनियताको सपथ खाएको हुनाले मैले आफनै श्रीमतीसँग समेत पद अनुरुपको गोपनीयता भंग नगरेर इमान्दारीता निभाएको हु ।"

बोस्टन, अमेरिका ।

हिडेर कहिले


दिलिप योन्जन

हिडेर कहिले, छुइएन छितिज, यात्रा भो अधुरो
आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।
भाग्यमा नभै, खोजेर मात्रै, पाइएन केही पनी
आखाको सामु, पराए भयो, चाहेको माया नि

च्यातिन्दै गयो,बिस्वासको पाना,जिबन भो
धुरोआसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।
एक्लो जिबन, एक्लो यात्रा, चल्छर कति दिन
बैसाखे हुरीमा,आसाको दियो, बल्छर कति छिन

मेटाई छाडी, हिडेको पाइला, यात्रा भो अधुरो
आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।

Austin USA

रुख ढलेको छैन


केदार सँङ्केत

इतिहासको पाना पल्टाएर
एकथरीले लेखे / भने
उहिले उहिले
सवैल हाम्रो गाँउमा रुख मौलाएको कुरा
दरो जरा गाडेको कुरा
त्यो रुखको बिगतका हांगाहरुबाट
अमृत फल फल्दै गर्दा
पटक पटक
बिसाक्त फल फलेको कुरा
भाच्चिएको र लछारिएको र पछारिएको
तर कहिल्लै जरा नउखेलिएको कुरा
अर्थात काटेर नफालिएको कुरा ।
अर्का थरीले लेखे / भने
हेक्का राखेस्
रुख ढलेको छैन
रुख उखेलिएको छैन
- मात्र पात झरेको छ
- मात्र फल कुहिएको छ
- मात्र केही हांगाहरु लछारिएका छन्
यदि रुख ढलेको भए
रुखको जराहरु पनि उखेलिनु पर्ने हो
त्यो भएको छैन
गाउलेहरु यस्तै भन्छन्
गणतन्त्रले मात्र हाम्रा गांउमा
नयां मुजुरामए रुख
के रोपिन्थ्यो र ??
किनकि यहा
एउटा रुख ढलेपनि
अरु थुप्रै बुढोरुखहरु ढलेकै छैनन् ।

अभियान


टंक सम्वाहाम्फे

हामी अहिले अभियानमा छौ
कसैलाई थाहा होला
कसैलाई नहोला
के कस्तो अभियानमा छौ भनेर
तर हरेक मान्छे
कुन न कुनै अभियानमा
जुटी रहेकै हुन्छ
अभियान
वास्तवमा संकल्पको यात्रा हो
विश्वासको गोरेटो हो
कसैले नगरेको हुन सक्छ
संकल्प
कसैले नवुझेको हुनसक्छ
दायित्व
तर त्यसले जिवन पाए पछि
स्वतह अभियानमा
सम्मिलीत भै सकेको हुन्छ
कसैलाई व्यस्तताले
थाहा नहोला
कसैलाई वास्तै नहोला
कि जिवन
कुन अभियानमा छ भनेर
तर जव हामी अभियान छौ भनेर
थाहा पाउछौ
तव संकल्पको शुरुआत भैहाल्छ
जिवन यात्राको
अनेकौ मोडहरुमा
आट भरोसाहरु वाधेर
संकल्पले वाधिदा
दायित्व आफै वढीदिन्छ
उत्साह आफै जन्मीदिन्छ
अथवा अभियानले
अभियानको सुरुआत गरीदिन्छ
किनभने संकल्प छैन भने
दायित्व पनि हुदैन
दायित्व र संकल्प नै छैन भने
जिवनै हुदैन
त्यसैले हरेक मानिससंग
संकल्प हुन्छ
र संकल्पसंग सपनाहरु हुन्छन्
कसैलाई लाग्दो हो
अभियान नचलाए पनि
जिवन चलिरहन्छ
तर त्यसलाई त्यहि कुरा
थाहा नभएको हुन सक्छ
कि जिवन नै अभियान हो भनेर
तर बाच्नुसंग सम्झौता गर्दा
अभियान
अभियान जस्तो नलाग्न सक्छ
तर अभियानले
थाहा नपाउनेको जिवनलाई पनि
अभियानमा डोर्याई रहेको हुन्छ
त्यसकारण
कसैले अभियानमा
र्छुइन भने पनि
कसैले दायित्व
छैन भने पनि
कसैले संकल्प
गर्दिन भने पनि
उ अभियानमा जुटेकै हुन्छ
उ दायित्वले थिचिएकै हुन्छ
उ संकल्पले वाधिएकै हुन्छ
अभियानको
आभाष नहुनेलाई
दायित्ववाट मुक्त
भए झै लाग्दो होला
दायित्वको वोझ
थाहा नहुनेलाई
संकल्प नगरे झै लाग्दो होला
तर थाहा नहुनुमा पनि
उसको अभियान चलिरहेकै हुन्छ
तसर्थ हरेकसंग
अभियान हुन्छ
दायित्व हुन्छ
संकल्प हुन्छ
कसैलाई थाहा होला
कसैलाई नहोला
त्यो वेग्लै कुरा हो
तर अभियान भने सवैको
निरन्तर चलिरहेकै हुन्छ

अर्गानिक मान्छे


शशी लुमुम्बू

पहाड छिचोलेर उम्रिएको
मूलको कञ्चन पानी पिएर
हलक्क बढेको म
नितान्त अर्गानिक मान्छे
यो पुरातात्विक शहरमा
बोइलर भइसकेँ सायद...

उकाली सम्खियो कि
फतक्क गल्छन् हातगोडा
ओराली सम्झियो कि
थर्रर काप्छ शरीर
एकाएक चल्छ रिङ्गटा..

बिगतमा त म
डाँडैडाँडा
बतासजस्तै दगुर्थेँ
जंगलैजंगल
आँधीहुरीजस्तै सुसाउँथेँ
उफ्रिएरै नाघ्थेँ
अग्लाअग्ला पर्वतशृखलाहरु
फड्किएरै तर्थेँ
खोला/नदीहरु
पन्छाइदिन्थेँ हातैले
नदीका बेगहरु/भङ्गालाहरु
ठेलिदिन्थेँ कुमले सजिलै
अटेरी पहाडहरु...

तर आजकल...
थाहा पाउँदैछु म-
यो शहर
प्रेमपुर्वक स्लोपोइजन खुवाउँदैछ
मलाई आफूजस्तै आउटसाइडर बनाउँदै

गजल


भुपेन्द्र महत

धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु

दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु

बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु

पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु

राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु

कोलोराडो, अमेरिका

फुलै त


दिलिप योन्जन

फुलै त टिप्छ नि मान्छे
काडाँ कस्ले टिप्छ र
खुसी त लिन्छ नि मान्छे
ढुख काहाँ साट्छ र।

हुदा खादा पो आफ्नो मान्छे
नभए सबै पराई
मित्र पनि सत्रु बन्छ मान्छे
बाचे रोई कराई।

कुरा काटी हाँस्छ नाँच्छ मान्छे
हिजो जिउ२ गर्ने
मौका परे मार्छ मान्छेले मान्छे
भरोसा कस्को गर्ने।

Austin, Texas, USA

गजल


भुपेन्द्र महत

लडाएर हांस्छन यहाँ कोही घात गरी
गिजलेर फाल्छन कोही बासी भात सारी

जिबनको ओसमा पनि घाम पोत्छु भन्थे
फर्किएर अतित आज बगे रात भरी

झुन्डिएको थियो आशा आधिमा परेछ कि
उजाडी रोईराछ बसन्त नि पात झरी

रङगी बिरङगी जती कांच थपे पनि
दिन्न शोभा चुक्किएको चुराले हात भरी

'वाका'लाई जसले मनमा साचेको थियो
छेपारो झै रङग फेर्यो तेसैले सात थरी

कोलोराडो अमेरिका

गजल

आचार्य प्रभा

कसैलाई लुटेर हामी ,धनी हुनु छैन
आफ्नो स्वाभिमानलाई कलंकले धुनु छैन

एउटै उद्देश्य लिएर बढने मात्र आश हो
छलछाम गरेर पछुताइ रुनु छैन

संघर्ष जिबन हो यती थाहा छ हामीलाई
अरुको बास उठाइ ,हामीले आकाश छुनु छैन

जस्ले जे सम्झिन्छ ,सम्झिनेलाई सलाम
सधैं ब्यङ्यबाण सहेर आशु बनी चुहुनु छैन

बोल्डर ,कोलोराडो

आखैमा लुकाई


दिलिप योन्जन

आखैमा लुकाई मुटुमा राखे, हितैको मायालाई
बिरानो बनी बिलौना पोख्छे, दुनिया हसाई
मायैमा हुन्छ अन्जानको भुल, बेदना पोख्नु
दुखेको आत्मा आसुले धुई, फुलैले सजाउनु।

पिडा बाडे सान्ति मिल्छ, पिडा मै नडुब्नु
धुखेको मुटु मायाले धुनु, निस्ठुरी नहुनु
खाली हात आयौ खाली जान्छौ,केही छैन लानु
रुवाई मलाई खुसीको हासो, कहिले नहास्नु।

मनको जलन तन भरी राखे, पोल्दछ जलेर
बिरह बड्दा चर्किन्छ छाती, बेदना बडेर
काहाँछ स्व्र्ग को गाछ नर्क,के धर्म पाप
रुवाई मलाई हासेर बाचे, लाग्नेछ सराप।

Austin, Texas, USA

मान्छे, मान्छे जस्तो छैन


शिव प्रकाश

अभिश्राप तँलाई त्यो इश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही इश्वरको वरदान
धन्य तँ,
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो ?
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
इश्वरको अनुपम् रचना
मान्छे !
निक्रिष्ठ छ
मान्छे, मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
-
अनुदारता इश्वरको तँमाथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही इश्वरको दया तँमाथि
धन्य तँ,
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
-
विवेकहीनतार् इश्वरको तँमाथि
गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही इश्वरको अनुपम कृपा तँमाथि
धन्य तँ,
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !

गजल


भुपेन्द्र महत

खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो
इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो

शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने
धेरै जनावरको होहल्लामा अब कस्को पालो

स्नेह सदभाबको बुटी पाखा भरी थियो
बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो

बादलको घेरा हटेको किम्बदन्ती ताजै छ
घामको झुल्कै नपरी किन जताततै कालो

दाबिलो लाग्या पेटमा माड लगाउनु थियो
आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालो

कोलोराडो, अमेरिका