हाईकु श्रष्टाहरुको नाममा


केदार "संङ्केत"

१,
बुढो लाहुरे
खारिएको कलम
टंक वनेम ।

२,
शब्द प्रहार
पारदर्शी लेखक
दया कृ. राई ।

३,
कबिता तृष्णा
कथाका बादशाह
रक्ष ब. राई ।

४,
आशाका दियो
ओझिलिएका कबि
मात्र आँकाला ।

५,
यूवां नक्षत्र
वक्तृत्व अबाधित
ज. नवोदित ।

६,
सुस्वादु गीत
आजका जल्दा बल्दा
हेम कु.राई ।

७,
नयाँ प्रयोग
तमसुके कबिता
कोमल मल्ल ।

८,
शब्दले बाध्ने
साहित्यका प्रगाढ
इ. चामलिङ ।

९,
रचना बिम्ब
महत्वआकांक्षाका
कबि तिगेला ।

१०,
मिठो शब्दका
रसमय गजल
मिजास तेम्बे ।

११,
भर्‍याङ् जस्तै
बामपन्थी कबि
न. काङमाङ ।

१२,
मृत शहर
प्रभात जगाउने
मुल बी. राई ।

१३,
बर्दी भित्रका
बिम्ब खोज्दै हिड्ने
कबि नवराज ।

१४,
कबिता लेख्ने
रंगमंचमा रम्ने
आ. रानोहांछा ।

१५,
थोरै लेखेर
उच्च शिखर चड्ने
कुमार इश्बो ।

क्रमशः
पूनश्चः हाईकुको दायरा भित्र रहदा श्रष्टाहरुको नाम छोटकरिमा लेखिएको हो ।

अरु, म र बिचरा ऊ


परिहास

मान्छेहरुले भने
बिचरा !
कति कलिलो उमेरमा
अकालमै गएछ
यो दैवको लिला पनि !

मलाई लाग्यो
आहा कति भाग्यमानी
न त मानविय दुःख भोग्नुपर्नेछ अब उसले
न त कुनै पिंडा दर्दहरु नै
माया , शोक, भोकको निम्ती तड्पिनु पर्ने छैन अब ।

ठिकै समयमा
ठिकै घडिपलकमा
संघार काटेर सडक टेकेछ उसले
बरु अब
जिउँदा हरेक आत्मा हरुलाई
चिर शान्तिको कामना ।।

असफल प्रयास - लघुकथा



आचार्य प्रभा
आफ्नी श्रीमतीलाई क्रुरकालको पंजाबाट बचाउन उसले हर प्रयत्न गरिरहेको थियो /आफ्ना सारा सम्पति स्वाहा गर्यो /जिवनमा कहिल्यै नगरेका काम हरुमाँ पनी पैसा आर्जनका लागी हात हाल्यो जसले गर्दा उसको इमान्दारिता माँ पनी आंच आयो केवल श्रीमतीलाई बचाउने प्रयासका लागी /यत्तिका सारा प्रयास बावजूद पनी उसले श्रीमतीलाई भयानक रोगबाट मुक्त गर्यो / त्यतिन्जेल सम्ममा उसले आफ्नो सारा सम्पति, स्वाभिमान गुमाई सकेको थियो त..र अफ्शोच यत्तिका प्रयास पश्चात् पनी अन्त्यमा उसकी श्रीमतीले म्रीत्युको काख नै रोज्नु पर्यो /एकदिन अनायास बाटोमा हिडिरहेको समयमा अचानक अंधाधुन्द चलेको गोली बाट उसकी श्रीमतिको म्रीत्यु भयो /अन्त्यमा उ सम्पतिबाट पनी पराई बन्यो र श्रीमतिको साथ अनि श्रीमतिको ज्यान को लागी गरेका अनेकों प्रयास हरु बाट पनी बंचित भयो / अहिले उ सोची रहेछ /यो कुन दैवको खेल भनी ? अनि रंभुल्लमा परिरहेछ म कुन न्यायको ढोका ढक ढकाउ भनी .../

(अमेरिका )