तरुनी रात


केदार श्रेष्ठ'गगन'

ओएलाएको सूर्य
दिनभरिको थकाइले
क्षितिज पर-परको सगरमा
जब बिलाउँछ
तब झ्याउँकिरीको
झन्झटिलो आवाजसँगै
जंगलतिरबाट निस्कन्छन्
हाप्सीला,
स्याल,

ब्वाँसाहरु
रात हाम्रै त हो नि भन्दै,

दुधकटुवा साँझ
कालरात्रिको आगमनसँगै
तरुनी हुन्छे
र आफूतिर सबैलाई
आकर्षित गर्न भरमग्दुर
प्रयासरत रहिरहन्छे
बालक सूर्यको जन्म नहुन्जेल,

त्यही
वयस्क रातको आडभरोसामा
हाप्सीला,
स्याल,
र ब्वाँसाहरु
निरीह प्राणीहरुको
निर्मम हत्या गरेर
आफ्नो पेट भर्दै
राम राज्य,
मोजमस्ती गरिरहेका हुन्छन्
पूर्वको क्षितिज नउघ्रुन्जेल,
मिर्मिरे नहुन्जेल,
विहान नहुन्जेल,
सूर्य नउदाउन्जेल ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

गजल


राकेश कार्की

पार्टी भित्र फुट छ
पार्टी भित्रै गुट छ

देशको आफ्नै सरकारले
अर्को पार्टीलाई कुट छ

पार्टीमा बस्दिन भन्नेलाई
जबरजस्ती चुट छ

जनताको नाङ्गै खुट्टा
सेना संग बुट छ

शासकले ठोक भन्नासाथ
रिस उठनेलाई भुट छ

स्याहारेको निजी संपति
लुटी खानेलाई लुट छ

नरपिशाच सन्तान देखी
आमाको मन टुट छ

लस् एन्जेलस्

गजल


देबराज ओलि

छोडिदियौ बल्ल बल्ल,बसेको मायालाई
बिर्सीदियौ चोखो मनमा,पसेको मायालाई

मेरो सरा जीवन्,तिमीलाई नै अर्पेको थिय
फुकाइदियौ गाठो, कसेको मायालाई

निस्ठुरी नै रहेछौ,बिश्वास गर्नु मेरो भुल हो
उठाएछु बेर्थै मैले,खशेको मायालाई

माया लाउदै छोडिहिडिने, तिम्रो त बनी रहेछ
अंगाल्नु नै थिएन मैले, फसेको मायालाई

दाङ घोराही हाल दुबै U.A.E.

कसरी भुल्न


दिलिप योन्जन

कसरी भुल्न सक्छुर, आधी बाटो हिडे पछि
कसरी फुल्न सक्छुर, तिम्ले जरा काटे पछि।

कहिले हासेको छुर,तिम्ले आँशुमा डुबाए पछि
खुशी काँहा मिल्छर, मुटुमा चोट लागे पछि
मनको बाध फुट्दोरहेछ,तिखा बचनले घोचे पछि
देउता पनी झुटो भाछ, बाचा कसम तोडे पछि।

रसाई दिन्छ परेलीहरु,बितेका याद बल्झे पछि
झस्कि दुख्छ रातहरु, मिठा सपनीले छाडे पछि
टुटे फुटे चाहानाहरु , फुलेको फुल झरे पछि
काँडा भयो जिन्दगानी,बिश्वासमा घात लागे पछि।

अस्टिन, अमेरिक

कवि लेखक आँफै पागल बन्नु पर्छ ''


आचार्य प्रभा

खोइ !कुन गन्तब्य रोजुँ म
जताततै इेर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रीजनाको परकाष्ठमा पुगु कसरी ?
यहाँ श्रिजिएका सबै श्रीजनाहरु
मुल्यहिन भै पलायनतामा बिलिन भै रहेछन
मेरा आकाक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इक्षाहरु ............,
यहाँ उदेश्यहिन गन्तब्यको पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभ्यताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रीजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनी...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै /
त्यसैले........ आजकल त कसैले पनि
सहि सदुपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउछन सबै
अनी..... त बिवशता ,बाध्यताको चपेटामा परि
गन्तब्यहिन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कार को दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै /

(अमेरिका )

विश्वासको फूल ढल्यो


खगेन्द्र थापा

गालाभरि झरी पर्यो म रोईन आँखा रोयो
छातीमा चट्याङ्ग पर्यो कलेजीले मन धोयो
जुनेलीले पोलीरहृयो साँझ बिहान रातभरि
बिछोडको बाँण लाग्यो धेरै पटक दुख्नेगरि

मलाई भयो ठूलो पीडा निष्ठूरीले घातगरी
मन बग्यो आँसु बग्यो एक्लै रोए रातभरि,

कल्पनाको महलमा म हाँसिन ओठ हाँस्यो
भुलुँ भन्छु सक्दिन म उनको यादले डस्यो
च्यातिई रहे रहरहरु धुजा धुजा हेरिरहे
मिलनको दोबाटोमा आशाहरु फेरिरहे

कलेजीमा घाउलाग्यो छातीचिरी मलम दलेँ
माया पोखेँ, धोका खेपेँ जिन्दगीभर धेरै जलेँ

धेरै थिए रहर र्इच्छा खीलबनि बिझि रहृयो
म रोईन कुनैरात सिरानीचाहिँ भिजी रहृयो
तैरि रहेँ नैन तालमा कल्पनाको डुंङ्गा चढी
रोक्नलाई गाह्रो भयो आँसुको यो वर्षझरी

सन्नाटामा छातीभरि यादले बल्छी खेलिरहृयो
मन धोएँ आँसुपोखि छाती झन्झन् पोलीरह्यो

दिलमा मेरो आगो लाग्यो, म जलिन मुटु जल्यो
आँधी आयो, हुरी चल्यो विश्वासको फूल ढल्यो
आँखाबाट बाढी उर्ल्यो म बगिन मन बग्यो
सधैँ भयो दुःखपीडा कुन दैवले मलाई ठग्यो

यो त्यही गाउँ हो


स्यानु पाईजा

टप टप झरेर बलेसी
बाल्टिन मा संगालिदैछ
बिजुली गर्जेको बेला
झयार् झयार् रेडियो बज्दैछ
टुकीमा उज्यालो बन्द कोठा
बिपनामै देखेका मिठा सपना
यो कल्पना नै हुन्दो हो
सुनसान यो रातमा
नयन कहि रसाउँदो हो
यो त्यही गाउँ हो
कटुबाल औरास्थ्यो रे
कुनै बेला ठुल्ढुंगाको डिलमा
मुखियाको आँगनमा सेर्मा तिर्नु जाऊ
पात्लेफाँतमा दाईहान्नु आऊ
सुनेन भन्न पाईने छैन
समायका चर्खामा सर्काईएका
अल्लोका धागो हरु
गलबन्दी बन्न सकेका छैनन्
बनेका गलवन्दी पनि गलामा छैनन
उ मुग्लान बाट फर्केको छैन
यो गाउँले धेरै भोगेको छ
कहिले लगान, कहिले सेर्मा,झारा
कहिले तिरो नाम बदलेर तिरेको छ
हिजोका मुखियाका नाती
दश बर्ष प्रधानपञ्च भएर
कति हो बर्ष अध्यक्ष भएको छ।
बुढो कटुबाल सास नपुगी नपुगी
उहि ढुँगामा कर्नाल फुक्न खोज्छ
प्रधानपञ्चको आगन कण्ठ पारेको जिब्रो
अध्यक्ष भन्नु आएको छैन
कर्नाल फुक्न सकेको छैन
साहेद मर्नु अधि उस्को जागिर खोसिन्छ
हिजोका केटा आज नेता
पस्यो शहर भिरेर फेटा
रगतमा औला चोबेर खाएका कसम
हामीले कसम टोडेका थिएनौ
तिमीलाई मान्य बनाको गाउँ यै हो
तिमी मात्र फेरियौ हामीलाई फेरेनौ
सांम्सद,सभासद .....सद बनि सक्यौ
तर यो गाउँ उस्तै छ।
बाजेको पेन्शन कुरेर बसेकी बजै
सिलाङमा लापत्ता भएको छोरा
देशको लागी लड्न निस्केको नाती
तिन थरि याद बोकेर के सोच्छिन होला ?
माईक मा कोहि औरास्दै छ
......नढले सम्म आन्दोलन गरौ
यसपाली त शहरमै पुग्नु पर्ने रे
हुलका हुल नेताहरु
बरिपरि दुना टपरिहरु
बज्यै लाई भन्दै थिए
सिलांङ पुगेरै छोरा ल्याइदिन्छौ
नातीलाई नेता बनाई दिन्छौ
थाहा छैन बज्यै कान सुन्दिनन
थाहा छ नाती मारिई सकेको छ
आँखा नदेख्ने, कान नसुन्ने
बजै को भोट चाहिएको छ
फेरी .......सद बन्नु छ
आखाँ देख्नेहरुले धोका दिन्छन
यो त्यही गाउँ हो
कटुबाल औरास्थ्यो रे
कुनै बेला ठुल्ढुंगाको डिलमा
नयाँ कटुबाल खोजिदै छरे
कर्नाल फुक्न सक्ने ।
औरासेर सन्देश छर्न सक्ने

नोट-
कटुबाल- चर्को स्वरले सबैले सुन्ने गरी सामुहिक सन्देश सुनाउने मान्छे
औरास्ने- चर्को स्बरमा सबैले सुन्ने गरी सामुहिक सन्देश सुनाउने काम
कर्नाल- सन्देश सुनाउनु अधि ध्यान तान्न बजाउने बाजा ( नगरा )

पात्लेखेत-७, म्याग्दी

काला काला बादलका काला पर्दाहरु


इन्द्रकूमार श्रेष्ठ 'सरित्' '

उज्यालो बिहानी
एक्कासी हून्छ धूमिल उदासीमा
कारण छैन तैपनि मन छ छटपटीमा
पलपलले घोंच्छ, समयले घिसार्छ
हून्छ सृजना तनाव, बढ्छ व्याकूलता
बन्द झ्याल र ढोका खोलेर हेर्दा
घाम लागेकै छ तर अंध्यारो छ मनको कोठा ।
आँखामा पानी छैन, ओंठ नहाँस्नूमा कारण छैन
तैपनि जीवन तातोपानीमा चोबिएकोछ
फुलको आकर्षामा काँडाहरुले धर्फराएको छ
तिर्खैतिर्खा छ जीवनको घाँटीमा
तर पानी छैन कूवामा, केवल तिर्खा छ
गन्तव्य नै भएर पनि पीडा र गन्तव्यहीनताको
भ्रम छ, अन्यौल छ, आँखाको ज्योतिले भ्रम तोडिन्न
त्रासै त्रासको माझमा कहीं न कहीं आश पनि छ ।
चिप्लो बाटोमा लौरी टेक्ने चाहना, अहो ।
ओरालीमा तोक्मामा अडेश लाग्ने चाहना, अहो ।
यूग बित्यो चिन्ताको कसौंडीमा छड्किएको
जीवन नै पाक्न लागिसक्दा पनि चिन्ता पाकिसकेन
धाउंदा धाउंदा नतः चौतारी भेटियो नतः छहारी
नीरसरि पहाडसंगै टाँसिन नि सकिएन
पर्जन्यसरि खडेरीलाई जित्दै बृष्टि हून पनि सकिएन ।
आशा, आशा केवल आशा तर सधैं निराशा
चाहेकै हो चिर्न काला काला बादलका काला पर्दा
ऐठन गर्छन् दन्त्यकथाका राक्षसहरु हर रात
व्युंझिदा भिज्छ पसिनाले निथू्रक्क र हाँस्छू फिस्स
के जीवन हो यही ? नियति हो यही ?
अँ हँ । भाग्य लेख्नेछन् कर्मशील पाखूरीहरुले
उकूसमूकूस, छटपटी, बिध्नबाधालाई जितेर नै
मलहम लाग्नेछ गलेनी फाटेको नौनी मनहरुमा
धैर्यले, आँटले, परिश्रमले, बूद्धिले अनि जूक्तिले ।

र्इच्छा


हस्त गौतम मृदुल

लेखका ती काफल, पोल्टभरी टिपेर,
सुकोमल हातबाट खानपाए हुन्थ्यो ।
दु ख नै बिर्साउँने, स्वर्ग जस्तो गाउँमा,
दुलही झै अन्माएर, लान पाए हुन्थ्यो ।।

गुलावी त्यो बैशमा, चुलबुले आनीबानी,
संगै बसी संधैभरी, देख्न पाए हुन्थ्यो।
आपसमा रमाउदै, अनगिन्ती सपना बुन्दै,
गाजलू ति आँखाको भाव लेख्नपाए हुन्थ्यो ।।
खर्कका ति एैशेलु, .................................

अग्नीलार्इ शाँक्षी राखी, ह्रदयको चोखो माँया,
यो जुनीलार्इ पुग्ने गरी, साँच्न पाए पुग्थ्यो ।
स्वर्गभन्दा सुन्दर, मेरो आफनो गाउँमा,
चखेवाको जोली बनि, बाँच्न पाए हून्थ्यो ।।
तरार्इका ति बयर, .........................

वेअर्थी जीवन


केदार श्रेष्ठ'गगन'

आज,
सरम लागिरहेको छ
मुख देखाउनै नसक्ने भएको छु,

अपुरो छ,
अधुरो छ,
अपाङ्ग भएको छ जीवन,
विकलाङ्ग बनाइदिएको छ समयले,
हरे !
यो कस्तो समय आयो ?
सोचेको पनि थिइन
नदी उल्टो बग्छ भनेर,
समुद्रमा आगो लाग्छ भनेर,

छातिमा सुनामी आएको छ
चिहिलविहिल भएको छ इन्द्रियहरु,
भावशून्य भएको छ चेतना,
किन जाग्दैन
युवा जोश जागर ?
कति अर्कैको पछि लागेर
उधारो आश्वासनमा
झुठो कुरामा साक्षी बसी
पक्ष-विपक्ष
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र जस्तो
टेवुल ठोकिरहन्छ सधैँ जिन्दगी ?

धागो चुडिएको चङ्गा मन
तारे भीरमा अडि्कएर बसेको छ जीवन
कतिखेर बुङ्ग धुलो उडाएर
खस्ने हो भुर्इमा
भरोसा छैन जिन्दगीको,

पहिले,
समुद्रको छालजस्तै
मडारिदै-मडारिदै आउँथ्यो मनमा
इच्छा,
रहर,
भावना,
र कल्पनाहरु
तर
आज निर्जिव भएको छ मष्तिष्क,
अधकल्चिटिएर
जिविल्किएको छ मनमा उब्जिएका
इच्छा,
रहर,
भावना,
र कल्पनाहरु,

अझ भनौँ-
तुहिएको छ
आशा र भरोसाहरु,
वेअर्थी भएको छ जीवन
त्यसैले
आज मलाई सरम लागिरहेको छ
ग्लानी र पश्चातापले
सूर्यझैँ रातो भइरहेको छु ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

आँखाखोली पस्न देउन


देवराज ओली

आँखाखोली पस्न देउन तिम्रो परेलिमा
राखी देउन लुकाएर मन को तरेलीमा !
पर्दैन मन फेर्न आन्तै नजर लगायर
लगनको दिन छोपी पकै लन्छु भगायर !!

जनम जनम को नाता हाम्रो नमर्ने अजम्बरी
दु:खमा होस् या सुखमा साथमा छौ जीवनभरी !
कस्तो चल्छ बर्तमान भबिस्य लाई हेरौला
बचेँ पनि सँगइ बच्ने मरे सँगइ मरुला !!

तिमी मेरो जीवन सँगिनी कथा ब्यथा भनिदिनु
दु:खमा आनी सुखमा आटुट तिम्रो साहरादिनु !
जिउनेछु म तिम्रो लागि मेरो जीवन तिमीलाई दिन्छु
हरपल को शाहयात्री सम्झी मैले तिम्रो विश्वाश लिन्छु !!

दाङ घोराही हाल दुबइ यू .ए. ई .

मेरो अपिल


आचार्य प्रभा

चाहे तिमी मेरो नयनको
''अबिरल''बग्ने आँशु नै बनी देउ
चाहे तिमी मेरो अधरको
खुशीको मुस्कान नै बनी देउ
त र ...तिमी बनी देउ
मेरो हर एक्लो पलको साथ
अनी देउ तिमी मलाई मेरो
कमजोरिमा सहारारुपि तिम्रो हात /
जिउन त जिएकै हुं म
कहिले लड्दै उठ्दै
आसुँ र हाँसो पनि सङालेकै हुं
मनलाई स्थिर गर्दै ,
जब... आयौ तिमी मनको सँघार नाघी
फुल्न थाले आशाहरु
मनका कुनामा ठाउँ मागी
जब छायौ तिमी मेरो जीवनमा
पुर्णेको जून बनी
मैले पनि मान्न थाले तिमीलाई
मेरै मनको देव भनी /
चाहे तिमी मेरो
मनको त्रीष्णा नै बनी देउ
चाहे तिमी मेरो बिछोडको
घाउ नै बनी देउ
तर.... हर मेरो रुझेको पलको
आश्वासन रुपी भाव बनी देउ /

(अमेरिका )

यहाँ


अबिरल अधिकारि "ब्याकुलमाइला"

सारङ्गिबाट मिठो धुन निकल्न
हातबाट रगत चुहाउनु पर्छ यहाँ
आफ्नो जिबन गुलाफझै फुलाउन
आँफै बनेर काडा चट्टानमा गाडीनु पर्छ यहाँ
आफ्नो जिबनको मिठो कल्पनाको यात्रामा लाग्दा
कल्पनालाई जोगाउन आगोमा जल्नुपर्छ यहाँ
आत्मा खोलेर कुरा गर्दा
हजारौ मुर्खहरुको तुच्छ बचन सहनु पर्छ यहाँ
स्वतन्त्ररुपी जिबन जिउन त कहा-हो-कहा
कैदी भएर जेल भित्र बस्नुपर्छ यहाँ
जिबन र मरणको दोधारमा रहदापनी
देह बेचेर आत्मा जोगाउनु पर्छ यहाँ
जोगाउनु पर्छ यहाँ

सुर्ता


केवल गंगा गुरुङ

साँझको वेला लुकेर
त्यो भुन्टे मोरोलाई भेट्दा जाँदा
तगारामा अल्झेल
लुङ्गीको सिउनी नै उध्रियो
खै,
अव कसरी जाउँ
यो उध्रिएको लुङ्गी देखाउँदै
घर फर्की आए
उसले त भन्दो हो
निष्ठुरी रै छे मट्याङग्री मोरी
यस्तो ठण्डामा मलाई क क्र्याएर
आफु आगो ताप्दै बसे
अव कहाँ पत्याउला र ?
त्यो बाईफालीको कुरा
आफुलाई भने कस्तो पीर
फेरि जाउँ भने
बाउ आमाको सिनो खान नपाएको बाघ
बिचरा मेरो भुन्टे
त्यो असती तगारा
बाटैमा बस्नु पर्या त्यसलाई
कसो गरु अव
लुङ्गीको सिउनीसँगै
मेरो मायाँ पनि उध्रिने हो की ...?

आफ्नै देशमा


दिलिप योन्जन

आफ्नै देशमा बस्न पाए, हास्थे बाच्थे खुशी
बिदेसमा बसेकोछु हर दिन,लाजले आँखा छोपी।

आफ्नो माटो घर गाँउ, सम्झि मन रुन्छ
बुढि आमा रोई हाँस्दा, मरेको झै लाग्छ।

दसा ग्रह देसलाई लाग्यो, रगत भयो पानी
जनता मारी सासन गर्ने,नेता कती भाग्यमानी।

जाहा खायो त्यही छेर्ने, देशको नेता कस्तो
देउताको नाममा राक्षस पुज्ने,हामी जनता कस्तो।

हरा भरा सुन्दार सान्त, देश यियो पहिले
कुर्शीको खेलमा जता ततै,रगत बग्याछ अहिले।

सान्ति क्षेत्र बुद्दको देश, भनि चिन्थे सबले
मान्छे देख्दा मान्छे भाग्ने,बनायो नेताले अहिले।

हासी हासी रुन्थेउ खुशीले, सबै मिली जुली
पालै पालो मारे मरे, आँसुमा डुब्यो खुसी।

फुल माला हेरी रुन्छे, आमा दिदी बहिनी
सिउदो खाली कोख रितो, देशको नेता जाली।

आमालाई दुख्दा आसु पुछ्ने, छैन छोरा छोरी
कस्ले देला जन्म भगवान, जानु पर्दा मलामी।

बाबु छोरा पालै मारे, छोरीले गोरु जोत्छ
सहिदको सन्तान भोकै नाग्गै,देशमा नेताको मोजछ।

जाती धर्म तराई पाहाड, खेल्नु खेले राजनिती
देश टुक्राई राज्य गर्नेले, नबगाउ रगतको खोली।

खानेले खाछ उडाउनेले उडाछ, मेरो देशै डुबाएर
भोका नाङा गरीब दुखी, बाच्याछन् मन रुवाएर।

कहिले भेलमा सधै भुईमा, सुत्याछन् आकास ओडेर
भोक चपाउदै हावा खानेलाई, कस्ले दिने साहार।

दुख यियो सुख यियो, बस्यायेउ मिली जुली
कहिले फुल्ला शान्तीको फुल, बाचौला हासी खुसी।

जो मरे जस्लाई मारेनी, आखिर देशकै निम्ती
धर्ती एउटै आमा एउटै , नमारी देउन बिम्ती।

हिरा मोती सुन चादी, जती भए पनी
मेरै नेपाल प्यारो लाग्छ, जाँहा बसे पनी।

आफ्नै माटो फलाउ फुलाउ, बनाई स्वर्ग भुमी
हासी खुसी सबले भनौ, हामी नेपाली नेपाली।

अस्टिन अमेरिक

देशको शाख, जोगाइ राख्न


भानेन्द्रकुमार सम्बाहाम्फे

देशको शाख, जोगाइ राख्न, अप्ठ्यारो पर्ला कि !
रहर मेरो, स्वतन्त्र बाँच्ने, अपुरो होला कि !

कहाँ छौ सपूत्, नगरी बेर, लौ झट्टै ब्युझन
रक्षार्थ देश्को, अजेय शक्ति, लिएर आउन

पोल्दैछ मुटु, यो मेरो हेर, हाँसदा दुश्मन
यो हाम्रो देश, छट्पट्टरिैछ, यस्तै हो नभन

विजय ठानी, उत्सव मानी, कपूत मस्त छन्
जननी हाम्री, नेपाल प्यारी, संघर्ष गर्दैछिन्

छातीमा टेकी, प्यारो यो देश्को, अट्टहास् गर्दैछन्
दुश्मनसंग, मिलेर कपूत्, हुर्मत लुट्दैछन्

देशको माया, चाहनेहरु, पीरले मर्दैछन्
हे सपूत् तिमी, आउन चाँडै, गुहार माग्दैछन्

काठमाण्डौ ।
२०६६/०१/३०

गफ चौपारी


स्यानु पाईजा

डिजिटल फोटो फ्रेममा
फोटो हरू आफै फेरिन्छन
भित्तामा रोनाल्डिनोको फोटो
गोडा उचालेर फुटबल माथी
अटो सेन्सर बासबेसन
नल नछोईकन पानी चाहिए जति
डिजिटमा क्यालकुलेट भएका
माईक्रोवेभ काउन्टडाउन चालुछ
पटक पटक आईफोनले
मिटिङको समाय रिमाईण्ड गराउछ
मुवाईलमा युट्युव भिडियो
सन्सार मुट्ठीमा आयो ? या
सन्सार मुट्ठीमा गयो ?
बुलेट पुर्फ गाडी/घर
पुराना जमाना को कुरा
बुलेट पुर्फ मान्छे जन्माउनुमा
ट्ल्लीन छन रे बैज्ञानिक दम्पति
बिन लादेन को नाम मा
बेतार डाटा ट्रान्सफर गरेर
मानव बम रोपिदै छरे
चोर हरुले कोड् कपि पेस्ट गरेर
बिना समचार दाता वेबसाईड चलाए झै
हजारौ मान्छे भित्र बम पेस्ट छन रे
हामी यसरी नै लोड सेडिङको बेला
गफ चौतारीमा गफ गरिरहेको बेला
नेताहरुले कुर्ची खोसखोसको खेल खेल्दै गर्दा
बेतार भाईरसहरु जातजातिको नाममा
धर्म र आस्थाका नाममा ट्रान्सफर हुदैछन
सँघ र सँधियताको नाममा पस्दैछन रे
हाम्रो देशको कम्जोर एन्टिभाइरस
बर्षौ देखि म्याद नाधेको छ
हिजो एउटा साथीले भनेको
गफ चौपारीमा हामी किन गरिब ?
थाहा छ ?
अमेरिकाको होटलको महँगो मेनु
टि भि मा देख्छौ किन्ने पैसा छैन
हिजो नेपालको डकुमन्ट्री कुन च्यानल ले देखायो
खोले खाई रहेका थिए । कति गरिब ?
बिकासको कुरा गर्दै गर्दा
सभ्यताको गफ चल्दा
कति चोटी चौपारी कै कुनामा
पिसाब फेरे सबैले गन्नै बिर्से
हाम्रो गफ चौपारी को बैठक
रूमालले नाक थुनेर बसिदै छ
सन्सार बाथ टपको साईज
डिजिटल जुम जस्तै एक्सपेन्ड गरेर
सुईमिङ पुल बनाउने सोचमा छ
सुईमिङ पुल लाई बाथ टप
हामी मैन बत्ती किन्ने लाईन बस्दैछौ
नेता लाई गाली गरेर बस्दैछौ
गफ भित्र गफ चौपारीमा

पात्लेखेत-७, म्याग्दी

बेलाको बोली

पशूपति दंगाल

घरमा छैन सर सल्लाह
बाहिर गर्छन् हल्ला
हो लाई होइन भनिंदिंदा
अर्थपूर्ण बर्षा पनि भो अर्थहीन
बिग्रिरहेको छ मति
भत्किरहेको छ गति
देख्दादेख्दै अधोगति
भोगिरहेछ दुर्गति
दिनकै छ दंगा, दिनकै छ फसाद
कसले कसलाई कहाँ मार्छ ?
कसलाई के थाहा,
को कहाँ कतिखेर बौलाउंछ
बेलो बिग्रनै लागेजस्तो छ
बेलो बित्नै लागेजस्तेा छ
बिग्रन लागेको बेलोलाई
बित्न लागेको बेलोलाई
नेपालप्रेमीले बचाउनू परेको छ
नेपालप्रेमीले जोगाउनू परेको छ
( मूलपानी ४, काठमाडौं )

आमा


हस्त गौतम मृदुम

गहभरी आँशू झारी, न रुनु है मेरी आमा।
फर्किएर आउदैछु म, हजुरकै चरणमा।

बिरानो यो माटोले पनि, हृदयलाइ छुदै छृन्न।
अरुको लाख, आमाको काख बराबरी हुदै हुन्न।।

स्मृतिले छाती पोल्छ, तृषनाले यो मनैभरी।
दिल्को चयन टुटी जान्छ, मन रुन्छ सधैभरी।

मुटुभरी चोट बोकी न रुनू है मेरी आमा।
अब देखि छोडी कतै, रुवाएर जाने छैन।

आफूलाइ तडपाएर, बिदेशैमा बस्ने छैन।।
गरिबीलाइ मेट्न भनी, आएको म बिदेशैमा।

रमाउने छु अब फेरी र्स्वर्ग जस्तो स्वदेशैमा।
मुटुभरी वेथा बोकी, न रुनु है मेरी आमा।

यहाँ फूल फूल्नै पाएनन्


हस्त गौतम मृदुल

यहा फुल फुल्नै पाएनन्, बसन्त आउदा पनि।
आशु कैलै हाँसो बनेन, अबसर पाउदा पनि।।

केवल हाउभाउ मात्रै देखायो, पछि फर्कि हेरेन।
हात्ती आयो, फुस्सा मात्रै, नयाँ काँचुली फेरेन।

यहाँ पालुवा पलाउन पाएन, बसन्त आउदा पनि
दुख कैलै सुख बनेन, अबसर पाउदा पनि।।

पार्नु सम्म कुण्ठित पारी, हृदय यो जलायौ
आशको निरास पारी, आखिर के नै पायौ।।

रग कैलै फेरिएन यहाँ, बसन्त आउदा पनि।
चिन्ता कैलै खुसी बनेन, अवसर पाउदा पनि।।

सस्तो शहिद

प्रकाश श्रेष्ठ 'प्रियतमा'

के हो शहिद, को कसरी बन्छ शहिद
सोध्ने हो भने थाहा छैन होला
जसले सडकमा टायर बालेर चक्काजाम गर्छ
जसले शहिद घाषणाको माग गर्दछ,
जसले बन्द आहृवान गरी जनतालाई दुख दिन्छ
जसले क्षतिपूर्तिको माग गर्दै
विकास निर्माणमा अवरोध सिर्जना गर्छ

तिनलाई के थाहा
चक्का जाम गर्न पाएपछि,
बन्द आहृवान गर्न पाएपछि,
शहिद घोषणको माग गर्न पाएपछि,
सरकारबाट १० लाख क्षतिपर्ति पाएपछि,

विचरा मर्ने मर्‍यो, मर्नेलाई के थाहा
आफनो नाममा यत्रो विधम्सा मच्चाएको
राष्ट्रको ढुकुटीबाट रकम असलेको
मर्नेको बहानामा सारालाई बिचमै बिचल्ली पारेको
बाच्ने र बचाउने आशमा दौडिएकालाई अलपत्र पारेको
के शान्ति पाउला तिनको आत्माले
के तिनले बुझेको होला शहिदको अपमान भएको ।

बाटो काट्न लाग्दा दर्घटनामा मरेपनि
आफनो अस्तित्व रक्षा गर्दा बलत्कारी मरेपनि
हाडी गाउमा जात्रा हेर्न जादा भिरबाट लडी मरेपनि
व्यक्तिगत रिस र्इष्याले हत्या भएपनि
आखिर सडकमा टायर त बलेकै छ
चोकचोकमा नारा जुलस त निस्केकै छ
शहिदको माग भएकै छ

राष्ट्र निर्माणमा जिवन वलिदान गर्ने पनि शहिद
बसबाट खसेर मर्ने पनि शहिद
छतमा बसेर आन्दोलन हेर्ने पनि शहिद
हुँदा हुँदै हेर त गुन्डागर्दी गर्ने पनि हुने भए शहिद

यदि जो जहा जसरी जहिले मर्दा मार्दा पनि हुने भए शहिद
किन मनाउनु पर्‍यो शहिदको नाममा एक दिनका दिवस
किन शोक सभा र श्रद्धाञ्जली गर्नपर्‍यो
आखिर सबै वन्ने भएपछि सस्तो शहिद

बगुवा - ३ खानचोक गोर्खा

ठूली


केदार श्रेष्ठ गगन

ठूली,
म कसरी भूल्न सक्छु ?
तिम्रो र मेरो त्यो प्रेम
मेरो आँखामा बसेकी छौ
आँखाको नानी बनेर,

जब
तिम्रो र मेरो भेट भयो
तब,
मिल्यो आँखामा आँखा,
हातमा हात,
मनसँग मन
र,
त्यसपछि भयौं हामी
एकअर्काको मुटुको ढुकढुकी,

तिमीले सोच्दी हौँ है ठूली-
मलाई छाडी अर्कै भूगोलमा,
अर्कै संसारमा,
विरानो शहरमा रमाउँदै
रमाइरहेको होला निश्ठूरी
तर
म कहाँ भूल्न सक्छु र तिमीलाई,
कहाँ रमाउन सक्छु तिमी बिना,
कहाँ सक्छु तिम्रो माया मार्न
म कुनै नेपाली नेता हु र ?
आफ्नो कर्तब्य,
र नैतिक्ता गुमाउनलाई,

बिश्वास गर ठूली मलाई
तिमीलाई मैले भूल्नु भनेको
आफ्नै छायाँ भूल्नु हो
आफ्नै माया मार्नु हो,
प्राण त्याग गर्नु सरह हो
त्यसैले
ठूली,
म तिमीसँगै छु
भौतिक शरीर जहाँ भए पनि
जहाँ गएपनि
भूगोलको जुनसुकै ठाउँमा,
कृतिम घरहरुको भीडहरुमा
वा
भौतिक सुखको संसारमा,

ठूली,
धड्कन हौ तिमी मुटुको
खोजिरहनु पर्दैन
आँखा पसारेर टाढा-टाढासम्म
मुटुसँगै छौ तिमी
मेरो मुटु मसँगै छ
त्यसैले,
मलाई शंका नगर्नू,
निश्ठूरी नभन्नू,
पापी नभन्नू है ठूली..........,

मलाई मन पर्दैन तिमीले
मेरो तिर्सना र सम्झनामा
आँखा चिम्लेर
भवनामा डुब्दै
विरही गीत सुनेको ।

भीमस्थान-५सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

छिचिमिराहरु अर्थात् कूवाका ब्याँङहरु


इन्द्रकूमार श्रेष्ठ 'सरित्'

बर्खा लागेकै छैन
तैपनि देखाउछन् तूजूक
प्वालबाट निस्केर छिचिमिराहरु
सेता धर्सा/काला धर्साका छिचिमिराहरु
प्वालबाट निस्किनासाथ गर्छन् हतार
उड्नलाई, भुर्इ छोड्नलार्इ
गर्छन् उनीहरु व्यंग्य हाँसो
कमिलाको एकतामाथि
माहूरीको गूणमाथि
दम्भ गर्छन् मानुं
रिमझिम रिमझिम बर्षा गराउने
छिचिमिरा अर्थात्
हामी नै त हौं ।
जमिन नछाड्दै कावा खाएर
गर्छन् अभिमानका गर्जन
र, भन्छन्
गति त हामी नै हौं/
प्रगति पनि हामी नै हौं
एकता र गूण दूवै मूढको
अभिमानमा थोरै मूस्कूराउंछ
किनभने जगतलाई नै थाहा छ
सन्सार कूवाभन्दा धेरै ठुलो छ
तर कूवाको व्याङ कूवामै जन्मिन्छ/
कूवामै हूर्किन्छ/कूवामै उसको इहलिला समाप्त हून्छ ।

गजल


बसन्त मोहन अधिकारी

अरु बाँकी केही भए तिम्रा र्इच्छाहरु
भन प्रिय मलाई जीवन दिन्छु अरु ।

मान्छेको जीवन भन्दा धन प्यारो रैछ
सबै तिम्रै बनाउँन मलाई मार बरु ।

कुन पापको सजाए ? दियौ मलाई
तिमी आफै भन न कहाँ विश्वास गरु ?

तिम्रो लागी बिष पनि हाँस्दै पिई दिन्थें
बिर्सीएछौ बसन्तका नैवेद र चरु ।

अझै पनि म भन्छु तिमी मान्छे बन
तर तिमी गर्दै हिड्छौ झन तल झरु ।

सोझो देखी खेल्नु खेल्यौ मेरो जीवनमा
रितीएछ आँखा मेरो नसोच भो आँशु भरु

धर्म कर्म सिकाउँनु मेरो गल्ती रैछ
ब्यर्थ मैले सोच्या रैछु दुःखीयालाई सेवा गरु ।

यदि म पापी अर्धमी राक्षस हुँ भने
हे भगवान, मेरो वश मासिएर मरु ।

गजल


केदार सुनुवार "सङ्केत"

सानो छँदाको आउछ याद हात समाई डोर्याएको
मेलापात जाँदा आमा मकै भटमास छोडाएको ।

रीत पुर्राई डोली चढी परार्इ घर पुगे पनि
याद छहै बर्षै पिच्छे निधारमा टीको नटुटा'को ।

आज हामी सम्स्याले जति टाढा पुगे पनि
नबिर्सनु एउटा कुरा एकआपसमा सघाएको ।

दिदीज्यूका बेदनामा आफु पनि डुबि दिंदा
"सङ्केत" पनि सत्यहोला झण्डै कसो नहरा'को ।

एउटा दिदी पूर्व तिर अर्को भने पश्चिममा
किन कुरा उस्का गर्नु जिउदै लाश जलाएको ।

केहो-केहो यो जीवन बुज्नु खोज्दा झनै गाह्रो
हो तेसैले आजभोली म निन्द्रामा कराएको ।

दुःखका कुरा मात्र गरे जस्तो भयो मैले आज
भो नखौजौ अव त्यो सागरमा मोती हराएको ।
दिदीहरुमा समर्पण

गजल


निर्छली शीत्कार

गजलका शुन्दर शब्द तिम्रै लागी भो ।
बेनाम मेरा सबै अंङ्गहरु तिम्रै लागी भो ।

आकाशका जून तारा उदाउदा म माथी
तिम्रो मुहारले ढपक्क ढाके जस्तै भो ।

हेर्दा हेर्दै दिन दिनै तिम्रो उमेर आज भोली
ओइलीएको एक त्यान्द्रो झार जस्तै भो ।

तिमीले प्रेमको गाठो बुन्दा अरु कसै सँङ्ग
मलाई भने सोमरस पनि बिष जस्तै भो ।

बेच्नेले बेचेपछि मुटु कलेजो कसै सँङ्ग
आखिरी यो ज्यान पनि सियो जस्तै भो ।

हिजोको माया आज छाँया तिमी बदलिंदा
यो "निर्छली"को गाला पनि च्याँउ जस्तै भो ।

देश


हस्त गौतम मृदुल

अन्योल देखि देशको अबस्था मन यो धर्किएको छ।
कहिलै नसुल्झने मर्मले, छाती मेरो चर्किएको छ।।

छातीमा कुल्चि शासन गर्छन, शत्तामा जो आए पनि।
निंरकुस्तले गला घोटछन, जस्तो कसम खाए पनि।।

अन्धकार देखी देशको भविस्य, मन यो धर्किएको छ।
बिहानी कहिलै नहुने पिरले, छाती मेरो चर्किएको छ।।

शहिदको बलिदानले स्वतन्त्रता फेरी कहिलै आएन।
उर्त्र्सग जति गरे पनि, शान्तीले यहा कहिलै छाएन।

अस्तब्यास्त देखेर त्यो भबिस्य, मन यो धर्किएको छ।
आच आएको देखेर माटोमा छाती यो चर्किएको

हल्लै हल्लाको देश


आचार्य प्रभा

सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन
तोड्फोड गरेर ,
कोही मौन छन आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरी भनी ...../

(अमेरिका )

गजल


आचार्य प्रभा

तिम्रो मीठो सम्झनाले कयौँ पटक झस्किए म
त्यही नमीठो पीडाले घाऊ बनी चस्किए म ।

पल, पल आउँछ याद ,बाडुलिको हिक्का बनी
तिम्रो तस्बिर अङालेर केही समय मस्किए म ।

कल्पनामा आउछौ तिमी आँखाभरी मात बोकी
तिमीलाई दंग्याएर कहिले कही ठस्किए म ।

जब बोल्छौ भावनामा तिमीभित्र हराइेदिन्छु
यथार्थमा नपाउदा निरश बनी खस्किन्छु म ।

(अमेरिका )

गीत


दिलिप योन्जन

दुखियालाई खुसी नमिल्दोरहेछ,जति नै गरे नी
हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

भिजेको आखा सुक्दैनरहेछ, जति नै पुछे नी
च्यातिएको भाग्य जोडिनरहेछ, भालाले सिए नी
दुखिको खुसी लुटिन्दोरहेछ, दैब नै लागे सी
हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

मनको बाध फुट्दोरहेछ, चोटै-चोट लागे सी
जिएको अर्थ नलाग्दोरहेछ, मान्छेले हासे सी
दुखिको दुख सकिनेरहेछ, माटोमा मिले सी
हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

अस्टिन, अमेरिका

गीत र गीतका चोईटाहरु


स्यानु पाईजा

सुस्तरी चियाउछ बादलुले
तिमी शीत बनि झरेको बेला
जुन सँग बादलुको लुकामारी
आधा गुमसुम आधा खुलेको बेला
शिकारीको काँधैमा बन्दुक
कुन मृगको काल आयो
भोको पेट पस्केको खाना खोई
फेरी किन रित्तो थाल आयो
माझि दाईले जालै हान्यो
मर्स्यांङदीमा छाल आयो
माया लाउछु भन्दा भन्दै
निस्ठुरी दैब काल आयो
गीत र गीतका चोईटाहरु
गाउँ बेसीको फाँतहरुमा
भिर पाखा र खोचहरुमा
भाका भाका सजिएका छन
देउरालीमा सुस्ताउदै माईला दाई
जमना सम्झनु हुन्छ---------
टौवाको मुनी गौवाको पानी
कौवाले खायो हा हा भन
चालिसे चुरा गाँउले को कुरा
सुनेर पिरती लाउदिन नभन
टौवा को मुनि..........
सुन मुरलीलाई सुनचाँदी बाँधौला
केहि गीत पिडाका
केहि गीत खुसीका
हरेक थुम्का थुम्कामा गुन्जिन्छन
गीत र गीतका चोईटा हरु
मलाई पनि लैजाउ भेना
टाढाको गोठै मा-
गीतमा के छैन ?
साली भेनाको ठट्टा छ
लिङ्गे पिंङ्ग दोहोरो मच्चिएकोछ
चौतारीको बरपिपलको काशी पुग्यो जरा
जुनी राजै बित्यो नजादो हो रहर
गीत भित्रका प्रीतहरु
सुनु सुनु लाग्ने छन
गीत र गीतका चोईटाहरु
देउराली र पाखा भरि
गीत र गीतका चोईटाहरु
माया र माटोको सुगन्ध
गीतहरुमा मिसिएकोछ
हाम्रै माटोको गीत बाँचे
कति जाती हुन्थ्यो
सगरमाथा जस्तै मेरो छाती हुन्थ्यो
गीत र गीतका चोईटामा
बियर र धुँवा नमिसिए हुन्थ्यो

पात्लेखेत-७, म्याग्दी

तिम्रो मनको डायरीमा


केदार सङ्केत

तिमी त्यसरी नजिक भएर
मनभरि फुल्छयौ भन्ने
पहिल्यै थाहापाएको भए
कित सुटुक्कै भनेकी भए
ऊ पनित नजिक- नजिक भएर
समयमै
मैन बतिझैँ पग्लिन्थ्यो होला
तिम्रै चाहनाको
भित्र कतै कामातुर मझेरीमा ।
पछिपो थाहा भयो
तिम्रा थाकेका मन
लोलाएका आँखा र
सुकेका ओठहरुमा
अतृप्त कामवती चाहनाहरु
अपेक्षित भएर
सरिर र नसाहरुमा
सलबलाउन थालेको पाँउदा
बेर्थै ठानी पग्लीदियो ऊ पनि
आगोमा घिंउ पग्लिएझैं
जीवनको मनोरमता सँगै ।
धेरै दिन सम्म
मनका फक्ल्याँटे दोभानहरुमा
मोदित स्पर्श सँगै
हिमनदीझैँ सललल
बग्दै गयो
पहरै-पहरा
पहाडनै-पहाडमा
तिम्रै गाँउको
खोल्सै-खोल्साहुदै
-चिस्यानहरुमा
-बुटयानहरुमा
जहाँ तिनीहरु एकाएक
जीवनको गोलार्ध भित्र
हराउन थाले ।
जीवन आफै एउटा
प्रयोगशाला
त्यो प्रयोगशालाको
दिव्यदृष्टि भित्र
चरम स्वाद
आनन्द- अनुभूति
वेदना-वियोग
हर्ष विस्मतमा
ठोक्किन्दै-घस्रदै
वहदै जाँदा
तिमीमा प्रकटित
हिम-पहाडहरुमा
जीवन-जँङ्गलहरुमा
चिप्ला बाटाहरुमा
चिप्लिदै लड्दै
उत्रेछौ
निश्चिन्त दोभानको फेदमा ।
जहाँ एकाएक
अङ्गहरु, विरङ्गभएर
रुपहरु, वेरुपभएर
मनहरु, बेइमानभएर
क्यनभासमा कोरेका
लुप्त कठिनभावका
कोरिएका चित्र झैँ
हाम्रो आकृती
यत्रतत्र
जताततै झुण्डीरहेको थियो
किनकि उन्को मन
ऊ मान्छेको मन भित्र भन्दा
जीवनमृत भएर
टाढा कतै अरुसँङ्गै
अलमलिएझैँ लाग्थ्यो ।
तिम्रो मनका डायरीमा
मैले केवल तिनै कुरावाहेक
सत्यहोला
अरुकेहि पढ्न सकिन ।

आमाको बाणी


बसन्त मोहन अधिकारी

बसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यहि देह सँगै
सबै जना बास बस म नेपाल ! सँगै ।

घैया, कोदो, जौ, फापर तीन महिना सधै
हिमालका नेपालीलाई जोड तरार्इ सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँ सँगै
दुःख, पीडा, हर्ष आँशु साटसँग सँगै ।

जन्म हाम्रो मानवको मानव धर्म सँगै
बुद्ध, सीता, भृकुटीलाई राख मनमा सधै ।

हिमालको स्याउ टिप्न आऊ साथ साथै
धान चामल स्याउ साट, साट आफ्नो सँगै ।

तरार्इको गर्मी छल्न उक्ल चामल सँगै
जडीबूटी औषधि लिई झर तरार्इतिरै ।

दूध, दही, बाख्रापालन गर पहाड सँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

अैंचो पैचो आफू भित्र तिनै जना सँगै
हिमाल, पहाड, तरार्इको नाता गाँस सधै ।

प्रकृति र कला कृति संरक्षणमा सधै
मेल मिलाप गरी बस जन्म दाता सँगै ।

चेतनाको प्रयोग गर मानव धर्म सँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमा सँगै ।

यूएर्इ चितवन

गजल


भूपेन्द्र महत

छिमेकिको डाम्ना छाडा भो रे प्रिय बार लगाउ
पहरे नि निन्द्रामा छन रे काँडे तार लगाउ

तिम्रो अस्मिता धराप छ रे कसरी जोगाउछौ
कुनियतले बढे कोही भने सिस्नो झार लगाउ

बाजे बाराजुले झुक्न सिकाको छैन नझुक्नु कतै
स्वाभिमानमा आँच आए खुकुरिमा धार लगाउ

आई लाग्नेलाई जाइ नलागे थिच्नेले थिच्छ नै
निर्धो नै हेपिन्छ सधैं नभन प्रभु पार लगाउ

कुरुप भा छ रे बस्ती फोहोरीहरुको दोहोरिमा
दुर्गन्धमा कता जच्छ र भनु सिंगार लगाउ

सुन्दरी शाकिला


हस्त गौतम मृदुल

स्वर्गबाट धर्तीमा झरेकी झै परि
पैरणले नै सजिएकी इन्द्रेणी सरी
जुन झै उदाएर फुल झै फर्किएकी
मेरो जीवनमा आइन मेरी शाकिला

डाफे जस्तै नाचेकी छिन पखेरीमा
कोइली झै गाएकी छिन देउरालीमा
अनगिन्ती सपनाहरु बोकेर आइन
अनन्त खुसीको बहार पनी ल्याइन

घाम झै उदाएर फुल झै रगीएकी
मेरो जीवनमा आइन मेरी शाकिला
जहा थियो अध्यारो त्यही दियो बनी
जति थिए निरासा त्यही आशा बनी

कुन्ठित मनलाइ पुनर जीवन दिन
म संग रमाउन आइन अब हर क्षेण
हिमाल झै मुस्काराएर फुल झै रगीएकी
मेरो जीवनमा आइन मेरी शाकिला

मेरो खाली सिउँदो


केवल गंगा गुरुङ

मेरो आशाको किरणहरु
डुब्न लागेको घाम जस्तै भएछ
जलिरहेको दियो पनि
निभ्नै लागेछ
कस्तो हुरी आयो प्रिये
ति म्रो र मेरो मायाँ बिच
तिमी नहुँदाको खाली सिउँदोलाई
सवैले उपेक्षा गरिरहेकाछन्
तिमी त वादलपारीको देशमा बसेर
मेरो रमिता हेर्दै हौला
मेरो दुर्गती देख्दा ति म्रो मन
अलिकति पनि दुखेन ?
म तिम्रै पखालिएको सिन्दुरको डामहरुको
रक्षाको निम्ति भिषण लडार्इ लडिरहेछु
के तिमीलाई आनन्द लाग्यो ?
मेरो रोएको दिनहरु हेर्दा.....?

सुनेको थिएँ निष्ठुरी हुन्छ माया


भानेन्द्रकुमार सम्बाहाम्फे

सुनेको थिएँ निष्ठुरी हुन्छ माया
हुँदोरैछ माया साँच्चै नै निष्ठुरी

सोचेको थिएँ संसार मेरो
बनाउँने स्वर्ग झैं सुन्दर
अनायासै चल्यो त्यो पापी बतास
उडायो घरबार

चलेकै छ जीवन निरन्तर
घरबार उडे के भो र !
रोकिन्न चाल मुटुको मेरो
निष्ठुरीले छोडे के भो र !

नसोच कम्जोर निष्ठुरी माया
नौलो बिहानी उदाउछ
त्यो ति म्रो चोट हराउछ आफैं
जीवन त फेरि मौलाउछ

काठमाण्डौ ।
२०६६/०१/११

म जन्मेको माटोमा अब


स्यानु पाईजा

एउटा पोको मनको कुनामा
उकुसमुकुस बन्द छोडेको
कहिल्यै नखोलिने गरी बन्द छ
छिमेकीहरु मलाई चिन्दिन भन्छन
म छिमेकी चिन्दैन
यहि कतै मेरो पुर्खाको
झुपडीको जग पुरिएको छ अरे
म जन्मेको माटोमा अव
नयाँ नयाँ घर बनेकाछन
हरेक घर घरको टुपी पलाएको छ
कहि मन्त्र फरफराएको छ ध्वजा भरि
कहि क्राईस्ट सुली चढेको छ
कहि ॐ ॐॐॐ ॐॐॐ
कहि ‌साईबाबाको जगल्टा
कहि रजनीशको दाह्री
पेप्सी र कोलाको होल्डिङ बोर्ड जस्तै
हरेक घरको टुप्पीमा सजिएको छ
हर्लिक्सको बिज्ञापनले भन्दैछ
नपिए पछि परिन्छ
त्यै भएर म पनि रगत बचेर
हर्लिक्स पिउने मान्छे हु
मेरो घर नै छैन
तै पनि मेरो घर नबन्दै
होल्डिङ बोर्ड टाङ्नु भन्नेहरु
दैनिक स्यामपल लिएर आउछन
म जन्मेको माटोमा अव
धर्मको ब्यपार हुन्दैछ
होल्डीङ बोर्ड हरेराएरै
यहाँ अव मान्छे कै किनबेच हुन्छ
फेरी नयाँ भर्सनमा
मलाई कस्ले सस्तो कमारो बनाउँछ
म जन्मेको माटोमा अव
मेरो चिहानको लागी बच्छ कि बच्दैन ?
साहेद मेरो लास को अन्तष्टि कसरी गर्ने
मेरा सन्तान जन्मेछन भने झगडा गर्लान
म जन्मेको माटोमा अव------
मान्छे र मानवता कता ?
Only Hindus May Enter
Non-Muslim Prohibited
यि कहि लेखिने र देखिने सुचना हुन
हामीले नै जन्माएको बिभेद भित्र
जस्ले जसरी लेखे पनि
यो आधुनिक युगको छुबाछत
मैले हर्नै नसक्ने गरि मौलाएकोछ
म जन्मेको माटोमा अव
मेरो चिहानको लागी बच्छ कि बच्दैन ?
साहेद मेरो लास को अन्तष्टि कसरी गर्ने
मेरा सन्तान जन्मेछन भने झगडा गर्लान
म जन्मेको माटोमा अव मानवता हराउदैछ
आधुनिक युगको छुबाछत मौलाउदैछ,
बनमारा झार बरु ओईलाउदैछ
म जन्मेको माटोमा अव मृत्य पनि
तमसा बन्ला भन्ने चिन्ता छ मर्ने हरुलाई
चिन्ता छ बाँच्ने हरुलाई !
म के शन्देश मागु चिरा चिरामा छरिएका
आत्मा भित्र प्रेतआत्मा लुकाएका
मान्छे र मानवता लाई

पात्लेखेत-७ , म्याग्दी

गजल


भूपेन्द्र महत

मुर्झाइ सके फुलहरु बगैचामा माली छैन
बनझारले डसिसक्यो कुनै बोट खाली छैन

पातो खोपिएका चोर रैछन साँधु बनी आए
अनुहारमा लेख्या भे पो,छान्न पनि जाली छैन

बारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँ
ढलाए माटो मुखमा माँड लाउने बाली छैन

धोत्रायो कि धमिराले कि त मुसा पसे जगमा
भात्किएछ घरै अब त,ओत लाग्ने पाली छैन

झुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझै
अत्याचारी बध गर्ने कलियुगमा काली छैन

सिनो भएछ विश्वाश सदभाब बेवारीस भै
गनाएको यो बिक्रिती निकास हुने नाली छैन

फुल्नुको लालच सँग मलाई मोह छैन


आचार्य प्रभा

बरु मेरो अभिमान ढकमक्क फुलेर झरोस
मलाई कुनै गुनासो छैन ,
फूल्नुको लालचसँग मोह छैन
किन कि फूल्नुसँग सबै मोहित हुन्छन
त र... फुल्नुको अर्थमा
अभिमान फुल्नु हुन्न ,
रिस,राग अहंकार, फक्रिनु हुन्न
त्यस्लाई त जरैदेखी कुल्चिएर मास्नु पर्छ
किन कि...... फुल्नुको अर्थलाई जब
त्यस्ले कलंकीत बनाउछ भने /
बरु मेरो...... स्वाभिमान ,
बिना स्याहार ,सुसार ओइेलिन लागेको छ भने
म त्यस्लाई कदर गर्छु ,
ओइेलिनुको अर्थ बुझ्छु ,
झर्नुको महत्वलाई स्वीकार गर्छु
किनकी...... झर्नुको पनि त अर्थ हुन्छ ,
ब्यथा हुन्छ ,कारण हुन्छ
अनी म त्यस्लाई झरेर पत्कर हुनबाट बचाउछु
यसैले फुल्नु र झर्नुको अर्थमा
बराबर मह्त्व र समझदारी हुनु पर्छ
आफ्नो अस्तित्व नै गुमाउने बस्तु
फुल्नु भन्दा झरेको नै बेस हुन्छ ,
आँफैलाई जीवनको परिभाषा दिने
बस्तुको झर्नुको पनि महत्व हुनु पर्छ
त्यसैले... झर्नु,फुल्नु ,फुल्नु ,झर्नुको
औचित्य समान राख्नु पर्छ ,
फुल्नुको खुशीमा रमाउनु हुन्न
ओइेलिनुको अर्थमा निरश हुनु हुन्न
आखिर सोचौं त हरेक कुराको
आफ्नै अर्थ र महत्व हुन्छ भनी ........

(अमेरिका रचना ०३/ ०५/ ०९ बिहान ७ बजे )

माया नलुकाऊ


केदार श्रेष्ठ'गगन'

माया नलुकाऊ छातीमा मुटु गाठो पर्ला
कुरा नलुकाऊ मनमा पछि रुनु पर्ला ।

काँडे तारले बारे पनि छेकिदैन माया
सागरको पानी जस्तै सकिदैन माया ।

माया नसाँच आँखामा आँसु बनी झर्ला
तारा जस्तै अँधेरीमा सधैँ रुनु पर्ला ।

मन हो माया टाढा नजिक जहाँ नि पुग्छ
मायामा मान्छे मात्र हैन काँडा पनि झुक्छ ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर