बिना शब्द नेटो काटी, छोडी जानेलाई


भानेन्द्रकुमार सम्बाहाम्फे

बिना शब्द नेटो काटी, छोडी जानेलाई
सम्झीरहें आफ्नो ठानी, व्यर्थै तिमीलाई

भुल्न गाह्रो हुँदोरै'छ, माया प्रेम्का कुरा
जति सम्झ्यो उति चल्छ, निष्ठुरीको छुरा
छियाछिया हुन्छ मुटु, ज्यून गाह्रो हुन्छ
विरहले गाँजिदिन्छ, मर्छन् मन्का कुरा

तोडी गयौ परिभाषा, साँचो माया प्रेम्को
स्वार्थी बनी अनायाशै, पछि लाग्यौ धन्को
आफू खुशी हुनलाई, दण्ड किन दियौ ?
जुनीजुनी सम्म पनि, बिझछ काँडा त्यस्को

काठमाण्डौ ।
२०६६/०३/०१

नारी अन्तर्मनका अभिब्यक्ति


मुकेश राई (ईलाम)

बिछोडको तितो बाध्यता
तिमी बिनाको रित्तो शुन्यता
मैले पो भोगेको छु त,तिमी त
एकछिन् तड्पेर
बिदाइमा दुई थोपो आँशु झारेर
हाथ हल्लाएर कर्तब्यको पथ पछ्याएर्
क्षितिज भन्दा पर पर हिडिदियौ,
शुन्य रातहरुको एकांकीपना
उराठ दिनहरु,
छुट्टीएको केही बेर देखी नै
फेरी भेट हुने कल्पनाहरु सँग मितेरी गाँस्दै
पल पलको पर्खाइमा त म पो जलेको छु !

तिमी हुनुको आभाश दिएर
मेरो साथी बनेका तिम्रा तस्विर
मेरो दिलमा तिमी पुजिएर पनि
लाग्थ्यो देवी-देवता बिनाका हर मन्दिर
समाजको अगाडि जिम्मेवारीका भार
ब्रिद्ध आमा बाबुका साथ दिने आधार,
प्रत्येक् रहरहरु मन भित्र दबाएर,
हर पिरहरु छात्ती भित्र लुकाएर मुस्कान छर्दै
आफ्नै मनलाई खुशी हुनुको छल त
मैले पो गरेको छु त !

तिम्रो बाहुपासको कल्पित आभासमा
जिउनुको अस्तित्व मायाको त्यान्द्रोमा बाँधी
प्रेमको धरोहर तोतेबोलीहरुमा सँगालेर
सानो कोमल पाइलाको ताते तातेहरुमा
समयका प्रत्येक् पल गन्दै,
उसको अबोध मुस्कानहरुमा जीवनको
आभास केलाएर म यहाँ बाँची दिएको छु !

प्रत्येक् पल तिम्रो सुस्वास्थ्य र दिर्घायुको
कामना गर्दै, भगवान संग प्राथना गरेर
तिम्रो विश्वाशको लक्ष्मण रेखारुपी
परिधि भित्र जकडिएर
हरपल बिरहको आगोमा जल्दै
तिम्रो हुनुको अग्निपरिक्षा त
मैले पो दिरहेको छु त !

ए मेरो परदेशी,
कठोर् होलान तिम्रा परिस्थिती
बिछोडमा जल्दो होला मन तिम्रो पनि
तिम्रो हर दु:ख र पिरहरुलाई
म आत्मसात गरिदिँउला
बरु,
कर्तब्य पथबाट नडगमगिउन तिम्रा पाइलाहरु
विश्वाश झै अटल आँट बोकेर अघि बडिरहु
प्रत्येक् दिन शुन्यता बोकेर
आउने यि भोलीको लस्करमा
कुनै एउटा भोली त होला ?
त्यो दिन फेरी तिमी
त्यही क्षितिजको बाटो भएर
बिहानीको झुल्के घाम झै मुस्कान छर्दै
मिलनको खुशी बोकेर फर्की आँउदो हौ
मैले शुन्यता सँग मितेरी गाँसेको
यि उजाड पलहरुमा
बसन्त हाँस्दो हो,
मधुमास छाँउदो हो,
हाम्रो मायाको दिप सानो राजकुमार,
जसको मनको कौतुहलले जन्माएको
"बाबा कहिले आउनु हुन्छ" ?
भन्ने अनुत्तरित प्रश्नको जवाफ
तिम्रो न्यानो काख पाएर पूर्ण हुँदो हो
यस्तै, यस्तै कैयन सुखानुभुती साँचेर
बिबस मन बुझाउँदै म यँहा पर्खिरहेछु,
तिम्रो पत्र भरी पोखिएका
सुखद सान्तवना र मार्मिक भावनाका
त्यान्द्रो, त्यान्द्रोहरुमा बिशाल मायाको
विश्वाश समेटदै म यहाँ प्रतिक्षारत छु,
म यहाँ प्रतिक्षारत छु !!!

हाल बेलायत

गजल


भूपेन्द्र महत

तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भनेथ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भनेथ्यो
विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भनेथ्यो
जर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भनेथ्यो

पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भनेथ्यो
दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भनेथ्यो

राहतको अनुभुती के गरेथे झल्यास ब्युझे
कस्तो देखेछु सपना बिक्रिती फाल्छु भनेथ्यो

चाईनाको चामल आयो ??


स्यानु पाईजा

चाईनाले बनाएको सस्तो चामल किन आएन
भोको मान्छे ले पेट भरि खानै पाएन
पोहरै हो सुनेको चाईनामा सस्तो समान जस्तै
सस्तो चामल बनी सक्यो भन्ने सुनेको
काकुल काठमाडौलाई मेलाम्चीको पानी जस्तै
कुरे को कुरै भईयो सस्तो चामल किन आएन
यहाँका एक हुल मान्छे शान्ती खोज्न निस्केका छन
यहाँका अर्को हुल मान्छे शान्ती फर्काउन जुटेका छन
यहाँका एक हुल मान्छे सिलो टिप्नु अर्को गाँउ पुगेका छन
यहाँका अर्को हुल मान्छे पैचो माग्नु गएका छन
यहाँका एक हुल मान्छे जागीर खोज्न प्रदेश पसेका छन
धेरै दु:ख पाईयो , खान नपाई मर्न लाईयो
गरिब र दु;खी प्रमाणीत गराउदै शिर झुकाएका छन
शान्ती खोज्ने हो हुल र शान्ती फर्काउने को हुल
बिचै मा जम्का भेट भए र ठेला ठेल्म गरे
शान्ती खोज्ने र फर्काउने हरुले नै अशान्ती मच्चाए
सिलो टिप्नु गएकाहरुले धमिरा लागेको आलु भेट
पैचो खोज्नु गएकाहरुले झुपडी बन्ढकी राखेर फर्के
यहाँका मान्छे आफ्नो जमीन बाँझो फालेर
मुग्लानमा खै... के ? गमलामा फुल सार्दैछनरे
हुने खाने हरु होटेल मै डिनर लन्च गर्छन रे
नहुने हरु चाउचाउले भोक मेट्छन रे ।
दिन दिनै पसले लाई सोध्दै छन चाईनाको चामल आयो ?

नोट : सिलो- खेतको बाली धनी ले बाली भित्राए पछि छुटेका अन्न टिप्ने काम

गजल


देवराज ओली

मलाई पनि उनलाई जस्तै ,छट्पटी भो भन्थी अरे
मेरै फोटो हेरी हेरी, खुबै सँग रुन्थी अरे

बसेको छु उहाको यादमा,कहिले आउलन फर्कियर
टोलायर दिनहरु औंला ,भाचदै गन्थी अरे

के गर्ने मुटु चुडई ,पर्देश मा आउनु पर्‍यो
मेरो हजुर आई टोपी,लाउलान भन्दै बुन्थी अरे

गरीव परिवार केही थिएन, धन सम्पत्ति भन्नु पर्दा
बा-आमालाई आधा पेट, आफु भोकै हुन्थी अरे

कमायार एकदिन ,फर्किएर आउलान भन्दै
झिनो आशा मन मा राखी, एकछिन खुशी हुन्थी अरे

बिहे गरी जानु भयो ,मेरो साथमा सबै छोडि
बा-आमाको सेवा गर्दै, धर्महरु गुन्थि अरे

indra_sagar2001@yahoo.com
दाङ घोरही-३ हाल दुबई यू ए ई

हेर न हेर, उत्तरतिर, चादी झैं हिमाल् टल्केको


भानेन्द्रकुमार सम्बाहाम्फे

हेर न हेर, उत्तरतिर, चाँदी झैं हिमाल् टल्केको
फर्केर हेर, दक्षिणतिर, सुन झैं धान फलेको
नियाली हेर, पहाडलाई, योद्धा झैं सधैं उभेको
त्यही हो मेरो, नेपाल देश, साँच्चैको र्स्वर्ग धर्तीको

गुराँस फुल्दा, रम्दछ वन, पहाड हुन्छ जवान
त्यो लालुपाते, जाही र जुही, सुन्दर मेरो बगान
नाग्बेली बग्ने, हजार नदी, हजार खोला दोभान
रङ्गी र चङ्गी, प्रकृति राम्रो, देश छ मेरो महान

मुनाल डाँफे, याक र चौंरी, चिनारी खासा हिमाली
उत्सव हुन्छ, गाउँदै नाच्दा, वनमा मयुर कोइली
मारुनी बालुन्, झ्याउरे हुड्का, संस्कृति राम्रो नेपाली
सोरठी पालाम्, गाइने लय, चलन खासा नेपाली

गण्डकी कोशी, कर्णाली भेरी, मेट्दछन् तृष्णा देशको
पूर्वको मेची, त्यो महाकाली, रोक्दछन् कदम् वैरीको
दुःखका साथी, भञ्ज्याङ्ग पाटी, द्यौराली अनि चौतारी
सगरमाथा, वीरको गाथा, गोर्खाली मेरो चिनारी

काठमाण्डौ ।
२०६६/०१/२४

गजल


बसन्त मोहन अधिकारी

खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो
खारा बारा त्यै घटना आज राजपुरमा छायो

बैनी रुन्छिन् मझेरीमा भाउँजु चौकी भित्र
यस्ता पापि शत्रुसंग कसले मित लायो ?

छाती भित्र मुटु भए थोरै कतै सोची देउँन
विर नेपाली तिमीलाई आज कसले दायो ?

कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नु
यो आमाको देह लुट्न पापि राक्षस धायो ।

भोका रैछन् दाजुहरु खाना खान लडीराछन्
नाम्रद यि छोरा हुँदा हेर देह लुट्न पायो
युएर्इ, चितवन

म तिम्रो प्रेरणाको 'प्रभा'बन्नेछु


आचार्य प्रभा

तिमी अघी बड्दै जाउ
म तिम्रो हर पाइलाको प्रेरक बन्दै जानेछु ,
तिमी भावनाहरुलाई शब्दहरुमा
उन्दै जाउ ,
म तिम्रो प्रेरणाको 'प्रभा'नै
बनिरहनेछु /
नरोक कलमलाई कहिल्यै पनि
त्यो त सधैं चलायमान हुनुपर्दछ
ननिभाउ मनका उदगारहरुलाई
त्यो त ''दीप ''बनेर
बलिरहनु पर्दछ ,
तिमी शब्दहरुको बिउ छर्दै जाउ
म प्रोत्शाहनको मलजल दिन
उत्प्रेतित हुनेछु ,
तिमी साहित्यरुपी आङनमा
बामे सर्दै जाउ
म तिम्रा हात समाइ
डोहोर्याउने प्रयत्न गर्नेछु /
नबांध मनका भावनाहरुलाई
त्यो त खुल्ला कागजमा
बहनु पर्दछ ,
नकस कल्पनाको शब्दहरुलाई
त्यस्ले त आजाद चरी भएर
उड्न पाउनु पर्दछ ,
तिमी शब्दहरुलाई
उज्याल्दै जाउ
म तिम्रो अन्धकारको ''आभा''नै बन्नेछु
तिमी कलमलाई साथ दिदै जाउ
म तिम्रो प्रेरणाको ''प्रभा''
नै बन्ने छु /
(अमेरिका )

(देश बिदेशमा छरिएर रहनु भएका मेरा साथी हरु ज-जस्ले मलाई लेखनक्षेत्रमा हौशला माङ्नु हुन्छ वहाँहरुलाई समर्पित)

आजको देश


अबिरल अधिकारि "ब्याकुलमाइला"

हरियाली र शितल्ता ले छाएको देश
आज उजाड र मरुभुमी बन्दै गएको छ
स्वच्छ सफा र स्वर्गिय आनन्द पाउने देश
आज दुषित बन्दै गएको छ

सिता भ्रिकुटी र बुद्ध जस्ता बिभुतिले जन्मा लिएको देश
आज घुस्यहाहरुको क्रिडास्थल भएको छ
भाषण थोकेर जनप्रतिनिधी हुनेहारुबाट नै
आज देश खाडलतिर धकेलिएको छ

देशको लागि गोली खेली सहिद हुनेहरुको नाम
ईतिहासको कुनमा थन्किएको छ
गरीबको पसिना चुस्दै उड्ने र गूड्नेहारुको नाम
आज मानब्ताको प्रतिकको रुपमा चम्किएको छ

देश बिकासको लक्षजती सबै
नेताहरुको खल्तिमा अड्किएको छ
देशको योजनाको बजेटले
पाँचतारे होटेलमा नास्ता गर्ने सोख बढेको छ।

बेरोज्गारी हटाउने लक्ष्यहरु
नाता कुटुम्बमा सिमित भएको छ
शिक्षाको उज्यालो घामबाट बन्चित नबनाउनेको लक्ष्य
आज मोटरकार चल्ने ठाउमा मात्र रहेको छ

नेपाली धर्म सस्क्रिती र परम्पराहरु
बिदेशी सस्कृतिको प्रभाबले मर्दै गएको छ
नेपाली युवा युबतीको जोश र जागरहरु
बिदेश जने धुनतिर बढ्दै गएको छ