तिम्रो सिउदो


योगेन्द्र गिरी

सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा
सजाइ दिउला

मुस्कुराउदै तिमी भित्र मेरो दिल
सजाइ दिउला

तिमीले आशु झार्दा खेरी
मेरो पनि आशु झछ

तिम्रो न्यानो काखमा आफै नै रमाइ दिउला
नगए मलाई छोडी यो स्वाथी दुनियामा

कहिले सुख ,कहिले दुख भाग्यको खेल होरे
कति बस्नु यो चौतारीमा डाडा पाखा
घुमाइ दिउला

बाद्यताले बस्नु पर्दा खेरी

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी - नेपाल
email-yogendra.yogen@yahoo.com

मुटु बिक्रीमा छ


महाकाँल(C K Rai)

पवित्र तपोभूमी
सर्वोच्च सगरमाथामा बनेको
अति स्वच्छ र सुन्दर
मुटु बिक्रीमा छ

गास बास कपास
श्वास र बिश्वासको
अति खाँचो परेकोले
उत्कृष्ट कण्डिसनको
मुटु बिक्रीमा छ

वीर-बहदुर-गोर्खालीको
कोमल-कठोर
जे चिताए त्यहि हुने
मर्मस्पर्शी-चिन्तामणी
मुटु बिक्रीमा छ

एच.आई.भी. र
हेपाटाईटिसबाट सुरक्षित
रक्तचाप-डाईविटिजप्रूफ्
अति सस्तो दाममा
मुटु बिक्रीमा छ

योग-प्राणायमले स्वस्थ
मन्तर-जन्तरले बलिस्ठ
धुम्रपान-रक्सिरहीत
सयबर्ष वारन्टीसहित
मुटु बिक्रीमा छ

म बेचिएको चेली हुँ



चकेन्द्र राई कैदी

मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे ।

सप्तरगीं सिंगारमा सजिएर हिड्नु
नारी पर्व तिज र भाईटिकाहरुमा रमाउनु
पापै लाग्छ मलाई
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै आत्मा हुदैन रे ।

मैले त
तिर्खाएको उटहरुलाई
सागर बनि प्यास मेटाउनु पर्छ
भोकाएका हिंस्रक सिंहहरुलाई
काचो बिलो बाडी भोक मेटाउनु पर्छ
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै जिवन हुदैन रे ।

यी नै पुरुषहरु हुन
कसैले बेचि दिन्छन
कसैले किनि दिन्छन
निर्मम कुमारीत्व र अस्मीताहरु लुट्छन्
अनि आफुलाई बहादुर सम्झदै
रण्डी र बेश्याकको उपनाम दिन्छन ।
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै नाम हुदैन रे ।

हराभरा बैस भईन्जेल
सकिन्जेल लुट्छन् र चुस्छन
सुरा सुन्दरी र परि भनि भनि
जवानि सबै रित्ताई दिन्छन ।
अनि कामै नलाग्ने पत्कार ठानी फाली लिन्छन्
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै मुल्य हुदैन रे ।

यहाँ
लुटेराहरु चोखो हुन्छन
लुटिएकाहरु जुठो हुन्छन
हो हजुर म बेचिएको चेली हुँ
भन्छन् बेचिएको चेलि मान्छे बन्न सक्दैन रे ।

त्यसैले
मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन ।
हो म माइति भनाउदाहरु बाटै बेचिइको एक चेली हुँ ।


धनकुटा

समर्पण ति चेलीहरुलाई जो बेचिएर तिरस्कृत जिवन जिउन बाध्य छन् । माफ गर्नु होला बेचिएको चेलिहरु प्रति गेर्ने हाम्रो समाजको ब्याबहार र त्यसले दिने पिडालाई बिषय बनाएर लेख्ने कोसिस गरेको छु ।

गजल


बसन्तमोहन अधिकारी

मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला
रगतको खोला बिच मान्छे कहाँ तर्छन होला

जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो
मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला

पर्दा भित्र बसि मान्छे रगतको होली खेल्दै
मरेको यो लास माथि फूल किन छर्छन होला

आकाश रोयो धर्ती रोयो तर मान्छे रोए छैन
मान्छे मार्ने मान्छेहरु राक्षसमा पर्छन होला

मर्ने त यो शरिर हो मानव आत्म मर्ने छैन
आत्मा चिन्दै धर्म गर्न कैले मान्छे मर्छन होला

यूएर्इ चितवन

तिम्रै तस्बिर


योगेन्द्र गिरी ,संघश,

तिम्रै तस्बिर सधै सधै हेरिरहे
तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे

मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे
सधै तिमी म बाट टाडा गयौ किन ?

नयनभरी तिम्रै तस्बिर सजाइ हरे
हुरी बताशा आधीबेहेरी जे जस्तो आए पनि

तिमीले दिएको आशुको उपहारलाई
सधै मैले मेरो दिलमा सजाइ रहे

धेरै माया अनि सम्झना छ तिमीलाई
मलाई धोका दिएर गएता पनि

तिम्रै तस्बिर आज हेरी रहे, हेरी रहे

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी - नेपाल
इमेल- yogendra.yogen@yahoo.com

यादहरू


रामु गैरे

सुनसान रात छ
गाडीहरुको हुइँयको आवाज
मात्रै आउँछ
निन्द्रा पटक्कै लाग्दैन
कोल्टे फेर्छु
१२ बज्छ
मनभरि कुरा खेल्न थाल्छन्
मेरो वरिपरिका साथीहरु
मस्त निन्द्रामा
सुतिरहेका छन्
चरीहरु पनि मस्त निन्द्रामा छन्
मनभरि घरको याद्ले
छट्पटाइरहेको छ
फेरि कोल्टे फेर्छु
१ बज्छ
त्यो माली गाई अनि त्यो
गाउँ-घर, ती साथीहरु
अनि त्यो मायाको
मुसुक्कको हाँसो लजालु
बानी त्यसैमा त्यो गाजलु
आँखा अनि
हाँसेर अँगालोमा राखेर
अनि मेरो त्यो जिस्कने बानी
मेरो मस्तिष्कमा तड्पाइरहन्छ
मेरो छोराको याद
फेरि कोल्टे फेर्छु
२ बज्छ
अनि पागल सरि
आफैँमा हाँसो लाग्छ
जिन्दगीले किन यस्तो
मोड लियो कता कता
निन्द्रामा पर्न थाल्छु
फेरि कोल्टे फेर्छु
३ बज्छ
निन्द्रामा पर्ने बित्तिकै
घडीको सुइले
बिउँझने संकेत गर्छ
किनभने मलाई
नोकरीमा जानुछ ।

नुवाकोट ४ चिउरामाटी अर्घाखाँचीहाल दुबइ

केहि बोल


स्यानु पाईजा

उ मुस्कुराउछ
उ लेख्दैछ
बयान, बर्णन
सोझै भन्दा
चाप्लुसी, चाकारी
तिमी हराउछौ
म हराउछु
परिचय बिहिन
खोई तिम्रो परिचय ?
उ कहि उभिएको छ
तिमी किन ब्रश गर्दैनौ ?
तिम्रो सास गनायो
मुख नै नधुने ?
बिहानै बिहानै चढाउनु भो ?
कि हिजो को नउत्रेको ?
बन्द सिसाको काउन्टर भित्र
तपाईको स्वाँस कसरी छिर्यो ?
यति बिध्न गनाउने
खोई तिमी भित्र को मान्छे
किन बोल्न सक्दैन ?
किन ? सक्दैनौ ??
तिमी बिहान ब्रश गर्दैनौ कि ?
ब्रश गर्न बिर्सन्छौ ?
कि अरुको गनाउने स्वाँसलाई
मेरो होला भन्ने भ्रम मा छौ ?
बोल चुपचाप नबस
स्वाँसको गनाउछ भन्दैमा
मुख न मोड
तिम्रो आवश्यकता चिनेर
तिम्रो हक चिनेर
बोल केहि त बोल

शान्तिको किरण

प्रेम पाख्रिन

सकेन उड्न परेवा आज
सकेन हाँस्न बुद्धका मुर्ती
कस्ले गरिदेलान अब यहाँ
चार शाहीद्को इच्छा पुर्ती ।
घाइते छन धर्ती अझै
सकेन भेटन असली डाक्टर
सान्तिका दिप बल्ने बेला
कस्ले उघारे आशान्तिका शटर ।
हैन हैन नउदाएको शान्तिका किरण
तर गर्न सकेन सम्मान
कती रुन्छिन धर्ती झनै
शाहनु पर्दा सबैको अपमान
कस्तो बिधालय खोल्ने अब
सिकाउन देस प्रेमको पाठ
दाजु-भाइ देखेर मलाई
लाग्न थाल्यो अब उराठ ।
मर्नै परे मरौं बरु
शान्तिका दुतलाई हँसाएर
पाइन्न कसैले अमृतको थैली
नेपाली आकाशलाई जलमा फसाएर
नगरनु आस मिठो फल्को
चारै तिर बिश छर्केर
बुद्धत्व प्राप्त गरौँ बरु
गरीबका मन्दिरमा फुल रोपेर ।
कसैलाई भनिन्न देसप्रेमी
नबुझे देशको ब्यथा
यस्तै भए हराउछ छिट्टै
वीर नेपालीको गाथा ।
मेची-काली देखिन्छ पिरमा
नाता टुक्रिन्छ कि भन्दै
आँशु झार्डै रुंदै होला
शाहीद्का मुर्तिमा हात लगाउदै

जालपा १ पिङडाँडा
खोटाङ
हाल्-साउदी अरब

गीत


केवल गंगा गुरुङ्ग

गोधुलीको माधुर्यतामा हरार्इ दिउँकी लाग्यो
चोरेर तिम्रो तस्विर मनमा सजाई दिउँकी लाग्यो

दिनमा त एकै पल्ट हेर्ने मन तिमीलाई
तिमी नदेखे धर नहुने रोग कस्तो लाग्यो मलाई
लौन अव समेटी देउ राखी देउ दिलमा मलाई

मिरमिरे उषामा तिम्रो याद ताजा
झनै भन्छ मनले भेट्दछु उसलाई आज
वित्ने गर्छ दिनहरु ब्यर्थै तिम्रो यादमा

गीत


पवित्रा गुरुङ्ग

म एक पहराकी फूल हुँ
सक्छौ के टिप्न तिमीले
सक्छौ भने टिपी सजाउ
तिम्रो त्यो जीवनमा

नसोच्नु होला तिमीले
सजिलै टिपी सजाउँछु भनि
भिराला हुन्छ पहरा त
कतै चिप्लि लडीन्छ की

नसके कोशीस नगर्नु है
कतै तिम्रो ज्यान जाला
टाढैबाट मायाँ दिनु
म यहि पहरामा फूलि रहुँला

गजल


इप्सुल मगर

वाझ्न मन लाग्छ कहिले त आफ्नै भाग्य सँग
नआउँदा कहिल्यै नी जीवनमा सफलताको उमाङ्ग

गरे झैं लाग्छ प्रयास आखिर गरेको पनि त हो नी
तर पोतीएकै छैन क्यार निधारमा खुशीको नै रङ्ग

थाहा छ मलाई संघर्ष हो जीवनको उपनाम हजुर
त्यसैले लडिरहेकोछु निरन्तर छ दिनको भावि सँग

जति पछार समय तैले चाहे ठगोस भाग्यले अति
अझै पनि हारेको छैन छ विश्वास मुटुमा अजङ्ग

मान्छेहरु आफुलाई


डी. वी. पालुङ्वा

मान्छेहरु आफुलाई खोई कोनी के के ठान्छन
हजार पाप गर्दै फेरी देवताकै पुजा गर्छन

कोरस-
यहां त हजुर यस्तै छ , खाली सुनकै भाउछ
यो दुनियां बुझेर बुझी नसक्नुको छ

जुन तारा आकाशमा धर्ति माथि झार्छु भन्छन
एउटा झुट कुरा छोप्न यहां सयौ झुट बोल्छन

आफ्नो घर बनाउन छानी सोझो रुख ढाल्छन
स्वार्थ बिनाको आफ्नो मान्छे हुदै हन्न रैछन

स्वार्थ पुरा गर्न पाए मान्छे भीर देखि ठेल्छन
दोष जति अरुलाई असल चाही आफु बन्न खोज्छन

हङकङ

गजल

इन्द्रकुमार श्रेष्ठ सरित

लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो
मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो ।

दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ
छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो ।

पानी पर्दा उनकै याद घाम लाग्दा नि उनकै याद
मनको तिर्खा मेट्न एकै क्षण भेट्न पाए पनि हुन्थ्यो ।

माघको झरीमा पनि जमेकै छ हाम्रो प्रेम कहानी
चिसो मनलाई तनको आँचमा सेक्न पाए पनि हुन्थ्यो ।

लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो
मेरी मायालुलाई उजेलीमै देख्न पाए पनि हुन्थ्यो ।

कठै ! यो बर्तमान


आचार्य प्रभा

अक्सर म बर्तमानसँग सोध्ने गर्छु
आखिर यो संघर्ष,यो लडाईं
केका लागि त ?
कहिले मन थाक्छ लखतरानसँग
कहिले मस्तिष्क थाक्छ हैरानसँग
फेरी पनि आउछन समस्याहरु
बिभिन्न रूप अवधारण गरी
अनी आश्वासनको मल्हम पोँतिन्छन
यो सब सुनौलो भविष्यलाई भनि ।
म फेरि अर्को सोंचमा अल्मलिन पुग्छु,
बर्तमानले सधैंभरी भविष्यलाई नै
उज्यालो बनाउने त ?
के यस्को आफ्नै अस्तित्व छैन?
कठै!यो बर्तमान ,
भुतबाट पनि बहिष्क्रित छ
भविष्यको खुशीकोलागी
सधैं आफु पीडित छ
बिगतलाई बिर्सन वाध्य छ
आफु बिगत र भविष्यको
साँघु बनेर हज्जारौँ बोझ बोक्न
बिवश छ,
बर्तमान सधैं बिगत र भविष्यको
कठपुतली बन्न लाचार छ ।

(अमेरिका )

गजल


बसन्त मोहन अधिकारी

फूलसंग आँखा जुध्नु, भुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

मेरो संसार तिमी हौ, भन्दै सजाउँदा
मेरै फूल आँशु दिने, मुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

रुप,रगं, वासनामा आत्म छैन रैछ
मायाप्रिती देखाउँने, तुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

बगैंचामा धेरै थरि, फूल फुलीराछन्
मलाई नै रुवाउँने, कुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो


म त रुदै जान्छु अब प्रेम वियोगमा
जीवन त नष्ट हुने, धुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो
फूलसंग आँखा जुध्नु, भुल रैछ मेरो

यूएइ चितवन

अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल ?


चकेद्र रार्इ कैदी

बाँच्न पर्ने बाध्यताले
अनि सुख किन्ने रहरले
जन्मभुमि बाट टाडिएको
एक नेपाली हु म ।

परिस्थीति सँग मुकाबिला र संझौता गर्दै
उज्वल भविश्यको खोजि गर्दैछु .......।
जसरी
तिमी नेपालमा शान्ति खोजि रहेको छौ ....।
मलाई थाहा छ,
तिमीलाई यति बेला
पसिना आई आईरहेको छ ।
यस्तै हुदो रहेछ अनमिन
जन्ता भन्दा नेता धेरै
नेता भन्दा सांसद धेरै
साँसद भन्दा मन्त्रि धेरै भएको देशमा ।
तिमीले सोचे जस्तो छैन हाम्रो देश......।
ताल परे
३६५ दिन नै बन्द हुन्छ हाम्रो देश ।
अभागी जन्ताहरुको हाम्रो देश,
भाग्यमानि नेताहरुको हाम्रो देश,
दिन दाहडै हराउदै गरेको हाम्रो देश
आज तिमी
कानुनको कुरा गर्छौ
मानव अधिकारको कुरा गर्छौ
शान्ति र सुरक्षाको कुरा गर्छौ
नयाँ संबिधानको कुरा गर्छौ........।
तर म
नेपालको कुरा गर्छु
भन त अनमिन कहाँ छ सिङ्गो नेपाल ?
संयुक्त राष्ट्रसंघको बडापत्रमा छ की,
काठमाण्डौको संविधान सभा भित्र छ नेपाल ?
हिजोको टिस्टा र कांगडामा छ कि,
किमाथाङका र सुस्तामा छ नेपाल ?
अनमिन आखिरी कहाँ छ हाम्रो सिङ्गो नेपाल ??

तिमी बिनाको यो संसार


योगेन्द्र जोगी ,संघश

तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु

तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु
कोइलिको जस्तो सुमधुर तिम्रो भाकालाई

भुल्न सक्तिन सानु
यो मेरो कान भित्र सधै तिम्रै सुमधुर

गीतहरु गुन्जिंछ सानु
स्वदेश बाट भाए पनि के छ खबर

भनि बोलाई दिनु सानु
तिमी बिनाको यो जिबन अन्धकार लाग्छ सानु

छाती भित्र तिम्रो मायालाई झिकी लैजाउ सानु
छोड़ी जाने निस्ठुरीको यति धेरै सम्झना आउछ किन ? सानु

धुपू-१ लेब्रंग
संखुवासभा- नेपाल

गीत


पवित्रा गुरुङ

नमान्नु दुखी परदेशी बनि
धर्ती उहि हो जहाँ गए पनि

नभुल्नु यो जन्मभूमिलाई
जति टाढा गए पनि
रमाउँन खोज्नु यहि नै
कर्मले डोर्याएको भनि

नखोज्नु सुख दुख भो भनि
त्यहि त जीवनको साहारा हो नी
नराख्नु दुखलाई टाढा पारी
संगै जन्मे संगै जान्छन मरी

गीत


केवल गंगा गुरुङ

बर्षाद सँगै रुझाएर फक्रिएको जवानी
मलाई किन लोभ्याउँछौ भन ए... मोहीनी

डाँडा भरी गुराँस बनी फुल्छौ कहिले तिमी
मनभरी चाहना बनी झुल्छौ कहिले तिमी
तिमी विनाको सपना म सजाउँ खै कसरी
मलाई मनमा सजाई देउन आफ्नो बनाई कसैगरी

सारा खुशी तिम्रो पाउमा केवल मायाँ देउ तिमी
एउटा स्वर्ग रचि दिन्छु केवल साथ देउ तिमी
फुलैफुल सँग तिम्रो चाहनाहरु उनी
यो दिलमा तिमीलाई मात्र तिमीलाई सजाउँछु नी

गजल


इप्सुल मगर

सहन्छु म लात हजुरको कटु बात नदिनु
हल्लाको भरोसामा सात फेराको घात नदिनु

स्वार्थी छन् मान्छे यहाँ अनि लोभ डाहा
जन्मौ जन्म हजुरकै हुँ म एक्लोपनको साथ नदिनु

प्रदेशीएर कयौं वर्ष कहाँ के के गर्नु भयो
सोध्या छैन केहि यसरी दुखको खात नदिनु

धमिलो लाग्छ सम्वन्ध हाम्रो आज किन
नारीलाई होच्याउँने यो समाजलाई हात नदिनु

विन्ति गरे धेरै पटक हजुरसँग मैले यति
मात्तिएर आफ्नै आमाको काखलाई घात नदिनु

कालीमाता नी नारी कै स्वरुप हुन हजुर
होश पुर्याउँनु सत्यहीनको उन्मात नदिनु

प्रशासन साक्षि बन्ने बेला आएको छ


चकेन्द्र राई कैदी

अन्यायमा परेकाहरुको
लागी न्याय दिलाउने
राष्ट्र कै एक अभिन्न अङ्ग
निस्कलंक मानिन्छ प्रशासनहरु ।
सबै सबै निर्धा जनताको
बिश्वास र आस्थाको केन्द्र बिन्दु
समाजको आदर्श मान्छे मानिन्छ प्रशासकहरु ।
तर
यो मानवताको पराकाष्ट
भन्नै पर्छ जहाँ कार्यलय मा नै
सहकर्मीको बलात्कार गरिन्छ भने
उल्टै चरित्रहिनको दोष देखाईन्छ भने
अपराधिलाई नै बचाउन खोजिन्छ भने
सिङ्गै प्रशासन साक्षि बन्ने बेला आएको छ ।
बैसले मातिएकाहरु
ओहोदाले पातिएकाहरु
राष्ट्रको ढुकुटि बाट पालीएकाहरु
जनताको पसिनाबाट पोसिएकाहरु
अर्काको अस्मिता लुट्न पल्केकाहरु
कथित ठुला मान्छे भनाउदा राक्षसहरु
यी दानवहरुलाई हदै सम्मको सजाय हुनै पर्छ ।
जनताहरुलाई कानुनको प्रत्याभुति दिलाउनै पर्छ ।
होईन भने
मानव अधिकारबादीहरु
महिला अधिकार बादीहरु
कानुनि राज्य चाहानेहरुको
सबै मिलेर फेरी सडक तताउनु नपरोस ।
कुरा सन्तुको मात्र होईन

कुरा प्रशासन को पनि नि हो ।
कुरा प्रशासकहरुको पनि हो ।
कुरा राष्ट्र र राष्ट्रियताको पनि हो ।
त्यसैले
यस्तो जघन्य अपराधिहरुले
माफी माग्दैमा माफी पाउन हुदैन ।
राजनिती र नाताको आडमा मुक्ति पाउनु हुदैन ।
साच्चि नै यो दुनिया लाई देखाउनु छ ।
सिङ्गै प्रशासन साक्षि बन्ने बेला आएको छ ।

शिशु गजल


आचार्य प्रभा

नमान पीर हँसाउ मन फुलाउ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी ।

बाँचेर हेर हर्षले यहाँ जीवन सजाइ
हर्षले बाँच ब्यथाले हैन डुलाउ जिन्दगी ।

रित्याइ देउ मनको पीर खुलस्त बनेर
हाँसेरै नाँच डरले हैन भुलाउ जिन्दगी ।

(झ्याउरे लयमा ३ +२, ३ +२, ३ +३,मात्रा मा गजल लेखन अभ्यास सबैको तारतम्य मिलाउँदा कहिं न कहिं त चुकी हाल्छ त र पनि प्रयास जारी छ )