हाम्रा नेताहरुको वास्तविकता


रामु गैरे

गिरिजा बाबु कहिले घर अनी
कहिले अस्पातल गर्दा गर्दै दिक्क
मा.कु.ने. भने बिदेशी युबती सँग
अंकमाल गर्दा गर्दै ठिक्क !!

कमरेड प्रचन्ड पनि कहाँ कम् र
नेपाली हिरोइन सँग कम्मर मर्काइ नाचिराछन
येस्तो नेताहरुको चाला देखी
बिदेशी मुलुक हरुले खित्का छोडि हासिराछन !!

ज्ञानु राजा पनि उही डेङ्को मुला त हो
दाईको बिदेशी बैंकको पैसाले आराम गरिराछ
नेपालका सबै नेतालाई उल्लु बनाइ
आँफैमा मक्ख परि उनिहरुको चर्तिकला हेरिराछ !!

हाम्रा नेताले आफ्नै भाषामा सफत नलीई
हिन्दी भाषामा सफत ग्रहण गरेयाछन
अरु नेताले भने लाटाले केरा हेरे झै
वाल्ल परेर उस्को मुख हेरिराछन!!

(अर्घाखाँची) हाल:दुबइ

देश प्रेमी नेताहरुलाई मेरो आग्रह


योगेन्द्र जोगी ,संघश,

देश प्रेमी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्न
बिभिन्न राजनितिक दलहरुका प्रतिनिधीहरुले

उठाएको मागहरुलाई मुल्याकन गर्न भुल्नु हुन्न
बुद्धको देशमा आज किन हत्या हिंसा बढ्दैछ

पृथ्वीनारायणले गरेको नेपाल एकीकरण आज
किन ओझेल पर्दैछ

भीमसेन, बलभद्र , भक्ति अनि अमरले जोगाएको नेपालमा
आज किन आन्दोलन चर्कीदैछ

आज सहिदहरुको तातो रगतले के भनिरहेको छ नेताहरु
चाडै नै नया संबिधान निर्माण गर्न हामी पछि पर्नु हुन्न

अब सबै नेताहरु अनि जनताहरु मिली नया संबिधान निर्माण
गर्ने बेला आएको छ देश प्रेमी नेताहरु

धुपू-१ लेब्रांग
संखुवासभा
कोशी- नेपाल

नेपालको नया संबिधान निर्माणको लागी साहित्य कबिता आन्दोलन

टोकियो सहर


दिलीप योञ्जन

टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !

बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा
दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा
आसुमा डुबे यी रातहरु बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !

पोलेको छाती जलेको आत्मा आसुले धुइदिदा
रसाई रहे परेली माझ भाबना टुक्रिंन्दा
मर्दैछु म त जिउनको लागी बेदना बल्झिदा
बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा !

संगीतकार : न्हु बज्राचार्य गाएक : राम कृष्ण ढकाल

बन्दको बिरोधमा


स्यानु पार्इजा

नेपाल बन्द को बिरोधमा
मैले रेडियो सुन्न बन्द गरे
टिभि हेर्न बन्द गरे
पत्रिका पढ्न बन्द गरे
लेख्न पनि बन्द गरे
नेताको भाषण सुन्न बन्द गरे
सुन्य कोठामा मैले
मैले आफैलाई बन्द गरे
के मैले आफैलाई न्याय गरे ??
म त खाली १ भोट खसाल्ने मान्छे
कोठामा बन्द भए के बिग्रियो ?
बन्दको बिरोध मा कोठामा बन्द हुदा हुदा
अचानक मेरो स्वास्थ्य बिग्रियो
फलानोले गरेको बन्दले बाटो खुल्यो
डाक्टरले गरेको बन्दले अस्पताल बन्द थियो
शिक्षकले गरेको बन्द ले बिधालय बन्द थियो
काम नगरि खान पल्लकेका लाई के चिन्ता
काम गरेर खाने को चुलो बन्द थियो
भोकले रुन नसकेर नानीहरुको रुवाई मन्द थियो
मानवअधिकार ??
मानवअधिकार लाई पानामा ब्याख्या गरेर
स्बार्थको च्याखे थाप्नेहरु
प्रजातन्त्र र गणतन्त्रलाई तुलमा टांङ्नेहरु
तिमीलाई के थाहा बिरोधमा तिमीले बाल्ने
राँके जुलुसको खर्च झुपडीमा पुगेको भए
कयौ गाउँमा राती टुकी बल्दथ्यो
तिमीले बोकेको तुल र ब्यानरले
कतिको पौषको जाडो कात्थ्यो
तिमीले छरेका पर्चा र पम्पेलेटको पैसाले
कयौको पढाई खर्च पुग्ने थियो
सडकमा रमिता हेर्नेहरु
सडकमा नारा लगाउनेहरु
मात्रै एक पटक सोचौ
बन्दको फाईदा कस्लाई पुग्यो ?
पुरानो उखान सबैलाई थाहा छ
ढोका थुनेर बिरालो कुट्नु हुदैन
न्याय दिने न्यायलय न्याय दिनेलेनै बन्द
ज्ञान दिने बिधालय गुरु ले नै बन्द
देश चलाउने ले नै नेपाल बन्द गराउने हो भने
बन्दनै बन्दले बन्द कोठाको बिरालो
रिस पोख्न उस्को दिसाले
बन्द गराउनेको टाउको मा बर्साउनेछ
तिम्रो टाउको मैला हुनेछ
उस्को हात र आँगन
बन्दको अन्तिम मोड मा यस्तै हुनेछ
तिमीले बागमती मै भए पनि मुख धुनु पर्नेछ
थाहा छ बागमती मैला छ

म र सपनाहरु


टंक सम्वाहाम्फे

कुमारी सपनाहरु हुलका हुल
विहानीले
आँखा नउघार्दै
ताजा हावाको स्पर्श लिएर
वाधिन खोज्छन् मेरो आलिङ्गनमा

सपनाहरुको न्यानो मायाँ
ताप्न नपाउँदै
त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन

थकथक लाग्छ
मनमा दिनै भरी
सपनालाई चुम्न पाए हुन्थ्यो भनेर
र त्यसको खोजीमा धुइपत्ताल
उपायहरुको साम्राज्य फैलाउछु
भरोसाको सडक निर्माण गर्न
हैरान हैरान हुदै
समयको पछि पछि दगुर्छु
तर पनि जीवनमा सपनाहरु
सुकोमल वनेर आएका छैनन्
मात्र दृश्यमा वरीपरी
पदार्पण हुन्छन्
तर त्यसको अनुभव गर्न सकिएको हुँदैन
सपनाहरु
परीपरीका / थरीथरीका
रङ्गरङ्गका
खै ! कस्का हुन् यति धेरै सपनाहरु ?
कहाबाट आएका हुन् ?
कस्का लागि बनेका हुन् ?
थाहा छैन
तर तिनै सपनाहरुलाई देखेर
त्यसै त्यसै हतासीन्छु
त्यसै त्यसै वतासीन्छु
अनि आफ्नै सम्झेर वुन्न थाल्छु
हरक्षण सपनाहरुलाई
तर एउटा सपना वुनी नसक्दै
अरु धेरै सपनाहरु थपीन्छन्
तव मलाई लाग्छ
सपना केवल वुन्न कै लागि मात्र हो
किनकी सपनाहरु वुन्दावुन्दै
जीन्दगीका धेरै वषन्तहरु टाढी सके
अव कति वुन्ने होला ?
यो भन्दा पनि धेरै सपनाको तान
मात्र रहर टुसाई रहन्छ
तर त्यो कहिल्यै फक्रदैन
केवल यतिका समयहरुसंग
सम्झौता गर्दा पनि
अझै आफ्ना वनेका छैनन् सपनाहरु
तर पनि
कुमारी सपनाहरु हुलका हुल
विहानीले
आँखा नउघार्दै
ताजा हावाको स्पर्श लिएर
वाधिन खोज्छन् मेरो आलिङ्गनमा

सपनाहरुको न्यानो मायाँ
ताप्न नपाउँदै
त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन

नेपालको राजनीति


रामु गैरे

हाम्रो देश अब त अपांग भैसक्यो
शान्तिको उपाधि पनि गैसक्यो
नेताहरुलाई आफ्नो खल्तीको चिन्ता छ
नेपालआमाले धिकार्न लागिसकिन
संसारमै नभाको यस्तो बन्द ,
सडक बन्द , बिद्यालय बन्द , अस्पताल बन्द
कहाँ सुनिन्छ नेपालमा सिबाये
कसले लिएर आयो !!

नेताहरु त पिरमर्कामा पर्दैन नि
मर्कामा त साधारण परिन्छ
नेताहरुले त आरामको जिबन बितिरहेका छन्
देशको स्थिति त उनीहरुलाई खाचो नै छैन
मात्रै आफ्नै घरको खाचो छ
कसरि नाति पनाति सम्मलाई धन सम्पति जुटाउ
मुखले मात्रै भन्छ नेपाललाई स्विजरलैंड
बनाउछू तर आफ्नो घर लाइ मात्रै
स्विजरलैंड बनाउन सक्षम भए
नेताहरूले थोत्रागाला बजाईरहेछन
नेतालाई सत्ता अनि सम्पूर्णलाई पजेरो गाडी
अज नभएर आफु सुत्ने खाट पनि विदेश बाटै
मगाउन थाली सके !

नेपालको खाटले भएन गदारहरुलाई
हे प्रभू हाम्रो देशमा के भैराछ
मा.कु. ने. भन्छ म चलाउछु
गी.बाबु भन्छ मा चलाउछु
अनि प्रा. ले थोत्रा गाला बजाउछ
स्विजरलैंड बनाउछु !!

यहा देशको भलो चाहने नेता कोहि पनि छैन हजुर !
आमाबुबा,दाजुभाइ,दिदीबहिनी र साथीभाई
एक जुट भै गद्दारहरुलाई देशबाट निकाली
सुन्दर नेपाल बनाउ !!

अर्घाखाँची, नुवाकोट चिउरामाटी, हाल -: दुबइ

पीडा वोध र उन्मुक्ति


केवल गंगा गुरुङ

टेकिएका कोमल धर्तीमा
जव
अप्रत्यासीत चट्याङ्गहरु
बेजोडले बर्षीदिन्छ
यी अल्हादित मनहरु
टुक्रा टुक्रा वनि उछीट्टीन पुग्छ
तव
जोड्नलाई अस्विकार गर्छन्
यी संसारका प्रशिद्ध विचारहरु
कतै अलच्छिनाको
लान्छाना लगाउँछन्
कतै विचार विचार मिलेर
पूर्व जन्मको पाप ठान्छन्
यस्तै हुँदो रहेछ यहाँ
स्वार्थी संसारमा
यस्तै हुँदो रहेछ यहाँ
परिमार्जित शहरमा
जस्तो कि
अभियान्तकारीले वनाएको
उहि पुरानो जापानीज घर जस्तो
तर मर्म बुझ्ने कस्ले ?
आँसु पीउँनु निद्रा हराउँनु
अनि अनाहक मै दोषी देखाईनुको पीडा
आफ्नै छाती ननिचोरीए सम्म
आफ्नै मुटु नटुक्रिए सम्म
त्यसैले अव यी संकुचित विचार विच
रमाउँने रहर छैन मलाई
जहाँ म अनाहक मै वेश्या ठम्याईन्छु
जहाँ म क्षणभर सँगै वस्दैमा
कसैको रख्खेलको उपनाम पाउँछु
कतै अव सजिएर
बाटो वारपार गर्दा पनि
नगर वधु सम्झी मोल सोध्ने हो कि ?
एक्लै भेटे बाटोछेकी
समय तोक्ने हो की ?
त्यसैले म
आदर्श अनि अहंकारी शहर छोडी
फराकिलो विचार भएको
सानो गाउँमा वसार्इ सर्दैछु ।

बोलाउदा नि


दिलिप योन्जन

बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी
लजाउदा झनै राम्री मेरी मनकी रानी !

जती हेर्यो उती हेरु लागीरन्छ पल-पल
जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल
अमृत पनी नसा भयो सम्झनामा तिनको
मन-मन्दिरमा माया बस्यो भेट्दा एकै छिनको !

अपसरा नि फिका लाग्छ हासी२ बोल्दा
स्वर्गै पाउथे होला तिनले अंगालोमा बाध्दा
एकान्त नि प्यारो लाग्छ एक्लै गुन-गुनाउदा
चखेवा झैँ उडु लाग्छ तिनलाई सामु पाउदा !

अस्टिन, अमेरिका

प्योरो खादबारी बजार


योगेन्द्र जोगी ,संघश,

चारै तिरबाट डाडा काडा हरियाली
बिचमा खादबारी बजार

रमणिय बजार हेर्न धाउछन लेकका
युबा युवती लाखौ हजार

त्यहाँ पुग्दा हजुर सारा दु;ख बिसाउने
मनकामनाको मन्दिर हरियो बन

सयपत्री र मखमली फूलले चोरी
लान्छ सबको मन हजुर

झ्याउरे लोक दोहोरि बाजाले
घनकिन्छ बजार

पेर्मी पेर्मिकको एकादसीमा लाखौ हजार
मनकामना मेला हेर्न उस्तै धाउछन् हजार

सधै भरी सम्झिर्हंछ मेरो
प्योरो खादबारी बजार

धुपू-१ लेब्रांग
संखुवासभा कोशी- नेपाल
email- yogendra.yogen@yahoo.com

खिचडी


दिव्य गिरी

भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन
ओदानमाथिको हाँडी
अलिकति परम्परा र संस्कृति
अलिकति जाति, भाषा अनि भेष
अलिकति क्षेत्रियता र सीमाना पनि
भिजाएर सहिदका रगत र आँसुले
घोलेर सबथोक यौटै हाँडीमा
बसालेर खिचडी अगेनुमा
जनताका भाग्यविधाताहरू
अहम् र अहँकार
रीस, राग र द्वेषका चिर्पटहरू बालेर
आगो सल्काइरहेछन्
विडम्बना !
अगेनु चिसिएको छ बर्षौँदेखि
जति आगो फुके पनि बल्दैन
जति अगुल्टो घोचे पनि जल्दैन
खिचडी पकाउने भान्छेहरू
आ-आफ्नै स्वार्थको अगुल्टो समातेर
चीसो अगेनुमा ठोसिरहेछन
झीलीक्क झील्का उछिट्टएिर अगेनुको डीलमा
आगोको फिलुङ्गो खस्दा
'खचडी पाक्दै छ' को भ्रममा दङ्ग पर्दै
खुसीले उफ्रीएकाहरूलाई के थाहा
वास्तवमा खिचडीको पीँधमा
आगोको रापले भेटेकै छैन
खिचडीको हाँडी तातेकै छैन
कसरी पाक्छ खिचडी ?!
जवकि खिचडी पकाउने भान्छेको
मन शान्त छैन
नियत सफा छैन
भावना निस्वार्थ छैन
उद्देश्य स्पष्ट छैन ।
यता खिचडी पकाउनेहरू
आपस-आपसमै झगडा गरिरहेछन्
एकले अर्कोलाई आरोप-प्रत्यारोप लगाइरहेछन्
एकले अर्कोमाथि दोष थोपरिरहेछन्
उता पर, रूखको कापमा बसेर
टाढैबाट खिचडीको हाँडीमा आँखा गाडेर
यौटा ढेडु बसिरहेछ
मौकाको प्रतीक्षामा ।

२०६६ पौष १६

लाखेनाच


दिव्य गिरी

न चाडपर्व
न उत्सव
नत कुनै जात्रा
बेला-कूबेला
बाटो, दोबाटो र चौबाटोमा
झयाली र ढोलकको तालमा
मान्छेहरूको भीडभित्र
मुकुण्डो लगाएर
नक्कली जगल्टा हल्लाउँदै
लाखे नाचिरहेछ छम्छम्... छम्छम्...
हा. हा...हु .हु... र अट्टाहासको परिधिभित्र
अल्लारे केटाकेटीहरूले सिटी बजाएकै भरमा
अल्लारे केटाकेटीहरूले ताली ठटाएकै जोशमा
बुर्लुकबुर्लुक उफ्रदै नाचेको लाखेलाई के थाहा ?
समय कहाँबाट कहाँ पुगिसक्यो
हामी अझै कूबेलाको लाखेनाच नचाइरहेछौं
हामी अझै कूबेलामा लाखे नचाएर दङ्ग छौं
यस्तो लाखेनाच
केवल तमासा मात्र हो
लाखेनाच हेर्ने हामीहरू
केवल तमासे मात्र हौं ।
प्रिय महाशय,
लाखेनाचको तमासा देखाएर
गाउँबस्तीमा नुन, पानी र बाटो पुग्दैन
गाउँबस्तीमा शान्ति र सुरक्षा हुँदैन
न भोको पेट भरिन्छ
नत नयाँ नेपाल बन्छ ।
प्रिय महोदय,
सपनाको मैदानमा
अब भ्रमका बीज नछर
सिधासादा जनतालाई झूठो आश्वासन नबाँड
र, नदेखाउ यो कूबेलाको नाखेनाच
कृपया, बन्द गर यो सडक नौटङ्की ।

पौष २, २०६६