पुरानो कुवा

पवित्रा राई

जंगलै जंगलको बिच बाटोमा
बाटो हिड्ने बाटुवादेखि घरगाउँले
सबैको बिसाउने ठाटी चौताराहरु थियो
तिर्खाएको बेला पानी पिउनको लागि
त्यहाँ सफा एउटा कुवा थियो
गाउँलेहरु भेला भएर कुवाको वरिपरि
सधै सफा बनाई रहन्थ्यो
कुवाको छेउ छाउको ठाटी चौताराहरु
गोडमेल गरेर बसौ बसौको हुन्थ्यो
जुन बेला गाउँघरमा धाराहरु थिएन
त्यही कुवाको सबैलाई खाँचो थियो
त्यहाँ बटुवाहरुले पानी पिउनको लागि
बाँसको एउटा टोक्री राखेको थियो
बिहान भरी घरगाउँको छोरी चेलीहरु पानी भर्नु
लहरै लस्कर लागेको हुन्थ्यो
दिउसो भरी बाटो हिड्ने बटुवाहरु र
गाउँको दाउरे घाँसेहरु पानी पिउन लाईनमा हुन्थ्यो
पात्लेको फेदमा उम्रेको त्यो स्वच्छ पानी
सारै मिठो भन्दै बटुवाहरु गुनगुनाउदै हिड्थ्यो
रहर लाग्दो पात्ले घारी चौतारा ठाटीछेउमा
सबैले ठूलो कुवा भनेर चिन्थ्यो
चैत बैशाकको बेला पनि कहिले नसुक्ने
गाउँले बाटो हिड्ने बटुवा सबैको साँझे कुवा
अहिले त घरघरमै सबैको धारा भयो
त्यसैले पहिलाको साँझे कुवा सबैको हेला छ
पहिला जस्तो बाँसको टोक्री पनि राखिएको छैन
कुवाको वरपर सरसफाई पटकै छैन
त्यो ठाटी चौताराहरु पनि गोडमेल गरेको छैन
बाटो हिड्ने बाटुवादेखि घरगाउँको दाउरे घाँसे
कसैले त्यो कुवाको पानी पिउनै छाडेकोछ
कुवाको पानी वरीपरी हरियो लेउ पलाउदै
अहिले त पानी फोहोर मैला सरी देखिएको छ
त्यो उकाली ओराली बाटोहरु पनि बाडी पहिरोले
ठूलो ठुलो पहरा जस्तै बनाई दिएकोछ
कुवाको छेउछाउतिर सबै बोट बिरुवाहरु मासेर
पानीको मुहान सुखाउनु लागेकोछ
कुवा भित्रको पर्खाल भरी भरी
नाना थरीको फोहोर मैलाहरु पलाएकोछ
झार पात लहरा लुहुरी जराहरु
पलाएर घिन लाग्दो भएकोछ
अब त कसैले पनि कुवाको पानी
पिउनै छाडेको छ
त्यो ठूलो कुवालाई हेर्नै छाडेकोछ
त्यो ठाटी चौताराहरुमा
बटुवाहरु बिसाउनै छाडेकोछ
र्साईद त्यो ठाटी चौताराहरु पनि
प्रदेशी जस्तै बिरानो भएर होला
पुरानो भएर होला
थोत्रे भएर होला
कि मानिस जस्तै बुढो भएर होला
अब त सबैले भन्न थालेको होला
लेउ पलाएको कुवा
सफा नभएको कुवा
झार पात पलाएको कुवा
छि छि कति पुरानो कुवा

च्यान्डाँडा /८ खोटाङ
हाल /हङकङ

अन्धो समाज

सूर्यविक्रम याक्खा
 हिमालको देश
पहाड र तरार्इको देश
एक सय तीन जातिमा,
उन्साठी भाषाको देश,
एउटौ सिंगो नेपाल ...........।
छुवा-छुत प्रथामा
वाधिएर, वैमनुष्यता,
कुसंस्कार कुरितिलाई
नारी फूलहरु माथि,
अभद्रको व्यवाहार,
एकाईसौ युगमा पनि
अन्धो समाज ....!
ताते-ताते गर्दै,
डोर्‍याई रहेका छन, ।
वेमौसमको खेती,
सिंजन पर्खी रहे छ ।
त्यही पुरानो समाज ............!!

मोरङ
हाल - साउदीअरब रियाद

साथी र मृत्यु सन्यास

विष्णु पुन

एका बिहानै मुटु जस्तै
प्यारो लाग्ने साथिको
मृत्युको शन्देस
जब कसैले सुनाउँछ ।
मेरो मन कहाली लाग्दो
निस्पट्ट रात झैँ एकाएक
कहालिन पुग्छ ।

डढेलोले खाएको बन जस्तै
न्यास्रो न्यास्रो यो क्षण
दुर्भाग्य या सँसारको रित
जिवन पथमा एउटा प्रिय
साथी छुट्यो।

म गहन पिडा र भावविह्ल
मनले साथिको सम्झनामा
शोकमग्न आँखाहरु चिम्लेर
श्रदाञ्जलीका बलिन्द्रधारा
आँशुहरु बगाउँछु ।

आँखामा सजिब हाँसिरहने
प्यारो साथी
मनको साथी
कसरी पत्याउँ म
अब मेरो साथमा छैन भने ।
चम्किलो त्यो उज्यालो तारा
अब मेरो अँध्यारो बस्तिमा
फेरि कहिल्यै उदाउने छैन भनेर ।

प्यारो साथी
मनको साथी
बिहानी पखको तारा जस्तै
मेरो हृदयको आकाशबाट
एका एक अस्ताएर गयो आज
तर पनि किन किन
मुटु भित्रको त्यो असिम साथी
लाग्छ वरिपरि सम्झनाको बिम्वमा
यतै कतै मेरो वरिपरि छ ।

कतै हाँस्दै त कतै रुँदै
आफ्नो सुन्दर सपना
इन्द्रेणीको सप्तरङ्गी हार सजाउँदै
मनको साथि
प्यारो साथी
लाग्छ मैरै स्वप्निल आँखामा छ ।
तर अदिृष्य
प्यारो साथी
मनको साथी

जरुर साथी म पनि त आउनु छ।
तिमी गएको अदृष्य सँसार
र शुन्य लोकमा
जरुर साथी त्यो दिनको
मिलन पर्खिराख..............।

स्वदेश च्यापेर वर्तमान

पञ्च विस्मृत

प्रत्येक अक्षरश्वास
प्रश्वासको संघर्षले
त बचाएको छ
स्व
यो कविको

अनुत्तरदायी समय
विखण्डकारी
माटो फाटेको छ
अनौठो उल्लासमा
र चिच्याहटहरू छन्
नारा जुलुशहरू छन्
मनमनमा
अनौठै प्रदर्शनहरू छन्
बस्ती बसती ठप्प छ
सडक सडक उत्तप्त छ
यताउता दुबैतिर
अन्तर कुन्तर सबैतिर
संवेदन वधशालाको
विम्व
आँखाभित्र छारो हालेर
लालयित छन्
वियोगसित जीवन साट्न
चखेवाहरू

र हो
अक्षरहरू छन्

अनुभुति टाँगेर
अनुभूतिले नै
कोरिरहेको त हो उ
स्वदेश च्यापेर वर्तमान ।

असोज २०६५ अक्टोवर २००८ मलाक्का मलेसिया
website: www.poetrypoem.com/panchavismrit
E-mail: panchavismrit@gmail.com
हालः साउदी अरेविया