भुपेन्द्र महत (वाका)
कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ
एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ
हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ
बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ
छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ
कोलोराडो ,अमेरिका
तिमी

इश्वर चाम्लिङ्ग
जुन बन्नु तिमी
अन्ध्यारोमा ज्योति छर्दै
जुनीजुनी सयौ जुनी हासी राख्नु तिमी
सागरमा नि तैरी तैरी पुग्नु संसार तिमी
बादलसँगै उडी उडी देख्नु संसार तिमी
छाल बन्नु तिमी
मुल बन्नु तिमी
खहरेमा सुसाउदै
जुनीजुनी सयौ जुनी बगिराख्नु तिमी
हिमाल झै अग्लि अग्लि आकाश छुनु तिमी
आकाशमा उड्दै उड्दै तारा टिप्नु तिमी
कान्ति बन्नु तिमी
चमक बन्नु तिमी
संसार भरी चमचम गर्दै
जुनीजुनी सयौ जुनी चम्किराख्नु तिमी
इश्वर चाम्लिङ्ग
बेलायत
-छोरी स्पन्दनलाई शब्द समर्पण
विश्वमा नेपाल

राकेश कार्की
मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सदविचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान
लस् एन्जेलस्
तिमी आउँछौ भनेर

दिलिप योन्जन
मुसु मुसु हाँसी दिन्य्थौ
देउराली अनि चौतारीमा भेट्दा
पहिलो भेटको मुस्कान
अझै अमर छ
सपनी अनि बिपनीले
सोधिरहन्छ ...... खोजिरहन्छ ......
पागल झै भए
धेरै वर्ष तिमी नआउँदा
स्वर्ग जस्तो मेरो बस्ती
उराठ उराठ लाग्छ
दिन दिन भरी सगै गएको गीत
जन्म जन्मको प्रित झुटो झै भा छ
सँगै जिउने सँगै मर्ने बाचा
कथा झै भा छ
कतै फर्की आउँछौ कि भन्ने आशमा
बाटो भरि सप्तरङीफुल सजाएँ
हामी लुकामारी खेल्ने चौतारीको वरिपरि
आज लहलह साकुरा फुलेर पर्खिरहेछ
म त्यही ओइलिएर झरेको फुल तिपेर माला गाँसिरहेछु
तिम्रो आगमनले मभित्र ल्याएको हाँसो र खुशी
अलि अलि गर्दै तिम्रो सुगन्धसँगै टाढिन थालेको छ
दिनहरु तिमी हिड्दा सडक र गोरेटो हेरेरै बिते
तिमीलाइ हृदय भरि तस्बिर कोरेर सजाएँ
म सपनीमा कैयौ पल्ट झस्के तिमीलाई भेटेर
रातहरु छट्पटिएर पीडामा परिणत भए
हृदयको हरेक ढोका खुल्ला छ स्वागतको लागि
धेरै पल्ट खुल्यो .........सम्झनाले ढुखेर
तिम्रो यादले कति पोले कति आँसु बगे
न त बिर्सिएर बिर्सिन सक्ने भएँ
न सम्झिएर मनै बुझ्ने भयो
सम्झनाले सताइरहन्छ ..... जलाइरहन्छ ..... !
मिरमिरे देखि झपक्क साँझसम्म
तिमी हिंड्ने बाटोहरुमा
ओहोर दोहोर गरिरहन्छु
धेरै वर्ष साकुरा फुले, झरे
नयाँ पलाए फेरि फुले झरे
ह्र्दय दुख्छ ह्जारौ पटक
रक्ताम्य भएर फुटे, टुटे
छताछुल्ल पोखिन्दा आफुले आफैलै सम्हाले
अस्ति तिमी जस्तै हुबहु चन्चल, लजालु देखे
पातलो ओठ, तिलको कोठी, स्याउ जस्तो गाला
हावाको झोक्कामा फर-फरिएको कालो लामो केस
इन्द्रेनीको मुस्कान, गुलाबी मीठा ओठ
आशा र बिस्वासमा कैयौ बर्ष आँखा बिच्छ्याएर पर्खे
रातहरु पिडामा छट्पटिन्दै मडारिन्दा सम्झनमा बिते
तिम्रो अनुपस्थितीले मेरो गन्तब्य टुक्रिन थालेको छ
म सहाराबिहीन जिउदो लास झै जिएको छु
मैले दिन अनि रात पर्खि बसे
न रात भर एक झलक निन्द्रा नै आयो
न तिमी नै आयौ
अन्धकारको छ्ट्पटिले तडपाईरहयो........ जलाइरहयो
खुशीले मुस्काएर बोलेको त्यो दिन
पहिलो भेटमा उपहार गुलदानी दिएको त्यो पल
हेरन सदा झै साकुरा फुले ओइलिएर झरे
हेरन सदा झै साकुरा फुले ओइलिएर झरे
वर्षमा खहरेहरु पनि उर्लिए सुसाए केही पल
नयाँ दुलही झै वारिपाखा पारिपाखा फुले झुले
तिमी हिड्ने बाटोहरु सप्तरङी फुलले सजाई राखे
जाने बेलामा जान्छु नभनी गयौ मलाई के थाहा?
अचम्म मानेर हेर्यौ
आँखा रसाएक थिए, मुटु ढुखे जस्तै
यता उता हेरी अनकनाइरहयौ
केही भुलेकी जस्तै गरेर
त्यो दिन तिनीले माला छाडेको भए,
पत्र कोरेको भए
ऐनामा हेरेको भए,
भित्ताभरि तस्बिर कोरेको भए
अबस्य तिमी फर्किएर आउने थियौ
तर केही छुटेन छ?
एक्लै एकान्तमा बाटोभरी आउँचौ भनेर पर्खिरहे
पागल झै छट्पटिन्दै
आश्थाको दियो बालिरहे
बर्षौ बर्ष म तिमीलाई पर्खिरहेछु
बिश्वास अमर छ अझै
दिन अनि रात सम्झिरह्न्छु
याद अझै आलै छ
सपनीमा बिउझाउछ्यौ कि भनी
म ननिदाई - ननिदाई पर्खिरहेछु
कल्पनामा छल्किन्दै पोखिन्दा कति आँसु बगे
मेरो गिन्दगी दिनप्रति दिन यसरी नै बितिरहेछ
न तिमी नै आयौ
मुटुमा बाण लागे झै दुखिरहन्छ पोलिरहन्छ
न तिमी नै आयौ न त सपनीमा बोलायौ
तिम्रो सम्झनाले सताइ रहन्छ जलाइ रहन्छ
तिमी आउँछ्यौ भनेर
Texas, Austin, USA
हिउँ खोला र जिन्दगी

नरेश सुनुवार, हङकङ
पहाडैपहाडको
उच्च टाकुरा ढुङ्गैढुङ्गा
बादलजस्तै
केशले छोपिएको थाप्लोमा
हिउँहरू जमेर गिदी सेतै
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ
पग्लेर बिस्तारै
बिस्तारै पग्लेर
रूपान्तरणको प्रक्रियामा
एउटा बाटो बन्दछ सतह
र निरन्तर बग्दछ पानी अनन्त यात्रामा,
चिसो त्यो पानी
स्वच्छ त्यो पानी
बग्दछ खोला बनेर
झर्दछ झरना बनेर
मिसिदैमिसिदैं खोलाहरू
नदी बनेर
तय हुन्छ अविरल यात्रा
जहाँ उसले रोकिनु नपरोस्,
कुँदेर पत्थरैपत्थरको बाटो
तेही पत्थरको सानो अंश बालुवा
बगरैबगर
हिँडिरहेछ
बगिरहेछ
खोला, नदी, समुन्द्र
लस्करै
युगदेखि युगसम्म
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,
स्वच्छ हिउँ
पग्लेर सफा पानी
झर्दछ अलि तल
अलि दुषित हुन्छ
अझै झर्दछ तल
झनै दुषित हुन्छ
जीवनका हरेक कोषिका चाटेर
जब निस्कन्छ पानी सतहमा
र, जम्दछ विशाल समुन्द्र
नुनिलोजस्तै पिसाब
नुनिलोजस्तै पसिना
नुनिलो समुन्द्र नुनजस्तो
गन्हाउँछ हृवास्स गन्ध
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,
बग्दैबग्दै गिदी खोला
बग्दैबग्दै गिदी नदी
ठोकिँदैठोकिँदै
ढुङ्गासँग
बगरसँग
किनारासँग
पैदा हुन्छ आक्रोशको आवाज
घर्षणको नारा
र, उत्पन्न हुन्छ छाल
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ
अर्को रुपान्तरणका निम्ति
सतहमा समुन्द्र ढाकिएर
हेर्दछ बगर
हेर्दछ किनार
किन निर्जीव छ बगर -
किन निर्जीव छ किनार -
हान्दछ बाफले सास भर्नका निम्ति
हान्दछ छालले व्युताउनका निम्ति
तर बगर निर्जीव छ
शून्य छ
निर्जन छ,
पहाड
हिउँ
भत्किन्छ बरफका डिस्काहरू
लाछिएर आँखा तिर्मिराउछ
गुन्जीएर कान ताछिन्छ
घस्रेर शरिर कम्पन्छ
उम्लिन्छ रगत
र, जो पानी पर्दछ बादल गर्जिएर
झरना, खोला, खहरे नदी
हाम फाल्दछ उधै उधा,
तात्तिएर घामका धारिलो रापमा
समुन्द्र उठ्दछ आकाश तिर
जो तैरिन्छ पानी माथि बाफ
र, बादल हुँदै क्षितिज
ठोकिन्छ चिसो पहाड
पानी जम्दछ पुनः वरफ
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,
छालको प्रत्येक झापटले
अर्को रूपान्तरण जन्माउछ गिदि
ब्यूँतन्छ बगर
सल्बलाउँछ किनार
उठ्दछन् ढुङ्गा घरैघर
उठ्दछन् किनार शहरैशहर
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ,
गिदी बरफ
गिदी पानी
गिदी घाम
गिदी बादल
गिदी बर्षा
गिदी वायु
गिदी आकाश
गिदी ब्रम्हाण्ड,
पहाडैपहाडको
उच्च टाकुरा ढुङ्गैढुङ्गा
बादलजस्तै
केशले छोपिएको थाप्लोमा
हिउँहरू जमेर गिदी सेतै
हिउँजस्तो गिदी
गिदीजस्तो हिउँ
पग्लेर बिस्तारै
बिस्तारै पग्लेर
रूपान्तरणको प्रक्रियामा
एउटा बाटो बन्दछ सतह
र निरन्तर बग्दछ पानी अनन्त यात्रामा ।
कविताकृति- जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, कवितानम्बर- ११)
हङकङ
यात्री जीवन
रत्न बहादुर घर्ती मगर
जिन्दगीको यात्रामा घुम्दा घुम्दै
धेरै घुम्तीहरु घुमिएछ
घुमाउरा घुम्तीहरुमा रम्दा रम्दै
अन्जान मै धेरैसग झुमिएछ ।
यात्राको थकाईमा अराम गर्न कतै
चौतारी अनि विसउनी मिलेछ
ती ठाउँलाई वाढी पहिरोले बगाउदा
घायल मुटु झनै जलेछ ।
जिन्दगी नै यात्रा भनि धेरैले
परिभाषित गरे पछि
नदी होइन स-साना खोला पनि
यात्रामा नतरे पछि
यात्राको अर्थ नै के रह्यो र कतै
निश्चित विन्दु नै नरहे पछि
काँढा र पातको के महत्व हुन्छ
फूल सबै ओइलेर झरे पछि
मलम् लगाउन किन प-यो
हृदय छिया छिया भई चिरिए पछि ।
जीवन फुल्छ नै भन्ने अब
के भरोसा रह्यो र ?
पाईलै पिच्छे ठेस लाग्ने यात्रा
सफल होला भन्ने आश नै के रह्यो र ?
तै पनि अल्मलिएर जीवन अझै
यात्रा गरिराछ
भौतारिएको बटुवा झै निरन्तर
गइराछ , गइराछ ।
यु . के.
गजल
भूपेन्द्र महत "वाका"
आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई
सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई
अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई
हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई
सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई
boulder co.usa
आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई
सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई
अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई
हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई
सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई
boulder co.usa
Subscribe to:
Posts (Atom)