छिचिमिराहरु अर्थात् कूवाका ब्याँङहरु


इन्द्रकूमार श्रेष्ठ 'सरित्'

बर्खा लागेकै छैन
तैपनि देखाउछन् तूजूक
प्वालबाट निस्केर छिचिमिराहरु
सेता धर्सा/काला धर्साका छिचिमिराहरु
प्वालबाट निस्किनासाथ गर्छन् हतार
उड्नलाई, भुर्इ छोड्नलार्इ
गर्छन् उनीहरु व्यंग्य हाँसो
कमिलाको एकतामाथि
माहूरीको गूणमाथि
दम्भ गर्छन् मानुं
रिमझिम रिमझिम बर्षा गराउने
छिचिमिरा अर्थात्
हामी नै त हौं ।
जमिन नछाड्दै कावा खाएर
गर्छन् अभिमानका गर्जन
र, भन्छन्
गति त हामी नै हौं/
प्रगति पनि हामी नै हौं
एकता र गूण दूवै मूढको
अभिमानमा थोरै मूस्कूराउंछ
किनभने जगतलाई नै थाहा छ
सन्सार कूवाभन्दा धेरै ठुलो छ
तर कूवाको व्याङ कूवामै जन्मिन्छ/
कूवामै हूर्किन्छ/कूवामै उसको इहलिला समाप्त हून्छ ।