गजल


भुपेन्द्र महत

धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु

दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु

बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु

पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु

राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु

कोलोराडो, अमेरिका

फुलै त


दिलिप योन्जन

फुलै त टिप्छ नि मान्छे
काडाँ कस्ले टिप्छ र
खुसी त लिन्छ नि मान्छे
ढुख काहाँ साट्छ र।

हुदा खादा पो आफ्नो मान्छे
नभए सबै पराई
मित्र पनि सत्रु बन्छ मान्छे
बाचे रोई कराई।

कुरा काटी हाँस्छ नाँच्छ मान्छे
हिजो जिउ२ गर्ने
मौका परे मार्छ मान्छेले मान्छे
भरोसा कस्को गर्ने।

Austin, Texas, USA

गजल


भुपेन्द्र महत

लडाएर हांस्छन यहाँ कोही घात गरी
गिजलेर फाल्छन कोही बासी भात सारी

जिबनको ओसमा पनि घाम पोत्छु भन्थे
फर्किएर अतित आज बगे रात भरी

झुन्डिएको थियो आशा आधिमा परेछ कि
उजाडी रोईराछ बसन्त नि पात झरी

रङगी बिरङगी जती कांच थपे पनि
दिन्न शोभा चुक्किएको चुराले हात भरी

'वाका'लाई जसले मनमा साचेको थियो
छेपारो झै रङग फेर्यो तेसैले सात थरी

कोलोराडो अमेरिका

गजल

आचार्य प्रभा

कसैलाई लुटेर हामी ,धनी हुनु छैन
आफ्नो स्वाभिमानलाई कलंकले धुनु छैन

एउटै उद्देश्य लिएर बढने मात्र आश हो
छलछाम गरेर पछुताइ रुनु छैन

संघर्ष जिबन हो यती थाहा छ हामीलाई
अरुको बास उठाइ ,हामीले आकाश छुनु छैन

जस्ले जे सम्झिन्छ ,सम्झिनेलाई सलाम
सधैं ब्यङ्यबाण सहेर आशु बनी चुहुनु छैन

बोल्डर ,कोलोराडो

आखैमा लुकाई


दिलिप योन्जन

आखैमा लुकाई मुटुमा राखे, हितैको मायालाई
बिरानो बनी बिलौना पोख्छे, दुनिया हसाई
मायैमा हुन्छ अन्जानको भुल, बेदना पोख्नु
दुखेको आत्मा आसुले धुई, फुलैले सजाउनु।

पिडा बाडे सान्ति मिल्छ, पिडा मै नडुब्नु
धुखेको मुटु मायाले धुनु, निस्ठुरी नहुनु
खाली हात आयौ खाली जान्छौ,केही छैन लानु
रुवाई मलाई खुसीको हासो, कहिले नहास्नु।

मनको जलन तन भरी राखे, पोल्दछ जलेर
बिरह बड्दा चर्किन्छ छाती, बेदना बडेर
काहाँछ स्व्र्ग को गाछ नर्क,के धर्म पाप
रुवाई मलाई हासेर बाचे, लाग्नेछ सराप।

Austin, Texas, USA

मान्छे, मान्छे जस्तो छैन


शिव प्रकाश

अभिश्राप तँलाई त्यो इश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही इश्वरको वरदान
धन्य तँ,
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो ?
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
इश्वरको अनुपम् रचना
मान्छे !
निक्रिष्ठ छ
मान्छे, मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
-
अनुदारता इश्वरको तँमाथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही इश्वरको दया तँमाथि
धन्य तँ,
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
-
विवेकहीनतार् इश्वरको तँमाथि
गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही इश्वरको अनुपम कृपा तँमाथि
धन्य तँ,
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !

गजल


भुपेन्द्र महत

खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो
इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो

शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने
धेरै जनावरको होहल्लामा अब कस्को पालो

स्नेह सदभाबको बुटी पाखा भरी थियो
बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो

बादलको घेरा हटेको किम्बदन्ती ताजै छ
घामको झुल्कै नपरी किन जताततै कालो

दाबिलो लाग्या पेटमा माड लगाउनु थियो
आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालो

कोलोराडो, अमेरिका