राष्ट्र दुख्नुहुन्न अब


केदार सुनुवार सँकेत

तिमी बहुजातिय राष्ट्रको आँखा भएर
केन्द्र विन्दुमा
असभ्यताको कोदालो खन्दै
गतिशील बिश्वसामु
राष्ट्रियताको प्रतिविम्ब खोज्दै
नेपाली
बदलामा
धोती लगाएर
भारतको मौलिकतामा बाँच्न रुचाउने
हाम्रा राष्ट्रनेताहरु
स्वीकार या अस्वीकार
तिमीहरु घोर निन्द्रामा फसेका छौ ।
तिम्रो जागरुकतामा नविनता
ब्यबहारमा स्पष्टता
दृष्टिमा पारदर्शिता
राज्यलाई सही दिशाबोध गराउन
पुर्याउछौकी भनेर
तिमीलाई शम्विधान लेख्न पठायौं
स्वीकार या अस्वीकार
पूनः कुर्सिको बांडफांडमा
तिमी फेरी किन अलमलिन थालेका छौ ?
तिमी यसरी अन्योलमा
ति म्रा पाईलाहरु लरबराउदै
अनिश्चितताको शृङ्खला बुन्दै्र
हिमाल, पहाड र मधेसकको मात्र होईन
सिङ्गो नेपालको प्रतिनिधित्व गरेर
गरिव बस्तिहरुका झुपडीबाट फुत्त निस्केर
कैयौ नेपाली पनको भेषभूषालाई कुल्चिएर
तिमी हिन्दीभाषामा शफत खाने
स्वीकार या अस्वीकार
नौटंकी विशिष्टता बोकेर हिड्ने
भन तिमी कुन नेपाली आमा्को छोरा हौ ?
हाम्रो राष्ट्रियतामा त
आफ्नै माटोमा प्रतिविम्बित भएर जोडिएको हुन्छ
खोला र नालामा कुंदिएको हुन्छ
भाषा, गीत र नाचमा हुन्छ
सेलो र डम्फुमा हुन्छ
पालाम र हाम्पारेमा हुन्छ
मादल र मर्चुङ्गामा हुन्छ
साँच्चै तिमी एउटा राष्ट्र नेताहौ भनेत
नेपाल भित्रको भाषा र संस्कृतिलाई
एकीकृतपो गर्नु पर्छ ।
तिमीले त्रि्रो घोषण पत्रमा
भारत मुखि भएर
नेपाली हिमश्रृलाका पवित्र पानी पिएर
अपबित्रता बोल्न
भन कस्-कस्ले
सिकायो तिमीलाई
श्री माननिय उपराष्ट्रपति परमानन्द झा जी
आज करौडौ नेपालीहरुको प्रश्न यहिनै छ
किनकि
राष्ट्र र राष्टिय्रता दुख्नु हुन्न फेरी पनि अब ।

गजल


बसन्त मोहन अधिकारी

कुसंस्कारका जञ्जीरहरु गाल्नु पर्छ अब ।
उँठ छोरी पुरुष साम्रज्य ढाल्नु पर्छ अब ।

गाउँ चल्छ ढिकी संग यो शहर कोठा संग
थुनि राख्ने चार दिवार फाल्नु पर्छ अब ।

यो चुला चौका, मेला र पात नारी कर्म अरे
यहि कर्मले देश हाँक्न थाल्नु पर्छ अब ।

न त जन्म दिन खोज्छन न त कर्म गर्न
यो सोच र पुरुष कानुन बाल्नु पर्छ अब ।

नारी कमजोर, भन्दै यहाँ फुक्दै हिड्नेलाई
देश हाँकी पुरुषको मुख टाल्नु पर्छ अब ।

सबै पदमा पुरुष राखी समानतको नारा
बुझ छोरी आफै पाईला चाल्नु पर्छ अब ।

चित्रकार बुवा


डी.वी. पालुङ्वा

मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो
र यो कलात्मक चित्र अपेक्षाकृत
दर्शन र ब्रम्हाण्डको एउटा कुनामा
आफनो खेत इमान्दारिताका साथ खन्दछ
र आफनो खेत खन्दा अर्काको सांध नमिचेर
एउटा आदर्श किशानको अहम् भूमिका निभाएर
मुन्धुम फलाक्ने त्यो चित्र त्यो फेदाङमा
जो हरेक वर्ष न्वांगी पुजा गर्दछ
उधौंली उभौंली पुजा गर्दछ
र चासोक तङनाम् मनाउछ
र तागेरा निङवाफ्माङलाइ साक्क्षात त्येही भेट गर्दछ
र त्यो विशुद्ध चित्रमा पापको कुनै बिम्ब छैन
अत पाप मुक्त हुन वैवल पढ्नु दरकारै छैन
वैवल घोक्नु सरोकारै छैन
नवाज पढ्नु हाम्रो रितमै छैन
कुरान घोक्नु हाम्रो रिवाजमै छैन
अनि म को हु भनेर पाष्टरले
मलाई चिनाइ दिनु परेकै छैन
र आफनो मुल घरको ढोकाबाट वौलाएर
दिन दहाडै र्स्वर्ग जाने बाटो खोज्नु
अकर्तब्यहरुको संसार रोज्नु छैन
र कसैको घोडा बांध्ने अस्तवल चाहार्नु छैन
र यो किपटको मालिक मोही भएर
कसैको मठमा गएर तिरो बुझाउने छैन
र कुनै साम्राज्यबादी पुजारीलाइ प्रणाम् गर्ने छैन
र कुनै साम्राज्यबादी पुजारीको खराउलाई
पोष्टकार्डमा खरिद गरेर
युमासाम्माङको थानमा सजाउनु छैन
आत्मघाती डाक्टर बनेर
आफनै शरिरमा सियो घोच्ने अपराधी हातहरु हुने छैन
ब्राउन सुगर र अफिम्को सर्को तान्ने नाक हुने छैन
डायलको स्वाद फड्कार्ने जिव्रो हुने छैन
सद्धाम् हुसेन्को मृत्यु दण्ड हेर्ने आंखा हुने छैन
र तिम्रो मृत्युको खवर सुन्ने कान् हुने छैन
र यी अवयवहरु पांचौ ज्ञानेन्द्रीय नभएका चित्र हुने छैन
र यी इन्द्रियहरु निस्क्रिय भएर अमुर्त चित्र बन्ने छैन
अब तिमी नै भन
यो चित्रमा के के हुने छैन ?
छैन भने अब मेरो बुवा जस्तै कुशल चित्रकार बनेर
एउटा असल तस्वीरको आदर्श चित्रकार वनेर
त्यस्तै सपना बुन्ने तिम्रो पृय रङ्गीन चित्र
तिम्रो कौशल्यतामा झुकेर सधैं प्रणाम् गर्दछ ।
कविता उनै असल चित्रकार बुवाहरुको निमित्त ।

हङकङ

गजल


भुपेन्द्र महत

धुस्नो पारी खुद्यौ मन,बाझो जिबन जिउन थाले
फाटेको खुशी कहाँ तुनिन्छ र? किन सिउन थाले

हराइ सक्या छु आफ्नै घर ठाउमा एक्लो भए
मान्छेलाई मान्छे बिझ्यो आँफै भुली पिउन थाले

आगो निली छाती बाले धुवा फैलिएला भनेरै
चर्काइएको मुटुमा तिम्रो यादले लिउन थाले

मदशालाका मदिरा फगत पानी भए अचेल
शायद अब जहरले नपुग्ने भित्ती हुन थाले

मुटुमा कोरेको मेरो नाम खोइ कसरी मेटायौ
ग्रहुगो मन पारी तिम्रो झल्का मैले नि धुन थाले
कोलोराडो ,अमेरिका

गजल


आचार्य प्रभा

तिमी थियौ आफ्नै शूरमा सधैभरी दंग
तब झस्क्यौ अनायासै जब उडयो रंग
-
सबैले नै शिरोपर राखेकै थियो तिम्लाई
आफ्नो पनी हुनुपरयो मान पाउने ढंग
-
तिमी भलो छौ भने बैरी को नै हुन्छ
भन अब माफी तिम्ले माग्छौ को संग?
-
सके सम्म बल्बुत्ताले थिच्न खोज्यौ सबलाई
कुनै दिन हुन्छ होला तिम्रो गोप्य भंग
( कोलोराडो अमेरिका )

मेरो नेपाल..........


दिलिप योन्जन

धेरै भयो, न लेखेको, देश सम्झि किन
के लेख्नु, मनै रुवाई, नेता देखी किन।

बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष।

हुटिटयाउ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वासोको, लुछा चुडीमा, हुनेभो देश सुहा।

कहिले माओबादी,कहिले खाओबादी,सबले मारे जनता
गनतत्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।

जनता मरे, देशको नाममा, नेताको भो चइन
बाडी चुडी, खाए देशको बजेट, बनाई आफै एन।

नाङो जनता, गरीब देश, राजा देसको धनी
बिष्नुको अबतार, घर न घाटको, गरे सि मन्परी।

कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउ, लागेन कहिले, बादरे नितीको नेतालाई।

महङी बडाछ, आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागी, कुकुर झै लड्छ, नेता भो पागल।

बुदको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर
सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार।

सन्धि सम्झौता, थाहा नहुने, नेपालको बरिस्ट नेता
कहिले टिस्टा, कहिले टनक्पुर, सार्याछ देशको सिमाना।

नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला
होसियार हुनु, देशलाइ बेची, बिदेश पोइला जाला।

भाषन गर्छ, नकली नाटक, सधै जनता छकाउन
चुनाब आयो, जान्छ गाँउ, फटाहा जनतालाइ फकाउन।

झोला चपलमा, भेटिने नेताको, काठ्मा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल।

देशको लागी, सहिद भयो, भोक-भोकै बल-बच्चान
पाउदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।

झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।

भना-भन, हाना थाप मै, अल्झियो देशको रजनिती
पद कै भोका, बदनामी नेताहरुले, गर्लार देशको प्रगती।

दिनमा यता, रातमा उता, फेर्नु फेर्यो नेताले रुप
मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।

नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली।

कहिले तराई, कहिले भ्याली, बन्द गर टाएर बाली
देश जलाई, आगो ताप्ने, नेता कती भाग्य मानी।

डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिह्दि
मेरै गोरुको, बारै ट्क्का, छोडेन भडुवाले लेडे ढिप्पी।

प्रडो पाजेरो, माडेको घरमा, नेता बिक्यो पैशाको लागी
लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी।

बनाउ नेपाल, सुन्दर सान्त, बिश्वमा नेपाली चिनाउन
नगरी युद, भैइ एक जुट, बनाउ हामीले नेपाल।

सबैले भनौ, जय२ नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाउ हाम्रो नेपाल।

जय जय नेपाल।

आधाआकास नारीको कलम

छक्कु उदासी

बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब ति पापहरु सबै एक एक भन्डाफोर गर्न

अब कलम अन्याय र अत्याचार सहने वाला छैन
अब कलम सत्य र तथ्य कुरा लुकाउने वाला छैन
अब कलम कसैसंग रतिभर पनि डगने वाला छैन
होसियर ! अब कलम यत्तिकै चुप लाग्ने वाला छैन

चाहे त्यो सगरमाथा झुकोस कलम कहिलै झुक्दैन
चाहे ति नदिनालाहरु सुकोस कलमको मसि सुक्दैन
चाहे त्यो आकास सुकोस कलमको संसार सुक्दैन
त्यसैले दुनिया सुते पनि अब कलमको संसार सुत्दैन
कलम दहरिलो भाला बनेर मुटुनै छेडनु परेको छ
हो बहादुर बनेर थाप्लोमा छेलो बजार्न परेको छ
निदर बनेर बन्दुकलाई पनि कलमले भुटनु पर्छ
सहासी बनेर तरबारलाई पनि कलमले गीडनु पर्छ

अरु त के कुरा अब देश नै हाक्ने आंत गरेको छ
सिंगो राष्ट्रनै कलमको टुप्पोमा नचाउने छांट गरेको छ
निरिह भएर सुत्ने बेला छैन, अब कलम जुतदै छ
तातो तातो मसि तताउदै अब कलम सुरिईदै छ

होसियार ! धोकेबाजी र पापीहरुलाई नंग्याउला
टुप्पीमा नौ रंगी धजा बांडेर घरबाटै ढपाउला
अनुहारमा कालो मोसो दलेर बजार धुमाउला
कान समातेर हजारौ पटक उठ बस गराउला
जापान