प्रियसी


सुनिता गिरी

पाइला टेक्यो घामको झुल्को मेरो मनको माँझ
हृदयको ढोका खोली , सजाएको छु आज
सागरको मोति टीपी तिम्लाइ सजाउँनेछु
सप्तरंगी इन्द्रेणीको घुम्टो ओढाउनेछु ।

ढकमक्क फूलबारी मनमा फुली दियौ
अप्सराको बिचमा पनि तिमी एक थियौ
बर्णन गर्नै नसकिने तिम्रो मुहारको
मिलन हुन्न भन्छन क्यारे दुइ किनारको

प्रिय तिम्ले हात देउ,संसार सजाउँनेछु
तिमो न्यानो स्पर्शमा आफै हराउँनेछु
असम्भवलाई मित लगाइ सम्भव बनाउँछु
तिमी पाए जिन्दगीमा यसै रमाउँछु

साग सिस्नो मीठो हुन्छ खुशी मनले देउ
सबै दुख बिर्सिएर आउ मेरो छेउ
मरि लानु के पो छ र खाली हात जान्छौ
हाँसी खुशी जिवन बिताउँ यो नै हामी लान्छौ
हङकङ

खाडल भित्रका समानता


स्यानु पाईजा

हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए
तर हामी बहस मै समाय बितायौ
मेरो खाडलबाट यति माटो निस्केको
मेरो खाडल यति गहिरो, यति फराकिलो
तिमीले भन्दा पहिला मैले खनेको
तिमीले मेरो नक्कल गरेको
हामी यसैमा लड्यौ, बर्षौ लड्यौ
तिमी लङगडो, र म कानो हुदै सम्म लड्यौ
खाडल खाडल नै हुन्न जस्ले जे भने पनि
खाडल बिचको भिन्नतामा लड्नु भन्दा
कसिंगर र पातहरु खसालेको भए
कम्पोस्ट मल बन्थ्यो दुबै खाडलमा
तर अचम्म तिमीले मलाई खसाल्न चाहेयौ
मैले तिमीलाई खसाल्नु चाहे !
साहेद हामीले खाडल खनेको नै यसैलाई थियौ
अब तिमी लङ्गडो र म कानो भएर पनि
खाडलको भिन्नता मै फेरि लड्यौ भने
एक दिन यो खाडल चिहान हुने छ
एकले अर्कोलाई फसाउने धराप हुने छ
अब त हामीले बुझ्नु पर्छ, खाडल००००
हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए

पात्लेखेत-७ ,म्याग्दी

मेरो देशको माटो


सुनिता गिरी

आहा ! कति मलिलो छ मेरो देशको माटो
लालीगुरास फक्रीएर सजिएको पाटो
बिहानीको झिसमीसेमा झोला बोकी आएँ
प्रदेशको जिन्दगीमा आफु एक्लो पाए

डाँडापाखा हरियाली गाँउघरको मायाँ
छाती भरी छल्किरहृयो हिमालको छाया
लुटुपुटु खेल्ने आगन कस्तो भयो होला
गोठमा मेरो माली गाईले सम्झी रोयो होला

लहलह झुल्यो होला मेरो खेत बारी
साथीभाईले भन्दै होलान गयो माया मारी
कर्मरेखा कोर्ने निहुमा छाडी आएँ देश
आटो पीठो आफ्नै मीठो सुहाउने भेष

देशको माटो सम्झी आज धर्कि रोयो मन
प्रदेशको यो झिलिमीली भयो सुनसान बन
बर पिपलको चौतारी र नागबेली बाटो
सम्झी आउँछु लड्दै पड्दै मेरो देशको माटो

हङकङ

फोटो गजल


केदार सङ्केत

म तिम्रो यो देशको अब रीति तोड्दै छ्रु
म तिम्रो यो देशको अब तीथि तोड्दै छु ।

बित्थैमा यो देशले मेरो मुटु चुँडाइ दियौं
अब यो खेत पनि म स्वयम्ले जोत्दै छु ।

यो देशको एउटा हट्ठा बाउसे थिए उनी
यादमा आज उनीलाइ म यो हिलोमा खोज्दै छु ।

ज्यानलाई कसले, किन, कसरि कहां लगेर मारे
आज यहिं कुरा म देशका साशकलाइ सोध्दै छु ।

(फोटो रुद्र खड्का - साभार, लडाँइमा जनताबाट)

कबिताको बाध्यता


स्यानु पाईजा

अचेल कबिताले गाली बोकेको छ
कतै पार्टीको प्रचार र ब्यानर बोकेको छ
कतै स्वार्थ र षड्यन्त्रको भण्डार पोखेको छ
कतै बैशको कामुकता पनि बोकेको छ
तर यति मात्र होईन कबिताले कहि त !
तितो यथार्थको धरतल पनि बोकेको छ
चेतनाको मधुर दियो पनि बोकेको छ
साहित्य र सृजनाको सम्बाहक बनेको छ
सृजनाको दरिलो मियो पनि बनेको छ
माया, पिरती, मिलन, बिछोड र सम्झना
बाँचा, चाहना, कामना, बेदना पोखेको छ
बिचरा कबिता माथीको कबिताले फेरि
रिमिक्स गित जस्तै हित हुने दाँऊ मा छ
एउटा बर्षौ पुरानो कबिता गाऊँमा छ
पुरानो कपिमा ध्वाँसोले पुरिएको छ
साहेद कति कबिता यसरी नै च्यातिए होला
कबिताको बाध्यता यस्तै नै रहेछ
कसैलाई नसुनाई, च्यातिनु परेको छ
यस्तै छ कबिता अचेल गालीले किच्चिएको छ
पार्टीको प्रचार र बिचारले थिच्चिएको छ
स्वार्थ र षड्यन्त्रको भण्डारले भरिएको छ
यस्तै छ अचेल कबिता को बाध्यता ।
लाहुरे सँग कबिता प्रदेस पोईल गएको छ ।
गाऊँको सम्झनामा धेरै चोटी कबिता रोएको छ।

पात्लेखेत-७, म्याग्दी

असन्तुष्टि


उषा गिरी

पारी क्षितिजको टुप्पामा
बादलका टुक्राहरु
मनका रङगी बिरङी
गहिराइबिच
बिरक्त र बिह्वल
काला धर्साहरु सँगै
चेहरामा बिषादका
गहिराइ र खोबिल्टाहरु सँगै
आज किन चिहाउछौ?
टाढाबाट बिक्रिती सल्बलाउदै
आँखामा किन अबोध चिच्याउछौ?
आखिरी एक मुठी सास
ओझेलमा चिप्लिन्छ एक दिन
भ्रम रित्तिन्छ एक दिन
बाझो मरुभुमी भएर
अबोध भ्रुणझै,
अनिन्द्रा ननिदाउ
बिटुलो जुनको अगाडि
किनकी असारको बादलले
तिम्रा ह्रिदएमा असन्तुस्ती
सुन्यता,र त्रास उत्पन्न गर्नेछ।
.
हाल ब्रुसेल्स
चारपाने,झापा
०१-११-२००८

यादैमा तिम्रो


दिलिप योन्जन

यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।

जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई
सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई
मनको प्यासले, जल्दछ तन, बुझाउने के गरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।

फुलेको फुल्झै, जवानी गाछ, दिन-दिनै ढलेर
धोएनी छाती, आँसुले कती, पोल्दछ जलेर
घोचेको घाउझै, दुखीनै रन्छ, मै बाचु कसरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।

अस्टिन, अमेरिका