आस्था खोजिरहेछु


दिलिप योन्जन

त्यसै त म पागल भएँ
यातना दिई नसताउ
भुकम्प म भित्र पड्किएको छ
म छताछुल्लछरिएको छु
म धुजा धुजा भैइ फुटेर लडेको छु
बाँच्ने आशा र बिस्वास छैन
म भित्र भित्रै मरिसकेको छु
मेरो संसार भत्किएको छ
मेरो बर्तमान फुटेको सिसा झै टुक्रिंदैछ
चोट नदेउ तिरस्कार गरी.............

बेला बखत यस्तो लाग्छ
भिड र कोलाहलबाट भाग्न मन लाग्छ
एकान्त एकलासमा म एक्लै
डाँफे र मुनाल जस्तै नाच्न मन पर्छ
धुपी र सल्ला झै सुसाउन मन पर्छ
हिमाल, पाखा , पर्बतमा निदाएर
झरना र खोलामा रमाउँदै
हिउँ झै पग्ली नदी भैइ बग्न मन पर्छ
चिमल र लाली गुँरास झै फुल्न मन पर्छ
मेरो बेदना, चाहना र भाबनाहरु
डाँडाको टुप्पामा बसेर चिच्याउन मन पर्छ
जहाँ कोही नहोस् मानब भिडबाट पर
कहालि लाग्दो समाज र संस्काररबाट
एक्लै............ एक्लै..........

देखेको कुरा बोल्न नहुने
जाने बुझे पनि भन्न नहुने
सत्य र साँचो बोल्नै नपाइने
ढुखेको ढुख र चोटहरु लुकाउनु पर्ने
अन्याय र अत्याचार सहनु पर्ने
मान्छे मान्छे बिच असमानता
ठुलो सानो, धनी गरिबको पर्खल
सत्यको हार, असत्यको बिजय
धर्म, भाषा र जातीय धरातल.....

यो कस्ले बनाएको ब्यवस्या..............?
जे पनि मान्नु नै पर्ने बाध्यता..............?
लाचार भएर बाँच्नु पर्ने विवशता.............?
ढुख र पिडामा डुबेर
एक आङ र एक पेटमा तड्पेर
पाटी र पौवामा हराउँदै
आँखा भरि आँसु साँचेर
रिदय भरि बेदनामा जलेर
बर्तमानको भारी सगरमाथा बोकेर
भबिश्यको सुनसान गन्तब्य खोग्दै
क्षत विक्षत जिन्दगी सँगाल्दै
इजतदार बेइमानहरुको भिडमा
रगत चुस्ने राक्षसहरुको माझमा
कानुन र धर्मका ठेकेदारहरुसग
समानता र स्वतन्त्रताको अभाबमा
पग्लिन्दै, बल्दै, निभ्दै हरेक पल
आश्या खोजिरहेछु।

अस्टिन अमेरिका
२०५३ बैसाख ११

चंङ्गा

रामसुन्दर देउजा

खुल्ला आकाशमा
हावाको चानसंगै
निस्फीक्रीसंग
उड्न तम्सेको छ
उडिरहन्छ..........
उडिरहन्छ...........
कहिले आकासिन्छ
कहिले र्झछ तलतल
अनि
कहिले कैँची खान्छ
फनफनी
कहिले नाँच्छ छमछमी
कहिले बौडाइझैं
टक्क अड्छ त
कहिले झट्कारिन्छ बेसरी
अरुको इशारामा
नाँच्नु पर्छ उसले
अरुको भरमा
बाँच्नुपर्छ उसले
किनकि,
कसैको हातको
रिमोटबाट
संचालित छ ऊ ?

गैरीगाऊँ, काभ्रे

पाए हुन्थ्यो

कृष्णा शर्मा

आकाशतिर गाका छौ की
पछि लाग्न पाए हुन्थ्यो ।
उडिजान चरी हैन
दुइ पंख आए हुन्थ्यो ।
भेटिन्छ भने तिमीलाई
पानी भई बगे हुन्थ्यो ।
अन्तेम संसार छिट्टै छोडी
तिम्रै साथ पाए हुन्थ्यो ।
रसिला आँखा गंभिर अनुहार
फेरि छुन पाए हुन्थ्यो ।
बखान गरी श्रृष्टीका खवर
खुसी बाँड्न पाए हुन्थ्यो
समयै छ बेला हैन
किन हतार गर्‍यौ तिमीले ।
आऊँ बस मेरो छेऊ
अनि रुन पाए हुन्थ्यो ।

वाफल, काठमाडौं

जरासन्ध

कृष्ण प्रसार्इ

जरासन्ध फेरि बिउँझिएको छ
उसलाइ थाहा छ ,
फैलिनुको मजा ।
उस्लाई थाहा छ,
बन्दी बनाउनुको मजा ।
अहिले यतिखेर -
तिम्रो भुखण्ड जो छ -
इतिहासको संकटकालको नाउँबाट-
नाजुक गुज्रिरहेछ ।
आफै इमान्दार नहुनुको नाउँमा-
तिमीलाई लान्छना लागो भने पनि,
अन्यथा नठाने हुन्छ तिमीले-
जस्लाई तिमी विश्वास गरिरहेछौ,
जरासन्धले उसलाई पनि किनेको छ ।
जरासन्ध ऊ संग पनि मिलिसकेको छ ।

उसले जरासन्धकै नुनको सोझो गर्दैछ ।
सपालु छ जरासन्ध,
कहिले दिए जस्तो गर्छ -
तर जति दिन्छ,
त्यसको दशौं दोव्वर लिन्छ ।
अभ्यस्त छ जरासन्ध,
तिम्रो सम्पदामा पासा फालिरहन्छ-
गाईको रङ्गमा स्यालको मन बोकेर,
कहिले साधुको भेषमा-
कहिले जालन्धरको भेषमा,

कहिले मृगको भेषमा
पल्किसकेको छ जरासन्ध-
खजाना लुट्नलाई,
लालपूर्जा मिच्नलाई

च्याखे थापिरहनलाई ।
किमार्थ डराउदैन जरासन्ध,
धोकामा पार्न तिमीलाई ।
कसैगरि लजाउदैन जरासन्ध,
बन्दी बनाउन तिमीलाई ।
खवरदार !
असंख्य बाहाना वनाएर,
जरासन्ध यतिखेर-
तिमीलाई धरापमा पार्न
विभिन्न जाल थापेर बसेको छ ।
भेटेसम्म सिङ्गै निल्न-
भीमकाय जरासन्ध,
मात्रै दाउ हेरेर वसेको छ ।

अनामनगर, काठमान्डौ
* महाभारतकालिन असुरराज जस्ले सयौं निमुखा राज्य प्रमुख हरुलाई बन्दी वनाएको थियो ।

माया लागेर आँउछ


बसन्त मोहन अधिकारी

म फूल
यो रङ्गीन संसार
शुन्दरता र शान्तीको
अद्भुत आन्नद
अमन चयन
केवल मेरो उपहार ।

यहाँ,चुसेर रस
दिनभरी
प्यास नलागे सम्म
वाह्य स्वरुपमा
भमरा डकार्दै हिड्छ ।
सताउँदा प्यासले
लागेर तलतल
लुकी छिपी
रात विरात
ऊ धाईरहेछ .....
कठ्ठै ! उसको बाँध्यता र विवशता
यसैले मलाई
निरीह भमराको माया लागेर आँउछ ।

स्याल
निरीह कुखुरा चोरेर
खाँदै
बाघ बनेको उन्मात्तमा
पुरुस्वार्थ देखाउँन
जङ्गलको राजा झै
घमण्डै घमण्ड बिच
घुम्छ , उफ्रन्छ
फलाक्छ, कराउछ ।
जब बाघको अघि पर्छ ।
नतमस्तक
चुपचाप ज्यू ! गर्छ ।
मुस्कुराउछ
सुम्सुमाउछ
हृड्डी खुड्डी खान दिन्छ की भनेर
दिनरात
उसकै अघि पछि लाग्छ ।
यसैले स्याल कराए पनि
रोएझै लाग्छ
कठ्ठै ! निरीह जीवन
यी स्यालहरुको माया लागेर आँउछ ।

शिनु कुर्ने खानेहरु !
रातविरात धाउनेहरु !
आजकल शहरमा
कर्राईरहेछन्
केवल देखाउन
साँझ पर्दानपर्दै
हाजीरछन्
होटल, डिस्को,
क्याविन र क्यासिनोमा
यस्ता निरीह र नामर्द
जोइटिङ्गे लाक्षिहरु देखेर
मलाई माया लागेर आँउछ ।

सुन्यतामा


उषा गिरी

आजकाल किन
दोबाटोमा अत्रिप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र सुन्यतामा?
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य
पाइला पाइलामा
पछुताउछ
मौन रुन्छ एकान्तको
काखमा,
बिते थुप्रै बिभत्स
यामहरु यथार्थमा तिम्रा,
भबिष्यले तिम्रो
कृतिहरु कोरिरहेछ
असन्ख्य बिचारहरुमा
अबिसापको युग
सल्बलाउछ
स्वतन्त्रताको धरातलमा।
चारपाने झापा
हाल ब्रुस्सेल

बैरी नठान आमा


आचार्य प्रभा

बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि
छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि ---

जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,
सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी---

तर सकेनौ हामीले सपना सार्थक बनाउन तिम्रो
पश्चतापको आगोमा जलिरैछु म अहिले ---

पराइ नठान आमा मलाई म त बुढेसकालको साहारा हुँ नि
ह्रीदय तिम्रो ब्यथाले जले मै शितल जल छर्न सक्छु नि ---

एउटै हातको पाँच औंला पनि छन बेग्ला बेग्लै नै
सबैको भर नभए पनि काम दिन सक्छ कुनै एकले ---

त्यस्तै ठान आमा मलाई पाँच औंला मध्य एक
थाम्ने प्रयास गर्नेछु म आउने बाधा अड्चन हरेक ---
बैरी नठान ---

(अमेरिका )