हल्लै हल्लाको देश


आचार्य प्रभा

सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन
तोड्फोड गरेर ,
कोही मौन छन आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरी भनी ...../

(अमेरिका )

गजल


आचार्य प्रभा

तिम्रो मीठो सम्झनाले कयौँ पटक झस्किए म
त्यही नमीठो पीडाले घाऊ बनी चस्किए म ।

पल, पल आउँछ याद ,बाडुलिको हिक्का बनी
तिम्रो तस्बिर अङालेर केही समय मस्किए म ।

कल्पनामा आउछौ तिमी आँखाभरी मात बोकी
तिमीलाई दंग्याएर कहिले कही ठस्किए म ।

जब बोल्छौ भावनामा तिमीभित्र हराइेदिन्छु
यथार्थमा नपाउदा निरश बनी खस्किन्छु म ।

(अमेरिका )

गीत


दिलिप योन्जन

दुखियालाई खुसी नमिल्दोरहेछ,जति नै गरे नी
हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

भिजेको आखा सुक्दैनरहेछ, जति नै पुछे नी
च्यातिएको भाग्य जोडिनरहेछ, भालाले सिए नी
दुखिको खुसी लुटिन्दोरहेछ, दैब नै लागे सी
हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

मनको बाध फुट्दोरहेछ, चोटै-चोट लागे सी
जिएको अर्थ नलाग्दोरहेछ, मान्छेले हासे सी
दुखिको दुख सकिनेरहेछ, माटोमा मिले सी
हातको रेखा मेटिनरहेछ, छुरीले चिरे नी।

अस्टिन, अमेरिका

गीत र गीतका चोईटाहरु


स्यानु पाईजा

सुस्तरी चियाउछ बादलुले
तिमी शीत बनि झरेको बेला
जुन सँग बादलुको लुकामारी
आधा गुमसुम आधा खुलेको बेला
शिकारीको काँधैमा बन्दुक
कुन मृगको काल आयो
भोको पेट पस्केको खाना खोई
फेरी किन रित्तो थाल आयो
माझि दाईले जालै हान्यो
मर्स्यांङदीमा छाल आयो
माया लाउछु भन्दा भन्दै
निस्ठुरी दैब काल आयो
गीत र गीतका चोईटाहरु
गाउँ बेसीको फाँतहरुमा
भिर पाखा र खोचहरुमा
भाका भाका सजिएका छन
देउरालीमा सुस्ताउदै माईला दाई
जमना सम्झनु हुन्छ---------
टौवाको मुनी गौवाको पानी
कौवाले खायो हा हा भन
चालिसे चुरा गाँउले को कुरा
सुनेर पिरती लाउदिन नभन
टौवा को मुनि..........
सुन मुरलीलाई सुनचाँदी बाँधौला
केहि गीत पिडाका
केहि गीत खुसीका
हरेक थुम्का थुम्कामा गुन्जिन्छन
गीत र गीतका चोईटा हरु
मलाई पनि लैजाउ भेना
टाढाको गोठै मा-
गीतमा के छैन ?
साली भेनाको ठट्टा छ
लिङ्गे पिंङ्ग दोहोरो मच्चिएकोछ
चौतारीको बरपिपलको काशी पुग्यो जरा
जुनी राजै बित्यो नजादो हो रहर
गीत भित्रका प्रीतहरु
सुनु सुनु लाग्ने छन
गीत र गीतका चोईटाहरु
देउराली र पाखा भरि
गीत र गीतका चोईटाहरु
माया र माटोको सुगन्ध
गीतहरुमा मिसिएकोछ
हाम्रै माटोको गीत बाँचे
कति जाती हुन्थ्यो
सगरमाथा जस्तै मेरो छाती हुन्थ्यो
गीत र गीतका चोईटामा
बियर र धुँवा नमिसिए हुन्थ्यो

पात्लेखेत-७, म्याग्दी

तिम्रो मनको डायरीमा


केदार सङ्केत

तिमी त्यसरी नजिक भएर
मनभरि फुल्छयौ भन्ने
पहिल्यै थाहापाएको भए
कित सुटुक्कै भनेकी भए
ऊ पनित नजिक- नजिक भएर
समयमै
मैन बतिझैँ पग्लिन्थ्यो होला
तिम्रै चाहनाको
भित्र कतै कामातुर मझेरीमा ।
पछिपो थाहा भयो
तिम्रा थाकेका मन
लोलाएका आँखा र
सुकेका ओठहरुमा
अतृप्त कामवती चाहनाहरु
अपेक्षित भएर
सरिर र नसाहरुमा
सलबलाउन थालेको पाँउदा
बेर्थै ठानी पग्लीदियो ऊ पनि
आगोमा घिंउ पग्लिएझैं
जीवनको मनोरमता सँगै ।
धेरै दिन सम्म
मनका फक्ल्याँटे दोभानहरुमा
मोदित स्पर्श सँगै
हिमनदीझैँ सललल
बग्दै गयो
पहरै-पहरा
पहाडनै-पहाडमा
तिम्रै गाँउको
खोल्सै-खोल्साहुदै
-चिस्यानहरुमा
-बुटयानहरुमा
जहाँ तिनीहरु एकाएक
जीवनको गोलार्ध भित्र
हराउन थाले ।
जीवन आफै एउटा
प्रयोगशाला
त्यो प्रयोगशालाको
दिव्यदृष्टि भित्र
चरम स्वाद
आनन्द- अनुभूति
वेदना-वियोग
हर्ष विस्मतमा
ठोक्किन्दै-घस्रदै
वहदै जाँदा
तिमीमा प्रकटित
हिम-पहाडहरुमा
जीवन-जँङ्गलहरुमा
चिप्ला बाटाहरुमा
चिप्लिदै लड्दै
उत्रेछौ
निश्चिन्त दोभानको फेदमा ।
जहाँ एकाएक
अङ्गहरु, विरङ्गभएर
रुपहरु, वेरुपभएर
मनहरु, बेइमानभएर
क्यनभासमा कोरेका
लुप्त कठिनभावका
कोरिएका चित्र झैँ
हाम्रो आकृती
यत्रतत्र
जताततै झुण्डीरहेको थियो
किनकि उन्को मन
ऊ मान्छेको मन भित्र भन्दा
जीवनमृत भएर
टाढा कतै अरुसँङ्गै
अलमलिएझैँ लाग्थ्यो ।
तिम्रो मनका डायरीमा
मैले केवल तिनै कुरावाहेक
सत्यहोला
अरुकेहि पढ्न सकिन ।

आमाको बाणी


बसन्त मोहन अधिकारी

बसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यहि देह सँगै
सबै जना बास बस म नेपाल ! सँगै ।

घैया, कोदो, जौ, फापर तीन महिना सधै
हिमालका नेपालीलाई जोड तरार्इ सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँ सँगै
दुःख, पीडा, हर्ष आँशु साटसँग सँगै ।

जन्म हाम्रो मानवको मानव धर्म सँगै
बुद्ध, सीता, भृकुटीलाई राख मनमा सधै ।

हिमालको स्याउ टिप्न आऊ साथ साथै
धान चामल स्याउ साट, साट आफ्नो सँगै ।

तरार्इको गर्मी छल्न उक्ल चामल सँगै
जडीबूटी औषधि लिई झर तरार्इतिरै ।

दूध, दही, बाख्रापालन गर पहाड सँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

अैंचो पैचो आफू भित्र तिनै जना सँगै
हिमाल, पहाड, तरार्इको नाता गाँस सधै ।

प्रकृति र कला कृति संरक्षणमा सधै
मेल मिलाप गरी बस जन्म दाता सँगै ।

चेतनाको प्रयोग गर मानव धर्म सँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमा सँगै ।

यूएर्इ चितवन

गजल


भूपेन्द्र महत

छिमेकिको डाम्ना छाडा भो रे प्रिय बार लगाउ
पहरे नि निन्द्रामा छन रे काँडे तार लगाउ

तिम्रो अस्मिता धराप छ रे कसरी जोगाउछौ
कुनियतले बढे कोही भने सिस्नो झार लगाउ

बाजे बाराजुले झुक्न सिकाको छैन नझुक्नु कतै
स्वाभिमानमा आँच आए खुकुरिमा धार लगाउ

आई लाग्नेलाई जाइ नलागे थिच्नेले थिच्छ नै
निर्धो नै हेपिन्छ सधैं नभन प्रभु पार लगाउ

कुरुप भा छ रे बस्ती फोहोरीहरुको दोहोरिमा
दुर्गन्धमा कता जच्छ र भनु सिंगार लगाउ