बरै भन्ने कस्ले


दिलिप योन्जन

तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले
एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले।

कसम यियो सात जन्मको,धोका दिइस भन्छे
तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले
मलाई दुख्दा रुन्थी पैले,हासी हिड्छे अहिले
एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले।

तिमी मर्दा म नि मर्छु, गर्थी रोई बाचा
एक्लो भए साथ माग्दा, हा हा हास्छे आज
दुख पिडा बाड्छु भन्नेले,काडामा उनी अहिले
एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले।

अस्टिन, अमेरिका

फर्कि आउनू


केदार श्रेष्ठ 'गगन'

सम्झिएर फर्कि आउनू पर्खि बसुँला
आँटो पिठो जे छ घरमा पकाइ राखुँला ।

लोग्ने मान्छे कुन्नी किन भर हुँदैन भन्छन्
घरको विर्सी जता राम्रा उतै मन लान्छन्
जहाँ गए नि मन नडुलाउनू पर्खि बसुँला
आँटो पिठो जे छ घरमा पकाइ राखुँला ।

पराइ ठाउँ पराइ मान्छे कठै भन्ने कोही हुन्न
फर्कि आऊ चाँडै घर आफ्नै खोरियाबारी खन्न
तिमी आउने बाटो हेरी पात्रो कोर्दै बसुँला
आँटो पीठो जे छ घरमा पकाइ राखुँला ।

भीमस्थान-५सिन्धुली
हाल-अनेसास यूएई च्याप्टर

धर्म


बसन्त मोहन अधिकारी

संसारको यात्रा गर्दा
हर ब्यक्तिको सोधाई
परिचय दिदै गए
उनिहरु सोध्दै गए
कहाँबाट आयौ ?
मेरो उत्तर धर्तीबाट
चन्द्र र सुर्यबाट त म आएको होइन ।
तिर्मो धर्म के हो ?
मानव कल्याण
एउटै मानव जातिमा बिभिन्न धर्म हुन सक्दैन ।
कयौ स्थानमा
कतिले पागल भनेँ
कयौले ज्ञानि भनेँ
तर म दुवै होइन ।
म त बिध्यार्थी हुँ ।
यो संसारसंग सिक्दैछु ।
मानवका विसङ्गती र बिक्रिती चिर्दै
प्रकृती स्वरुपको सत्य खोज्दै छु ।

बिभिन्न स्थानमा
बिभिन्न समयमा
आवश्यकता अनुरुप
तिमीले जे लेख्यौ
तिर्मा धर्महरु
मानव सविधान न हो ।
परिर्वतनशिल संसारमा
तिर्मा धर्महरु यथास्थितीमा रहेँ
आज समय र कालसंगै चल्न नसक्ने भए ।

यो एकले अर्कोलाई दोषारोपण
धेरैले धर्मकै प्रश्न गर्ने भए
धर्मयुद्ध लड्दै रहेँ
तिमीले भने जस्तै
धर्म
इसाई
मुस्लिम
हिन्दु
र बौद्धिष्ट इत्यादि भने होइनन् ।
यि त मानव लिखित
मानवकै बौद्धिक सम्पतीहरु हुन् ।
एउटै मानव वंशमा
एउटै सत्य धर्म
मानव कल्याण कसैले लेख्न सकेनन् ।
सबै भौतिकवादी हुन् ।
क्षणिक सुख खोजी रहेकाछन् ।
यसका उपलब्धिहरु
महल, पजेरो, जहाज र कामवासना हुदैँ
बम, बारुद र मिसाएल सम्म आएकाछन् ।
आ आफ्नो स्वार्थ पुर्तीका आधार
आआफ्नै धर्म स्थापित गर्न
यो धर्ती र मानव वस्तिहरुमा
तिनै उपलब्धिहरु ठोकिरहेकाछन् ।
मानव मारिरहेकाछन् ।
लिङ्ग भेद र अमानविय कार्य गरिरहेकाछन् ।

यो अध्यात्मिकतामा भौतिकवादको प्रकोप
क्षणिक सुखभोगको कामनामा
म आफ्नो भाग खोजी रहेको छु ।
उँ उसको भाग खोजी रहेछ ।
नपाए उहि धर्मको नाम छ ।
सोझा सिधालाई लडाई रहेछन् ।
यहि सत्यता र यर्थाततालाई
हामी धर्म भन्छौ भने
चैतन्यशिल मानवलाई
मेरो भन्नु केही छैन ।

चितवन

उज्यालोको प्रतिक्षामा

खगेन्द्र थापा

के नै छ र दुनियामा मन फाटे टाल्ने कुरो
छोडिदेऊ मुलुकमा अब राँको बाल्ने कुरो

ज्योति छर्नु घाम जून झै सारा संसारभरि
गर्नु हुन्न कहिल्यै पनि तनमन गाल्ने कुरो

दिन बिते वर्षबिते युगौं युग बिति सके
नभन है भोली भोली शुभकर्म थाल्ने कुरो

नया नेपाल बनाउन सोच नै नयाँ हुनु पर्छ
वीरहरुले गर्नु हुन्न पेट मात्रै पाल्ने कुरो

उन्मत्तभै हिंड्नु हुन्न बुद्धिविवेक लाउनुपर्छ
बाँकीनै छ अझैपनि दुःखपीडा फाल्ने कुरो

यस्तै हुदो रहेछ

रामु गैरे

यस्तै हुदो रहेछ साथी बिदेशमा माया बसेपछी
अरबी तरुनिको माया जालमा फसेपछी

मन लोभौने रहेछ अनेक थरिको मेक अप घसेपछी
अलग हुन गाहरो रहेछ मायाको फन्दमा पसेपछी

कहाँ सुख्ह पाइदो रहेछ र अरबीकी छोरीले डसेपछी
बल्ल थाहा हुदो रहेछ तनखा जती सकेपछी
अनी मात्रै होश आयो छहराबाट खसेपछी

चिउरामती नुवाकोट अर्घाखाँची
हाल दुबइ

गजल


टेक थजालीमगर

पैतीस जना यात्री थियौ पानी जहाज सँगै डुब्यौ
पाँच बाँचे तीस उल्टियौ पानीजहाजसँगै डुब्यौ

असारको मध्यान्तर पछि बिहानी पख थियो
मृत्‍यु सागरमा अल्झियौ पानीजहाजसँगै डुब्यौ

आयो काल छाल बनी लग्यो दर्जन नेपाली
कसरी बलिदान दियौ पानीजहाजसँगै डुब्यौ

टुहुरा भए बालबच्चाहरु खुसीसँगै लग्यौ सिंन्दुर
यै!धर्तिमा जन्म लियौ पानीजहाजसँगै डुब्यौ

पर्वत,बाग्लुङ,बारा,बाँके,दाङ,अर्घाखाँची
पिडाहरु कसरी सियौ पानीजहाजसँगै डुब्यौ

रोल्पा,पाल्पा,महोत्तरी,धादिङ,नवलपरासी
आश्रित लेनी आँशु पियौ पानीजहाजसँगै डुब्यौ

त्यो दु;खद दुर्घटनामा भयौ दैवको आहारा
साहाराहिन हामी कसरी जियौ पानीजहाजसँगै डुब्यौ
झिं-८,म्याग्दी हाल;युएई
email -
tek_thajali@yahoo.com

नेताजीलाई मेरो आग्रह


चकेन्द्र राई कैदी

उहिले उहिले
भारतीय सेनामा भर्ती गरेजस्तै
समानुपातिकको नाममा
सांसदहरूलाई भर्ती गरी
संसद्भवनलाई नै खुलामञ्च बनायौ !!
ऐतिहासिक
संविधानसभाको निर्वाचन गरी
अन्ततः जनताबाट तिरस्कारहरू नै
मन्त्री र प्रधानमन्त्री भयौ
धन्य छ नेताहरू !!
नेपाल र नेपालीलाई
अनि सिङ्गै विश्वलाई
एउटा अदभुत चमत्कार देखायौ
आफूले भनेजस्तो भए
सिङ्गै पृथ्वी जितेजस्तो गछर्ाै
आफूले भनेजस्तो नभए
सर्वस्व लुटिएजस्तो गछर्ाै
न देशको चिन्ता
न जनताको चिन्ता
धन्य छ बिन्दास नेताहरू !!
कहिले नयाँ दुलहा-दुलही
जस्तै चाटाचाट गछर्ाै
कहिले सौता-सौता र जार-जार
जस्तै काटाकाट गछौ
सीमापारिका राक्षसहरूले
नेपाल चेलीहरू बलात्कार गर्दा
मुख नखोल्ने
ए ! साधु नेता हो
नेपाली भूमि मिच्दा
हल्ला मात्र हो भनेर जनता
ढाँट्न खोज्ने
ए ! सुजाताहरू हो
अब त अति भएन र ?
गरिमामय संविधानसभालाई
तिमीहरूको रंगमञ्च नबनाई देऊ
यो नाङ्गो नाच नाच्न पनि छाडिदेऊ
बिन्ती छ नेताजी
तिमीहरूजस्तो नेता
राजनीतिबाट टाढिदेऊ !!