शम्भु बस्नेत
आलिकती समयको पाबन्दिले
आलिकती साहुको ऋणको नाकाबन्दिले
आलिकती बिश्व बजारको आर्थिक मन्दिले
यस्पाली घर नफर्केको खसम लाई
सम्झदै ,आसु झार्दै छे
घरकी चौबन्दीले ।
त्यो सँग अरु गुनासाहरु थिएनन्
त्यो सँग अरु अभिलाषाहरु थिएनन्
त्यो नक्कल पार्न जान्दिन
त्यो निस्वार्थ ,मौलिक प्रेम गर्छे
त्यो उसकै बाटो हेर्छे।
थाहा छैन उु कहिले आउँछ ?
उस्ले कहिले बिदा पाउँछ ?
थाहा छैन उसले बिदा पाउँछ कि पाउँदैन?
थाहछैन उु आउँछ कि आउँदैन ?
तर उु उसकै बाटो हेर्छे
उु हेर उसलाई
कसरी मैन जस्त्तै पग्लदैछे ।
उु आएन वा आउन चाहेन
वा उु आउन पाएन
वा उसको भौतिक शरीरले ..............
म भन्न सक्दिन ,मलाई थाहा भएन
तर आजभोलि उु सेतो सारी लाउँछे
तैपनी उु , बाटो तिरै हेर्छे ........ हेरिरहन्छे ..................
हामी नेपाली

मुकेश राई
क्षितिज त एक दृष्टिभ्रम हो, आकाश कहाँ झुक्छ र ?
कमजोर नसम्झ् हाम्रो मौनता, अन्याय अघि कहाँ झुक्छ र ?
ढुकढुकीका हरेक स्पन्दनमा स्वदेशको माया छल्कन्छ
जहाँ रहे पनि नेपाली हाम्रो देशप्रेम कहाँ लुक्छ र ?
आफ्नै सपुत सन्ततिहरुको पिडामा मातृभूमी रुदाँ
गह भरिएका अश्रुधारा हाम्रो नयनमा कहाँ सुक्छ र ?
शिरमा हिमाल, छात्तीमा अस्तित्व बोक्ने पाइला रोकिन्दैन
जीवन बलिदान गर्ने नेपाली सानो चोट कहाँ दुख्छ र ?
अटल छन हाम्रो जोश, जाँगर र लक्ष्यहरु
हिमाल झै उच्च विश्वाश र एकता कहाँ डग्छ र ?
ईलाम हाल बेलायत
फूलहरुलाई शुभकामना

खगेन्द्र थापा
ऊ, लालीगुराँस झैँ फुल्थी भिरपाखाहरुमा
वहार भई डुल्थी सधैँजसो लोभी आँखाहरुमा
उसको रुपको वर्णन सुन्दा न कसैलाई झर्को लाग्थ्यो
रस चुस्न आत्तुर भमराहरुको सधैँ नै लर्को लाग्थ्यो
सुवास छर्दै ढकमक्क फुलेको देखेर सबै झुम्मिन्थे
त्यसैमा ऊ पनि रमाउँथी
आफ्नो वैशालु जोवनको पर्वाह नै नगरी
ऊ, आफ्नो यौवन अरुलाई निःस्वार्थ थमाउँथी ।
उसको तनका डाँडाकाँडा र थुम्कामा रम्दै
आँकुरा कोपिला र पुष्पपत्रहुदिँ न्यानो स्पर्शका साथ
रस चुस्दैचुस्दै खोँचसम्म पुग्दा ऊ निकै लजाउँथी
मदहोश भई विशाल पोखरीमा हामफाल्दा भमरा
ऊ, भित्रभित्रै सुखानुभूति सजाउँथी
तर
वसन्त नै वैरी भइदिए पछि कस्को के लाग्दो रैछ र ?
आखिर भाँचिएको मनमा उमङ्ग कसरी जाग्दो रैछ र ?
अचेल अनर्थ लाग्छ उसलाई
आफ्नो सुन्दरता, सुवास र शालीनता प्रति
ढकमक्क फुलेर पनि वास्ना र्छन सक्तिन ऊ
कतै कुनै भमराहरुको मन हर्न सक्तिन ऊ
किनकि आज उसको सिउँदो पुछिएको छ
चुरा फुटेका छन्, यौवन लुटिएको छ
त्यसैले,
मेरो बिन्ती छ, कहिले गर्नु नपरोस्
सयपत्री र मखमलीले जिन्दगीमा यस्तो सामना
सधैँ ढकमक्क फुलेर वास्ना छरिरहुन्
फूलहरुलाई मेरो लाखौँलाख शुभ कामना ।
गन्तब्य बर्ष ..............

दिलिप योन्जन
नँया अभिलाषा र उमंग
कल्पनामा रमाउंदै........ हराउंदै..........
बिश्वको अग्लो सगरमाथा
भगवान बुद जन्मेको देश
सुन्दर सपना स्वच्छ हावापानी
नदिनालाले सजिएको
झर्ना र पहराले सिगारीएको
चाँदी झै टल्किदै पग्लने हिमाल
भाबनामा डुब्दै ............. उत्रदै................
आकास माथि माथि उड्छ पर्यटक
स्वार्गको देश नेपाल............... नेपाल हेर्न।
प्लेन बस्छ, यात्रु ओर्लन्छ
झोला र सुटकेसमा झगडा
हेर्छ छक्क परेर एकोहोरो पर्यटक
देशको इज्जत ................ राष्ट्रको गौरब
अभावको धरातलको खाल्डो
पाइला नसार्दै, खाली खुट्टा
फुङ अनुहार उडेको........... भित्री ज्वरोले
ओठ कलेटी परेको भोकले
बोल्न नसकी नसकी अबोध बालक
One dollar please............ hungry Sir..........
धनाढ्य यात्रु हेर्छ एकोहोरो
दुधे बालकको जन्ति
One dollar please............
ट्याक्सी चढेर हेर्छ जात्रा
पछाडी फर्कि फर्कि ।
होटलमा कल्पन्छ ........ सम्झन्छ
भोक-भोकै होला कति रोगी
आँखा भरी-भरी कचेरा बोकेर
ओठभरी रयाल च्यापेर
हिड्न नसकी-नसकी माग्ने बालक
आँखा भरि भरि सपना बोकेर
कन्टेनरमा भोक मेट्छ
प्लास्टिक बटुल्छ
अधुरो यात्रा सँगै
पाटी, पौवा, सडक र पेटीमा
कक्रिन्दै .... पग्लिन्दै बोरामा बेरिन्दा
आकाश रोयो............... धर्ति हल्लियो
देख्दा पर्यटक............. कुद्छ भोकले मतेर
भुइ र पेटीमा लड्दै-पड्दै
अल्मलिन्छ आश्या र बिश्वासहरु
सुक-सुकाउछ चोक र गल्लीमा
काहाली लाग्दो सडक र समाज
भोक पस्किएर हावा खादा ।
पर्यटक सगरमाथा चड्छ.......झर्छ.......
माछापुच्छ्रे कननजंगा हेर्छ
मोती जस्तै कन्चन हिउँहरु
पग्लिन्दै बग्छ कल-कल
फेवाताल र रुपातालमा खेल्छ
रमाउदैन........ हास्दैन दुखी पर्यटक
आँखा भरि हिमालमा नाङै तस्बिर
हावा सग-सगै गुन्जिएको भोका आवाज
सताइरहन्छ........जलाइरहन्छ............
बुदको देश सगरमाथा यस्तो
खोलै-खोलाको देश अन्धकार
पाटी त पौवामा लडेका दुधे बालक
राल र सिंगानको पोष्टर बिक्रि ।
हरेक बर्ष आँउ,........ गन्तब्य नेपाल
स्वागत छ.......सत्कार छ............
प्रत्येक बर्ष फरक-फरक अनुहार देख्नेछौ
बाँच्ने आसै-आसमा कति रोगले लगे
खानै नपाई कतिलाइ भोकले लगे
आफ्नो मलामी आफै जान्छ बालक
न आँखामा आँशु छ........ न रोदन
पाउने छौ थरी-थरी देख्न
कतै खुट्टा हराएर बैशाखी
थुप्रै साथ हराएर बेवारिस
हरेक बर्ष आँउ......... नेपाल हेर्न
जिउने साहरा बन भोका-नाङा बिच
भोको नाङो तस्बिर नबेच
गरीब दुखिको मज्जा नउडाउ
फोहोरै फोहोरको धरहरा
गु-घरीको घन्टाघर नहेर
राष्ट्र र राष्ट्रियता माथि खेलबाड नगर
नेपाल र नेपालीको बद् नाम नगर
हरेक बर्ष आँउ......... नेपाल हेर्न
श्वागत छ .............. न्यानो माया छ
नेपालीहरुको
अस्टिन अमेरिक
गजल

बसन्त मोहन अधिकारी
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
नदिनु चोखो मुटु कसैले चिरेर जलाई दिन्छन्
हेरत आज यहि मायामा जिउँदै म बलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
नसोध कोही प्रेम मलाई चोटै चोटले लडेकोछु
त्यहि चोटले उठ्न नसकी हेर त म गलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
मेरा हज्जार पिडा बिचमा उठेर म बाँच्न खोज्दा
रेटेर उनले चुलेसीमा छटपर्टाई चलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
चितवन
म भूल हुँ
आचार्य प्रभा
म भूल हुँ सुधारन सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /
(अमेरिका )
म भूल हुँ सुधारन सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /
(अमेरिका )
हाम्रो माया
अबिरल अधिकारी ''प्रेरणा ''
तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु /
तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु /
Subscribe to:
Posts (Atom)