भालेको अण्डा


स्यानु पाईजा

छोपेर पनि सर्बाङ्ग
उ भुतुक्कै लजाएको बेला
बेल पाक्दै छ
चराहरु भाका फेर्दै छन
आकाश ले रँग फेरेको छ
लाटो कोसेरो रात भरि उड्छ
बिरालो डराउँछ
कुकुर नौलो मान्छे होईन
आफन्तै लाई पनि शंका गर्छ
पोथी ओथारो बसेको बेला
सुलसुले ले सताएको छ
भिटामिन मिसिएको दाना ले
भाले ले अण्डा पारेकोले छक्क छ
यहि नै हो उ लजाउनु को कारण
उ सबेरै को कुनै प्रहर पनि
बाँस्न सकेको छैन
बिचरा बोईलर को बिउ
भयङकर जीऊ भएर के काम
न कोर कोराउनु न कुखुरी काँ
केटा केटी फर्सी मा रंग दल्दैछन
महिलाहरु लाई कसौटी ले कसेको छ
बोली फेर्न लागेका केटाहरु
लाजै नमानी कन्डम फुकेर खेल्दैछन
भाले को अण्डा लिलाम हुदैछ
त्यस्तै मा हल्ला चल्यो
कालीपारी कुखुरी को अन्डा लाई
भाले को अन्डा भनेर
दश लाखमा बेचियो रे
हल्ला पनि कस्तो
उस्कै सराप बनेर आको
अब त्यसले मर्नु पर्छ
बेला न कु-बेला रेटिनु पर्छ
छेउ म अमलेट फ्राई हुदै गर्दा
उस्ले पनि मर्नु पर्छ

पात्लेखेत-७ ,म्याग्दी

गजल


आचार्य प्रभा

जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ
निराशामै अल्झिदिने जिउँदो लाश रैछ ।

जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर
पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ ।

बाँच्यौ भनी मक्ख पर्छन,यहाँ मान्छेहरु
साँचो जीवन बचाउने संघर्ष नै सास रैछ ।

जिन्दगीमा हाँसो,खुशी सबै नै अमुल्य छन
खुशी,हाँसो अँगाल्नु मात्र जीवन ह्रास रैछ ।

(अमेरिका )

दिलकी चरी

खगेन्द्र थापा

पिजडामा नथुन्दिनू वनमा रम्ने चरीलाई
तन दिनू मन दिनू एक्ली दुखी बरीलाई
माया दिएमा खुसी हुन्छे नदिएमा दुखी
खुसी पार्न गाह्रोरैछ कलियुगका हरिलाई

मन मुटु पोलिरहे हिउद बर्खा कैले हुन्न
लाज हुन्न वैरी हाल्छ आँखाको झरीलाई
जालीकुरा गरिहिड्ने बेइमानीको भर हुन्न
आँखा लाउने धेरै हुन्छन् स्वर्गकी परीलाई

राष्ट्रिय गीत


दिलिप योन्जन

देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

आमालाई रुवाई यो भुमी रङाई नगरौ है हत्या
आफ्नो देश आफै आगोले सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

बिरता देखाई नहसाउ सत्रु दाजु-भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सुर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

अस्टिन, अमेरिका

गजल


आचार्य प्रभा

कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।

मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।

म त तिम्रै चाहना हुँ,रिसाउ वा खुसाउ मसँग
रिसले होइन,दङ्याएर, पात्तिएको मन पर्छ ।

मनले माया गरेपछी,हर कुरा नै मीठो हुन्छ
म सँग रिसाएर,कागज झैँ च्यात्तिएको मन पर्छ ।

(अमेरिका)
(गजल बिशेष गरेर शुरा,सुन्दरी लाई लिएर पहिला लेखिने गरिन्थ्यो आजकल भने बिभिन्न कुरालाई समेटेर लेख्न थालिएको छ यो शिशु गजलमा मैले पनि अलिकती नशाकै चर्चा गर्ने प्रयास गरेकिछु )

अभियान


टंक सम्बाहाम्फे

हामी अहिले अभियानमा छौ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
के कस्तो अभियानमा छु होला भनेर
तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ
वास्तवमा अभियान
संकल्पको यात्रा हो
विश्वासकोगोरेटो हो
कसैले नगरेको हुन सक्छ संकल्प
कसैले नवुझेको हुनसक्छ दायित्व
तर जिवन भए पछि
स्वतह त्यो एउटा अभियानमा समाहित भएको हुन्छ
कसैलाई व्यस्तताले थाहा नहोला
कसैलाई वास्तै नहोला
कि जिवन कुनै अभियानमा छ भनेर
जव हामी अभियान थाहा पाउछौ
तव संकल्पको शुरुआत गर्र्छौ
जिवन यात्राको अनेकौ मोडहरुमा
र केहि गर्ने आट भरोसा वाधेर
संकल्प संगै दायित्वलाईअगाडी वढाउने
उत्साह जन्माउछौ
अथवा अभियानलाई दायित्वको संगालो भने पनि हुन्छ
किनभने संकल्प छैन भने दायित्व पनि हुदैन
दायित्व छैन भने संकल्प पनि हुदैन
दायित्व र संकल्प छैन भने जिवनै हुदैन
जिवनै नभए पछि संकल्प पनि हुने कुरो भएन
त्यसैले मानिसमा संकल्प र दायित्व भए झै
जिवनसंग सपनाहरु पनि गासीएका हुन्छन्
कसैलाई लाग्दो हो
अभियान नचलाए पनि जिवन चलिरहन्छ
तर त्यसलाई त्यहि कुरा थाहा नभएको हुन सक्छ
कि जिवन सुचारु हुनु नै अभियान हो भनेर
वास्तवमा
विना संकल्प
विना दायित्व
विना अभियान
जिवन सम्पूर्णता वन्न सक्दैन
बाच्नुसंग सम्झौता गर्दा
अभियान अभियान जस्तो नलाग्न सक्छ
तर अभियान भने थाहा नपाउनुसंगै चलिरहेको हुन्छ
त्यसकारण
कुनै अभियानमा छुर्इन भने पनि
कुनै दायित्व लिन्न भने पनि
कुनै संकल्प गर्दिन भने पनि
अभियानमा जुटेकै हुन्छ
दायित्वले थिचिएकै हुन्छ
संकल्पमा वाधिएकै हुन्छ
अभियानको आभाष नहुनेलाई
दायित्ववाट मुक्त भए झै लाग्दो होला
दायित्वको वोझ थाहा नहुनेलाई
संकल्प नगरे झै लाग्दो होला
तर थाहा नहुनेलाई थाहा नहुनुसंगै
उसको सम्पूर्णता चलिरहेको हुन्छ
तसर्थ जिवन भए पछि
अभियान हुन्छ
दायित्व हुन्छ
संकल्प हुन्छ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
त्यो वेग्लै कुरा हो
तर अभियान भने निरन्तर चलिरहेकै हुन्छ

राष्ट्रिय गीत


दिलिप योन्जन

देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

आमालाई रुवाई यो भुमी रङाई नगरौ है हत्या
आफ्नो देश आफै आगोले सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

बिरता देखाई नहसाउ सत्रु दाजु-भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सुर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

अस्टिन, अमेरिका