मेरो कलम


सूर्यविक्रम याक्खा

प्रवेश द्वारमै तिखारीएर
जोडले प्रहार गर्छ ,
वन्द ताल्चामा ,
प्वाकै उधारेर ,
टुक्रा-टुक्रा पारी गन्छ ।
चट्टान भित्रका हिराहरुमा
पारदर्शी झिल्ली र किटाणुहरुमा ,
मितेरी सार्इनो जोडदै जान्छ ।
नदेखिएका ठाऊहरु हेर्दै ,
कठोरता भित्रको कानूनलाई च्यादै ,
वाहिरी पर्दाफास गरिदिन्छ ।
अपहेलित ,घृणाहरु माथि ,
न्ययाका निम्ति डटिरहन्छ !
मेरो कलम , औला उठाएर ,
चांहे अमेरिकाको वाशिङ्गटन न हो ,
चांहे दुवाईको वुर्जा टावर न हो ,
नेपाल सगरमाथाको चुचुरा वाट नै
यदि झुपडी वाट नै न हो ।
खुल्ला आकाश मुनी उभिएर ,
मुलुकका खाडी-खाडीहरुमा
लेखिरहन्छ ........!!

मोरङ्ग

झुपडी देखीको माया


दीपेन गर्बुजा

हाम्रो माया चोखो थियो
तर तिमी रहेछौ निष्ठुरी
झुपडीमा बस्ने
कसम खाएका थियौ
आखिर किन बनेउ पर्देसी ?
ती बिगतका यादहरुले
सताईराख्छ
तिमीलाई भुलौ म कसरी ?
मेरो माया खेलौना
सम्झेको थियौ त
किन नाटक गर्यौ त्यसरी ?
तिमी रहेछौ त्यो महलमा
म भने उही झुपडीमा
मेरो चोखो माया सधै
तिमीलाई नै छ प्रियसी
न भुल है हातेमालो
गर्दै घुमेको
ती गाउ शहर अनि बेसी
आशा छ महलमा
सधै बस्ने छैनौ तिमी
मेरो मनमा छ खुल्दली
छिट्टै फर्की आउछौ कि भनि
तिम्रो लागि स्वागत छ है
त्यही सनो झुपदी
यदी तिम्रो माया
अझै चोखो छ भने
जीवन बिताउ है
भएर दम्पती।

हाईकु


सूर्यविक्रम याक्खा मोरङ्ग

क)
माछी खोली छ ,
लाईहाल पिरती ,
ठाँऊ पाउदाँ ।।

ख)
एक्लो पनमा ,
तिमीलाई सम्झीदा
यो छात्ती पोल्छ ।।

ग)
चौतारी छाँया
चाडै पो आउने छु ,
पर्खी वस है ।।

घ)
साँचेको छु नी ,
ति म्रो लागी भए नी
मेरो जवानी ।।

ङ)
अरु के दिऊ ,
दुर्इ दिने चोलामा
चोखो माया छ ।।

च)
लाउन्न अब ,
उधारो मायालुले
घात्त गर्ने छ ।।

छ)
घाइते पार्‍यौ ,
नमिठो वचनले
मुटु घोपेर ।।

गजल


बसन्तमोहन अधिकारी

थाह थिएन मलाई फूलमा पनि धार हुदो रहेछ
लाग्ने रहेछ फूलको धार यो मुटु टुक्रा टुक्रा पारेछ

पबित्र स्वच्छ शालिन फूल ठानेर शिरमा सजाउँदा
आज आफ्नै यो रगं बेरगं भएर बदनाम भएछ

मधुर मुस्कान र सुवासमा मेरो धर्ती सजाउथिन
तर आज यो उनको सुगन्धमा मेरो जीवन गलेछ

त्यो बिहानीमा मुस्कुराउदै उनि मलाई जगाउँथिन
थाह भएन मलाई त्यो हाँसोमा मृत्यूको पासो रहेछ

वितृष्णाको समर्पण


केवल गंगा गुरुङ

निचोरी-निचोरी पिउँ रस
मेरो ज्यानमा कति छ
तीर्खा सवै मेटार्इ देउ
तिम्रो मनमा कति छ
तिम्रा ती प्यासी मनहरुलाई
मायाँ के हो के थाहा ?
तिम्रो ती स्वार्थी मनहरुलाई
माया के हो के थाहा ?
बाँकी नराख पूरा गर
तिम्रो स्वादहरु कति छन्
तिर्खा सवै मेटार्इदेउ
तिम्रो मनमा कति छ
सागरै बनिदिउँला
तिम्रो प्यास मेटाउन
आखीर कहाँ नै सक्छु र मैले
चोखो माया पाउन
हारे मैले जिन्दगीमा
जित अब ति म्रै छ
तिर्खा सवै मेटार्इ देउ
तिम्रो मनमा कति छ

फेरि पनि एकलब्बेको औंला काटियो भने !


लिलिमहाङ

मैले सुनेको महाभारतको कथामा
धनुवाँणका एउटा बहादुर
जसको एउटै व्यथा थियो
उसलाई जातीय कारणबाट
धनुवाँणको शिक्षा लिन गुरुबाट अस्वीकार गरियो

जुन कथामा अर्जुन जस्तो
महावीरको पनि उपस्थिति थियो
एकलब्बेले आफ्नै परिश्रमले
अर्जुनकै गुरुको मूर्ति बनाएर
धेरै धेरै अभ्यास गर्दै स्वयम् शिक्षा लियो
अन्तमा अर्जुनलाई पनि धनुविद्यामा जितिदियो

गुरुलाई असाध्येय असहृय भयो
किनभने एकलब्बे अर्कै जाति थियो
निपुणतामा अर्जुनभन्दा माथि चढ्यो
क्षेत्रीय गौरवता तल झर्‍यो
राजवंशमा ठूलो चोट पर्‍यो

धनुवाँणको चमत्कारी खेलमा अर्जुनको हार भयो
गुरुदक्षिणा भनेर दोर्णाचार्यले
एकलब्बेको बुढिऔंठा नै काटेर लियो
उनले पनि चुपचाप नै काट्न दियो
के थाहा त्यो निमुखा एकल्ब्बेलाई
त्यो त दोर्णाचार्यको एउटा षड्यन्त्र थियो

पाखण्डको महाभारत सुनेपछि
मेरो मुटु धनुवाँण भएको छ
सोझैमात्र सोच्ने मेरा दिमागहरु काँण बनेको छ
सेलाईसकेका घाउहरु फेरि बल्झीएको छ
इतिहासको त्यान्द्रो धागोबाट
दुराचारीहरु जलाउने आगो सल्किएको छ

त्यसैले खबरदार छ मेरो तीनिहरुलाई
किनभने मेरा नशानदीहरुमा
एकलब्बे सल्वलाउन थालेको छ
अब उनी चेतनाको धनुवाँण लिएर
यहिभूमिमा जन्म लिने छन्
अब उनले धनुवाँणको शिक्षा लिन
हस्तेनापुर जानु पर्ने छैन
उनको गुरु उनको नै कुलको हुनेछ
फेरि पनि उनको औंला काटियो भने
पाखण्डि दोर्णाचार्य निर्दोष सावित भएर बाँच्ने छैनन् ।

नेपाली सेक्युरिटी युध्द-भूमिमा


दीपेन गर्बुजा

मकै खुईल्याउने हातहरुले
म्यागेजिन भित्र
एम्मुनिसन भरिरहेका छन्
हसिया, हलो अनि कोदाली
समात्ने हातहरुले
पिकेम, एम-सिक्स्टीन, एम-फोर
एके-फोर्टीसेभेन अनि पिस्तोल
समातिरहेक छन
खेत-वारी अनि वन-पाखा जाने
पाइलाहरु
युध्द-भूमितिर
लम्किरहेका छन
असिनाको गेडाले लागेका शरिरहरुमा
गोलीहरु लागिरहेका छन
गाउको पाखामा
बादलले छेकेका नजरहरु
त्यो युध्द-भूमिमा बिष्फोटका
धुवाहरुले छेकिरहेका छन्
खेतमा जादा बादर हेर्ने नजरहरु
आफ्नो बिपक्षका
सत्रुहरु हेरिरहेका छन्
महल बनाउने सपना देखी
जीवनको पर्बाह नगरी
जोखिम पेसालाई
अङगालीरहेका छन्
कतिपय दाजु-भाईहरुले
पैसाको लोभमा
आफ्नो जीवन ब्यर्थमा
त्यागिरहेका छन्
अनी दिदी-बहिनीहरु
बिधुवा बनिरहेका छन्
त्यसैले नेपाल आमा भने
आफ्नो छोराहरु
सकुसल फर्की आओस भनि
प्रथाना गर्दै
तड्पी रहेकी छिन ।