आज तिमीलाई सम्झीएर


केवल गंगा गुरुङ्ग

आज तिमीलाई सम्झीएर फुल्न मन लाग्यो
तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो

एक थुगाँ भए पनि मेरै लागी फुली देउ
प्रेममय रसहरु फुल भरी भरी देउ
फुल तिमी तिम्रै रसमा भुल्न मन लाग्यो
तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो

सुन्दर सिर्जनाको एउटा थुगाँ तिमी हौ
माया विश्वास छ र त आज हामी छौ
तिम्रो जिवन सागरमा डुब्न मन लाग्यो
तिम्रो प्रेमको लहारामा झुल्न मन लाग्यो

देश


गणेश पुर्बछाने मगर

{१} देश
आज भोली लौ हेर हाम्रो देश नेपाल को गति /
छैन नया केही पनि यहाँ कस्को लाग्यो नजर मति?
आखिर कहा गए यहाँ सबै नेता हरुको बुद्धि ?
देशै उल्टो जवना नि उल्टो भए नेपाल को कहिले होला प्रगति?

सबै भन्छन नया नेपाल-नया नेपाल तर नया चीज यहाँ केही देखिन्न /
जाने हुन्छ नेपाल को अघि यहाँ मात्र ""नया""सब्द थपिएको छ अरु केही होइन/
बुझे हुन्छ नेताहरु भने सबै कुर्सी तानी जम्बो मन्त्रि मण्डल खाने दाऊ अझै छाड़दैनन /
यता गए पनि त्यस्तै हो उता गए पनि उस्तै हो ओफिसियल काममा झनै घुस नलि मान्दैनन् /

आखिर यही देश का ठुलाबड़ा नेता हरु भने भुडी भरी झोल भर्छन /
जनता लाई चै यहाँ उनी हरु भोक-भोकै पारी बिचल्ली मा पारी दिन्छन /
मुख बाट बान्ता गरी उनी हरु जनता सामू चाही बहाना नि पार्छन/
ताल मेल मिलाई उही सोझा साझा जनता लाइ दुर्गति दिशा तीर धकेली दिन्छन

सम्झे हुन्छ सबैले,चाहिदैन हाम्रो नेता हरुलाई सफा चीज फोहोर मै ठीक छ /
जाने हुन्छ सबैले रात भरी आहारा खोज्न लाइ उनिहरु दिन भरी कुना पसि लुक्छ /
फेरी उनी हरु नै छाती फुल्लाई जनता सामू इज्जत दारी नेता बन्ने गर्छ /
अनि केही परी तल माथी परे यहाँ निर्दोष ले बीर सहीद को उपनाम पाउछ/

{२} आमा

म एक नेपाल आमा तर मलाई नै थाहा छैन !
किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ?
आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ?
मेरै छाती माथी टेकी मलाई मेरै रगतले किन रंगाई रहेछन ?

सीकाउन त सबै सिकएकी थे मेरा सबै नेपाली संतान लाइ !
तर खोई जानेको?आखिर दाऊ मात्रै हेरीरहन्छन आफ्नै देश बिगार्न लाइ!
कोही भने हातमा पिस्तोल बोकी हिड़छन मेरै निर्दोस संतान मार्नलाई !
आखिर किन जानी-जानी बाध्य पार्छन यहाँ निर्दोस चेलिको सिंदूर पुच्छनालाई?

बनेका छन मेरै आखा अगाडी मेरै संतान बाल बच्चा टुहुरा !
दुखी छू म आज यहाँ भित्रि मनै देखि छैन कोही तिनका सहारा !
बल्ल थाहा पाए आज यस्तै रैछ मेरो नेपाल छैन यहाँ शान्तिको गीत गाउने त्यों भमरा !
आज आई यही देस्को ४ जात ३६ बर्ण को साझा फूलबारिमा बस्ने गर्छन घमंडी त्यों चमेरा !

आखिर हेपिएकी रहेछु म एक नेपाल आमा मलाई नै थाहा भएन!
त्यसैले त म भन्छु तिमिहरुलाई उठ-जाग ए मेरा प्यारा नव युवा जवान !
५ औला को त्यों तिम्रो मुठी त्येसैमा छ तिम्रो दरिलो शक्ति हार तिमी नमान !
तिमी आफै अघि बढ़ आफ्नो देश नेपाल पहिलेको झै बनाउन

{३} चेली

लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ
डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई
मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई
कलम र पुस्तक को साथ मा झोलाको भारी थम्याई देऊ यो चेलिलाई

आखिर के गरेछु गल्ती त्यस्तो र यो चेलिलाई बिरानो अनी पराई पो शम्झेछौ?
आखिर सधै भाइलाई चै मायाले काख मा राखी यो चेली लाइ पाखा मा पारेछौ?
उदेस्य के हो?भाई लाइ चै मायाले स्कूल मा पढ्न पठाऊछौ?
रहस्य के हो ?यो चेलिलाई चै सधै हेलामा बाधी घास दाउरा मा पठाउछौ ?

लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ
डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई
मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई
कलम र पुस्तक को साथ मा झोलाको भारी थम्याई देऊ यो चेलिलाई

राखौला यो स्वार्थी समाज को सामू हजूर हरुको इज्जत
दू:ख गरेर पढुला भाई ले झै गरी लगाएर म मेरो आफ्नो मेहनत
कस्ट गरेर जुटाउला म मेरो आफ्नो सरीर को हिम्मत
बिन्ति छ भाई लाई झै गरी पठाई देऊ स्कूल चमकाई देऊ यो चेलिको भबिस्य र किस्मत

आखिर आजको यो युग मा पनी किन छौ अनबुझ आमा बाबा हजूर
यदि एसरी नै हजूर हरु अनबुझ बन्दिए यो चेलिको पुकार कस्ले पो सुन्छ र ?
त्यसैले बिन्ति छ आमा बाबा सुनी बुझिदेऊ यो चेलिको चीत्कार
दियर चोखो माया भाई लाइ झै गरी पठाऊ स्कूल यो चेलिलाई चढाई ६ पान्ग्रे मोटर .........................

धरान-७ शान्तिपथ
हाल -hongkong wanchai

उर्लेको भेलभित्र


सूर्यविक्रम याक्खा

वर्षा साउनको झरीमा
एक तमासाले पानी परिरहयो ।
भिजेका शरिरहरु थर्रर-थर्रर काम्दै
निलो कालो भएका ओठबाट
कि..टि..टि -कि..टि..टि..
जुधेका दांतको आवाज आईरहयो ।
उर्लेको भेलभित्र चिच्याउदै ,
मायाले भरिएका निश्चल पोकाहरु ,
ढुंगा मुडाको छल्को संगै
मिसिएर वगिरहयो ।
म भन्ने शब्द ,,
मुक दर्शक वनेर हेरिरहयो ।
त्यो वक्राहा खोला ,माँवा र रतुवाले चुडाएका ,
मेरो मुटु भित्रका मायालाई .......,
घृणा नगर्नु ,तिरस्कार नगर्नु ,अपहेलीत नगर्नु ।
छिया-छिया पारिएका
मेरा निसानहरुलाई ,,
जोडेर फेरी सिंगो आकार वनाउन सक्दिन ,
मैले कोरेका शब्द-शब्दका अक्षेरहरु पाउन सक्दिन ।
उर्लेको भेलभित्र हराएका छ-छल्काहरु ....,
मेरो भूमिकाले वाँधीएका भावनाहरु .......!!

मिति २०१० / ०७ / १३

कसलाई दिउ दोष यहाँ ??


गणेश पुर्बाछाने मगर

{क} कसलाई दिउ दोष यहाँ ??
.................................................
कति दिन बिते यहाँ कति रात हरु
म त सधै तिम्रै सम्झनामा रोइरहेछु

मन भरि अनगिन्ति पिर ब्यथा संगाली
थाहै नपाइ रस्यो नयन तिम्रै यादमा भिज्यो सिरानी

दुख्यो छाती चर्क्यो मुटु तिम्रै याद मा कुनै दबाई पाइन
ठान्थे मैले आफ्नै तिमीलाई तर चोखो माया कैले पाइन

कसलाई दिउ दोष यहाँ ??रैछ मेरै कर्म खोटो
रैछु मै आफै अभागी रैछ मेरै भाग्य रेखा छोटो

म त यहाँ मुटुभरी व्यथाको आगो सल्काई रहेछु
हरपल तिम्रै याद मा सम्झनाको पानि छर्की रहेछु

आखिर एस्तै रैछ हाम्रो जिन्दगि कर्कलाको पानि
चोखो माया दिदा दिदै उनीलाई पाए धोका बने मै आफु अन्जानी

{ख} मेरो रोजाई
......................................
कालो त्यो सन्नाट रातलाई उछिन्दै
सुनौलो यो बिहानीलाई नै रोजे

अतित का ति सबै कुरालाई बिर्सन्दै
बर्तमानको नया जीवन लाइ नै रोजे

जीवन भन्नु अनुभवको संगालो पिर-व्यथा बोक्दै
क्ष्यणिक - क्ष्यणको हाँसो लाइ नै रोजे

माया त गरियो धेरैलाई बैस छँदै
सबै बाट धोका पाइयो अब विश्वास गर्न छोडे

जन्मदानी एक्लै थिए मर्दा नि जान्छु एक्लै
त्यसैले होला आज मैले एक्लो जीवनलाई नै रोजे

{ग} स्वार्थी रैछौ नानु
.........................................
स्वार्थी माया साट्ने रैछौ आखिर
किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर
झूटो कसम खाने रैछौ आखिर
किन आएऊ तिमी सत्य शाबित्री झै बनेर

भनेकै थे मैले नानू तिमीलाई
नबनाऊ है आफ्नो तिमी मलाई
कुल्ची जाने धुलो हु म सबैलाई
मिल्काई देऊ तिमी पनि यस्लाई

उतिबेला भन्ने गर्थेउ नानू तिमी मलाई
आदित दिए मैले मेरो चोखो माया हजुरलाई
हजुरले जे भने पनि बिस्वाश गर्छु म तपाईलाइ
अहिले बिचमा आई छोड़ी जाने कुरा नगर्नु है मलाई

हो नानू माया केहो ?मलाई थाहा थिएन
नेरी नानू बल्ल आज तिमीबाट थाहा पाए
नाना थरी झूटो कसम खाई चोरेउ यो मन
आज आखिर मैले उही नानू बाट धोका पाए

भाषा सेवक, हे भानुभक्त !


भानेन्द्र सम्बाहाम्फे "जुझारु"

झुक्दैन शिर, अब त हाम्रो, भाषा छ नेपाली
सिकायौ ज्ञान, रामायणको, लय छ नेपाली
गाउँछौँ हामी, एकता गीत, संगीत नेपाली
गर्दछौँ गर्व, तिमीमा भानु, धन्य छौँ नेपाली ।

नेपाली भाषा, मौलायो हेर, तिमीले रोपेर
मख्ख छौँ हामी, खुशीमा आज, नेपाली पढेर
सबैले बोल्छौँ, सबैले पढ्छौँ, नेपाली रमेर
भाषा सेवक, हे भानुभक्त ! तिम्लाई सम्झेर ।

अमर तारा, हे भानु तिमी, नेपाली मात्रको
लगायौ गुन, खोलेर पोको, अथाह ज्ञानको
सदैव चम्क, बनेर ज्योति, नेपाली आत्माको
भाषा सेवक, हे भानुभक्त ! गर्व हौ देशको ।

नेपाल ।
२०६७/०३/२६

लिम्वूवानको खातिर


टंक सम्वाहाम्फे

सेवारो आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ
हिउदको ठिही र वर्षाको झरीबादल सहेर
कति मेलापातमा मात्र सिमीत रहने
धनको लोभ र लालचमा फसेर
कति परदेशी मात्रै भैरहने
अव त हामीले आफ्नै लिम्वूवानको जोहो गर्नुपर्छ
र लिम्वूवानको सुनौलो भविष्यलाई खोज्नु पर्छ

आदाङवे
अव हामीले यो देशमा
आत्मानिर्णयको अधिकार खोज्नु पर्छ
हरेक तह र ताप्कामा
हाम्रो सहभागीतालाई अनिवार्य वनाउनु पर्छ
हक र अधिकारको लागि एकाधिकार चिरेर
हामी अगाडी अगाडी वढ्नु पर्छ
लिम्वूवानको लागि
हामी सवै लिम्वूहरु लड्न तयार हुनु पर्छ
किनभने हामीले
जाति भाषा र संस्कृतिको संरक्षण गर्नु छ
समग्र लिम्वू र लिम्वूवानको उत्थान गर्नु छ
त्यसैले आदाङवे
यसवेला हामीले
लिम्वू र लिम्वूवानको लागि
केहि सोचेनौ भने
लिम्वूवान राज्यको लागि
लागि परेनौ भने
मात्र इतिहास वन्नेछौ
जो हिजो लेखिएको थियो त्यस्तै
अव साच्चै लिम्वू भएर जाग्नु पर्छ
लिम्वूवानको खातिर

आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन : निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ

बेचिएकी कविता


सूर्यविक्रम याक्खा

एक काँदे झोला ,निलो कलरको
घामले पिल्सिएर खैरो-खैरो परेको ,
झोला भित्रको मेरो कविता ,
धेरै साल भो हराएको ।
देखे मैले उनीलाई ,
शहर भित्र रमाएको ,
भेटे मैले उनीलाई ,
अखबरमा छपाएको ।
कसैको नाम प्रति सिंदुर लाएको ,
कसैको नाममा वेचिएकी मेरी कविता !
'' त्यस वेला ,, ..........
विद्रोहलाई अंगाल्न मन लाग्छ ,
उनको सिंदुर मेट्न मन लाग्छ ।
मेरो दिलभित्रको कविता ,
सगरमाथा जस्तै उच्च शिरको कविता ,
तडपाएर खोस्न मन लनग्छ !
'' त्यही कविता ,, .............
सभाहल भित्र वाचन गरिन्दै थिए ,
गुन-गानको गीत गाईदै थिए ,
फेरी कसैको नाममा वेचिएका थिए ......!!

मिति - २०१० / ०६ / २३