जान देउ


गणेश पुर्बछाने मगर

1.जान देउ

छोडी जाने मायालु लाइ ,, जान देउ
व्यर्थै....उस्को पछी लाग्छौ किन??
जब यँहा ....दुनिया नै स्वार्थी छ भने
छोडी जाने निस्ठुरीको ,, फेरी आसा गर्छौ किन??

जाने ले त गइ नै हाल्छ ,,छोडी एक्लै पारि तिमीलाई
उस्को मन बाधी,,चटक्कै नै माया मारी एक्लै पारेर
आखिर ! जति चोखो माया दिए पनि तिमीले
जाने मायालु न हो? जान्छ मन मा तिम्रो छुरा रोपेर

बरु समाल्ह तिमि आफै,,छोडी जाने निर्मोहिको नगर है आसा
हुदैन है यँहा,, त्यस्तो निष्ठुरीको केहि भरोसा र भर
पागल घायल प्रेमी झै बनि ,,छाडी जाने स्वार्थी लाई सम्झी तिमीले
समयलाई तिमीले ...नफाल न ब्यर्थै खेर

बुझ्ने गर तिमीले ,,जिन्दगि त तिम्रो अनुभब को संगालो न हो
जँहा हुन्छ कहिँ हाँसो त कहिँ रोदन
आखिर!!जति चोखो माया दिए पनि तिमीले
यँहा दुनिया नै स्वार्थी छ .... हुन्छ यँहा कहिँ मिलन त कहिँ बिछोड
क} मगर भाषामा पैले .......................

म्याकार होइन्ग डेले नाकोकी
म्याक्की न माह्योका
मिगीनौ नाकुंग तस्बिर कि
डोनार लोम्कैन्ग डेले लोम्काकी न माह्योका

हुर्की पाले न्गा मिक्ड़ी झालार मिगीनौ पिर ब्यथाकी
सीनांग सुख जिवानांग डाबरोन्ग {दु:ख} लेसानी
अतित ले सोटाक्नी याले नाकुंग यादकी
जिन्दगि डेच कालौ यांग्च न लेसानी


मालाकी पिर मालाकी दु:ख न्गा सिया ढ्यांग नि
बू आर राले नाकौ रोह न्गा न्गौ मिगीनांग
यदि मासिम जीवा ढ्यान्ग़ काले जोग्ड़ीया ढ्यान्ग़ नि
न्गा फर्केर राले नाकुंग मिचारियंग
+++++++++++++++ भ्या ++++++++



ख} नेपाली मा अनुवाद


बिर्सेर जौ भन्छु तिमीलाई
बिर्सन नि सकिन
मनको तिम्रो तस्बिरलाई
झिकेर फ्याकु भन्छु फ्याक्न नि सकिन

धुन खोज्छु म आँसु बगाई मनको पीरलाई
मर्दामा सुख बाच्दामा दु:ख रहेछ
अतितिले ब्युझाउछ तिम्रो यादलाई
जिन्दगि भन्नु हाम्रो एस्तै नै हुदो रहेछ

नमान्नु पिर नमान्नु दु:ख मै मरी गएनी
बोकेर आउला तिम्रो माया म मेरो मुटुमा
यदि नमरी बाचे भने दैब {काल} ले साचेनि
म फर्केर आउला तिम्रो त्यो न्यानो काख को माझैमा
2. सम्बन्ध

म त एक सत्यधारी कलम हु
तर तिमि त एक अनबुझ धारिलो हतियार हौ
मेरो मन मा त सधै मेरो जनता प्रति
मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा
अटी नअटी गुम्सेर बसेको छ
त्यसैले होला म त सधै
जनता को बिस्वसिलो आवाज मेरो
भित्रि मनै देखि निडर ता को साथ
जनता सामु पोख्छु
तर .....................
तर तिमि त परेउ एक अनबुझ अर्थात
यहाँ तिमि कसैको आड लिएर
निर्दोष जनताको आवाज बोक्नु त कता हो कता उल्टै
एक लाटो कोसेरे चरी झै बनि
उल्टै जनताको आवाज बन्द गर्न पट्टि लाग्छौ
आखिर तिमि एक डरपोक काएर
कसैको आड मा चल्ने धारिलो हतियार न परेउ
त्यसैले होला हेई मुर्ख हतियार मलाइ त यस्तो लाग्छ
तिम्रो साथ मा मन हैन त्यसको सट्टा मा
तिमि भित्रि ढुंगा पो छ कि क्याहो???
नत्र भने तिमि किन अन्जान पल्टिएर
तिम्रो कुरुर अनुहार लाइ उत्तानो पारेर
एक लक्ष्य हीन हासो को खित्का छोडथेउ र ?

के यहि हो तिम्रो मेरो अस्लिल सम्बन्ध?
जहाँ तिम्रो विचार बेग्लै मेरो विचार बेग्लै छ
अर्थात तिम्रो लक्ष्य भनेको निर्दोष जनताको
सत्यताको आवाज लाइ
कसैको आड मा बन्द गर्ने
छि मलाइ त तिमि संग मित्रताको सम्बन्ध
गास्न पनि डर हैन घृणा जागेर आउछ
किनकी तिमि परेउ एक डरपोक काएर धारिलो हतियार
तयसैले होला तिम्रो र मेरो बीच एकै रत्ति पनि मेलमिलाप छैन

म त सधै सत्यताको बाटो हिड्छु
तिमि त साथै यहाँ झुतोलाई अंगाली
हिन्ग्सा र हत्यालाई प्यारो ठान्छौ
बुझेर र पनि अनबुझ बनि तिमि
डरपोक बनि यहाँ कसैको सहर मा
अर्थात कसैको आडमा निर्दोस लाइ
बिर सहिद को उपनाम दिन्छौ?

के यहि हो त तिम्रो मेरो अस्लिल सम्बन्ध?
जहाँ तिमि र म मा एकै रत्ति पनि मेल मिलाप छैन हामि दुइ बीच
म त सधै सत्यलाई अन्गाल्छु
सत्य लाइ जनता सामु पोख्छु
तर तिमि त यहाँ बिना उदेस्य
लाचार बनि निर्दोस चेलीको सिन्दुर संगै
उनको बाल बच्चाले पाउने अधिकार लुटी
निर्दोस चेलीको अवला अनि अस्मिता माथि खेलवाड गर्छौ
हेई मुर्ख हतियार के यहि हो त तिम्रो मेरो अस्लिल सम्बन्ध?
जहाँ एक रत्ति पनि तिमि र म मा मेल मिलाप छैन.................

हे मुर्ख धारिलो हतियार
हिम्मत छ त औ मिलाउ हात
लाग मेरो पछी देखाऊ तिम्रो पौरख
जसरि हाम्रो पुर्खाको पालामा
देखाएको हतियार ले झै गरि
जित जनताको मन विश्वास
अनि यदि तिमीलाई रगत बगाउने नै सोख छ भने
बगाउ तिनको रगत रेट तिनको घाटी
जस्ले यो देश बिगार्नु खोजिरहेछ
पर तिनलाई टुक्रै टुक्रा
जस्ले यहाँ जनताको गास बश कपाश खोसेर को छ
के सक्छौ यदि सक्छौ भने तिमि नडराउ कोहि संग
अर्थात यदि सत्यताको कलम लाइ अंगालेर
तिमीले जनता को निम्ति ज्यान दिन्छौ भने
म छु तिम्रो साथ हर पल हर क्ष्यण अनि
यदि तिमीले सत्यताको बाटो रोज्दा
तिमीलाई कसैले काएर बनेर तिमि प्रति क्रुर व्यवहार गरि
पछी बाट गोलि र बारुद को सहारा लिई घायल बनाउन खोजे
नडराउ तिमि किनकी म छु तिम्रो साथ
अर्थात उतिबेला म बन्ने छु तिम्रो निम्ति त्यो
गोलि र बारुद लाइ छेक्ने तिम्रो सुरक्ष्या को ढाल

के सक्छौ ?? मैले हैन यो
जनताले मागेको पुरा गर्न ?? हा हा हा हा
अह सक्दैनौ मलाइ पुरा बिस्वास छ
तिमि मा छैन त्यो जोश जुन हाम्रो पुर्खाको पालामा
भीमसेन थापाले चलाएको हतियार मा भएको जोश
त्यसैले होला हे मेरा सत्यवादी जनता तिम्रो साथ चाहिएको छ
दिन्छौ हैन त साथ ?
किनकि मलाइ त्यो हतियार उद्याउन मन लागेको छ
जुन भीमसेन थापाको पालामा नउद्याएको खुकुरी लाइ फेरी
जनताको हक हित को लागिनै उद्याउन मन छ हर क्षण हर पल सधै सधै भरिलाई.................
3.बने मै आफु अन्जानी

हिड्दा हिड्दै जीवन को यो गोरेटो मा
धेरै ठाउमा ठक्कर खाइयो
प्रियसी को आस जवानी को जोश मा
दिए चोखो प्रेम सबै स्वार्थी माया पाइयो

जीवन भन्नु हाम्रो अनुभव को संगालो पो रहेछ
आज हो या भोलि ?? यहाँ कस्लाइ केथाहा?
आखिर यहाँ मरी लानु केनै पो रहेछ ???
मन भरि बोक्ने पर्दो रैछ अनगिन्ती पिर ब्यथा

सम्झन्छु म ति अतित का दिन हरु
रमाउछु म आफ्नै दुनियामा
बोकी सून्यताको मन हरु
उही स्वार्थी प्रियसी को यादमा

आखिर एस्तै रैछ हाम्रो जिन्दगानी
उस्त उस्तै हो कर्कलाको झै पानि
चोखो माया दिदा दिदै पनि उनीलाई
पाए धोका बने मै आफु अन्जानी

4.एस्तै हो माया भन्ने

टाढा टाढा उडी जाने त्यो पन्छी को
हुन्छ के को भरोसा?
छितिज पारि आफु लुकेर
पारि जान्छ सबै आकाश सुन्य नै

छोडी जाने निर्मोही प्रियसीको
किन गर्छौ तिमि आसा??
मन भरि स्वार्थी माया बोकेर
पार्छन प्रेम को भण्डार सबै रित्तै नै

उदाएर अस्ताउने त्यो घामको
पिछादियेर तिमि किन बन्छु निरासा?
जहाँ माया त्यहिँ हुन्छ जीवन
बरु चोखो मायाको परिभाषा बुझ झट्टै

फुल पनि फक्रिन्छ बैस छदै उस्को
बोकी साथ मा प्रेमको बास्ना छर्ने आसा
तर उसैलाई अत्तो पत्तो छैन
त्यहिँ फुलमा हुन्छ निर्दई स्वार्थी काडा सित्तै

एस्तै हो माया भन्ने चिज
हाँसो रोदन मिलन बिछोड
गर आफैलाई विश्वास भरोसा
तब मात्रै चिन्छौ तिमीले चोखो मायाको अर्थ छिट्टै
5.डर

आखा भित्रि लुकाई राख्छु तिमीलाई
मेरो नयन रसिएर
आँसु बनि खस्ने पो हौकी
मुटु भित्रि लुकाई राख्छु तिमीलाई
माया मेरो थोरै भो भनेर
धड्कन बनि धड्किदिने पो हौकी
भित्रि मनै देखि डर लाग्छ मलाइ
मलाइ छोडी अन्तै जाने पो हौकी
गर्छु साचो चोखो माया म तिमीलाई
तिम्रो माया अर्कैलाई पो दिने हौकी ??
भन माया के छ तिम्रो बिचार मलाइ
यो मनलाई छोडी अन्तै जाने पो हौकी
ज्यानले भ्याए सम्म देकै छु नि चोखो माया तिमीलाई
माया मेरो कमि भो भनि अन्तै डेरा सार्ने पो हौकी

THE----END
भन न मेरी माया PLEASE ढिलाई नगर न ल मेरो सारै पोल्छ तिम्रै याद आज भोलि

अपुरो भो जिन्दगी


गणेश पुर्बछाने मगर

1.अपुरो भो जिन्दगी

कुन मोडमा चालेछु नि पाइला मैले
एकान्त पो रैछ ठाउ अघि जाने कुनै बाटो पाइन
कुन समय र स्तिथि मा गासेछु नि प्रेमको साइनो मैले
स्वार्थी रैछ उन्को मन चोखो माया मैले पाइन

अन्जानैमा कस्तो खाले रोजेछु नि फुल मैले
आखिर टिप्नै नपाइ त्यो ओइलिएर झरी जाने
जवानीको जोश मा कस्तो खाले प्रियसी लाइ चुमेछु नि मैले
आखिर उनि मैले बोल्ने नपाइ सुटुक्कै भागी पोइला जाने

बुझे मैले बल्ल एस्तै रैछ मेरो जिन्दगि पनि बिनाको माछा झै भो
आखिर रैछ तिम्रो मन चक्कु-छुरा थियो मेरो मन सारंगी
प्रेम को भिक्ष्या माग्ने थिए धेरै तर यो रिदय ले तिमिलाइनै रोजेथ्यो
बल्ल थाहा भो रोजाई मेरो गलत रैछ कर्मै खोटो अपुरो भो जिन्दगि

2.लाखौ लाख शुभकामना

सजिएर जान्छौ भने जाउ तिमि
हाँसी खुसि अर्कै हात समाई
बसी दिउला म नै तिम्रो निम्ति
सधै भरि तिम्रै यादमा आँसु खसाई

सुन मेरी प्रिय जतिबेला म मर्ने छु
उतिबेला तिमि बेहुली झै भइ दिनु
सुन मेरी प्रिय जतिबेला म सेतो कात्रो भित्रि हुनेछु
उतिबेला तिमि तिम्रो खालि सिउदो रंगाउनु

जति बेला मेरो लाश हरियो बासमा बोकी लादा
उतिबेला तिमि हाँसी-हाँसी रंगी चंगी डोलीमा चढ़दिनु
जतिबेला मेरो लाश लाइ चितामा राखी आगो सल्काई जलाउदा
उतिबेला तिमि तिम्रो नयाँ नौलो संसार बसाल्नु

सुन मेरी प्रिय बस्नु सधै नया नौलो संसार मा खुसि साथ रमाई
छैन मेरो अरु केहि सोक यहि नै छ मेरो चाहाना
म मरेर के भो त ?? सधै भरि जुनिजुनिलाई
तिम्रो निम्ति यहि नै छ मेरो लाखौ लाख शुभकामना

3.एस्तै हो माया भन्ने

टाढा टाढा उडी जाने त्यो पन्छी को
हुन्छ के को भरोसा?
छितिज पारि आफु लुकेर
पारि जान्छ सबै आकाश सुन्य नै

छोडी जाने निर्मोही प्रियसीको
किन गर्छौ तिमि आसा??
मन भरि स्वार्थी माया बोकेर
पार्छन प्रेम को भण्डार सबै रित्तै नै

उदाएर अस्ताउने त्यो घामको
पिछादियेर तिमि किन बन्छु निरासा?
जहाँ माया त्यहिँ हुन्छ जीवन
बरु चोखो मायाको परिभाषा बुझ झट्टै

फुल पनि फक्रिन्छ बैस छदै उस्को
बोकी साथ मा प्रेमको बास्ना छर्ने आसा
तर उसैलाई अत्तो पत्तो छैन
त्यहिँ फुलमा हुन्छ निर्दई स्वार्थी काडा सित्तै

एस्तै हो माया भन्ने चिज
हाँसो रोदन मिलन बिछोड
गर आफैलाई विश्वास भरोसा
तब मात्रै चिन्छौ तिमीले चोखो मायाको अर्थ छिट्टै

4.प्यासी छ यो मन

उदायो घाम
चढेछ बादल
गोधुली साझमा
फर्केर आउलाकी??

जुझ्यो आखामा आखा
लागेछ बैस
तिम्रो र मेरो मन है मिले
चोखो माया पो साट्छौकी ??

रस्यो नयन खसेछ आँसु
मनैको पिर पखाली
प्यासी छ यो मन मायाकै निम्ति
बुझेर तिमिली साचो प्रिती पो गास्छौकी??

5.शान्ति तिमि फर्की आऊ

शान्ति तिमि फर्की आऊ
हेर तिम्रै प्रतिक्ष्यामा
यहा रुदैछिन तिमरै नेपाल आमा

शान्ति तिमि फर्की आऊ
हेर तिम्रै यादमा
यहा निरास छन् लाली गुरास सारा

शान्ति तिमि फर्की आऊ
हेर तिम्रै पर्खाइमा
डाफे मुनाल रुदै छन् बनपाखामा

शान्ति तिमि फर्की आऊ
हेर तिमरै सम्झनामा
यहा सारा जनता दुखि छन् साथमा

शान्ति तिमि फर्की आऊ
हेर तिम्रै नाम मा
यहा रुदै छन् बिर सहिद को आत्मा

जुत्ता.............


स्यानु पाईजा

सधै एक जोर कुची
सडकको सन्नटा भँग गर्दछ
दिउटी सकेर फर्कन्छन कर्मचारी घर
चबाईएका चुईगम के काम यहि थुकिन्छ
लामखुट्टे उज्यालोमा पनि नाकमा टोक्छन
अखबारको अक्षरहरु अरिङगाल बन्छन
जिन्दावाद् मुर्दावाद्को कोलहाल मच्चाउछन जनता
हारलुछको भागबन्डा चल्दछ देश भित्र
म अलग अलग दुई जुत्ता लगाएर
डिभाइदर ले छुट्टाईएका सडक नाप्छु
फुर्सद हुनेहरु मेरो अलग अलग जुत्ता हेरेर
मलाई पागल भन्छन,
तर म यस्लाई फेशन भन्छु
समाय र समाय को परिबर्तन भन्छु
बिकनीका दुई भाग अलग रँग हुनु सक्छ
एउटा मात्र बाहुला भएको लुगा हुन सक्छ
अलग अलग जुता लगाउनु किन हुदैन ?
यो एक दिन को कुरा थियो
अखबारको पाना भरि रंगियो
नसुहाउदो अलग अलग ब्राण्डको जुता मा
उभिएको एउटा अनाम मान्छे
हेडलाईन फरक फरक का बन्यो
केहि दिन पछि नयाँ सडक
अलग अलग ब्राण्डको जुताले नापिन थाल्यो
जोर जुत्ता पसल मा बिक्न छाडे
कारखानाहरु मा एउटै जुत्ताको मात्र
अर्डरको ओईरो लागे
फेशन भन्दै कारखानाहरु पनि
अलग अलग रँगका जोर जुत्ता उत्पादन गर्न थाले
जुताहरु अलग अलग पनि लगाउन मिल्ने भए पछि
घर घर बाट एउटा एउटा जुता हराउन थाले
बजार र सडक अलग अलग रँगका जोर जुत्ता भरिए पछि
नयाँ कानुन बन्यो, अलग अलग रँगका जोर जुत्ता निषेध भयो
तै पनि बजार त्यस्तै जुताले भरिएको छ
नयाँ सडकमा लहरै मान्छे त्यही जुताले दौडन्छन
बजारमा खुल्म खुल्ला जुत्ता बिक्दैछन
कानुन बनेको बर्षौ भयो
हिजो फेरी मैले नयाँ सडकमा
एउटा चस्माको दुई सिसा अलग रँगको लगाएको मान्छे देखे
पत्रकार मलाई जस्तै उस्लाई फोटो खिच्दै थिए
पहिलो चोटी मैले पश्चताप गरे
मैले अलग अलग जुता लगाएर फेशन भने जस्तै
दुई सिसा अलग रँगको चश्मा पनि फेशन भयो भने
कति को आँखा बिग्रन सक्थ्यो
कालो र सेतो लेन्सले छोपिएको आँखाले
सन्सार झन कुरुप देखिन सक्थ्यो
हरेको एउटा आँखा बिग्रने हो भने
अपाङ्गको देश बन्न सक्थ्यो।
यो भबिस्य भयानक हुन सक्थ्यो
मैले पश्चताप गरे

प्रवास र आइमाइ मान्छे


पञ्च विस्मृत

भुत्रोको मोलमोलाइमा
अल्झिएका
यी कदम
धुमिल बन्दैगएछन्

लक्ष्य, गन्तव्य
र सपनाहरु

प्रत्येक स्पर्श
प्रत्येक चुम्वन
प्रत्येक आरोह अवरोह
श्वासको
प्रहार अनुरागको
गन्तिमा परेका छन्
गन्तिमा परेका छन्-
लाडे आवाजहरु

बर्गर, रोटीचनाए
जिज्जाहट, म्याकडोनाल्ड
र केएफसीहरुमा थिचिएर
भारीपीडा सहिरहेछन्
अस्तिका आश्वासनहरु
आमा, छोराछोरी, सखीका लागि
साँचेका प्रेमका
सौन्दर्यका सौहार्दका बातहरु

यसरी पनि
जीवन कुल्चेर निर्मम
प्रेम डोर्‍याउनु छ
हरे हरे वैंश !
हरे हरे प्रेम- जीवन !
हरे हरे प्रवास !
आइमाइमान्छ !!

वसन्तटार २ धनकुटा
प्रकाशित कृति नदेखिएको आकाश कविता सङ्ग्रह २०६०

प्रियसीलाई सन्देस


दीपेन गर्बुजा

गाउ-घरको रमाईलो याद आउछ
यो उजाड मरुभुमीमा
तिम्रो सम्झना हरपल आउछ
बिझ्यो सिरानी रातभरीमा
मेरो दिनहरु बितिरहेको छ
केबल तिम्रो सम्झनामा
ईमेल मार्फत तिमी सकुशल
भएको थाहा पाउदा
दु:ख-पिडा भुलिदिन्छु एकै छिनमा
म यो उजाड मरुभुमीमा
एक्लो भएपनि
मेरो मन तिमी सँगनै हुन्छ
दु:खमा साथ देउ
सुखमा रमाई देउ
हाम्रो माया अजम्बरी हुन्छ
हाम्रो माया चोखो छ
धनको लोभमा फस्ने प्रायस नगर
म छित्तै फर्की आउने छु
हातेमलो गर्दै घुमौला
त्यो रमाइलो गाउ-घरको वर-पर

तुना-तुङ्गली झोली


सूर्यविक्रम याक्खा

आज विहान हाँस्दै हिड्थ्यौ
रिसायौकी किन ? वोल्दीनौ ,
नजर छोपी घुम्टो ओढी ,
लजाएर हो की किन ? मुख खोल्दीनौ ।
डर लाग्छ , कत्ता-कत्ता मुटुभित्र
काँडा वनी रोपी दिने हो की ,
संकै-संकामा जलिरहयो ,
दिलको चुरा ,पोते चुडार्इ दिने हो की ,
दैव माथि विश्वास राखी
भाग्यले नै तुना-तुङ्गली झोली दिने हो की ।
कसो गरौ ,के गरौ ,
छट्पटीमा वाँची दिदाँ ,
दिनको दिनै तिम्रो माया
गाढा वनी छार्इ दिदा ,
घार्इते पार्ने के छ ति म्रो जादु-टुना ....,
पल-पल सपनमिा छाँया वनी आई दिदाँ ।
मिठो मुस्कान -आँखा भरी आँशु
वाई-वाई -को हात हल्लाउदा ,
जोस चल्छ , जागर लाग्छ ,
मरुभूमीमा अन्न-पात फलाउदा ।
माना-पाथी तुलो लिई
पसिनाको मोल जोखिकन ,
फर्की जाने छु , आफनै घर आफनै देश ,
विचार वोककिन ।
मुग्लानीमा भाग्य मेरो नफापेकै हो की ,
तुना-तुङ्गली झोली मलाई भिराएकै हो की ।
आज विहान हाँस्दै हिड्थ्यौ रिसाएकै हो की ,
नजर छोपी घुम्टो आढी लजाएकै हो की ......!!

मिति २०१० / ०७ / २० / ०३

नानुको यादमा


गणेश पुर्बछाने मगर

1.नानुको यादमा

खै कस्तो हो यो मेरो जीवनको कथा ?
कहा बाट सुरु गरौ मेरो मनको ब्यथा?

जहा कहिले हाँसो छ त कहिले रोदन
अनी कही मिलन छ त संगै बिछोड

आखिर ओइली झरेको फूल झै छ यो मेरो जीवन
थाहा छैन किन ?अझै झिनो आशमा अल्झी रहेछ यो जीवन

हो "नानु" सायद तिम्रै याद मा
अझै तिमी आउने झूटो आश मा

तर थाहा छैन,मलाई यो समयले कहा पुर्याउछ
यही निर्दई समय ले नै मलाई कैले हसाउछ त कैले रुवाउछ

आखिर यस्तै रहेछ मेरो जिन्दगी
बेशाहारे अलपत्रे कर्कलाको पानी

पठाएको थे मैले "नानु" तिमीलाई मायाको सौगात स्वोरूप पहिलो प्रेम पत्र
तर थाहा छैन पढ़ेउ पढ़ेनौ पारेऊ त्यसलाई तिमीले अलपत्र


*********आखिर किन भनन मेरी नानु *********
२०१०-३-२३

2.अनुभब

आज किन कुन्नि मलाई मृत्यु देखि डर लाग्छ
तर मरी नै गए पनी सहीद को रुपमा अमर हुन मन लाग्छ

आखिर जिन्दगी भन्नु हाम्रो केनै पो रहेछ
यो त केवल धर्तिलाइ बोझ मात्र रहेछ

न त यहाँ आफुले धेरै बाच्छु भनेर हुन्छ
न त यहाँ मर्ने ले आफ्नो इच्छा ले मर्न नै सक्छ

बुझे हुन्छ सबैले जीवन हाम्रो अनुभब को संगालो मात्र रहेछ
अनी यो जन्म र मृत्यु त केवल भगवन को हातमा पो हुदो रहेछ

3.परी हौकी

परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ
पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई

रूपरंग हेर्दा अप्सरा झै लाग्दछ
एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ

शिरै बन्दी शिर मा लाउदा कती राम्री देखेकी
मखमली फरिया मा झनै आहा कती राम्री सजेकी

आखिर पहिलो भेटमा नै फ्याकी हालेऊ पिरतिको जाल
मन मिले लान्छु तिमीलाई यही आउदो साल

बिस्वास गर मलाई नसम्झे है छाडी जाने भनेर
लाइ देऊ बरु चोखो माया आफ्नै प्रियतम ठानेर

दिन्छु चोखो माया दुखाऊदिन पबित्र त्यों मुटु लाइ
लान्छु हात तिम्रो समाई जुनी जुनी जनम भरी लाइ