तिन टुक्रा


गणेश मगर

1.
बनेर अन्जान गरे चोखो माया
भएछ म बाट भूल
क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली
पाए धोका स्वार्थी धमिलो रैछ माया
छोडेर गईं सम्झना को फूल
रुदै छू अहिले म यहाँ
सम्झेर उनीलाई मन है मेरो बाँधी
पश्चाताप को आँसु ले पखाली ................

2.
नयन भरि रोदन
आँसु छ गहभरी
तिमि आफै भन
छोडी जाने निर्मोही
पोल्छ यो मेरो मन
तिम्रै यादले घरि-घरि
बिर्सी तिमीलाई हाँसु म के गरि?

3.
भो अब त रुदिन भन्छु
रसिन्छ यी नयन हरु
उफ सम्झन्न अब त भन्छु
आउछ तिम्रै मात्र यादहरु
थाहै नपाइ चिरिन्छ यो मन जता ततै

झ्याली माया


रामु गैरे

मिठा मिठा सपना देखाइ
सँगइ मर्ने सँगइ बाच्ने कसम खाइ
मलाई न घरको न घाटको बनाइ
सुखै सँग राख्छु भनेकै थिए २,४, पैसा कमाइ
बिश्वासघात गर्यौ अरु पराइको हात समाइ

कहाँ गए ती बाचा कसमहरु
किन दियौ झ्याली मायाको बचनहरु
ब्यर्थै माया गासेछु हर पलमा साथ दिन्छु भन्ने सँग
मलाई के थाहा ? रैछ तिम्रो माया बिदेसी डलर गन्ने सँग
खै कस्तो माया लगाएछु बैमानी पराइ बन्ने सँग

जती बिर्सने कोशीस गर्छु पापिनिकै याद आउछ
उसैको याद ले हरेक पल पागल सरी बनाउ छ

बिछोडको ३ महिना पछि !!!

यती सुन्दर जिन्दगी झन्डै खेर फाल्य थे
जवानीको माया प्रिती सब थोक जस्तो मान्या थे

तर रहेन छ !!!
अर्घाखाँची - चिउरामाटी अहिले दुबइबाट

रातसँग सावधान


केशर थुलुङ

त्यो कालो डर लाग्दो
त्यो अँध्यारो अनकन्टार
सम्झदाखेरि नै
आङ जिरिङ्ग-जिरिङ्ग हुने
जहाँ पाइलाई पिच्छे
मृत्यु हुन सक्ने
केवल अविवेकीहरु
यात्रा गर्ने भयभित
त्यो रात

ग्यारेन्टी दिएर त
म भन्न सक्दिन
त्यो कोलाहल
त्यो अन्यन्त्रित रात
ति म्रो निम्ति
मेरो निम्ति
अनि समग्रमा भन्नुपर्दा
हाम्रो निम्ति
सभ्य हुन सक्छ
अपराधी हुदैन भनेर

म सानो छँदा
हजुरबाले पनि सुनाउनुहुन्थ्यो
बाले पनि भन्नुहुन्थ्यो
त्यो रात
त्यस्तै थियो रे
आजभोलि त
म स्वयम्ले भोगिरहेको छु
अस्ति राति
माथिल्लो गाउँ, तल्लो गाउँमा
हिजो राती
पल्लोगाउँ, वल्लो गाउँमा
भयनक बनेर आयो

साँच्चै रात
रात नै हुदोरहेछ
न त आकषिर्त देखिन्छ
न त गुहार्न सकिन्छ
क्रोधको आवाज लिएर
अजङ्ग बनेर
आउने गर्छ
तपाई हामीबिच

त्यसैले
सावधान ! रातसँग
ठाडै निल्न नपाओस् हामीलाई
हाम्रो रगत पिउन नपाओस्
त्यो उज्यालो नआएसम्म
चनाखो, चतुर रहौँ ।

हालः दुवाई

बाङ्गे बगर


स्यानु पाईजा

सयौ चोटी पैदल नापेको बाङ्गे बगर
ओहर-दोहोर गर्दा गर्दै बाङ्गे बजार भयो
सोझो पसेर बाङ्गो निस्कने यो बाङ्गे बजार
बाङ्गे बजार का सस्ता रक्सीहरु
यो बाङ्गे बजार ओहोर दोहोर मा
कति को जीबन सोझिन नसक्ने गरी बाङ्गिएको छ
रातारात यो बाङ्गे बगरवाट बाङ्गे बजार
बाङ्गे बजार बाट आधुनिक शहर बन्छ
अब यो बगर छैन
अब यो बजार बाङ्गो छैन
नदि का किनाराहरु सोझिएका छन
सोझो सुकिला भबन ठडिएका छन
तर मलाई अझै पनि बाङ्गे यो शहर देख्दा
बाङ्गे बजार को सस्तो रक्सीले
फरररै अग्रेजी बोल्दै बाटो नाप्ने
दौतरीहरु को सम्झना आउछ
कसै कसै ले भन्छन यो शहर अझै पनि बाङ्गो छ
गल्ली गल्लीमा अझै पनि सस्तो भट्टीहरु छन
यसो त यो अचेल सबै ब्यस्त छन
स्यवयम बाङ्गो बगरमा नांङ्गो सुत्नेलाई थाहा छैन
कुन कुना मा के छ ? अचेल यहाँ पुगेर हेर्दा
सय थरिका चाउचाउका च्याउसै अनुहार
कुपोषण बोकेर उभिएको बोर्ड देखिन्छ
बियर,भोड्का,कोला,टोला,झोला,हजमोला
हर्लिक्स, सँङ्गिनी सुई,डिलक्स कन्डम
बोर्डिङ स्कुल,बैक,मनि टार्नसफर एजेन्ट
होल्डीङ बोर्डहरुको स्ट्याण्ड बन्छ यो शहर
कनिकनि पढेर अँग्रेजीमा लेखिएको बोर्ड
आफु पुग्ने ठाउँ बटुवालाई सोध्नु पर्छ यो शहरमा
थाहा भएर या नभएर पुर्वको ठेगाना पश्चिम देखाउछ बटुवा
रिसाएर साईला-माईलाहरु रिसले भन्छन
बांङ्गो बगर मा बनेको बाङ्गो शहर
यहाँ बाङ्गोहरु भेटिन्छन
सोझोहरु रेटिन्छन
आफैले नापेको बाङ्गे बगरमा हराएका साईलाहरु
मलाई हाँस्न मन लाग्छ
फेरि उहि दौतरीहरु सँग
बाङ्गे बजार पसेर सस्तो रक्सीले टिल्ल परेर
पुरानै बाङ्गे बगर नाप्न मन लाग्छ
अब यो सम्भव छैन यो बगर अब बांङ्गो बगर होईन
यो बजार अब बाङ्गे बजार छैन
परिबर्तित बाङ्गे बगर अचेल नामी शहर हो।

पात्लेखेत-७, म्याग्दी

मेरो कविताको उपयोगीताहरु


निर्भीक राई

(म कवि भएको औचित्य)

मेरो कविताहरु मेरो गुरुहरु भएको ।
जसले ज्ञानको राँको बाली
अँध्यारोमा मलाई डोर्‍याउने ।
मेरो कविताहरु मेरो अभिभावकहरु भएको ।
जसले गलत बाटोमा हिँड्न मलाई रोक्ने ।
मेरो कविताहरु मेरो साथीहरु भएको ।
जोसँग बातमार्दा, खेल्दा वा डुल्दा
मेरो पट्यारलाग्दो क्षणहरु फाल्न सजिलो हुने ।
मेरो कविताहरु मेरो आँगन वा कोठेबारीमा
मुस्काएको फूलहरु भएको ।
जसमा नजर लडीबुडी गर्दा
मलाई रमाइलो लाग्ने ।
मेरो कविताहरु मेरो अर्धाङ्गिनी भएको ।
जसले मेरो चोटहरु सुम्सुम्याउने ।
मेरो कविता मेरो असामर्थ्य र
बुढेउलीको लौरो भएको ।
जसले खडा हुनु र लम्कनु मलाई सहारा दिने ।
मेरो कविता मेरो घरको Swiming Pool भएको ।
जहाँ मैले चाहँदा म पौडी रमाउने ।
२०६७ असोज २१, मनमैजु, काठमाण्डू ।
जन्मथलो - भोजपुर, नेपालेडाँडा
पेसा - स्वतन्त्र अध्ययन र लेखन ।

गजल


दिव्य गिरी

सधैं तिम्रो फोटो हेरी बसिरछु
दिनरात चिठी पढी बसिरछु ।

न दिनमा भोक, न रातमा न्रि्रा
तिमी आउने दिन गनी बसिरछु ।

देख्दैनन् कोही हृदयको घाउ
तिम्रै पिरतीमा जली बसिरछु ।

टाढाको मायाले मलाई रुवायो
त्यै माया जालमा परी बसिरछु ।

मंसीर २८, २०६७

गजल


आचार्य प्रभा

( अनुराधा प्रती समर्पित गजल )

शाहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले
राहतको पूल तार्न सिकायौ अनुराधा तिमीले ।

ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी
कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले ।

हिंडेकीथ्यौ कछुवाको चालमा गन्तब्यमा पुग्न नै
कहिल्यै नि हुन्न हार्न सिकायौ अनुराधा तिमीले ।

नारीहरु बन्दछन् नि अतिनै कोमल र कम्जोड
मनलाई हुन्न मार्न सिकायौ अनुराधा तिमीले ।

सहनशिल भइे नारी जातको बन्नु पर्छ प्रतीक
सह्रिदयी मन पार्न सिकायौ अनुराधा तिमीले ।

रचना -११ /२२ /२०१०