नारायणहरु र नारायणहिटी

केशर थुलुङ

सदियौंदेखि उही किनारामा उभिएर
आफूलाई वरीयता ठान्ने
हाम्रो आस्था र अस्तित्वमाथि
झुटको खेती गर्ने
न्याय विरुद्धको
व्रि्रोहको हुँकार निकाल्ने
संस्कृतिको अस्मितामा
भयानक आँधी ल्याउने
ती नारायणहरु ढल्नु थिए
र, टुक्रा-टुक्रा भएर भत्किनु थियो नारायणहिटी

कति निर्लज्ज, कति कठोर- नारायणहरु
अधिराज हुन पाएकोमा
अधिनायक हुन पाएकोमा
कम्ति उमङ्गित थिएनन्
र त रचेर षडयन्त्र
कालो मसिको सट्टा
लेखे, निर्दोष-निमुखाहरुका
राष्ट्रलाई आहुती दिनेहरुका
रातो रगतले इतिहास
र कत्ति पनि नहिच्किचाई
उनीहरुलाई नै खर्लप्प निले
नारायणहिटीले पनि

जसले
गाउनु पर्ने थियो गाथा- वीरताको
कदर गर्नुपर्ने थियो- राष्ट्र र राष्ट्रियताको
तर आफै दक्षिणपन्थ बनेर
फैलाए हैजाको महामारी
र नङग्याए हाम्रो अखण्डतालाई

गल्ती यही नेर त गरे- नारायणहरुले
र यही नै ठूलो भूल भयो- नारायणहिटीको
आखिर ढल्नु थिए नारायणहरु, ढले
भत्किनु थियो नारायणहिटी, भत्क्यो
नत्र हामी पनि सिकार हुन्थ्यौँ
उही गोप्य मानसका
र खजाना हुन्थ्यौँ नारायणहिटीको ।

युद्ध र नयाँ नेपाल

टोप बहादुर रार्इ

गरिबीले पोरिरहेका भुप्राहरुमा
मलम बनेर हिजो एउटा यूद्ध भित्रिएछ
भोकमरीले तडि्परहेका आत्माहरु
कयौं आशा र सपनाका तरङ्गले
फेरि एक पटक जागे होलान् ।

तर, तर फेरि मर्दैरहे आज ति निरीह आत्माहरु
धेरै भाछैन जंगलबाट शहर पसेको
यूद्ध सकिए जस्तो छ यूद्ध गर्नेहरुलाई,

फेरि, फेरि आज अर्को यूद्ध छेडिए जस्तो छ
तराईमा, लिम्बुवानमा, तमुवानमा.....
यूद्ध फेरि गरिबकै झुप्रोमा सल्किए जस्तो छ
लाठा, भाला, खुकुरी र बन्दुकहरु
उहि गरिब हातहरुमा
मोर्चा अनेक छन्
सिद्धान्त फरक ढंगका
तर, तर श्वार्थ एउटै जस्तो देखिन्छ
परेड खेल्दैछन् ति योद्धाहरु
गाउँका आँगनहरुमा
लेक, बेसी र तराईका फाँटहरुमा ।

कखरा र एबीसीडीका भर्याङ्गहरु उक्लिन नपाएर
कठै आजको एकाईसौं शताब्दीमा पनि
बुढी औंठाको ल्याप्चे ठोक्न बाध्य हर्केहरु
आज कलम समाउन नपाएको झोकमा
कमरेड हिमाल बनेर
बन्दुक समाउँदै छन्
जीउने स्वतन्त्रताबाट बन्धक
चुलो र चौकोमा थेचिएकी गौंथलीहरु
कयौं सपनाहरु पाल्दै
आज कमरेड गंगा बनेर
घोक्दैछन् युद्धका पाठहरु
हिमाल, पहाड र तराईका फेराहरुमा
बगाउँदैछन् रगत र पसिना
देशका लागी भनेर ।

मुल्यहिन छन् कमरेड हिमाल
ति तिम्रा रगत र पसिनाहरु यहाँ
बेकार हुनेछन् कमरेड गंगा
ति तिम्रा बलिदान यहाँ
तिम्रो रगतमा पौडिएर तिम्रै बिचार मार्नेहरुले
कोर्ने छैनन् अब नयाँ संविधान
तिम्रो लासलाई कुल्चिएर आफ्नो श्वार्थ भर्नेहरुले
बनाउँने छैनन् अब नयाँ नेपाल ।

हङ्कङ्

हङकङमा छौ नि कान्छा

कृष्णकला वनेम

हङकङमा छौ नि कान्छा मत गाउघरैमा,
नबिर्स है कान्छा मलाई भुली रमझमैमा,,

भेट भयो पहिलो चोटी राजारानी गाउमा,
बाधी दियौ बैना तिमीले पटुकीको छेउमा,,
मोती जस्तो दन्तै राम्रो मोहनी आखैमा ,
मुटु छुने गीत गायौ हाक्पारे भाकैमा ,,

हङकङमा छौ ...............

पाती राख्यौ देवीथानमा जादा हलीमेला,
चीनो दियौ पछ्यौरीमा छुट्टीने त्यो बेला,,
लज्जालु छ मुहार तिम्रो कोठी गालैमा ,
लैजाउ सङ्गै मलाई पनि आउने सालैमा,,

हङकङमा छौ ..................

5/8/2011

परिवर्तन हुदै

पवित्रा रार्इ

वर्षरुमा सधै रुमलीन्दै
घण्टौ घण्ट समय हिडिरहन्छ
सेकेन्ड र मिनेटहरुमा घुम्दै
बर्षरु सधै बिति रहन्छ

दिन हप्ता र महिनाहरुमा टुक्रिन्दै
हिजो आज भोली र पर्सिहरु बित्छ
महिना र बर्षरुमा परिणत हुदै
बस्नुछ यहाँ हजारौ आजहरुलाई
हिजोको शव्दहरुमा फेर्दै

आजका यि पाईलाहरु मेटिन्दै जान्छ
हिजो अस्तिमा बदलिन्दै
भोलि पर्सिहरुसंगै केबल
स्मृतिमा परिर्वतन हुदै

निरन्तर निरन्तर हिडि नै रहन्छ
यि समयहरु पोहोर पराहार हुदै
नयाँ बर्षरुमा फेरिएर
पुरानो बर्षरुमा सधै टाढिन्दै

खुःसीयाली छरी दिन्छ
आई दिन्छ नौलो समयहरु रमाउदै
जान्छ फेरी नर्फीने गरी
अतितहरुमा मिसिन्दै

यो आउने र जाने समयलाई
रोक्न सकिन्न कसैले
छोड्नै पर्छ आजको समय
हिजो भन्दै खुःसी यो मनले

रोकेर राख्नु मिल्ने भए धेरै आजहरु
रोकिन्थ्यो सबैले
हिजोको आजहरु फर्काएरर्
बर्तमान बनाईन्थ्यो खुःसीले

राखिन्थ्यो समयहरुलाई
पक्रीएर आफ्नै हातहरुले
कहिले पनि नछोड्ने गरी
आ-आफ्नै खुः सीले

माया तिमीले छोडेपछि

राकेश कार्की

माया तिमीले छोडेपछि नसोध मलाई
बाचा कसम तोडेपछि नसोध मलाई

म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओडेपछि नसोध मलाई

मनको बिरुवा उखेलेर बास्ना सबैलगी
अन्तै रोपी गोडेपछि नसोध मलाई

हाल के बताउँ के भो भन्छन् सबैले
मुटुमा घाउ जोडेपछि नसोध मलाई

पालैपालो फुकेका भविष्यका बेलुनहरु
नसजाई कनै फोडेपछि नसोध मलाई .

(लस् एन्जेलस्)

कैले सम्म

उषा गिरी

आन्दोलित छ आकाश
असारको महिना
बर्सिन लागे जस्तो
सबै हतारमाछन
मानो खाएर मुरी उब्जाउने दिन
तर किन किन
छरपष्ट छ मन
असरल्ल हुन्छु
हुरी आउँला जस्तो छ
अन्धकार छ चारैतिर
अभाब र गरिबी सङ्गै
हलुङ्गे थालमा
उसिनाको भात
प्याज सङ्ग भोक चपाउदै
जीबन बाचिरहेछन
र पनि खुशीछन
झुपडिहरुमा
अनिकाल छ,महङ्गाइ छ
अहङ्कार छ,बिक्रिती छ
कैले मुक्ती आउँला
दखियाको आगनमा
खोइ गरिबको क्षितिज
खोइ आकाश ?
कहाँ छ आस्थाको धर्ती ?
भत्किदो छ विश्वाश
बलवान हातहरुबाट
रङ्गहरुमा घोलिन्छन गरिबी
अनुहार बिक्रित हुन्छ
मन त्यसै त्यसै बिक्षिप्त हुन्छ
दु:खै दु:खमा
बितेका जीबन देखेर
म भने उमेरको उकालो उक्लिरहेछु
सोचेका र भोगेका
स्मृकतिहर्लाई सम्झेर ।

(ब्रसेल्स ,बेल्जियम)

मरुभुमिछेउ कतैः प्रेमापराध

पञ्च विस्मृत

छिमेकी भएर देश छिचोल्दै
समुद्र छिचाल्दै
जिन्दगीको रङ्ग खोज्दै आएँ
र जब तिम्रो समीपमा सुस्ताएँ

झुकिरह्यो मेरो शीर
नैतिकताले उच्च सगरमाथाको शीर
यदि आडम्वर हैन भने त्यो ति म्रो हो
नैतिकता-व्रताको त्यो पहिचान तिम्रो हो

र त डराइरहें अक्सर म
कदम कदममा म
बाटो छलेर हिडें
बाटो झुक्याएर हिडें
मानौं कि म निरपराध अपराधि हूँ
मानौं कि म साच्चै अघोषित अपराधि हूँ

रङ्गहीन लाग्यो कताकता जहाँ तिमी छौ
रसहीन लाग्यो जताजता तिमी हुन्छौ
कहाँ छन् लवपार्क
अथवा लवपार्क हेर्ने सिनेमा
कहाँ हुन्छन् प्रेमका कुरा
यौवनका कुरा
बरु सर्बाङ्ग ढाकेर कालो सुरक्षले
सर्बाङ्ग बारेर सामाजिक काँडेतारले
मलाई माफगरिदेउ
तिम्रो बुर्काको चेपबाट तिम्रा आँखाका नानीमा
मरुभुमिछेउ कतै
मैले प्रेमको जेड्डाह हेरिसकेको छु
मैले प्रेमको दमाम र रियाद देखिसकेको छु
प्रेमको सिङ्गो सागर छोइसकेको छु
मलाई माफ गरिदेउ
म प्रेमापराधि भइसकेको छु ।

(बुधवार २३ भदौ २०६७ ८ सेप्टेम्वर २०१० जेड्डाह साउदी अरेविया)