गन्थन सुभाज्यू संग...................


मिजास तेम्बे

सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् ।
कहिले रोटीमा झगडा गर्छन् ।
कहिले भेटिमा लुछाचुडी गर्छन् ।
आफै नियम बनाउछन् / आफै बिगार्छन् ।
यी चार जातीका छत्तीस् वर्णहरु,
चार वर्णका छत्तीस् जातीहरु ,
अंश वण्डा मागी रहेका छन् अहिले ।
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

यो पिरोलो घरको पनि, कहिल्यै बिसेक नहुने भयो ।
इतिहास देखि नै यहाँ
किसिम किसिम हुदै आएको छ ।
येस खेप, यो दाफा
कानले के के सुने पनि,
आँखाले थरी थरी देखे पनि,
अखबारमा बाङ्गो टिङ्गो पढे पनि,
टि भिमा नौटङकी हेरे पनि, मेरो मनको देवता मान्दैन ।
यहाँ नेर तुस् छ है.........तु......स........
प्रसंगले गलत अर्थ लागेमा, रिसानी माफ पाऊँ ।
मनमा के के लागिरह्यो,
भित्र भित्रै पोलीरह्यो, सो बोलि दिए, सो ओकलि दिए ।

सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्ज।मा पार्नु नहुने थियो ।

खोपडी र बाटाहरु


परिहास

यिनै खोपडीहरुले खन्छन्
मान्छेका बुझाईका हरेक बाटाहरु

नआत्तिनु, नडराउनु रे
समस्या संग । -को समाधानले
अर्को समस्या निम्त्याउँछ
के समाधान भन्नु ?
कि त बद्लीनु पर्छ समाधानको अर्थ शब्दकोषमा अब ।

कुरा उल्टै मात्र
पानी चाहिं पो बग्छ त
खोलै खोला
माथी-नेर ढुङ्गा पल्टाउँदा
पखेरा खोई त लडेको ?

के बिश्वास गर्नु के नगर्नु
के पत्याउनु के नपत्याउनु

हरेक समस्याको समाधान हुन्छ - सर्बमान्य
खोला बग्छ - सर्बसत्य

पहिले पृथ्बी चेप्टो थियो - पत्याए
अहिले गोलो छ - हामी गुडाइरहेछौं
अब को आकार कस्तो ?
कि त
पृथ्बी - बिज्ञानमा पढेको अमिवा

अबको अर्को बिश्वयुद्धपछि मान्छेहरु
बचेभने - बाँचेकाहरुले
आफैंले फ्याँकेका बिकारका बस्तु शुद्धिकरण पश्चात
बेशी वा धेरै बुद्धिले 'गु' ख्वाउँछ - उक्तिको दिन् भेट्ने छन्
वा ब्यावहारमा लागु ।।

गाउको याद


जोतारे धाइबा

कहिले त छेउ लागेर जानू नि
याद तर
आखालाई नै 'फिसिङ जोन' सम्झीएर
बल्छी थाप्न आइपुग्छ
छप्ल्याङ्छुप्लुङ्
छप्ल्याङ्छुप्लुङ्

त्यही वहाबमा हेलिएर आउ"छ
सिमलको रुख छोड्ने उमेरको गिद्घ झैं
टक्रक्क उभिएको
डाडामाथिको स्कुल
र मास्टरको पाठभन्दा
नवजात नानीहरूको कोकोहोलो रटिरहेका
प्रौढ कक्षाका आमाहरूको अबोध झुन्ड

कति-कति चोलाहरू
पुख्र्यौली पथमा भाग्दाभाग्दै
दुःखैदुःखको निस्सासिदो धाजामा
भासिएर अस्ताए,
राशिफलमा आफ्नो
तन्नेरी शुभ शकुन नियाल्ने
कान्छा भाग्यवादीहरू
नया देशको चिट्ठामा
आफैं काटिएर हराए ।

गाउमा तृप्त सास छैन
छाना नउडाउने गरी तौलिएर बहने
बतास पनि छैन
सबै भागिरहेछन् चारैतिर
गाउ तर आफ्नै टापुमा निचोरिएर
भाग्नेहरूकै यादमा बाचिरहेछ ।

उदयपुर
माघ २८ सोमबार श्रीपञ्चमी २०६४, नक्साल)

गजल


भूपेन्द्र महत " वाका "

थुन्न जती खोजे पनि जाली मन त चुइदो रछ
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ

जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ

लास पोल्ने बगर रहेन


पर्शु साङपाङ,

घात पाए मैले अब बाँच्ने रहर भएन
घना बस्तीमा अब मेरो सानो घर रहेन
बदनाम भए आज यहाँ, टुटीसके एकै रातमा
मनको बाग ओइलियो, सिचाइँ गर्ने कुनै नहर भएन ।

दुनियाँ सबै यस्तै छ, दुइ दिनको घामछायाँ
कत्ति आनन्दको सास लिन्थे, आज एक थोपा जहर भएन
सबैलाई आफन्त ठान्ने यो मन
भोलि आफ्नै लास पोल्ने बगर रहेन ।
-
सराङडाँडा ९, पाँचथर
हालः दुबई

गजल

भूपेन्द्र महत

धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न

माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न

हारजितको च्याँखेमा माया थापिएछ
सबैलाई मात दियौ नि तिमीले तिर चुन्न

बेनामी बजारमा लिलाम भएछ इज्जत
सकिएन कसै गरे नि धागोले शिर तुन्न

स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
छाडिनौ जिबनमा पहिरो जाने भिर बुन्न

जिन्दगी


अनिता शिवाकोटी

सल्किएको चुरोट
उडेको धुवा
अनि एस्ट्रेको खरानी,
तिमीले जस्तै
मैले पनि देखे,
तर धुवा र खरानीबीच
पग्लिरहेको
निकोटीनको मन्द नशा
मैले देखिन,
मैले बुझिन ।

सानेपा, ललितपुर ।