मृत्यु पर्खन सक्छु


स्यानु पाईजा

हाँसेर मान्छेको लस्कर
यि कस्को जन्ती हुन ?
कस्को बिबहा होला
दुलाहा कसरी सजिएको छ
मेरो मनको कौतुहल
खोई धोडा छ कि डोली
होईन रे यी मान्छेको लस्कर
मलामी हुन रे
मलामीको लस्कर
नयाँ तालको बाजा
नयाँ नयाँ स्वर
मौका मिलेको ले होला
लोकल सोकल सबैले
भोकल पास गर्दै रहेछन
यो मामुली मृत्यु होईन रे
यो मृत्युलाई मिडियाले
प्रचार गरेको छरे
लाईफ प्रसारण भयो रे
कयौ टेलीभिजन बाट
यो आत्महत्या हो रे
तिमीले टि भी हरे नौ ??
रेडियो खोलेनौ ??
सरकारको नयाँ नियममा
हत्या हुनेलाई मात्र होईन
आत्महत्या हत्या गर्नेलाई पनि
छतिपुर्ति दिईदै छ रे
पच्चिस लाख दिन्छ रे
डिभी परेन रे
बिदेशको भिसा लागेन रे
माथि बाट नशाको लत
नर्सरी देखी कलेज पढ्दा
पच्चिस लाख लागेको रे
लगानी दुबेको पिडाले
आत्महत्या गरेर लगानी उठाएको रे
मलामीको लर्को मलाई नाधेर गए पछी
मेरो मन मा खेलेका कुराहरु
मानौ म ब्यबारिसे लास
मेरो पनि आफन्त निस्केलान
छतिपुर्ति को रकम दामा साही लेलान
या म यहाँ छु भन्ने थाहा पाए भने
मलाई अपहरण गर्लान ?
के मलाई पनि मार्लान ??
भो डरलाग्दो कल्पना नगरौ
मलाई छतिपुर्ति दिनु पर्दैन
शान्तीले बाँच्न देऊ
मलाई मेरो देश बचाई देऊ
अपहरण नगर मलाई, अनि
मलाई आत्महत्या गर्न नउक्साऊ
म मेरो मृत्यु पर्खन सक्छु

म्याग्दी-७, पात्लेखेत

गजल

घनराज गिरी

भयो फूल यो मन तिमी आउनाले
इशारा गजवको गरी गाउनाले

म बाँके बिहारी तिमी चाहिँ राधा
यसै भन्न थाले सबै पाहुनाले

हटे बिध्न बाधा मिल्यो प्यार तिम्रो
गयो रात कालो तिमी छाउनाले

गरेँ पूर्ण सारा कथा जिन्दगीको
महायज्ञ भ्याएँ स्वयम् धाउनाले

झूकायौ परेली गयो भूइचालो
भयौ अप्सराझैं फुली लाउनाले

गजल

ध्रुव मधिकर्मी

रेखाहरु केही कोर्नु थियो
ऐनामा छैन कतै अनुहार

सोचेथें बस्ती बसाउनु पर्ला
पाएँ मैले जिन्दगी खण्डहर

अलिकति टाउको बचाउनु पर्ने
कहीँ पाइनँ जीवनको ओडार

थुप्रै छन् जग्गा जमिन त
खै कहाँ उभ्याऊँ सानो घर

गजल


भूपेन्द्र महत

.

कती रछन यहाँ छानोमा आगो फुक्नेहरु

माहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु

.

घरको बाघ बन्को स्याल हुइया कि गर्जन

शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु

.

अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान

सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु

.

स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे

अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु

.

सापटिमा हल्लिएका हुल्का हुल टाउका

वीर भएछन कसरी? थाङनामा लुक्नेहरु

विलिन व्यक्तिगत स्वतन्त्रता

किरण पौडेल

हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता, माग्न जाने काँ’पो होला
०७, १५, ३६, ४६, अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला
कति मरे, कति परे कसैसंग गिन्ति छैन
शहिद्को रगत् पानी हुंदा, चिन्ता लिने कोहि छैन
शाही शासन, राणाकालीन, पंचायती र बहुदलवाद
प्रजातन्त्र, जनगणतन्त्र, लोकतान्त्रिक गणतन्त्रको विवाद
यात्रा लामो गर्दा धरी, उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई, कुरा बुझ्न गाह्रो भयो
यिनको चासो दुइ छाक खाना, एक टुक्रा कपडाको
गर्मी, झरी, हावा छेक्ने, एक सानो झुपडीको
होईन ठूलो आशा यिनको, पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन, धेरै नै दिए बलीदान
कहिले उत्तर, कहिले दक्षिण, सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने, मर्म बुझ्ने कहिले हो नी
पुत्र नेपालको जन्मी, उद्दार गर्ने कैले होला
विलिन भा’को स्वतन्त्रता, भोग्न पाईने कैले होला

Tel: (965) 6707-3336, Kuwait

आमा


सुनिता गिरी

आमा तिमीलाई सम्झँदा ,
नयनमा मोती टल्पलाउँछ,
गाँठो पर्छ मुटुमा भक्कानीएर,
लर्बराउछ पाइला धर्तिमा,
हुकायौ बढायौ सहेर हजार चोटहरु
अनिदो ,छटपटीका रातहरु अनि भोकहरु
प्यासका पलपल घुट्कोहरु बिर्सेर,
भबिष्यको मिठो सपना बुनेर
तातेताते हिडन सिकायौ,
चिन्ताले फाटेको मन सिँउदै
अशिक्षाको डोको बेाकेरै भए पनि
सीसाकलम समाउन सीकायौ
बाहृखरी लेख्न सीकायौ
तिम्रो स्पर्श कति पबित्र,
पौडिरहे आँचल भित्र
कोरीरहन्थे सुनौलो सचित्र
भत्काउन दुखको पहाड,
निस्कीएँ आगनबाट दिनदहाड,
अग्लामहल र कारहरुको कोलाहल छिचोलेर
भावनमा डुबिरहे एकैछिन
कल्पनामा टोलाइरहेँ सम्झेर तिम्रो काख
तर, भुलिरहेँ शहरको रमझममा,
नशामा उम्लीयो तिम्रो याद,
झस्कीए, तर्सिए,आफनै छायाँ देखेर,
भुलिसकेछु तिम्रो माया
बिर्सी सकेछु तिम्रो छाँया
फोन गर्छु हरपल साथीलाई,
एक घन्टी पनि बज्दैन तिमीलाई
जन्मायौ किन यस्तो सन्तान लाई !
यो ब्यस्तताको कुहिरो भित्र
सबैबाट तिरस्कृत भएछुँ ,
अपमानको पगरी गुथेछुँ
मानवता हराएको नगरीमा एक्लो भएछुँ
निसास्सीदो यो यात्रामा ,
पोलिरहृयो तिम्रो ममताले
बाटो भुल्ने छैन पाइला लर्रबराए पनि
बिर्सने छैन आफना लक्ष्यहरुलाई
पखाल्ने छु मेरा पापहरुलाई,
रिन तिर्नेछु आमा तिम्रो चोखो स्नेहको
सुयोग्य सन्तान भएर फक्रिनेछु
तिम्रै पाउमा पुजा गर्नेछु
आमा तिम्रै सेवा गर्नेछु
हङकङ

कहिले माया


दिलिप योन्जन

कहिले माया घाम जस्तो
कहिले माया पानी
हासी खुसी बिताउ हामी
एक बारको जिन्दागानी।

दुख साटे सुख मिल्छ
जिबन भरी पल-पल
मरे पनि अमर हुन्छ
हाम्रो माया हरपल
कहिले माया फुल जस्तो
कहिले माया काडा
हासी खुसी बिताउ हामी
बाकी जिबन सारा।

खुसी फुले जिबन भरी
यही रहेछ स्वर्ग
सुख दुख जिबन सम्झे
मायामा यही धर्म
कहिले माया दिन जस्तो
कहिले माया रात
हासी खुसी बिताउ हामी
नलागोस मायामा बात।

अस्टिन, अमेरिका