दुर्इ गीत


विवश वस्ती
१.उकाली चढेँ...

उकाली चढेँ धेरै, ओराली झरेँ धेरै
हिँड्दै जाँदा लेक-बेसी भए आफ्ना मेरै

सुसाउँथे खोलीहरु मेरै पदचाप सुन्दै
पाखा पर्वत आफ्नै सुरमा रम्थे मन बुन्दै
भञ्ज्याङको चीसो हावा भए सबै मेरै
उकाली चढेँ...

क्षितिजले अँगालोमा बेरुँजस्तै गर्थ्यो
बतासैले आफ्नो भाका फेरुँजस्तै गर्थ्यो
नागबेली बाटाहरु मार्न खोज्थ्यो फेरै
उकाली चढेँ...

२.भीरको फूल...

भीरको फूल जस्तै हुँ म, कुबेलामै ओइली झर्छु
न कसैको पीरमा पर्छु न कसैको शीरमा पर्छु

ढुङ्गामाथि झरेँ भने सुक्छु घामले पोली
माटोमाथि झरेँ भने कसले सुन्ला बोली
खै को लठ्ठीएला सुँधी मेरो बास्ना
एकै पल जिन्दगीमा पाइएन है हाँस्न

सुम्सुम्याउँछ कुनै बेला जूनको थोपा झरी
हल्लाउँछ बतासैले मीठो मुस्कान छरी
भीरभन्दा छैन अर्को मेरो कुनै संसार
क्षितिज पारी हरायो कि मेरो रङ्गीन बहार

सबैलाई एउटै सजाय हुनु पर्छ


स्यानु पाईजा

उनकै वरीपरी डुलेर
उनलाई मनपर्ने कुरा सुनाएर
जानी जानी मैले अन्याय गरे
पहिलो चोटी उनीलाई
आई लभ यु भने
उनको रहर मैले सोधिन
उनको ईच्छा सोधीन
मायामा मैले जित्नुको पिडा
उनि गर्भबती भएर सहिन
पुगेर मृत्युको मुखमा
कठोर यातना सहेर फर्किईन
यो नारीको पिडा नबुझ्ने
पहिलो पुरुष भने म मात्र होईन
यहाँ सयौ छन म बाहेक पनि
जस्ले महिनाको सिमित रकम पठाएर
बफदार पतिको अभिमान बोक्छन
अंगालोमा अरुलाई बेरेर
पत्नीलाई तिम्रो बारेमा हल्ला सुने
फोनमा काल्पनिक कुरा पोख्छन
जीन्दगीको माझधारमा ल्याई
छाडी दिने महान मायालु हरु
तिमीलाई जन्माउने आमाको पिडा
तिमिले कहिल्यै बुझ्ने छैनौ
किन कि तिमीले गर्भबती बन्नु पर्दैन
बर्षौ शिशुको पाईखाना बन्नु पर्दैन
रात अनिदो बस्नु पर्दैन
सानो सानो बिमार मा आत्तिएर
डाक्टर, धामी-ओझा धाउनु पर्दैन
घर-ब्यबहार सँग जुझ्दै
पतिको ताना सुन्नु पर्दैन
साहेद यो कोहि पति लेख्दैछ
असल पति होईन
अरबपति बन्ने सपना बोकेर
उस्ले रोजेको रोजाईलाई भुलेर
तर उ न पति नै बन्न सक्ने छ
न अरबपति नै --------------
उ हमेसा कंगाल नै रहेनछ
हरेक मोडमा पर्खने पत्नी
पर्खाईमा नै मर्नेछिन
म जस्तै तिमी, तिमी जस्तै उ
सबैलाई एउटै सजाय हुनु पर्छ
अर्को जुनी मा तिमीले नारी हुनु पर्छ

अदृश्य लडार्इ


केवल गंगा गुरुङ

यी रुखका हाँगा पातहरुले
उचाई छापी दिएर
मेरो जिन्दगीको लहरा
मौलाउँन पाएन
फेदमै गुज्रिरहेको
मेरो जिन्दगीलाई
घाँस मुठा पार्नेले
दाउरा भारी बाध्नेले
मेरो जरा समेत उखेलेर
नाम निसान मेटाउँनलाइ
सुर कस्दैछन्
मेरो यो जिन्दगीलाई
कसरी जोगाउँ
कुन पाखामा लगेर
मौलाउँने अवशर दिउ
खिचातानी यी भिषण लडार्इ
म कसरी जितु ?

गीत


आचार्य प्रभा

तिम्रो इर्ष्या मेरोलागी अझ मीठो माया हुन्छ
तिम्रो डाहा मेरो लागि मनै छुने साथ हुन्छ ......

जब रिसले मुख मोड्छौ झनै मनले तिमीलाई खोज्छ
जब शंका तिमीले गर्छौ अझै माया पाए झैँ लाग्छ .......

तिम्रो गाली मेरो लागि अझ मीठो बाणी बन्छ
तिम्रो घुर्की मेरोलागी सम्झनाको आधार हुन्छ ......

जब तिमी मौन हुन्छौ तिम्रै आवाज गुन्जिदिन्छ ...
जब तिमीले घुर्क्याउछौ मनभित्र खुशी फुल्छ ......

तिम्रो इर्ष्या .......................

(अमेरिका )

पाताल प्रवेश


छविरमण सिलवाल

लाहुरले
लाहुरे बनाएपछि
लाहुरमै रमाएका
नेपाली
आज पनि
बहादुरी देखाउँदैछन्
तर,
समय बदलिएको छ,
स्वरुप बदलिएको छ,
कम्मरमा खुकुरी देखिदैन
निरिह पशुहरु झैं
दलालका चङ्गुलमा फसेर
बेचिरहेछन्
रगत/पसिना

कति निरिह बन्छन्
उनिहरुको दृस्य
भगवानहरु
हुनतः
मान्छे एक्स्पोर्ट
गर्ने भन्दा
अरु केहि हुन सकेन
यो देशमा
भगवान भनाउँदाहरु
कर्म गर्नेहरुलाई
कुटो कोदालोको
बन्दोवस्त गर्न सक्त्तैन
मात्र उस्काउँछ
म ऋण दिन्छु
तिमीहरु पाताल जाउँ
रगत या पसिना बहाउँ
हात खुट्टा सद्दे हुन
या भाच्चिउँन
तर, देशलाई
पर्साद र भेटि चाहिन्छ
त्यसैले यो भूमिमा केहि छैन
कमाउँन पाताल मै जाउँ

एउटा जुकाले
जनतालाई
रैतिबनाएर चुस्नु चुसेर
खान पल्कको थियो
धेरै खाए पछि
अतिसार हुन्छ भन्थे
त्यो प्रमाण
आज आँखैले
देख्न पाइयो
अब,
बग्रेल्ति जुकाहरु
जन्मेकाछन्
खाँदैछन्
डकार्रर्दैछन्
शहिदहरुलाई लिस्नु बनाएर
घाइतेहरुका छटपटिमा
रमाइरहेकाछन्
अब कति दिन चल्ला ?
दृस्य भगवानका नौटङ्कीहरु
त्यसैले जागौं
चनाखो भएर सुतौ
तपाई/हाम्रो बस्ति
नजल्ला भन्न सकिन्न
किनकी
सधै अध्यारो नै मन पराउँनेहरुले
बक्तिको उज्यालो रुचाउँदैनन् -

गजल

केशव आचार्य

आगोसरी जिन्दगी यो जलिरहेछ
घाऊ दियौ मुटुभित्र बलिरहेछ ।

डोर्याउन खोजे पनि नियतिलाई
आँफैसँग मुर्झाएर झरिरहेछ ।

सत्य कुर तीतो हुन्छ आखिर सबैलाई
त्यसैले त भाग्यले छली रहेछ ।

पछी लाग्नु छैन मैले तिमीजस्ताको
आफ्नै बाटो जिन्दगीको चली रहेछ ।

(अमेरिका )

करेशा फ्रेश सब्जी पसलेका कुरा


स्यानु पाईजा,

आलु चार रूपैयाँ किलो
टमाटर छ रूपैया किलो
खुर्सानीको यति,लौकाको उति
लामै सुचि छ भित्ता भरि
यस बर्ष म्याग्दीलाई
वायरलेस नेटबर्कले छोयो
थ्याक्स महाबीर पुन
kresahfresh@yahoo.com
जानेर नजानेर याहुको बिज्ञापन
करेशा फ्रेशको शान मैले
भर्खरै किनेको नयाँ कम्प्युटर
नाफा त निक्कै भयो कि क्या हो
मैले सुन बेचेर किन्न नसकेको
तिमीले तरकारी बेचेर किन्यौ
ब्ल्याकमा त बेचिनौ ?
सुन-चाँदी पसलको मोहन दाईको मजाक
स्थानीय पत्रिकाले लेख्छ-
कम्प्युटर सस्तो भयो
अब तरकारी पसलेले पनि किने
ल हेर्नुस छापियो करेशा फ्रेशको फोटो
फोकट मै भयो मेरो बिज्ञापन
साहेद त्यही भटेर होला
दैनिक थपिने नयाँ च्याट फ्रेण्डस्
पहिलो सम्बोधन- हाय फ्रेश दाई
बासी तरकारी छ ?
आज आलुको शेयर घटेछ नी !
अर्कोले सोध्छ गाउँ बाट–
ईस्कुशलाई ईङलिसमा के भन्छ दाई ?
कुईरेलाई पकाईदेको नाम के हो सोध्दैछ
अ अअअअअअअअअअ खै के भन्छ ?
रुखमा फुल्ने मुला हो भन्देउ न हा-हा-
साहेद उ रिसायो होला गयो
अर्को आउछ बिदेश बाट-
ओके ले कस्को स्वास्नी भगायो र ?
बेनीमा धडेरी लाई कति हजार हात छ ?
उमेशले कत्तिको कमाको रैछ ?
बिबेकको धर पुरा भयो ?
कस्को को सँग चक्कर छ ?
मलाई जब्वरजस्ती कुराउटे बनाउनु खोज्छन
आमालाई कस्तो छ ? सोधेन्
बाबालाई कस्तो छ ? सोधेन्
यस्तालाई मैले दिने रेडिमेड
जबाफ छ – थाह भएन !
अर्कोले थप्छ- पलाँसको फूल भेटनु भो ?
यो लिङ्क हेर्नुस मेरो कबिता छ
यो लिङ्क मा जानुस .... छ
सत्ते ! बासी तरकारी सोध्ने बाहेक
मलाई जिस्काउने अरु केटी छैनन
मलाई बेला बेला मा जिस्काउने
कसैले पसलमै आलु छ सोध्दा पनि
मलाई उनैको याद आलो हुन्छ
अचेल उनको पनि आगमन छैन
साहेद टपिक पुरानो भएहोला
रस सकिएको चुईगम जस्तै
लागे होला- हाय फ्रेश दाई
बासी तरकारी छ ?
अब उनलाई के स्वाद
उनि सित मेरो गुनासो छैन
बरु ईस्कुसलाई रूखमा फल्ने मुला भन्देउन
बेमौसमको जोक होईन
मेरो ईङलीस कम्जोर भएर हो
किन कि मेरो किताव र डिक्सनेरीमा
के माने ईस्कुश भन्ने नै थिएन
सरी भाई नरिसाउ है ।

पात्लेखेत-७ म्याग्दी