तरुनी रात


केदार श्रेष्ठ'गगन'

ओएलाएको सूर्य
दिनभरिको थकाइले
क्षितिज पर-परको सगरमा
जब बिलाउँछ
तब झ्याउँकिरीको
झन्झटिलो आवाजसँगै
जंगलतिरबाट निस्कन्छन्
हाप्सीला,
स्याल,

ब्वाँसाहरु
रात हाम्रै त हो नि भन्दै,

दुधकटुवा साँझ
कालरात्रिको आगमनसँगै
तरुनी हुन्छे
र आफूतिर सबैलाई
आकर्षित गर्न भरमग्दुर
प्रयासरत रहिरहन्छे
बालक सूर्यको जन्म नहुन्जेल,

त्यही
वयस्क रातको आडभरोसामा
हाप्सीला,
स्याल,
र ब्वाँसाहरु
निरीह प्राणीहरुको
निर्मम हत्या गरेर
आफ्नो पेट भर्दै
राम राज्य,
मोजमस्ती गरिरहेका हुन्छन्
पूर्वको क्षितिज नउघ्रुन्जेल,
मिर्मिरे नहुन्जेल,
विहान नहुन्जेल,
सूर्य नउदाउन्जेल ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

गजल


राकेश कार्की

पार्टी भित्र फुट छ
पार्टी भित्रै गुट छ

देशको आफ्नै सरकारले
अर्को पार्टीलाई कुट छ

पार्टीमा बस्दिन भन्नेलाई
जबरजस्ती चुट छ

जनताको नाङ्गै खुट्टा
सेना संग बुट छ

शासकले ठोक भन्नासाथ
रिस उठनेलाई भुट छ

स्याहारेको निजी संपति
लुटी खानेलाई लुट छ

नरपिशाच सन्तान देखी
आमाको मन टुट छ

लस् एन्जेलस्

गजल


देबराज ओलि

छोडिदियौ बल्ल बल्ल,बसेको मायालाई
बिर्सीदियौ चोखो मनमा,पसेको मायालाई

मेरो सरा जीवन्,तिमीलाई नै अर्पेको थिय
फुकाइदियौ गाठो, कसेको मायालाई

निस्ठुरी नै रहेछौ,बिश्वास गर्नु मेरो भुल हो
उठाएछु बेर्थै मैले,खशेको मायालाई

माया लाउदै छोडिहिडिने, तिम्रो त बनी रहेछ
अंगाल्नु नै थिएन मैले, फसेको मायालाई

दाङ घोराही हाल दुबै U.A.E.

कसरी भुल्न


दिलिप योन्जन

कसरी भुल्न सक्छुर, आधी बाटो हिडे पछि
कसरी फुल्न सक्छुर, तिम्ले जरा काटे पछि।

कहिले हासेको छुर,तिम्ले आँशुमा डुबाए पछि
खुशी काँहा मिल्छर, मुटुमा चोट लागे पछि
मनको बाध फुट्दोरहेछ,तिखा बचनले घोचे पछि
देउता पनी झुटो भाछ, बाचा कसम तोडे पछि।

रसाई दिन्छ परेलीहरु,बितेका याद बल्झे पछि
झस्कि दुख्छ रातहरु, मिठा सपनीले छाडे पछि
टुटे फुटे चाहानाहरु , फुलेको फुल झरे पछि
काँडा भयो जिन्दगानी,बिश्वासमा घात लागे पछि।

अस्टिन, अमेरिक

कवि लेखक आँफै पागल बन्नु पर्छ ''


आचार्य प्रभा

खोइ !कुन गन्तब्य रोजुँ म
जताततै इेर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रीजनाको परकाष्ठमा पुगु कसरी ?
यहाँ श्रिजिएका सबै श्रीजनाहरु
मुल्यहिन भै पलायनतामा बिलिन भै रहेछन
मेरा आकाक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इक्षाहरु ............,
यहाँ उदेश्यहिन गन्तब्यको पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभ्यताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रीजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनी...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै /
त्यसैले........ आजकल त कसैले पनि
सहि सदुपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउछन सबै
अनी..... त बिवशता ,बाध्यताको चपेटामा परि
गन्तब्यहिन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कार को दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै /

(अमेरिका )

विश्वासको फूल ढल्यो


खगेन्द्र थापा

गालाभरि झरी पर्यो म रोईन आँखा रोयो
छातीमा चट्याङ्ग पर्यो कलेजीले मन धोयो
जुनेलीले पोलीरहृयो साँझ बिहान रातभरि
बिछोडको बाँण लाग्यो धेरै पटक दुख्नेगरि

मलाई भयो ठूलो पीडा निष्ठूरीले घातगरी
मन बग्यो आँसु बग्यो एक्लै रोए रातभरि,

कल्पनाको महलमा म हाँसिन ओठ हाँस्यो
भुलुँ भन्छु सक्दिन म उनको यादले डस्यो
च्यातिई रहे रहरहरु धुजा धुजा हेरिरहे
मिलनको दोबाटोमा आशाहरु फेरिरहे

कलेजीमा घाउलाग्यो छातीचिरी मलम दलेँ
माया पोखेँ, धोका खेपेँ जिन्दगीभर धेरै जलेँ

धेरै थिए रहर र्इच्छा खीलबनि बिझि रहृयो
म रोईन कुनैरात सिरानीचाहिँ भिजी रहृयो
तैरि रहेँ नैन तालमा कल्पनाको डुंङ्गा चढी
रोक्नलाई गाह्रो भयो आँसुको यो वर्षझरी

सन्नाटामा छातीभरि यादले बल्छी खेलिरहृयो
मन धोएँ आँसुपोखि छाती झन्झन् पोलीरह्यो

दिलमा मेरो आगो लाग्यो, म जलिन मुटु जल्यो
आँधी आयो, हुरी चल्यो विश्वासको फूल ढल्यो
आँखाबाट बाढी उर्ल्यो म बगिन मन बग्यो
सधैँ भयो दुःखपीडा कुन दैवले मलाई ठग्यो

यो त्यही गाउँ हो


स्यानु पाईजा

टप टप झरेर बलेसी
बाल्टिन मा संगालिदैछ
बिजुली गर्जेको बेला
झयार् झयार् रेडियो बज्दैछ
टुकीमा उज्यालो बन्द कोठा
बिपनामै देखेका मिठा सपना
यो कल्पना नै हुन्दो हो
सुनसान यो रातमा
नयन कहि रसाउँदो हो
यो त्यही गाउँ हो
कटुबाल औरास्थ्यो रे
कुनै बेला ठुल्ढुंगाको डिलमा
मुखियाको आँगनमा सेर्मा तिर्नु जाऊ
पात्लेफाँतमा दाईहान्नु आऊ
सुनेन भन्न पाईने छैन
समायका चर्खामा सर्काईएका
अल्लोका धागो हरु
गलबन्दी बन्न सकेका छैनन्
बनेका गलवन्दी पनि गलामा छैनन
उ मुग्लान बाट फर्केको छैन
यो गाउँले धेरै भोगेको छ
कहिले लगान, कहिले सेर्मा,झारा
कहिले तिरो नाम बदलेर तिरेको छ
हिजोका मुखियाका नाती
दश बर्ष प्रधानपञ्च भएर
कति हो बर्ष अध्यक्ष भएको छ।
बुढो कटुबाल सास नपुगी नपुगी
उहि ढुँगामा कर्नाल फुक्न खोज्छ
प्रधानपञ्चको आगन कण्ठ पारेको जिब्रो
अध्यक्ष भन्नु आएको छैन
कर्नाल फुक्न सकेको छैन
साहेद मर्नु अधि उस्को जागिर खोसिन्छ
हिजोका केटा आज नेता
पस्यो शहर भिरेर फेटा
रगतमा औला चोबेर खाएका कसम
हामीले कसम टोडेका थिएनौ
तिमीलाई मान्य बनाको गाउँ यै हो
तिमी मात्र फेरियौ हामीलाई फेरेनौ
सांम्सद,सभासद .....सद बनि सक्यौ
तर यो गाउँ उस्तै छ।
बाजेको पेन्शन कुरेर बसेकी बजै
सिलाङमा लापत्ता भएको छोरा
देशको लागी लड्न निस्केको नाती
तिन थरि याद बोकेर के सोच्छिन होला ?
माईक मा कोहि औरास्दै छ
......नढले सम्म आन्दोलन गरौ
यसपाली त शहरमै पुग्नु पर्ने रे
हुलका हुल नेताहरु
बरिपरि दुना टपरिहरु
बज्यै लाई भन्दै थिए
सिलांङ पुगेरै छोरा ल्याइदिन्छौ
नातीलाई नेता बनाई दिन्छौ
थाहा छैन बज्यै कान सुन्दिनन
थाहा छ नाती मारिई सकेको छ
आँखा नदेख्ने, कान नसुन्ने
बजै को भोट चाहिएको छ
फेरी .......सद बन्नु छ
आखाँ देख्नेहरुले धोका दिन्छन
यो त्यही गाउँ हो
कटुबाल औरास्थ्यो रे
कुनै बेला ठुल्ढुंगाको डिलमा
नयाँ कटुबाल खोजिदै छरे
कर्नाल फुक्न सक्ने ।
औरासेर सन्देश छर्न सक्ने

नोट-
कटुबाल- चर्को स्वरले सबैले सुन्ने गरी सामुहिक सन्देश सुनाउने मान्छे
औरास्ने- चर्को स्बरमा सबैले सुन्ने गरी सामुहिक सन्देश सुनाउने काम
कर्नाल- सन्देश सुनाउनु अधि ध्यान तान्न बजाउने बाजा ( नगरा )

पात्लेखेत-७, म्याग्दी