गजल


भूपेन्द्र महत

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु

गजल


आचार्य प्रभा

तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ?
बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ?

तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै
थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ?

ओलाएकी थिएँ म त ,बसन्त नै नआइ
फेरी फूल भइ फुल्नलाई मधुमास दिन्छौ कि ?

एक्ली थिएँ भिँडमा पनि उदास थियो नयन
खुशीको आसुँ झार्न बाहुपास दिन्छौ कि ?

(अमेरिका )

एउटा चित्र :विकिपिडिया जस्तो


स्यानु पाईजा

कुन मुड मा हो कुन्नी
एउटा चित्र :विकिपिडिया जस्तो
खुल्ला सम्पादनको लागी छ
मैले कोरेका क्यानभासको धरतल
दिन दिनै बद्लिरेहको छ
नारी कोमलता मेरो चित्र भित्र
पहिलो दिन-कसैले ओठमा लालो चढाएछ
दोस्रो दिन-कसैले बिन्दिया लगाईदिएछ
तेस्रो दिन-गाँजल थपिएछ
चौथो दिन-कानमा कुन्डल
यो पुर्ण सृगार मा नारी
वहा ! क्या सुन्दर
सायद मैले न्याय गरे चित्रलाई
मैले सिगारेको भन्दा सुन्दर देखे
एउटा चित्र :विकिपिडिया जस्तो
तर मेरो मनको खुसी
प्वाँल परेको छ बेलुन जस्तै
अर्को दिन- सिँउदोमा सिन्दुर
गलामा क्राईस्ट जडेको मंगलसुत्र
कालो लामो केशलाई
ब्वाईज कट बनाईदिएछ
चित्र नै हो चित्र तर
किन मन खिन्न हुन्छ ?
मलाई डर लागी रहेछ
अन्याय भएको भान हुदैछ
बिस्तारै यस्तो भयो
मैले नसोचेको भयो
कसैले छातीका गोलाई बढाएछ
कसैले पारर्दर्शी कपडा ओढाएछ
सहन नसकि पिडा-मनको
आफैले कोरेको चित्र मेटाएको छु
यहि फ्रेम मा एउटा चित्र थियो
एउटा चित्र :विकिपिडिया जस्तो
आज यो फ्रेम कालोपाटि जस्तो छ
तै पनि किन हो पटक पटक
मैले छाडेको चित्र सम्झेर हेर्न मन लाग्छ
सम्झन मन लाग्छ: मैले अन्याय गरेको
एउटा चित्र :विकिपिडिया जस्तो
पात्लेखेत-७, म्याग्दी

एउटी वीरंगानाप्रति श्रद्धाञ्जली


हस्त गौतम मृदुल

स्तब्ध पारी छोडेर गयौ सुन सान पारेर
सपनीमा पनि नभेटने गरी माया नै मारेर

भक्कानो छोडी रुदै छु एक फन्को मारेर
बाँचुन जेल केही सकिन् गर्न खुशीमा राखेर
अन्तिम पल्ट दर्शन गरे, भावविहृवल भएर
दुर्इ थोपा आँसु चढाउछु श्रद्धाञ्जली दिएर

बिधिको बिधान यस्तै नै रैछ छोडेर गैदियौ
स्मृतिको दिब्य स्वरुप छोडी बिरानौ भैदियौ
बिर्सने छैन राष्टले कहिलै अमुल्य योगदान
पैल्याइ तिम्रो सहिबाटो गाउने छौ जयगान

गजल


केदार श्रेष्ठ गगन

अब कसैसँग मायाप्रीति लाउँदिन म
तिम्रै लागि मठमन्दिर धाउँदिन म ।

गयौ टाढा मुर्छा पारी मुटुमा छुरा धसी
रुँदै-रुँदै दौडिदै तिम्रो पछि आउँदिन म ।

एकैछिन रमाएनि घातक हुँदो रैछ माया
प्रेम-पत्र पढी अब कहिले पनि रमाउँदिन म ।

लुक्दैभाग्दै हिड्छौ तिमी गगनभन्दा माथी
मेरै अघि हिँडे हुन्छ झुक्किएरनि समाउँदिन म ।
भीमस्थान-५सिन्धुली
हाल-अनेसास यू.ए.ई.च्याप्टर

गीत


दिलिप योन्जन

कसरी गरु तिम्रो प्रशंसा, चाँदमा कुनै दाग छैन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

तिम्रो हासो मेरो खुसी, यसै गरी जीवन बितोस
सुख त दुईपलको हो,दुखमा सधै साहारा मिलोस

कसरी देखाउ तिम्रो माया,छाती चिरी देखाउ सक्दिन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

तिमी पाए जिबन पाए, सुख शान्ति मिले कै छ
अर्को जन्म यिनलाई पाउ,भगवनसंग यही प्रार्थना छ

कसरी भनु तिम्रो बारेमा, देउता सरी पुजेकि छिन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

अस्टिन अमेरीका

प्रदेशमा भएनी


गीता थापा

नेपाली हामी नेपाली'भै नसोचौ
पराई जो जहाँ रहेनी.

नेपालको माया औधी छ हामीलाई
प्रदेशमा भएनी।

प्रदेशमा बसी फूलेका सृजना
नेपालमा लगी सारौला।

जन्मेको भुमी भुलेका कहाँ छौ
धर्ति माता लाई सिङ्गार्न पुगौला।

उघारी हेर मनको पर्दा नेपालको
माया सबैको मुटुमा छ

फुलाउन सके विश्वाश सबैमा नेपाल
हाम्रो स्वर्गनै बन्द छ।

हाल - इजरायल