गीत


दिलिप योन्जन

सधै-सधै छाती भरी तिम्रो माया छ नि
छाडी गएउ ब्यथा पिडा मुटु भो खरानी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

रातै भिज्यो आसुले दिने भो सपनी
सम्झनाले पोलिरह्दा हासौ कि रोउ नी
र्हिदय भरी सजाको माया म भुलु कसरी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

बाचा बन्धन माया प्रिती सबै भो काहानी
मुटुको माया रिदयको तस्बिर के गरी मेटुनी
तिम्ले भुलेउ कुन खुसीमा म भुलु कसरी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

संगीत : आलोक श्री, गायक : यम बराल
अस्टिन, अमेरिका

तिम्रै सम्झना


कल्पना तुम्रोक

तिमी आउछौ भन्ने आशमा
चौतारीमा एक्लै कुर्न सकिन
नयाँ बाटो रोजेर
चौतारिलाई छोड्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

फक्रनु अनि फल्नु जिवन रे
के भमरा बिना फुलको अस्तित्व हुदैन र ?
किन यो मनहरु लाग्छन रित्तो रित्तो
तर कहि कतै कसैको आवागमनको पुर्वाभास जस्तो
अनि फेरि उही बियोगको कोशेली जस्तो ।

तिमी आउछौ भन्ने आशमा
मनको ढोका खुल्लै छोड्न सकिन
एक्लिएको यो रित्तो घरलाई
छोडेर हिड्न पनि सकिन ।

छल्किएको नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

भो मलम नलगाउ घाउहरुमा
झनै पोल्छन भतभती
चर्किन्छन चरचरी
बाँच्न देउ मलाई
मेरो आफ्नै जिवन
थकित भएको यो मेरो तन ।

कोहि आउला भन्ने आशमा
दोबाटोमा कुरिन
बैरागी भइ खरानी नी घस्न सकिन
आँखाहरु टोलाइ रहे परार्इहरु आफ्ना भएन
दिल खोलेर मनको कुरा
भन्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

आमाको चित्कार


अविचन्द्र र्इङनाम

कहालिएर चिच्याउदै रोइ रहेछिन आमा
भन्छीन आउबचाउ मेरो अश्मितालाई
बिभिन्न रङ्ग र रुपका भए ता पनि
मेरा सन्तती नै हौ तिमीहरु सबै
भबिश्य तिमीहरुकै लागी हो - २

ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले
काटन लागे ति मेरा हिडने खुट्टाहरु अनि
दुश्मनहर संग लडने ति मेरा हातहरु
मलाई फाल्न खोजि रहेछन यो धर्तिमा
केवल मेरो धुकधुकी मात्र राखेर यहा- २

जन्मिए म बाट धेरै सन्ततीहरु यहा
तर तिनै भए मेरा बैरि आज यहा,
नभएका होइनन सपुतहरु यहा, तर
लिए हुर्मत तिनीहरुको यिनै लाछीहरुले
बनाए क्षत बिक्षत अनि शक्ति हिन - २

बिश्वास नास्तिकहरुले गरुन वा नगरुन
नून पानीको कसमलाई बेवास्ता गर्दा
एकतिसेको बेहाल भएको छिपेको छैन
अब एकाईसेहरुले पनि बुझेनन भने
समय आउनेछ लिएर मेरो करामत - २

हुन नदेउ बाघको छालामा स्यालको रजाई
संघर्ष गर एकथोपा रगत रहे सम्म यहा
यदि मेरो सपुत हौ भने तिमीहरु सबै
एकजुट भएर अघी बढ हात मिलाएर
म सक्ति बनि आईरनेछु पछि पछि - २

मेरो ऐतिहासिक अस्तित्वलाइ बचाएर
तिमीहरुको भविश्यको निर्माण गर यहा
यहिछ मेरो चित्कार तिमीहरु सबलाई
बुझिदेउ यो लिम्बुवान आमाको चित्कार
सुनिदेउ कान खोलेर यो आमाको चित्कार - २
यो आमाको चित्कार ।

मुजोत्लुङ हाङबाट

निस्ठुरीको यादमा


योगेन्द्र योगी ,संघश,

कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा

ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा
यो मुटुमा रोग लग्यो लडे सानु बिस्वसघतामा

पागल दिनहरु गुजारीरहेछु सानु उही निस्ठुरीको
यादमा
सम्झनाले सताईरहन्छ सानु यो दु.खी कर्ममा
मेरी सानुको यादमा
मेरो सानु लाई सम्झिरहे

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी-नेपाल
email-yogendra.yogen@yahoo.com

सम्झना गिरीजाबाबुको

रामचन्द्र जोशी 'चिन्तन'

दीगो शान्ति संविधानको स्वप्ना छोड्दै गए उनी
तानाशाही प्रवृत्तिको डोरी तोड्दै गए उनी

लोकतन्त्र जन्माउन प्रचण्डलाई छोपी छोपी
नेपालको बगैंचामा बीज रोप्दै गए उनी

जीवनको लगानी नै राजनीति बनाएर
देशलाई गणतन्त्रमा आफैं मोड्दै गए उनी

अस्त्र शस्त्र गोला बारुद रगतका फोहरामा
बिचल्लीमा परेकाको नाता जोड्दै गए उनी

राजतन्त्र फाल्न भनी आन्दोलनको सर्जक बनी
बुढो जोश तन्नेरीमा आज पोख्दै गए उनी

शिर्ष८ सलौन डडेल्धुरा

तिमी रिसाउनुको अर्थ


सरोज पङ्हाङ्गो

होला
मैले केही भने
अर्थात
-
झोक्किएर ;
तिम्रो स्वप्निल संसारमा
लात बजारे ।

फलत :
तिमी रिसायौ
र सर्तबाट
अलग्गियौ ।

अलग्गिनुको
'अर्थ'
अर्को बाटो रोज्नु
अर्थात फेरी एउटा
शक्तिको स्रीजना गर्नु
यही न हो
-
तिम्रो र मेरो बर्तमान
र बर्तमानभित्रको
खोक्रो आदर्श ।

धेर थोर
तल
- माथि
म र हामी बिचको कुरा
हिजो हामी थियौ
आज म र मेरो
भएका छौ
!
अब त
-
स्वतन्त्रता छ तिमीलाई
आफु खुशी चल्न सक्छौ
उडाउ
'हिट्लर' को 'यान'
हामी हेरौं
;

सक्दैनौ
मेरो प्रिय मित्र
!
बिदुवा आमाइको स्वप्ना जस्तो
स्वर्निम सुहागरात
-
बिना बित्थामा
अर्को स्वप्ना
बिलखबन्द हुनसक्छ
बिच बाटोमै
-
फ्यात्त
......

त्यसैले
तिमी जित्दैनौ
र म पनि
-
अब आउँदा युद्दहरु
हिजो जस्तो
सजिलै
!

नकि
-
तिमी रिसाउनुको अर्थ
-
यहाँ अर्को पर्तिस्पर्दा जन्मिनु हो
आक्रमण बड्नु र
...
एउटा ब्रिहत शक्ती टुक्रिनु हो
त्यसैले आउ
! मित्र- 'बरु तयार होउ'
अर्को परजय भोग्न
-
अस्ति झैं
चुप्चाप
......

"अन्तिम कोशेली"गिरिजालाई


आचार्य प्रभा

एउटा हस्ती अनी
राजनीतिक धरोहरको
समापन .......
आखिर पेवा न हो मृत्‍यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरुले
त्यसैले उ निभेछ
राजनीतिक आकाशबाट
तर निभ्ने छैनन्
उस्का समर्पण र उदेश्यहरु /
हो मृत्‍यु अवश्यम्भावी छ
चाहे जो ,जे सुकै होस्
कालले उस्लाइ
पर्खिरहेकै हुन्छ
त्यसैले .........
आफ्ना लक्ष,उदेश्यलाई
थाँती राखेर पनि
धर्तीलाई बिदा माग्नैपर्छ
संसारकै नियम सम्झी /
हो..... मान्छे हो ,
जीवनभर कोशिश र संघर्षमा
जीवनलाई उप्केरा दिँदै
फलाउन फुलाउन चाहन्छ
कत्ति कोशिश फल बनेर झाँगिन्छन
कत्ति प्रयास तुषारोले
कुहाइदिन्छन ,
त र पनि नहार्नुको
एउटा ईतिहास लेखेर
मृत्‍यु रोज्नु मान्छेको
महानता र शाहस हो
हो यही शाहसको एउटा
पर्याय हो गिरिजा
जस्ले जस,अप्जसका
ढाकरहरु बोकेर पनि
आफुलाई थकित नमान्नुको
एउटा बहादुर भरिया
साबित गरेकोथियो/
पौढताको सिमालाई पनि
तरुणपनको जलप लगाएर
नव जोश,जांगरको
पहिचान दिएकोथियो
सलाम छ त्यो
अडिग बिस्वाशलाई
अनि प्रणाम छ त्यो
शाहसिक कदमलाई /
शरीर माटो बन्न सक्छ
बन्ने छैनन् उस्का
समर्पणका चेतनाहरु
सधैंभरी हर नेपालीका छात्तिमा
दुख्नेछन उस्का
अभावका बेदनाहरु /
सुत चिर निन्द्रामा तिमी
त र पनि ब्युँझनेछन
तिम्रा हर समर्पित भावनाहरु
दिन्छौं यही बिदाइका शब्दहरु
श्रदान्जली ठानी अन्तिम
कोशेलीहरु /

(रचना -३/१९/२०१० /समय ४ बजे बिहान )