हामी एक जुट हौ


दीपेन गर्बुजा

उ हिमालमा बस्छ
उस्लाई भोटे भन्छन्
म पहाडमा बस्छु
मलाई पहाडे भन्छन्
उनी तराईमा बस्छिन्
उनलाई मदेसेनी भन्छन्
उठौ साथी हो उठौ
हिमाल,पहाड र तराईका साथीहरु
हामी एक जुट हौ
हाम्रो ब्यथाहरु एक-आपसमा बाडौं
नया नेपाल बनाउनलाई कम्मर कसौ
त्यसैले
भोटे, पहाडे अनि मदेसेनीको शब्द प्रयोग न गरौ
सबै जना मिलेर नया नेपाल बनाउनलाई सहयोग गरौ
हिमाल, पहाड अनि तराई मिलेर एउटा सुन्दर नेपाल बनेको छ
आ-आफ्नो हक-हितको लागी सम्बिधान सभाको चुनाब भएको छ
राणा, प्रजातन्त्र र बहुदललाई पार गर्दै लोकतन्त्र आएको छ
तसर्थ,
अहिले एक्काइसौ सताब्दीको समय हो
रुढी-बादी सोचाई आ-आफ्नो दिमाग देखी हटाउ
नया नेपाल बनाउनलाई नया बिचार रचौ
पानी पिएर भए पनि आफ्नो जोस्-जागर निकालौ
आफ्नो खुट्टामा आफै उभिने कोसिस गरौ
अर्काको देशमा चाकारी गर्ने बानी छोडौं
घर-खेत अनि बारी बेची दलालसँग नफसौ
आफ्नो जिजु-बाजेको सम्पत्तीलाई जोगाउ
नया नेपाल निर्माण गरी बसौ।

प्रदेशीलाई जन्म-भूमीको सन्देस


दीपेन गर्बुजा

स्वदेशमा हुँदा तिमी धेरै दयालु थियौ
आफ्नो कर्त्तब्य पुरा गरेर नै छाड्छु भन्दथ्यौ
तिम्रा ति अठोटहरु देखेर
मेरा यी मनहरु सधै खुशी हुन्थे
तिम्रो त्यो लगन्सिलताको कदर सधै गरिरहन्थे
तिमीले मेरो हरेक क्षेणहरुको मर्म बुझिदिन्थ्यौ
स्वदेशीमा हुनु पर्ने गुणहरु मलाई देखाईदिन्थ्यौ
तर...........
जब तिमी पर्देशी बनेउ
तब मैले तिम्रो हरेक क्रियाकलापहरुको समिक्षा गरे
तिमी मलाई फर्की हेरेनौ
आफ्नो स्वार्थ को लागी पैसाको पछी दौडेको देखे
मेरो मन निराशा भयो
तिमीलाई गरेको विश्वास
बिसतारै घट्दै गयो
तिमीले त्यहाँ देखाएको मेहनत
कसैले सुनेनन्
तिम्रो मन प्रदेशी बन्यो
तिम्रा ति पहिलाका कार्यहरुको,
अहिले यहाँ कसैले वास्ता गरेनन्
त्यसैले,
बिन्ती छ प्रदेशी
यहाँको निष्चल वातावरणसँग
रमाउने गर.... बनेर स्वदेशी
आफ्नो स्वार्थमा मात्र नलाग
स्वदेशमा बसेका साथिहरुसँग पाठ सिक
आफ्नो प्यारो जन्म-भूमीलाई माया गर
ठिकै छ....
अहिले तिमी प्रदेशी बन्यौ
तिमीले एउटा महत्त्वपूर्ण पाठ सिक्यौ
स्वदेशमा नै रमाउने
आउने पुस्ताहरुलाई सिकाउ
प्रदेशी बनेर होईन
स्वदेशी बनेर नै जीवन बिताउ ।

दग्नाम ५, म्याग्दी

गीत


राकेश कार्की

सुत तिमी परेलीमा म छाउनेछु
सम्झ मात्र सधैँ नजिक आउनेछु

नरम औँलाले छोउ
म गितारको झंकार बनुँला
अंतर मनले छोउ
प्रकृतिको उपहार बनुँला

विविध रंग सजाउ
मुस्काउदै म दर्पण हुँला
पवित्र प्रेम सजाउ
भावनामा समर्पण हुँला

लस् एन्जेलस्

यी सप्पैहरू... कहाँ कहाँबाट आएका हुन् ?


चन्द्र गुरुङ

मानिसहरू
उभेका छन् ठेलमठेल
सङ्ग्रहालयमा थुप्रेका दरबारी अवशेषहरू वरपर-
कन्सेरी नै तताउने
निर्दोष रगतले नुहाएका पुराना तरबारहरू
देख्दै रमाइलो लाग्ने
ओइलिएका फूलजस्ता सानाठूला श्रीपेँचहरू
र चित्ताबुझ्दो
एक कुनामा खोक्दै गरेको राजसिंहासन ।

अझै छन् थुप्रै थुप्रै-
जस्तै कि
सबै दाँतहरू मक्किएर झरेपछि
विषरहित सर्पझैं बनेको थोते राजदण्ड ।
जनताको आक्रोशले
ठाउँ ठाउँमा
धुजा धुजा पारिएको राजकीय पोशाकहरू
र सम्पूर्ण रौं-कपाल खुइलाएर
मासुपसलमा सजाई राखेको
बोइलर भाले जस्तै राजकीय इतिहास ।

अचेल-
यी ठूला ठूला दरबारी कोठाहरूमा
माकुरा-फौज रमाइलो पिङ्ग खेल्दै छन्
आलिशान बैठकहरूमा
कुर्सी मेचहरूमाथि
काठेकिराहरूको भोज चल्दै छ धमाधम्
र शाही बागबगैँचाहरूमा
उहिल्यै झैं
गीत गाउँदैनन् पिँजडाबन्द सुगामैनाहरूले ।

तर अनायासै
यस रङ्गीन वातावरणमा
कहाँबाट आए यी मास्टरसाबहरू ?
कक्षा कोठाहरूमा
घोकाउँदै छन् कलिला कोपिलाहरूलाइ
इतिहासको ठेलीहरूबाट झिक्दै
बूढो महाराजाको गन्हाउने जीवनगाथा ।
यी राणाकालीन निरंकुश छायाँहरू
फूलबारीमा खुसक्क पसेर
फेरि
हिँड्ने कोशिशमा छन् रङ्गीन फूलहरू किच्दै
र गाउँघरतिर
बाघचालको खेलमा अभ्यस्त मुखिया बा'हरू
पञ्चायती बैठकहरूमा
गर्दै छन् देश भाँड्ने कुटिल छलफल ।

मुकुटको मुटु चर्केको छ
र महलका शरीरैभरि दरार परेको यस बेला
कहाँबाट आए यी खलबल हो-हल्लाहरू ?
यस कोलाहलपूर्ण माहौलमा
अस्पष्ट बनेको छ राष्ट्रियगानको सङ्गीत ।
यस कुहिरोभित्र
बाध्य बनेका छन् हाम्रा सहीदहरू
आफ्नै हत्याराहरूलाई (सहिदगेटमा)
उचालेर शिरमाथि ससम्मान राख्न ।

नयाँ युगीन गीत रच्दै
क्षितिजमा एक युवा कवि टल्कीरहेको यस घडी
कहाँबाट आए यी संक्रमणग्रस्त हुरीबतास ?
सरकारी भवनहरूमाथि
लरखराउँदै छ राष्ट्रिय झण्डा ।
किन ? हिमालपहाडहरू
पराजित मुद्रामा बसेका छन् चुपचाप
किन ? देशवासीहरू एकआपसमा भिड्दै छन्
बोकेर देशप्रेमको अभावग्रस्त मुटुहरू
र किन ? मूकदर्शक बनेका छन्
ढुँडिखेलको छातिभरि
यी जवान लोकतान्त्रिक आन्दोलनहरू ।

अचम्म लाग्दो !
कहाँबाट आए यी बगरे कसाइहरू ?
थुनेका छन् हामीलाई
च्वाँचेहरूको घिनलाग्दा खोरहरूमा
र छाड्छन् राजनैतिक फोहोरमाथि लडीबुडी गर्न ।
हामी बनेका छौँ
रङ्गीन गाईबाख्राहरू दुरुस्तै
अलमस्तीमा चर्दै छौँ
आफ्नै देशको छातीमाथि हरियो घाँस ।

साँच्चै,
यी सप्पैहरू... कहाँ कहाँबाट आएर
चर्काउँदै छन् हाम्रो मुटुभित्रको सुन्दर देश ?

(अप्रिल २०१०)

आगो बल्दैछ

विमल गुरुङ

केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरै खाइसकेपछि खाना ।

आगो बल्दैछ
पात पतिंगरहरु जल्दैछन्
काठहरु बल्दैछन्
खसेलाहरु जल्दैछन्
आगो बल्दैछ ।

रहर छ
आगो ताप्ने मलाई पनि
यो हुस्सु परेको रातमा ।

आगो बल्दैछ
अवरोधहरुको फलामको सत्ता गल्दैछ
हामीलाई
बाटोमा
राम्ररी हिंड्न नदिने
काँडाहरु जल्दैछन्
कोइला हुँदैछन्
खरानी हुँदैछन्
आगो बल्दैछ ।

कहीं जाँदा पनि
हामीलाई शान्ति छैन
कोठा जाँदा पनि शान्ति छैन
कौसीमा
सडक, रिक्सा, साइकल, मोटर
मान्छेहरु र
काठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
सिमेन्टका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
केही गर्दा पनि शान्ति छैन
कतै जाँदा पनि शान्ति छैन
हुस्सु-हुस्सु छ चारैतिर
ठण्डा-ठण्डा छ चारै-चारैतिर ।

हुन सक्छ
यसैले केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरे खाइसकेपछि खाना ।

आगो बल्दैछ
साइकलको पुरानो टायर जल्दैछ
खुब मजाले
हवार-हवार्ती जल्दैछ
साइकलको
डेट-अफ ट्युबहरु जल्दैछन्
छेस्का छेस्कीहरु बल्दैछन्
मकैका खोयाहरु जल्दैछन्
प्लास्टिकहरु बल्दैछन्
ढुङ्गाहरु काला हुदैछन्
माटोहरु डड्दैछन्
वातावरण तापमय हुदैछन्
फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदै छन्
हुस्सु भयभित हुँदैछ
आगो बल्दैछ ! !

(२०४६-९-२०)

तिम्रो तस्बिर ईन्टरनेटमा देख्दा


दीपेन गर्बुजा

तिम्रो तस्बिर ईन्टरनेट मा देख्दा
अतित का याद हरु आयो
ती पलहरु सम्झिदा
१-२ शब्द लेख्न मन लाग्यो
...................
तिमी सँगको पहिलो भेत मा
हाम्रो नजर हरु जुदिरहन्थ्यो
वैषाख-जेष्ठ को गर्मी मौसम मा
सेती खोला को किनरा मा गएर
क्या! मज्जाले नुहाईन्थ्यो
बेलुका पख हाम्रो भेत
त्यो निष्चल वातावरण मा हुन्थ्यो
जहाँ हामी २ जना एक-अर्का विना बाच्न न सकिने
कसम खाइन्थ्यो
जब भाद्र महिना लाग्यो तब
हाम्रो भेत हुनै छोड्यो
हाम्रा ति बाचा-कसम हरु
भाद्र महिना को भेल सँग नै बगी गयो
तिमीलाई खोज्न धेरै उपायहरु अपनाए
तर केहि थाहा पाउन सकेन
१ दिन तिम्रो नाम टाईप गरी गूगल सर्च गरे
त्यहाँ तिम्रो तस्बिर देख्दा मन थाम्न सकेन
अनी तिमीलाई सम्झी १-२ शब्द लेखी दिए
तिमी रहेछौ, त्यो रमाइलो शहरमा
म भने यो उजाद मरु-भुमीमा
तिम्रो लागि म सधै गर्ने छु प्रथाना
तिम्रो जीवन सधै खुशी रहोस्
यही छ मेरो शुभ-कामना

म भित्र

सूर्यविक्रम याक्खा

म भित्र गुम्सिएको छ
कयौ -व्यथाहरु
निश्पट धव्वामा
त्राहिम-त्राहिम
काकाकुलहरु.......... ।
म भित्र-भित्रै
मायालुका सम्झनाहरु
खुम्चिएका छन ,
सपनाका ताजमहल
ठडिएका छन
अनि कल्पनै-कल्पनामा
यो संसार सजिएका छन्
म भित्र दर्दनाक घटनाहरु
भिडै-भिडमा झुकेको छ ।
ति गाऊ शहर र
वस्ति-वस्तिहरुमा चिहारिएको छ ।
म भित्र ऊ लुकेको छ ,
सधै-सधै छाँया वनि ढुकेको छ ।।

मोरङ्ग, हाल - साउदीअरव रियाद ,