गजल


आचार्य प्रभा

तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ?
बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ?

तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै
थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ?

ओलाएकी थिएँ म त ,बसन्त नै नआइ
फेरी फूल भइ फुल्नलाई मधुमास दिन्छौ कि ?

एक्ली थिएँ भिँडमा पनि उदास थियो नयन
खुशीको आसुँ झार्न बाहुपास दिन्छौ कि ?

(अमेरिका )

1 comment:

Unknown said...

Di jyu tapaaiko sampurNa kabitaharu dherai nai yathartha ko dharaatala laai chhunchhana malaaii dehrai nai tapaaiko lekhaharu mana parchha bhabisyamaa pani lekhdai jaanuhola.

Shubhakaamanaa.