तिम्रो सिउदो


योगेन्द्र गिरी

सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा
सजाइ दिउला

मुस्कुराउदै तिमी भित्र मेरो दिल
सजाइ दिउला

तिमीले आशु झार्दा खेरी
मेरो पनि आशु झछ

तिम्रो न्यानो काखमा आफै नै रमाइ दिउला
नगए मलाई छोडी यो स्वाथी दुनियामा

कहिले सुख ,कहिले दुख भाग्यको खेल होरे
कति बस्नु यो चौतारीमा डाडा पाखा
घुमाइ दिउला

बाद्यताले बस्नु पर्दा खेरी

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी - नेपाल
email-yogendra.yogen@yahoo.com

मुटु बिक्रीमा छ


महाकाँल(C K Rai)

पवित्र तपोभूमी
सर्वोच्च सगरमाथामा बनेको
अति स्वच्छ र सुन्दर
मुटु बिक्रीमा छ

गास बास कपास
श्वास र बिश्वासको
अति खाँचो परेकोले
उत्कृष्ट कण्डिसनको
मुटु बिक्रीमा छ

वीर-बहदुर-गोर्खालीको
कोमल-कठोर
जे चिताए त्यहि हुने
मर्मस्पर्शी-चिन्तामणी
मुटु बिक्रीमा छ

एच.आई.भी. र
हेपाटाईटिसबाट सुरक्षित
रक्तचाप-डाईविटिजप्रूफ्
अति सस्तो दाममा
मुटु बिक्रीमा छ

योग-प्राणायमले स्वस्थ
मन्तर-जन्तरले बलिस्ठ
धुम्रपान-रक्सिरहीत
सयबर्ष वारन्टीसहित
मुटु बिक्रीमा छ

म बेचिएको चेली हुँ



चकेन्द्र राई कैदी

मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे ।

सप्तरगीं सिंगारमा सजिएर हिड्नु
नारी पर्व तिज र भाईटिकाहरुमा रमाउनु
पापै लाग्छ मलाई
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै आत्मा हुदैन रे ।

मैले त
तिर्खाएको उटहरुलाई
सागर बनि प्यास मेटाउनु पर्छ
भोकाएका हिंस्रक सिंहहरुलाई
काचो बिलो बाडी भोक मेटाउनु पर्छ
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै जिवन हुदैन रे ।

यी नै पुरुषहरु हुन
कसैले बेचि दिन्छन
कसैले किनि दिन्छन
निर्मम कुमारीत्व र अस्मीताहरु लुट्छन्
अनि आफुलाई बहादुर सम्झदै
रण्डी र बेश्याकको उपनाम दिन्छन ।
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै नाम हुदैन रे ।

हराभरा बैस भईन्जेल
सकिन्जेल लुट्छन् र चुस्छन
सुरा सुन्दरी र परि भनि भनि
जवानि सबै रित्ताई दिन्छन ।
अनि कामै नलाग्ने पत्कार ठानी फाली लिन्छन्
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै मुल्य हुदैन रे ।

यहाँ
लुटेराहरु चोखो हुन्छन
लुटिएकाहरु जुठो हुन्छन
हो हजुर म बेचिएको चेली हुँ
भन्छन् बेचिएको चेलि मान्छे बन्न सक्दैन रे ।

त्यसैले
मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन ।
हो म माइति भनाउदाहरु बाटै बेचिइको एक चेली हुँ ।


धनकुटा

समर्पण ति चेलीहरुलाई जो बेचिएर तिरस्कृत जिवन जिउन बाध्य छन् । माफ गर्नु होला बेचिएको चेलिहरु प्रति गेर्ने हाम्रो समाजको ब्याबहार र त्यसले दिने पिडालाई बिषय बनाएर लेख्ने कोसिस गरेको छु ।

गजल


बसन्तमोहन अधिकारी

मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला
रगतको खोला बिच मान्छे कहाँ तर्छन होला

जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो
मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला

पर्दा भित्र बसि मान्छे रगतको होली खेल्दै
मरेको यो लास माथि फूल किन छर्छन होला

आकाश रोयो धर्ती रोयो तर मान्छे रोए छैन
मान्छे मार्ने मान्छेहरु राक्षसमा पर्छन होला

मर्ने त यो शरिर हो मानव आत्म मर्ने छैन
आत्मा चिन्दै धर्म गर्न कैले मान्छे मर्छन होला

यूएर्इ चितवन

तिम्रै तस्बिर


योगेन्द्र गिरी ,संघश,

तिम्रै तस्बिर सधै सधै हेरिरहे
तिम्रो सामु पर्दा सधै सधै टोलाइ रहे

मनमा सधै तिम्रै सपनाका महलहरु सजाइ रहे
सधै तिमी म बाट टाडा गयौ किन ?

नयनभरी तिम्रै तस्बिर सजाइ हरे
हुरी बताशा आधीबेहेरी जे जस्तो आए पनि

तिमीले दिएको आशुको उपहारलाई
सधै मैले मेरो दिलमा सजाइ रहे

धेरै माया अनि सम्झना छ तिमीलाई
मलाई धोका दिएर गएता पनि

तिम्रै तस्बिर आज हेरी रहे, हेरी रहे

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी - नेपाल
इमेल- yogendra.yogen@yahoo.com

यादहरू


रामु गैरे

सुनसान रात छ
गाडीहरुको हुइँयको आवाज
मात्रै आउँछ
निन्द्रा पटक्कै लाग्दैन
कोल्टे फेर्छु
१२ बज्छ
मनभरि कुरा खेल्न थाल्छन्
मेरो वरिपरिका साथीहरु
मस्त निन्द्रामा
सुतिरहेका छन्
चरीहरु पनि मस्त निन्द्रामा छन्
मनभरि घरको याद्ले
छट्पटाइरहेको छ
फेरि कोल्टे फेर्छु
१ बज्छ
त्यो माली गाई अनि त्यो
गाउँ-घर, ती साथीहरु
अनि त्यो मायाको
मुसुक्कको हाँसो लजालु
बानी त्यसैमा त्यो गाजलु
आँखा अनि
हाँसेर अँगालोमा राखेर
अनि मेरो त्यो जिस्कने बानी
मेरो मस्तिष्कमा तड्पाइरहन्छ
मेरो छोराको याद
फेरि कोल्टे फेर्छु
२ बज्छ
अनि पागल सरि
आफैँमा हाँसो लाग्छ
जिन्दगीले किन यस्तो
मोड लियो कता कता
निन्द्रामा पर्न थाल्छु
फेरि कोल्टे फेर्छु
३ बज्छ
निन्द्रामा पर्ने बित्तिकै
घडीको सुइले
बिउँझने संकेत गर्छ
किनभने मलाई
नोकरीमा जानुछ ।

नुवाकोट ४ चिउरामाटी अर्घाखाँचीहाल दुबइ

केहि बोल


स्यानु पाईजा

उ मुस्कुराउछ
उ लेख्दैछ
बयान, बर्णन
सोझै भन्दा
चाप्लुसी, चाकारी
तिमी हराउछौ
म हराउछु
परिचय बिहिन
खोई तिम्रो परिचय ?
उ कहि उभिएको छ
तिमी किन ब्रश गर्दैनौ ?
तिम्रो सास गनायो
मुख नै नधुने ?
बिहानै बिहानै चढाउनु भो ?
कि हिजो को नउत्रेको ?
बन्द सिसाको काउन्टर भित्र
तपाईको स्वाँस कसरी छिर्यो ?
यति बिध्न गनाउने
खोई तिमी भित्र को मान्छे
किन बोल्न सक्दैन ?
किन ? सक्दैनौ ??
तिमी बिहान ब्रश गर्दैनौ कि ?
ब्रश गर्न बिर्सन्छौ ?
कि अरुको गनाउने स्वाँसलाई
मेरो होला भन्ने भ्रम मा छौ ?
बोल चुपचाप नबस
स्वाँसको गनाउछ भन्दैमा
मुख न मोड
तिम्रो आवश्यकता चिनेर
तिम्रो हक चिनेर
बोल केहि त बोल

शान्तिको किरण

प्रेम पाख्रिन

सकेन उड्न परेवा आज
सकेन हाँस्न बुद्धका मुर्ती
कस्ले गरिदेलान अब यहाँ
चार शाहीद्को इच्छा पुर्ती ।
घाइते छन धर्ती अझै
सकेन भेटन असली डाक्टर
सान्तिका दिप बल्ने बेला
कस्ले उघारे आशान्तिका शटर ।
हैन हैन नउदाएको शान्तिका किरण
तर गर्न सकेन सम्मान
कती रुन्छिन धर्ती झनै
शाहनु पर्दा सबैको अपमान
कस्तो बिधालय खोल्ने अब
सिकाउन देस प्रेमको पाठ
दाजु-भाइ देखेर मलाई
लाग्न थाल्यो अब उराठ ।
मर्नै परे मरौं बरु
शान्तिका दुतलाई हँसाएर
पाइन्न कसैले अमृतको थैली
नेपाली आकाशलाई जलमा फसाएर
नगरनु आस मिठो फल्को
चारै तिर बिश छर्केर
बुद्धत्व प्राप्त गरौँ बरु
गरीबका मन्दिरमा फुल रोपेर ।
कसैलाई भनिन्न देसप्रेमी
नबुझे देशको ब्यथा
यस्तै भए हराउछ छिट्टै
वीर नेपालीको गाथा ।
मेची-काली देखिन्छ पिरमा
नाता टुक्रिन्छ कि भन्दै
आँशु झार्डै रुंदै होला
शाहीद्का मुर्तिमा हात लगाउदै

जालपा १ पिङडाँडा
खोटाङ
हाल्-साउदी अरब

गीत


केवल गंगा गुरुङ्ग

गोधुलीको माधुर्यतामा हरार्इ दिउँकी लाग्यो
चोरेर तिम्रो तस्विर मनमा सजाई दिउँकी लाग्यो

दिनमा त एकै पल्ट हेर्ने मन तिमीलाई
तिमी नदेखे धर नहुने रोग कस्तो लाग्यो मलाई
लौन अव समेटी देउ राखी देउ दिलमा मलाई

मिरमिरे उषामा तिम्रो याद ताजा
झनै भन्छ मनले भेट्दछु उसलाई आज
वित्ने गर्छ दिनहरु ब्यर्थै तिम्रो यादमा

गीत


पवित्रा गुरुङ्ग

म एक पहराकी फूल हुँ
सक्छौ के टिप्न तिमीले
सक्छौ भने टिपी सजाउ
तिम्रो त्यो जीवनमा

नसोच्नु होला तिमीले
सजिलै टिपी सजाउँछु भनि
भिराला हुन्छ पहरा त
कतै चिप्लि लडीन्छ की

नसके कोशीस नगर्नु है
कतै तिम्रो ज्यान जाला
टाढैबाट मायाँ दिनु
म यहि पहरामा फूलि रहुँला

गजल


इप्सुल मगर

वाझ्न मन लाग्छ कहिले त आफ्नै भाग्य सँग
नआउँदा कहिल्यै नी जीवनमा सफलताको उमाङ्ग

गरे झैं लाग्छ प्रयास आखिर गरेको पनि त हो नी
तर पोतीएकै छैन क्यार निधारमा खुशीको नै रङ्ग

थाहा छ मलाई संघर्ष हो जीवनको उपनाम हजुर
त्यसैले लडिरहेकोछु निरन्तर छ दिनको भावि सँग

जति पछार समय तैले चाहे ठगोस भाग्यले अति
अझै पनि हारेको छैन छ विश्वास मुटुमा अजङ्ग

मान्छेहरु आफुलाई


डी. वी. पालुङ्वा

मान्छेहरु आफुलाई खोई कोनी के के ठान्छन
हजार पाप गर्दै फेरी देवताकै पुजा गर्छन

कोरस-
यहां त हजुर यस्तै छ , खाली सुनकै भाउछ
यो दुनियां बुझेर बुझी नसक्नुको छ

जुन तारा आकाशमा धर्ति माथि झार्छु भन्छन
एउटा झुट कुरा छोप्न यहां सयौ झुट बोल्छन

आफ्नो घर बनाउन छानी सोझो रुख ढाल्छन
स्वार्थ बिनाको आफ्नो मान्छे हुदै हन्न रैछन

स्वार्थ पुरा गर्न पाए मान्छे भीर देखि ठेल्छन
दोष जति अरुलाई असल चाही आफु बन्न खोज्छन

हङकङ

गजल

इन्द्रकुमार श्रेष्ठ सरित

लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो
मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो ।

दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ
छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो ।

पानी पर्दा उनकै याद घाम लाग्दा नि उनकै याद
मनको तिर्खा मेट्न एकै क्षण भेट्न पाए पनि हुन्थ्यो ।

माघको झरीमा पनि जमेकै छ हाम्रो प्रेम कहानी
चिसो मनलाई तनको आँचमा सेक्न पाए पनि हुन्थ्यो ।

लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो
मेरी मायालुलाई उजेलीमै देख्न पाए पनि हुन्थ्यो ।

कठै ! यो बर्तमान


आचार्य प्रभा

अक्सर म बर्तमानसँग सोध्ने गर्छु
आखिर यो संघर्ष,यो लडाईं
केका लागि त ?
कहिले मन थाक्छ लखतरानसँग
कहिले मस्तिष्क थाक्छ हैरानसँग
फेरी पनि आउछन समस्याहरु
बिभिन्न रूप अवधारण गरी
अनी आश्वासनको मल्हम पोँतिन्छन
यो सब सुनौलो भविष्यलाई भनि ।
म फेरि अर्को सोंचमा अल्मलिन पुग्छु,
बर्तमानले सधैंभरी भविष्यलाई नै
उज्यालो बनाउने त ?
के यस्को आफ्नै अस्तित्व छैन?
कठै!यो बर्तमान ,
भुतबाट पनि बहिष्क्रित छ
भविष्यको खुशीकोलागी
सधैं आफु पीडित छ
बिगतलाई बिर्सन वाध्य छ
आफु बिगत र भविष्यको
साँघु बनेर हज्जारौँ बोझ बोक्न
बिवश छ,
बर्तमान सधैं बिगत र भविष्यको
कठपुतली बन्न लाचार छ ।

(अमेरिका )

गजल


बसन्त मोहन अधिकारी

फूलसंग आँखा जुध्नु, भुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

मेरो संसार तिमी हौ, भन्दै सजाउँदा
मेरै फूल आँशु दिने, मुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

रुप,रगं, वासनामा आत्म छैन रैछ
मायाप्रिती देखाउँने, तुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो

बगैंचामा धेरै थरि, फूल फुलीराछन्
मलाई नै रुवाउँने, कुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो


म त रुदै जान्छु अब प्रेम वियोगमा
जीवन त नष्ट हुने, धुल रैछ मेरो
मलाई नै आँशु दिने, फूल रैछ मेरो
फूलसंग आँखा जुध्नु, भुल रैछ मेरो

यूएइ चितवन

अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल ?


चकेद्र रार्इ कैदी

बाँच्न पर्ने बाध्यताले
अनि सुख किन्ने रहरले
जन्मभुमि बाट टाडिएको
एक नेपाली हु म ।

परिस्थीति सँग मुकाबिला र संझौता गर्दै
उज्वल भविश्यको खोजि गर्दैछु .......।
जसरी
तिमी नेपालमा शान्ति खोजि रहेको छौ ....।
मलाई थाहा छ,
तिमीलाई यति बेला
पसिना आई आईरहेको छ ।
यस्तै हुदो रहेछ अनमिन
जन्ता भन्दा नेता धेरै
नेता भन्दा सांसद धेरै
साँसद भन्दा मन्त्रि धेरै भएको देशमा ।
तिमीले सोचे जस्तो छैन हाम्रो देश......।
ताल परे
३६५ दिन नै बन्द हुन्छ हाम्रो देश ।
अभागी जन्ताहरुको हाम्रो देश,
भाग्यमानि नेताहरुको हाम्रो देश,
दिन दाहडै हराउदै गरेको हाम्रो देश
आज तिमी
कानुनको कुरा गर्छौ
मानव अधिकारको कुरा गर्छौ
शान्ति र सुरक्षाको कुरा गर्छौ
नयाँ संबिधानको कुरा गर्छौ........।
तर म
नेपालको कुरा गर्छु
भन त अनमिन कहाँ छ सिङ्गो नेपाल ?
संयुक्त राष्ट्रसंघको बडापत्रमा छ की,
काठमाण्डौको संविधान सभा भित्र छ नेपाल ?
हिजोको टिस्टा र कांगडामा छ कि,
किमाथाङका र सुस्तामा छ नेपाल ?
अनमिन आखिरी कहाँ छ हाम्रो सिङ्गो नेपाल ??

तिमी बिनाको यो संसार


योगेन्द्र जोगी ,संघश

तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु

तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु
कोइलिको जस्तो सुमधुर तिम्रो भाकालाई

भुल्न सक्तिन सानु
यो मेरो कान भित्र सधै तिम्रै सुमधुर

गीतहरु गुन्जिंछ सानु
स्वदेश बाट भाए पनि के छ खबर

भनि बोलाई दिनु सानु
तिमी बिनाको यो जिबन अन्धकार लाग्छ सानु

छाती भित्र तिम्रो मायालाई झिकी लैजाउ सानु
छोड़ी जाने निस्ठुरीको यति धेरै सम्झना आउछ किन ? सानु

धुपू-१ लेब्रंग
संखुवासभा- नेपाल

गीत


पवित्रा गुरुङ

नमान्नु दुखी परदेशी बनि
धर्ती उहि हो जहाँ गए पनि

नभुल्नु यो जन्मभूमिलाई
जति टाढा गए पनि
रमाउँन खोज्नु यहि नै
कर्मले डोर्याएको भनि

नखोज्नु सुख दुख भो भनि
त्यहि त जीवनको साहारा हो नी
नराख्नु दुखलाई टाढा पारी
संगै जन्मे संगै जान्छन मरी

गीत


केवल गंगा गुरुङ

बर्षाद सँगै रुझाएर फक्रिएको जवानी
मलाई किन लोभ्याउँछौ भन ए... मोहीनी

डाँडा भरी गुराँस बनी फुल्छौ कहिले तिमी
मनभरी चाहना बनी झुल्छौ कहिले तिमी
तिमी विनाको सपना म सजाउँ खै कसरी
मलाई मनमा सजाई देउन आफ्नो बनाई कसैगरी

सारा खुशी तिम्रो पाउमा केवल मायाँ देउ तिमी
एउटा स्वर्ग रचि दिन्छु केवल साथ देउ तिमी
फुलैफुल सँग तिम्रो चाहनाहरु उनी
यो दिलमा तिमीलाई मात्र तिमीलाई सजाउँछु नी

गजल


इप्सुल मगर

सहन्छु म लात हजुरको कटु बात नदिनु
हल्लाको भरोसामा सात फेराको घात नदिनु

स्वार्थी छन् मान्छे यहाँ अनि लोभ डाहा
जन्मौ जन्म हजुरकै हुँ म एक्लोपनको साथ नदिनु

प्रदेशीएर कयौं वर्ष कहाँ के के गर्नु भयो
सोध्या छैन केहि यसरी दुखको खात नदिनु

धमिलो लाग्छ सम्वन्ध हाम्रो आज किन
नारीलाई होच्याउँने यो समाजलाई हात नदिनु

विन्ति गरे धेरै पटक हजुरसँग मैले यति
मात्तिएर आफ्नै आमाको काखलाई घात नदिनु

कालीमाता नी नारी कै स्वरुप हुन हजुर
होश पुर्याउँनु सत्यहीनको उन्मात नदिनु

प्रशासन साक्षि बन्ने बेला आएको छ


चकेन्द्र राई कैदी

अन्यायमा परेकाहरुको
लागी न्याय दिलाउने
राष्ट्र कै एक अभिन्न अङ्ग
निस्कलंक मानिन्छ प्रशासनहरु ।
सबै सबै निर्धा जनताको
बिश्वास र आस्थाको केन्द्र बिन्दु
समाजको आदर्श मान्छे मानिन्छ प्रशासकहरु ।
तर
यो मानवताको पराकाष्ट
भन्नै पर्छ जहाँ कार्यलय मा नै
सहकर्मीको बलात्कार गरिन्छ भने
उल्टै चरित्रहिनको दोष देखाईन्छ भने
अपराधिलाई नै बचाउन खोजिन्छ भने
सिङ्गै प्रशासन साक्षि बन्ने बेला आएको छ ।
बैसले मातिएकाहरु
ओहोदाले पातिएकाहरु
राष्ट्रको ढुकुटि बाट पालीएकाहरु
जनताको पसिनाबाट पोसिएकाहरु
अर्काको अस्मिता लुट्न पल्केकाहरु
कथित ठुला मान्छे भनाउदा राक्षसहरु
यी दानवहरुलाई हदै सम्मको सजाय हुनै पर्छ ।
जनताहरुलाई कानुनको प्रत्याभुति दिलाउनै पर्छ ।
होईन भने
मानव अधिकारबादीहरु
महिला अधिकार बादीहरु
कानुनि राज्य चाहानेहरुको
सबै मिलेर फेरी सडक तताउनु नपरोस ।
कुरा सन्तुको मात्र होईन

कुरा प्रशासन को पनि नि हो ।
कुरा प्रशासकहरुको पनि हो ।
कुरा राष्ट्र र राष्ट्रियताको पनि हो ।
त्यसैले
यस्तो जघन्य अपराधिहरुले
माफी माग्दैमा माफी पाउन हुदैन ।
राजनिती र नाताको आडमा मुक्ति पाउनु हुदैन ।
साच्चि नै यो दुनिया लाई देखाउनु छ ।
सिङ्गै प्रशासन साक्षि बन्ने बेला आएको छ ।

शिशु गजल


आचार्य प्रभा

नमान पीर हँसाउ मन फुलाउ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी ।

बाँचेर हेर हर्षले यहाँ जीवन सजाइ
हर्षले बाँच ब्यथाले हैन डुलाउ जिन्दगी ।

रित्याइ देउ मनको पीर खुलस्त बनेर
हाँसेरै नाँच डरले हैन भुलाउ जिन्दगी ।

(झ्याउरे लयमा ३ +२, ३ +२, ३ +३,मात्रा मा गजल लेखन अभ्यास सबैको तारतम्य मिलाउँदा कहिं न कहिं त चुकी हाल्छ त र पनि प्रयास जारी छ )

मनको रुपरङ्ग देखिदैन


टंक सम्वाहाम्फे

मनको रुपरङ्ग देखिदैन
केवल हृदय भित्र
सल्वलाईरहन्छ /छचल्किरहन्छ
त्यसैले मन सधै
के गरु कसो गरु भईरहन्छ
मनको कुनै प्वाख हुदैन
तर उडि रहन्छ जताततै
मनको कुनै पाईला हुदैन
तर डुलिरहन्छ सारा संसार
कहिले दुख कहिले सुख
अनुभव गरीरहन्छ
पदचाप दिईरहन्छ मुटु भित्र निरन्तर
अनि पानी झैं कहिले कहि
छयालब्याल वाटो भरि पोखिन्छ
उन्मत भएको मन
सम्झना र तिर्सनाको दोसाधमा
फूलिरहन्छ जीन्दगी संग
समयको घोडा माथी चढेर
आकाश पाताल हुइकीरहन्छ
पलपल छातीमा
धड्कन झैं धड्किरहन्छ
कहिले निभ्छ कहिले वलेर आगो झै
दन्दनी पोल्छ /जलाउछ
परिवर्तित मौषम जस्तो
मनको
कुनै अङ्ग हुदैन
कुनै रङ्ग हुदैन
त्यसैले त क्षण क्षण मै मोडिन्छ/ तोडिन्छ
कहिले तितो कहिले मीठो
भोग्छ भोगीरहन्छ
मनले
कहिले आशु कहिले हासो
टेक्छ मनले
कहिले आफ्नो कहिले परार्इ
देख्छ मनले
जीवनको उचाई र गहिरार्इ
नाप्छ मनले
त्यसैले त मनको रुपरङ्ग देखिदैन
केवल हृदय भित्र
सल्वलाईरहन्छ /छचल्किरहन्छ

अडान


केवल गंगा गुरुङ

अव मैले भने जस्तै
तिमीले हुनै पर्छ
मलाई साथ लिई तिमी
संसार डुल्नु पर्छ
च्याति दिनेछु म ति म्रो आँखाबाट
लालचका पोष्टरहरु
खोली दिनेछु म
तिम्रो आँखामा बाँधिएका
अन्धकारका पट्टीहरु
अव मैले भने जस्तै
तिमीले हुनै पर्छ
सागर माथी शिरमा राखी
तिमीलेसंसार डुल्नु पर्छ
भत्कि सके जति थिए
शान्तिका ती स्तूपहरु
काटी सके जति थिए
ज्ञानका ती वृक्षहरु
विचार उदाएर तिमी
अव जुर्मुराउँनु पर्छ
तिम्रो जन्मभूमि वेरी बस्ने नागलाई
तिमीले अव काट्नै पर्छ
दिनानु दिन भास्सिदै छ
तिम्रो आँगनको डिलहरु
दिनानु दिन चोरीँदै छ
तिम्रो गाह्रोको र्इट्टाहरु
संघार नाघी सके
अव चुलो हडप्नु मात्र बाँकी छ
त्यसैले
अव मैले भने जस्तै
तिमीले गर्नै पर्छ
आँटी चड्न खोज्ने वैरीलाई
तिमीले भर्याङ मै मार्नु पर्छ
पछि नहट पीडीत मानव
तिमीले यत्ति गर्नै पर्छ
आफ्नो आँगन आफ्नो संघार
तिमीले जोगाउँनै पर्छ
तिमी अझै पनि सुस्तायौ भने
तिम्रो छाना तिमी माथी नै झर्ने छ
तिमी ओत लाग्ने धुरीले
तिमीलाई नै पुर्ने छ
त्यसैले म भन्दैछु
अव मैले भनेको तिमीले सुन्नै पर्छ
मैले लेखेको अर्थ तिमीले बुझ्नै पर्छ
आफ्नो प्राण धान्न तिमीले
खेतको कुलो सोझ्याउँनै पर्छ
तिमीलाई बाँच्न मन छ भने
सगौरव बाँच्न मन छ भने
तिमी ..........मैले भने जस्तो हुनै पर्छ

मुक्तक


इप्सुल मगर


निमुखालाई दया गरे आलोचित भइन्छ यहाँ
स्वर्गीय मनले सहयोगको भाव झल्काइन्छ जहाँ
के गर्नु यो संसार पनि कस्तो अनौठो भैसकेछ
त्यसैले त कसैलाई गुण गरे वेइमानी भईन्छ यहाँ


धेरै थिए सपनाहरु अनि थोरै आशा
जीन्दगी त यहाँ रहेछ खेल मध्ये पाशा
जीन्दगी कै यहि खेललाई नजित्दामा आज
बुझ्नै नसक्ने भै सकेछु सामन्तिको भाषा


इच्छाहरु असफलताले साथ दिँदा मरेको छ
फूल्नै नपाई कोपीलामा खुशीहरु झरेको छ
के त रहेछ जीन्दगी भनि संघर्ष पनि गर्दै आए
त्यसैले त आफ्नै मुटु पत्थर बनाई जीउँनु परेको छ

बन्द भिस्सा पुन खोलीयोस्


पूर्णिमा पिम्मी

विहानको मिर्मीरे घामको किरणसँगै
सुरुहुन्छ हङकङको जीवन
मनमा असंख्य पीडा भए पनि
वाध्यताले काम गर्नु परेको छ नि

सबको आआफ्नै पीडा अनेक
पीडा नभएको त नहोला एक
सुन्दर छ गर्व लाग्छ हाम्रो देश
तर त्यो भईसक्यो एकादेश

मुलुक भरी अशान्ति अनि महङ्गी
सवै जनताले रहेछ भोगी
आउँनु परेछ विदेशी मुलुकमा
छैन काम हाम्रो देशमा

नयाँ पुस्ता आउँन चाहेर पनि
आउँन नपाई बसीरहेछ खुम्चि
देश अशान्तिको कारणले
मुहान बन्द भएको छ नाकाबन्दिले

जति छन् ती पनि बिलाउँदैछ हङ कङ मै
सबको चाहना हुन्छ इच्छा पुरा गर्नु नै
कोही लिइदै छ आई.डी.
त कोही हुँदैछ रिफ्युजी

अरु जति छन् औंलामा गन्ने
यी आवाज कसले सुन्ने
नोकरीको केहि छैन भर
कुनै पनि वेला निकालिने डर

निकालिए बन्यो कि त रिफ्युजी
नत्र नेपाल गयो फर्कि
फर्कि गए निभ्ने भयो दियो
नजाउँ त रिफ्युजी हुने भो

हामी पनि नेपाली जनता हौं
नेपाली अस्तित्व बोकेका छौ
खोल्नु पर्यो त्यो नाकाबन्दी
फर्किनु परे पनि आउँन पाउँ फेरि

हेप्पीएर हैन डटेर गर्नेछौ काम
इमान्दारी हाम्रो पहिचान
यो हाम्रो आवाज सबको कानमा पुगोस्
बन्द गरिएको “नेपाली भिस्सा” पुन खोलियोस्

अनुत्तरीत चित्र


प्रतीक चाम्लिङ्ग

जिन्दगी -
एउटा खाली क्यानभास
जहा बांच्नुको अनगिन्ती चित्रहरु
केरमट केरमेट भइरहन्छ
म क्यानभासमा
कूची, रङ्ग र पेन्सिलले
आफ्नै जिन्दगी उतार्नु चाहन्छु ।
तर
औलाहरु लरबराउछन्
उफ !
कुन विन्दु देखी शुरु गरु ?
जिन्दगीको चित्र कोर्न
हाँसो देखी ?
अहं !
हांसो त घाम छायां हो
यसको आकृती छैन
आंशु देखी ?
अहं !
आंशु त पानी हो
यसको आकार छैन
मिठो आकांक्षाहरु देखी ?
अहं !
आकांक्षाहरु त सपना हो
सपनाको रङ्ग हुदैन ।

जसो तसो
चित्र कोर्छु मधुरो जिन्दगीको
जिन्दगी भरीको वेदना उतार्छु
चित्रमा म आफ्नै जिन्दगी दुख्छु
अहो !
दुखाईको कस्तो रङ्ग पोत्ने ?
कालो, सेतो, रातो, नीलो ?
अहं !
वेदनाको रङ्ग हुन्न
आहत् पीडाहरुलाइ म
रङ्गीन रङ्गहरुले सजाउन चाहन्न ।

सोचमग्न म
अधुरो चित्र नियालीरहन्छु
रङ्गविहीन चित्र संगै
बेस्कन म दुख्छु
क्यानभासमा अनुतरित म
मेटिदिन्छु म आफैले
क्यानभास फेरी रित्तो हुदै जान्छ
म जस्तै खाली खाली हुदै जान्छ ।

रात नै किन...


शिव सस्मित

रात नै किन आउनुपर्‍यो लुटिएपछि दिउँसै मान्छे
अन्यत्र किन धाउनुपर्‍यो कुटिएपछि दिउँसै मान्छे

बजारतिर उपहार लिन सँगसँगै निस्किएकाको
जन्मोत्सव किन मनाउनुपर्‍यो, छुट्टएिपछि दिउँसै मान्छे

आँखै अगाडि आफ्नो मान्छे फिरौतीमा पर्दाखेरी
विमति किन जनाउनुपर्‍यो, भुटिएपछि दिउँसै मान्छे

छेउ र टुप्पो खरानी बन्यो, अनि बल्ल सुरक्षाको
संयन्त्र किन बनाउनुपर्‍यो, ठुटिएपछि दिउँसै मान्छे

मन्त्रीको नाता अपराधीको हदेलोजस्तै कोट्याएर
हामी पो किन गहृनाउनुपर्‍यो, खुट्टीएपछि दिउँसै मान्छे ।
म्याग्दी

कानुन कस्ले मानेन


चकेन्द्र राई कैदी

कानुन कस्ले मानेन
बिदेशिहरुले
कि नेपाली जनताहरुले
जन प्रतिनिधिहरुले
कि कानुन बनाउने कानुनबिदहरुले
आखिरी कानुन कस्ले मानेन
या फेरी नयाँ नेपाल बनाउछु भन्नेहरुले

गणतन्त्र आए पछि पनि
लुटिएकै छन् निमुखा र लाटाहरु ।
लुट्दै छन् यहाँ दलाल र बाठाहरु ।
मलाई थाहा छैन,
कानुनका का बाङ्गा टिङ्गा बाटाहरु ।
जान्दिन म,
कानुनका दफा उपदफाका पाटाहरु ।

मलाई त यति थाहा छ
बम बारुद आफु सगँ हुन पर्छ ,
जहाँ र जहिले पनि पड्काउन पाईन्छ ।
मन्त्रि मात्र हुनु पर्छ ,
सि।डि। ओ। सम्मलाई चड्काउन पाईन्छ ।
कानुनले सार्वजानिक मुद्धा भन्दोरहेछ
तर माफी मागे पछि माफी पनि पाईन्छ ।
किन कि उ त मन्त्रि हो
मन्त्रि कानुन भन्दा धेरै माथी मानिन्छ ॥

मान्दैनन भने
नेपाली जन्ता सस्तै छन्
मन लाग्यो भने गोली ठोकि दिए हुन्छ ।
क्षति पुर्तिको लागी भनेर
नेपालीहरुको मुल्य दश लाख तोकि दिए हुन्छ ।
यो हाम्रो सरकारी रेट हो
शक्ति रहुन्लेल समजदारीको कुरा गर्दैनन् ।
हातमा बम बारुद रहुन्जेल शान्तिको कुरा गर्दैनन ।
बर्दिमा नै कुटिएका छन् प्रशासकहरु
सडकमा मरि रहेका छन् जनताहरु
भैगो अब सोध्ने छुईन
म कानुन कस्ले मानेन

धनकुटा

मीठो उच्छ्वास भर्दै


आचार्य प्रभा

मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप
म्रीगत्रीष्णा बोकेर पुगेँ म पनि तिमी नजिक ..............

बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले
सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ...........

बनेथ्यौं एकार्काको जीवनको अमीट उत्कर्ष
पुगेथ्यौँ त्यो सिमाना जहाँ थियो नछुट्टिने निष्कर्ष ........

लेखिएथ्यो यो मुना मदनको झै प्रेमको स्वच्छ उक्ती
अमर उसरी बन्न खोजेथ्यौं हामीले नि जुक्ती .........

निश्छल ,निष्कपट गेरर लेखौं प्रेम काहानी
देखाउँ होइन भनी स्वार्थकोलागी मात्र भनी जवानी ..........

(अमेरिका )

गजल


बिष्णु नन्द चाम्लिङ्ग

साथ आयौ र पो नत्र मैले पाउँने कसरी ।
आउँने इसारा दियौ र पो नत्र धाउँने कसरी ।।

शिशा झैँ चर्किएको मेरा मनका इच्छाहरु ।
उमारी दियो रहर र पो नत्र सजाउँने कसरी ।।

फुटेका थे मनका मेरा मुरली र बाँसुरी ।
जोडि दियौ तिमीले र पो नत्र बजाउँने कसरी ।।

एक्लो लाग्थ्यो सधैँ शहरको बीचमा पनि ।
हेरि दियो बैशलाई र पो नत्र लजाउँने कसरी ।।

नियतिले सधै भरि बिरहमा डुवाए थियो ।
खुशी दियौ मनलाई र पो नत्र हँसाउँने कसरी ।।

२८ अक्टुबर ००९

यस्तै छन आजका युबा


रामु गैरे

आन्दोलन, जुलुश र
चुनावमा मर्नलाई
पनि नडराई !!
अगाडि बढने बलिया
काम फत्ते नहुनसम्म
सुनको भाँडो!!
आफ्नो स्वार्थ पुर भएपछी
कामै नलाग्ने सिल्टीको ठाँडो!!
पछी लाग्दा लाग्दै
बनाइसके घांडो!!
चुनाव पहिले मक्खमली फुल
अनी सयपत्री फुल
चुनाव पछी
ऐशलुको कांडो!!.......
यस्तै छन आजका युबा

लाग्छ सबै फिक्का फिक्का


आचार्य प्रभा

उस्तै हो हिमाल,बन,जङगल,डाँडा,काँडा
उस्तै छन,
मान्छे पनि उनै हुन
घाम,जून उही छन
त र पनि किन लाग्छ
सबै फरक,फरक ?
माटो त्यही हो,
टेक्ने धर्ती उस्तै छ ,
हावाको स्पर्षले उसरी नै छुन्छ
त र पनि किन लाग्छ

सबै फिक्का,फिक्का ?

मन उही छ छात्तिभित्र
मुटुको आकार उही हो
हेर्ने आँखाहरु त्यही हुन,
त र पनि किन लाग्छ

सबै नौला,नौला ?
हो.... यो सत्य हो,
म देख्दिन आफन्तको छायाँ,
पाउँदिन ति मायारुपी शब्दहरु,
अनी साट्न सक्दिन भावनाका उद्गगारहरु,
किन... कि फरक यत्ती हो
म आफ्नो आगनबाट ओझेल छु
म आफन्तको सामिप्यताबाट
बन्चित छु ,
आफ्नो माटोबाट बिरानो छु ,
बस .............../

(अमेरिका )

गन्तव्यबिहिन जिबनको यात्रा


योगेन्द्र जोगी ,संघश,

कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू
हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरु

मुना मदनकै कथा भयो मिलनका सारा परखाईहरु
तडपिरहयो मन बल्झिरयो बिछोडका कथाहरु

कुर्दा कुर्दै सकिने भयो परिश्रमका मीठा पलहरु
प्रचंड गर्मिको उराठ लाग्दो मरुभूमिमा जिउदै

घायल जिन्दगीको अमिट यात्राहरू
अझै अघि अघि बढदै छ गन्तव्यबिहिन

जिबनका यी मेरा पाइलाहरु

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल
ईमेल- yogendra.yogen@yahoo.com

मुक्तक


इप्सुल मगर


जादै जान्न त्यो बाटो म दोबाटो भेटिने भए
वीरहरुको रगतले कोरिएको सीमाना मेटिने भए
आहुती दिन्छु यो सिनो म आफ्नो माटोको लागि
मातृभूमीको ऋण मेरो विना पक्षपात काटिने भए


लेख्न पनि डर लाग्छ कलम खोसिने पो हो कि ?
वीरहरुको यस्तै चालाले रगत सोसिने पो हो कि ?
हत्या हिँसा आतङक अनि मारामार जताततै
वुझ्न खोज्दा आफै माथि संगीन रोपीने पो हो कि ?


गर्न त्यतिकै गाह्रो हुन्छ भन्न जति सजिलो
व्यथाहरु धेरै भए नी हाँस्नु रे पारी मन दरिलो
तर ओठमा मुस्कान पनि कसरी छाउँथ्यो
जव नैराश्यताको जंजाल भित्र मनै भएछ अमिलो

गीत


केवल गंगा गुरुङ

ढाँटे पनि तिमीलाई आफुसँग सत्य वोले
एकान्तमा मनको चाह आफैलाई खोले

तर्किन मन लाग्छ किन तिमीले हात माग्दा
म इन्कारको नाटक गर्छु तिमीले साथ माग्दा
लाग्छ मलाई तिमीले हुन्थ्यो जबर जस्ति लगे
मनको चाह लुकाई मैले आफैलाई ठगे

मन त भन्छ तिमीलाई गएर अंगाली दिउँ
हरजन्म तिम्रै हुन्छु भनि मुख खोली दिउँ
फेरि पनि झुक्याई तिमीलाई आफैलाई ढाँटे
तिम्रो सामु पर्दा पनि मन मनै पग्ले

लूसी र सपना


प्रतीक चाम्लिङ्ग

पहिलो भेट
मुस्कानहरुले सजिएको तिमी
वर्डस्वर्थको लूसी झै
कुरुप ढुङ्गाको चेपमा फुलेको शुन्दर फुल
प्रकृतिले दिएको बरदान
कति प्राकृतिक दुःख खेपेर
आस्थाको थुँगा लरक्क लर्काएर
तिमी फुलेकी ।
म सायद
तिम्रो सुगन्धित थुँगाहरु संग
तिमी संगै फुले क्यारे !
त्यसैले म
सप्तरंगी सपनाहरु बोकेर
ति म्रो सौन्दर्यसंग लुकामारी खेलीरहन्छु ।
कहिले मन्द बतास भएर
तिम्रो कोमल शरिर सुम्सुमाएर जान्छु
कहिले रात भएर
तिम्रै सपना भएर हांसिरहन्छु ।
सायद तिमी फुल हुनुको नाताले
तिमी भित्र मलाई खोज्न
वासनाको स्वीकृति दिईरह्यौ
त्यसैले
तिमीलाई भावनाले अर्पित गरिरहे
धेरैधेरै फुलहरुले र मेरोहृदयले ।

हो तिमी
वर्डस्वर्थको लूसी झै
कुरुप ढुङ्गाको विरुप्ता ढाकेर
मिठो कलकल धूनमा बगिरहेको झरना
म तिम्रो कन्चन मायाको झरनामा
म भिज्दै र बग्दै गएँ
म तिमी भएर
निरन्तर बग्दै गएं
निसंकोच मलाई बग्न दियौ
तिम्रो गहिरार्इमा ।
तिम्रो माधुर्यले
म सायद
मुग्ध भएं क्यारे !
त्यसैले हृदयमा विराजित गरें तिमीलाई ।
कहिले म खोली भएर
पछ्याइरहे तिम्रो मुहान सम्म
कहिले म अल्मलिरहे
दोभानमा मिठो संगम भएर ।
त्यसैले
तिमी र म हुनुको बीचमा
साक्षी छन कञ्चन थोपाहरु झरनाबाट झरिरहेको ।

तिमीले गरेका प्रेमको अनुभूतीलाई
मेरो भावनामा स्पर्श गरे मैले
तर
समयको गतिहरुसंगै
ठोसीला हाम्रा विश्वासहरु तरलमा परिणत भयो
हाम्रा खुशीहरु क्षत विक्षात भएर टुक्रियो
मेरा अनुभूतीहरुलाई तिमीले आत्मसत गरे गरेनौ ?
अभागी किनारलाई सोध्नु पर्छ ।
ओइलिएर झरेको फुललाई सोध्नु पर्छ ।
किनभने
हाम्रा अनुभूत र सपनाका आकृतिहरु भत्केको महशुस गरें ।
तिमी भित्र डुबेको म स्वंयम् आफुलाई हराएको महशुस गरें ।

फुलै फूलमा


दिलिप योन्जन

फुलै फूलमा सजाउछु भन्नेले,काडाको बास पारी दियो
जन्म२ सगै जिउने मर्नेले, आधा बाटोमा छाडी दियो !

जुन तारा दिन्छु भन्नेले, घर न घाटको बनाई दियो
हासो खुसी दिन्छु भन्नेले,आसुको सागारमा डुबाई दियो !

मायामा स्वर्ग पाईन्छ भन्नेले,जिउदै नर्कमा फाली दियो
सुख सान्ती दिन्छु भन्नेले, दुख्ने मुटु रेटी दियो !

अमर प्रेमको परिभाषा दिनेले,गर्बाई नबसी तुहाई दियो
मायामा खेल खेली दिनाले, जिउनु न मर्नु पारी दियो !

अस्टिन, अमेरिका

सपनीमा तिम्लाई


टंक सम्वाहाम्फे

सपनीमा तिम्लाई देखी वर्वराएछु राती
व्युँझी खोजे अध्यारो मै पाउँनलाई कति

मोहनी पो लायौ कि तिमी नै तिमी देख्छु
एकान्तको सुसार्इमा पनि तिम्रै वोली सुन्छु
भेट नहुँदा त्यसै त्यसै देख्दो रहेछ छाती
व्युँझी खोजे अध्यारो मै पाउँनलाई कति

वैरागी पो पार्‍यौ कि तिम्रै गीत लेख्छु
सम्झनाको तरेली मै मनको प्यास मेट्छु
रोजी सके तिमीलाई नै जीवनको साथी
व्युँझी खोजे अध्यारो मै पाउँनलाई कति

हे वुद्ध अव त व्यूउँत


केवल गंगा गुरुङ

तिम्रो घरको वलियो खम्वाहरु
हेर आज खोक्र्याई सके
तिमी खेल्ने आँगन
केहि पड्कीएको थर्कनाले भ्वाङ परिसक्यो
न त गनि साध्य छन् यहाँ
मुर्दाहरु
न त गनि साध्य छन् यहाँ
अपाङ्गहरु
न पुछी साध्य छन् यहाँ
आँसुका छालहरु
न त सम्हाली साध्य छन् यहाँ
मांसपेसी र अस्थिपञ्जरका पहाडहरु
के सोची तिमी आज
जताततै वारुद
वम,वन्दुक पड्कदा
कुम्भकर्ण निद्रामा छौ
संसारलाई शान्तिको पाठ सिकाउँने तिमी
संसारमा शान्तिको दियो वाल्ने तिमी
संसारलाई सत्मार्गतिर डोर्याउँने तिमी
तर आज
आफ्नै आँगनको नरसंहार
कसरी हेरिरहेकाछौ शान्तिका आँखाले
तिम्रो चिनारी ओम मणि पदमे हो
पनि विकृति वनिसके

तिम्रो तपस्यास्थल खोतलेर
ज्वालामुखी फुकी सके
के यतिले पनि पुगेन र ?
तिम्रो शान्तिप्रीय मनलाई
यो अशान्त वातावरणले झक्झक्याएन ?
हे वुद्ध अव त व्यूउँत
म फेरि प्रणाम गर्दैछु तिमीसँग
हे वुद्ध अव त व्यूउँत
तिम्रो सपनामा परेकालाई व्यूताउ
वेहोसी मै घर जलाउँनेलाई व्यूउताउ
तिम्रा ती सितल नयनहरुले
घोल शान्ति आँखाहरुमा
तिम्रो पवित्र हातले छुवाएर
घोल घोल मर्मस्पर्श घाउ
वुद्धम् शरणम् गच्छामी ।

सोच्दा सोच्दै


पवित्रा गुरुङ

सोच्दा सोच्दै
दिमागहरु तातीरहेकाछन्
त्यहाँ खिंचडीहरु पाकीरहेकै छन्
पस्कनलाई डाडु पन्यु
ठिक पारीरहेकै छन्
वटुका र थालीको खोजीमा
उताउति भौतारीरहेकै छन्
खाना नपाएकाहरु
भोकाई रहेकै छन्
पस्कनेहरु पस्कन नपाई
छटपटार्इ रहेकै छन्
छटपटार्इ रहेकै छन्

थालाजुङ गोर्खा

एकान्त


प्रतीक चाम्लिङ

यो बन्द कोठा भित्र
खोलेर सपनाका पोकाहरु
विरहका भुङग्रो जलाई
विगतहरु निर्ममता साथ
खरानी बनाउन चाहन्छु

आँखा बन्द गर्छु
कान थुन्छु
तर
सम्झनाको ढोकाबाट
अनवरत पसिरहन्छ विगतहरु
अनि
म जल्न थाल्छु आफै पीरसंगै विस्तारै विस्तारै ।

पर्दा खोल्छु झ्यालको
पर क्षितिजदेखी
उनको सम्झना मलाई चियाए झै लाग्छ
गोधुलीको मिहीन किरणसंगै
जबर्जस्ती हेर्छु पर पर सम्म
आँखाले नभ्याउने आकाश भरी
टाँगिन्छ उनी
उफ ! कस्तो यो सम्झना ?
मनको हासोलाई निमिट्टनै पारेर
फेरी रातको साँझ
झमक्कै पार्छ
म पर्दा लगाउछु

आँखा चिम्लन्छु फेरी
म कोठामा बतीको मधुरो धिप धिपे ज्वालोमा
उसै गरी जल्न थाल्छु विस्तारै विस्तारै ।

बन्द आँखाभित्र
कता कता उसकै मुहार आए जस्तो
तर
असम्भव ! हुनै सक्त्तैन
किनकी
धेरै भयो सपनाका ढोकाहरु बन्द छन्
थुप्प्रै रात भयो म देखी भागेको
सपना देख्ने नीदहरु
पुरानै घाउहरु अटसपटस भएर
मन भित्र हाम फालिईरहन्छ एक माथि अर्को
म चुपचाप सहिरहन्छु
लाग्छ निमेषभर मै मृत्यु अंगालुँ....
तर...
बांच्नु भन्दा मर्नु झनै गाह्र्रो
यो पीडादायक समय
भोगिरहुं म कतिन्जेल ?
म मृत्यु सहजै स्वीकार्नु तयार छु
बिस्तारै म आफुलाई छाम्छु
म मरिसकेछु जीवनदेखी
विवश म !
आफ्नै शव आफै पर्खिरहेछु
जिउदो मूर्दा भएर
शून्यताको चित्तामाथि
अध्यांरो कोठाको धिप धिप बत्तीको ज्वालोमा
जलिरहन्छु उसै गरी सधैं झैं विस्तारै विस्तारै ।

हाम्रा अमिट ईतिहासहरु


चकेन्द्र राई 'कैदी'

फुस्रदमा सृष्टिले मेहतन गरि बनायो नेपाल
परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल

३३ सै कोटी देबाताहरुको बासस्थान नेपाल
अनेकतामा एकता हुने यो मेरो देश नेपाल

छातिमा राख्छिन् विश्को शिर सगरमाथालाई
जन्माईन छोरा एशिया तारा सिद्धार्थ गौतमलाई

शान्तिको दुत ति गौतम बुद्ध सिता र साबित्रा
भृकुटीले पनि खेलेको भुमी हो ठानिन्छ पवित्र

जन र जाती भाषा र संस्कृति सम्पन्न मेरो देश
प्राचिन र आधुनिक सम्पन्नताको संयोजन मेरो देश

चौबन्दि चोली दौरा र सुरुवाल हुन्छ की भग्नाभेष
रोदी र मारुनी दोहोरी गीतको अझै छ अबषेश

त्यो विश्व युद्धमा नेपाली लडे रे लडाकु बनेर
नेपालीहरु संसारै भरी चिनिए तब बहादुर भनेर

फोक्ल्याण्डकोटापु कोसोभो कारगील लडे रे नेपाली
बीरको नामले चिनिन थाल्यो बिश्वमा नेपाली

दुश्मनहरुले नेपाललाई लुट्न आक्रमण गरे रे
नेपालीहरुको साहसको सामु बैरी नै हार् यो रे

नालापानि लड्नेले युद्धको कथा सुनाए मलाई
श्रद्धाले एक पल्ट सलाम गरौ ति बीर हरुलाई

यो हाम्रो ईतिहास मेटेर मेटिन्न अक्षर छ सुनको
गर्व छ मलाई नेपाली हुदा यहि मेरो जन्म भो

प्रबासी भूमिबाट प्रियसीलाई पत्र


योगेन्द्र गिरी,संघश,

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई

यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई

दिन रात तिम्रै यादम तडपीदै छु
के छ गाउ घर तिरको नया खबरहरु

के छ तल्ला घरे कान्छी को हालचाल
बिहे भयो रे भन्ने सुन्दै छु आज

के छ छोराहरुको पढाई
स्कुल जादै छन् कि आन्दोलनमा होमीदै छन्

के छ बाबा - आमाको खबर
सन्चै छन् कि बिसन्चो छ बाबा-आमालाई

के कस्तो छ यो बर्षको खेतीपाती
असिना पानीले सबै उडायो रे भन्ने सुन्दै छु

यो बर्ष पनि फर्की आउन पाइन प्रियसी
मेला पात गर्दै गर्नु प्रियसी तिमीले
अर्को बर्ष अबस्य पनि फर्की अउने छु प्रियसी

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी -नेपाल
हाल - मुलुक बाहिर
ईमेल- yogendra.yogen@yahoo.com

बिभत्स दिवास्वप्न


आचार्य प्रभा

उफ ! कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
"आमा" "आमा"........
चिच्याइ रहेकी थिएँ
अनायस हावाको झोँक्का आएर
मलाई चिसो स्पर्ष दियो,
अनी मलाई कानमा शब्दहरुको
बौछार गर्न थाल्यो
ए... "आमा"शब्दको साईनो
कस्लाई लगाइरेको छस ?
छैन तेरी आमाको अस्तित्व अब
ऊ हेर तेरी आमा खोक्रो शरीर लिएर
हावामा कावा खाँदै
माया र सद्भावनाको साईनो खोज्दै
उडिरहेकी छे,
नत्र....विश्वाश लाग्दैन भने
मैले आफ्नो शिर उठाएर माथि हेरें
एउटा रङहिन चङ्गा बत्तसिदै उडिरहेको थियो
म हेरी रहें,हेरि रहें ,
चङ्गा कावा खाँदै उडिरहेकोथियो
अनायस.... धागो चुंडियो
चङ्गा बत्तासिदै भुइँमा झर्न थाल्यो
म अधीर बनेर हेरिरहेको थिएँ
अनायस फेरि मैले टेकेको
सगरमाथाको हिउँ पनि पग्लिन थाल्यो
म पनि खुट्टाले अडान पाउन नसकी
भुइँमा बज्रिन पुगेँ ,
मेरो शरीर त्यही चङ्गाको छात्तिमा
अडिन पुगेछ,
मेरा शरीरमा अल्झिएका हिउँका ढिक्काहरु
अनायस पानी बनेर चङ्गाको छात्ती चिस्याउन
वाध्य बनेछ,
त्यो चिसोपनले जब म निन्द्राबाट
झल्याँस बिउँझे मेरो अगाडि
एउटा जवान केटो उभिएको रहेछ
जस्ले भनी रहेकोथियो आज मेरो
लापरवाहिको कारणले मैले मन पराएको
चङ्गा खुशीले उड्न नपाई भुइँमा खस्यो
जस्को खुशीको उडानको अधिकार मैले खोसें
जस्ले अल्पायुमा नै अवसानको बाटो
रोज्नु पर्‍यो,
जसरी मेरी धर्तिरुपी आमाले भोग्दैछिन
हो म त्यही अप्राधी खेलाडी बनेँ
जस्को डोरी मेरो हातमा थियो
आफ्नै लापरवाहिले आँफै छिनाएँ ।
ऊ मौन बन्यो ........
मेरो शरीरबाट पग्लिएर झरेको पानी त
त्यही चङ्गाको आसुँ बनेर झर्न थाल्यो
मैले चङ्गालाई समातेर हेर्न चाहेँ
त्यही आँशुरुपी पानीले गलेर
चङ्गाको स्वरूप भाताभुङ भयो
अनी बल्ल.....म झस्किन पुगेँ,
कतै मेरी आमा पनि यसरी नै
आकारहिन भ्एर मेटिने त हैन ?
अनी सोँचे मैले मेरी आमाको पटुकीलाई पनि
दर्हिलो सँग समाउनु पर्छ ,
कतै त्यही जवान केटोको हातबाट
धागो चुँडिएर चङ्गा झरे झैँ
मेरी आमाको पटुकी पनि चुँडिएर
आमा निर्बस्त्र नहुन र आमाको
अस्तित्व पनि त्यो निरश चङ्गा झै
सुन्यतामा बिलिन नहोस्.....,
अस्तु /

(अमेरिका )

आजका मान्छे


बसन्त मोहन अधिकारी

खोजी र अनुसन्धान
मानव सुख शान्तिको
आवश्यकता
विकास
यसैले महल, पजेरो, जहाज बन्यो ।

विकशीत स्वरुपमा
कल्पबृक्षको निर्माण
स्वयमको लागि,
वंश र धर्मको लागि,
पाटीको लागि,
देशको लागि
राख्न र उपभोग गर्न
ऊ लागिपरिरहेछ
जोगाउँने होडवाजी
बम, बन्दुक, मिसाएल बनाईरहेछ ।

उपलब्धि र निर्माण
स्वयमको लागि
परिवार मार्छ
वंश र धर्मको नाममा
युद्ध गर्छ
पाटीको नाममा
जनता जुधाउँछ
एकै घर यो पृथ्वीको भागवण्डा
आफ्नो देशको रक्षार्थ
अर्को देशको जनता मार्छ ।

अन्ततः जसले
जे जे खोजे पनि
जे जे गरे पनि
मर्ने र मार्ने
यहि मानव भयो ।

आजका मान्छे
यो विकशीत स्वरुपमा
सुन्न त सुन्छ
बुझ्दैन
हेर्न त हेर्छ
देख्दैन
यसैले रोदन र चित्कारका
ऐया... ऐया.. आवाज गुञ्जीरहेछ ।
यो भयाभव दृष्य देखाईरहेछ ।
मानव आत्माको खोजी नभएर
मानव ह्रदय बोधो भएकोछ ।

प्रतिफल
यत्रो विकास र उपलब्धिमा पनी
स्वयम आजका मानव
रोईरहेछन् ....
रोईरहेछन्.....

चितवन

डर


पवित्रा गुरुङ

ठुलो वगैचामा गएकी थिए
एउटा फूल टिपी ल्याए
कहि कतै सजाउँनलाई
रहरहरु वढी आए ।

मनमा सजाउँन लागें
पिर सर्ने डर भए
मुटुमा सजाउँन लागे
धड्कनले थर्काउने डर भए
आँखामा सजाउँन लागे
आँसुले बगाउँने डर भए
हत्केलामा सजाउँन लागे
कसैले चोरी लाने डर भए

ठुलो बगैचामा गएकी थिए
एउटा फूल टिपी ल्याए
कहि कतै सजाउँनलाई
डरै डर भरी आए

गीत


केवल गंगा गुरुङ

मीठा मीठा भुलहरु गर्ने तिम्रो वानी
मैले पनि सहे रै'छु खै के नजानी

टाढा हुँदा सधै सधै गर्थ्यौ आनाकानी
नजिकिदा गर्न खोज्छौ आफ्नै मनोमानी
के सोची तिमीलाई दिएछु खै स्विकृति
मैले पनि सहे रै'छु खै के नजानी

अंगालोमा भर्दै अनमोल यी जवानी
विपनामा उतार्छु तिम्रो सपनाको कहानी
कसरी म आए अरुको पर्वाह नगरी
मैले पनि सहे रै'छु खै के नजानी

गजल


इप्सुल मगर

नजिक र टाढाको प्रिय के कुरा गरार्इ भो
सम्झीनै पर्छ भनेर मैले के अह्रार्इ भो

लाग्छ कति वेला हाम्रो मायामा पनि
समझदारी कता बसार्इ सरार्इ भो

भूल भएछ भने देखि जानी जानी नठान है
अविश्वासको तुवाँलोमा के माफी मगाई भो

युगौ देखि हाम्रो मायाँ दैवले पनि हार्नेछ
जानेर पनि कति वेला बुझ पचाई पो

समय न हो सधै वाध्यताले डोर्याई राख्छ
त्यसैले त कतिखेर अविश्वासको रजाँर्इ भो

मूल जस्तो सद्वहार खहरे खोला होइन
मायाँ अनन्तर छ तिमीलाई के सुनाई भो

अरुको दुखमा


दिलिप योन्जन

अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए !

बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने
आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने
सबले देख्छ हासो खुसी, बाचेकोछु पल-पल मरी
फाट्ने मन केले सिलाउ, च्याती रहन्छ घरी-घरी !

दबैसग रोग साटदैछु आजा, रात दिन पर्खी ऐले
ओइलिए पछि फुल्ने आसमा,बिताउदैछु बाकि जिबन मैले
पुछेर आसु सकिन कहिले, मनको मन्दिर जले पछी
पुजेर ढुङ्गा पाइन जिबन, रोगले भित्रै खाए पछी !

अस्टिन, अमेरिका

जुन


दिलिप योन्जन

अन्धकारमा डुबेको अभाबको जिन्दगी
कालो रातमा उज्यालो छर्न झुल्किएकी जून
सुनसान सुनसान सडक बस्ती हुँदै
कोठामा निर्बस्त्र नागिए झै
सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै
दुख सुख सगाल्दै, निसासिदै
समुद्र, मरुभूमी ,हरियाली हुदै
एक क्षितिजबाट अर्को क्षितिज चाहार्दै
एक्लो उजाड जिन्दगी बोकेर
पाखा पखेराहरुमा अल्झिन्दै
अन्धकारमा पिल पिल उज्यालो छर्दै
गाँउ, बस्ति, झरना अनि टाकुरा हुदै
एउटै गतिमा उकाली, ओराली अनि देउराली हुदै
आश्था र भरोसाको दियो झै
हरेक झिस्मिसेबाट निस्किएर उज्यालिदै
क्रमस एउटा गाँउ बाट अर्को बस्ति हुदै
निर्धारित गन्तब्य लिएर सधै
लम्किरहन्छ बिस्तार बिस्तारै...........

अमेरिका, अस्टिन

जिम्मा कस्ले लिन्छ ?


चकेन्द्र रार्इ "कैदी"

एक जोडी परेवा रत्न पार्कमा उडार्इ दिन्छन् ।
उद्घाटनको नाममा रातो रिबन चुडार्इ दिन्छन् ।

अझै पनि सुक्या छैन हातको मेरो आलो ठेलो।
नेता जी को मिठो भाषण ढाटि खाने मेलो ।।

एउटा नेता एकै दिनमा के के गर्न सकेका हुन ।
स्वास सम्म नफेरी नै बक्न सम्म बकेका हुन ।।

जनता पनि उस्तै नै छौ सबै सबै बेराजगारी ।
त्यसको फाईदा नेताहरु लिए कै छन् घरी घरी ।।

शान्ति पनि आ को छैन न त हुन्छ बिकाश ।
इमान्दारी नेता बने यहि यसको निकास ।।

नेपाल र नेपालीको झन झन बड्दो बेहाल ।
हामीहरुले चाहेको खै त हाम्रो नयाँ नेपाल ?

असस्तुष्टि जनताहरुलाई जवाफ कस्ले दिन्छ ?
संविधान नबनेमा यसको जिम्मा कस्ले लिन्छ ??