आशिष पाण्डे
सत्तामा त पुग्यौ क्रान्ति, देशलाई केहि भएन
युद्ध कालको बानि तिम्रो, कहिल्यै गएन ।।
यसो गर्यौ भने क्रान्ति, तिमी कहिल्यै टिक्दैनौ
आफ्नै सन्तान मारेर, देश बनाउन सिक्दैनौ
आफ्नै स्वार्थ देख्छौ क्रान्ति, जनताको मर्म देख्दैनौ
देशको मुख्य कुरा तिम्ले, संविधानमै लेख्दैनौ ।।
सारा जनता भ्रममा परे , तिम्रा स्वार्थी कुराले
देश अनि जनतालाई नै, हानिदियौ छुराले ।।
आफ्नै स्वार्थ पुरा गरि, देशलाई उधो झार्दै छौ
आखिर निर्दोष जनता, तिम्ले, किन मार्दैछौ ?
अति मात्रै होइन क्रान्ति, अत्याचार पनि गर्यौ
सारा जनता भोकै राखी, आफ्नो मात्रै पेट भर्यौ ।।
देश बनाउ भनि तिम्लाई, जनताले छोडिदिय
के देश बन्छ ? दलहरुको सहमती तोडिदिय ।।
ठमेल , काठ्मान्डौ , नेपाल
No comments:
Post a Comment