जनयुद्ध


योगेन्द्र गिरी

कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद्ध तिमी नेपाली भूमिमा
तेह्र बर्षको यति ठुलो युद्धमा पनि भएन देशमा शान्ति किन ?

त्यति बेला भन्यौ जनतालाई तिमी नेपाललाई स्विजरलेण्ड बनाउछु
नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले किन ?

अहिले सरकारबाट बाहिरिएर जनआन्दोलन गर्छौ किन ?
दसौ हजार जनताहरु भने तातो गोली खाएरै मरे

तिमी भने महलमा देश विदेशको भ्रमण गर्छौ किन ?
किन प्रचण्ड तिमी किन ?....................................

धुपू - १ लेब्रंग
संखुवासभा
इमेल- yogendra.yogen@yahoo

पैसाको लोभ


रामु गैरे

कुबेर बन्नु थिएन मलाई
पिरितिको मायामा आगो लगाइ
घर परिवार सबै सँग बिछोड गराइ
अनी आफ्नो मान्छे पनि बनायो पराइ
आफ्नै सन्तानले पनि बुवा नदेखेको धेरै भैसक्यो
अनी उमेर पनि ३ भागको २ भाग गैसक्यो
पैसाको जात कालो रहेछ जती जती भये पनि नहुने
साइकल अनी बाईक अनी कार त अनी प्लेन
मर्ने बेलाको अन्तिम सास्मा पनि उस्लाई छैन चएन (पैसाको बारेमा )
यस्तै रहेछ साथीभाइ यो पैसाको जात
स्वोदेश्मै गएर परिवार सँग बट्टाउनु पर्छ हात
अनी हेर्नुस त कती रामो परिवार सँगइ को साथ
मरेर जादा लगाउने कात्रोमा गोजी हुदोरहेन्छ क्यार
जती कमाये पनि सँगइ लियर जाने
जिन्दगीभर खाइ नखाइ दु:ख गरेर कमाएको
जती सबै पैसा अनी सम्पत्ति सबै सित्तैमा दिएर जाने
साथीभाइ जती बिदेशको गुलामी गरेपनी यस्तै रहेछ
अबत केही गर्नु नै छ भने आफ्नै स्वोदेश्मै अगाडि सर्नुस्
म भने सधैंका लागि बिदेश बाट बिदा भएर जानेनै भये
अनी तपाईंहरुले पनि अब सोच बिचार गर्दै गर्नुस्
नुवाकोट ४ चिउरामती अर्घाखाँची
हाल दुबइ

उडाइ लग्यो सानो संसारको छानो


आचार्य प्रभा

रहेन अस्तित्व तिम्रो अब
खै!तिम्रो रूपको महत्व
अनी खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरु ,
अनी धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व ।
"नम्र"लाग्दथ्यो तिम्रो स्वभाव
"नम्रता"नाम पाए झै
शालिन लाग्दथ्यो तिम्रो मुहार
प्रकृतिले बरदान दिइे सजाए झै
त र अब लाग्यो ............,
तिम्रो स्वभाव र तिम्रो सौन्दर्य
केवल तिमी बिपरित भएर
कलंकको आँधिबेह्री बनेर
तिमीलाई छल्नलाई
तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ
अनी तिमी बहकियौ
रूपको कालो बजारमा
या त फँस्यौ कसैको जाली मोहमा ?
या त तिमीमा दैत्यरुपी सोँचले
डेरा जमायो ,
वा त तिमी कसैको स्वार्थी मोहमा
लिप्त बनेर पागल बन्यौ ।
भन्छन कहिले कही मानव सोँचमा
दानवले बास गर्छन्
अनी बहकिन्छ मन,
हो कहिले मन चँचलताको परकाष्ठा
नाघ्न पुग्छ
अनी कलुषित बनेर
पाइला डग्मगाउँछ आँफैमा
भुइँचालो मचाएर ,
ध्वस्त बन्छ सपनाको महल
उडाइलान्छ "सानो संसारको छानो"
अनी सर्वाँग नग्याइदिन्छ
जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै
सुस्त सुस्त ...............,
हो यही नियती भोग्नु पर्‍यो तिमीले
बैंश र रूपको आडम्बरमा फंसेर ,
अब सोँच्दै हौला पश्चतापको दिन गन्दै
आत्माग्लानिको ज्वालामा दन्केर ।

(समर्पित उनै मीठो गल्ती गर्ने यौवनालाई )

गीत


इप्सुल मगर

जन्मभूमिको मायाँ खिइयो कि कतै !
प्रदेशीको त्यो मन सिइयो कि कतै !

ती बुढा आमा र वावा पर्खेका छन् है
मीलनको दियो मनमा बालेका छन् है
विश्वासको पोको त्यहाँ छिनियो कि कतै

प्रतिक्षामा समयले धेरै रंग फेरि सक्यो
भाग्यले तिम्रो कर्मको खेल हेरि सक्यो
तै पनि सस्तो मै पसिना विलियो कि कतै
प्रदेशीको त्यो मन सिइयो कि कतै

अभीष्ट र्इच्छा


खगेन्द्र थापा

हिजोसम्म आशाको क्यानभासमा रंगिएको यो मन,
रङ र कुचीको अभावले छट्पटार्इ छट्पटार्इ
आज मानवताको मरुभूमीमा मुर्छित भएर ढल्न लाग्दा
अचानक छङ्गछङ्ग बग्ने झरना जस्तो, कञ्चन लेकाली ताल जस्तो
निर्मल सागरको उर्लदो छाल जस्तो, विषैविषले भरिएको बोत्तल देख्छ,
अभागी हातहरु त्यतै लम्कन्छन् नजर त्यहीँ लठिन्छ
सायद, फगत एउटा अन्तिम आशा पसारेर
अर्ध चेतनामै मैले टुलुटुलु हेर्दैगर्दा, गम्दागम्दै, सोच्दासोच्दै,
अमृतमय त्यो काँचको बोतल प्याट्ट फुट्छ
त्यसैले होला, म आत्तिएर बेस्सरी चिच्याउँदै हुन्छु
कलेटीपरेका ओठ बाँउदै बिछिप्त स्वरले,
केवल, पानी.....पानी.....भनेर,
तर
"असिम दुःख बेदनाका माझ अझै किन बाँच्नु पर्ने -"
मैले, म भित्र लीन भएर चिन्तन गर्दैगर्दा
ऊ भने, खुरुखुरु बालुवा भिजाउँदै हुन्छ
बोतल र मेरो जिजिविषा लत्याएर
सधैँ, सधैँका लागि हाम्रो जीउने आशा बत्त्याएर
तर पनि, सासले साथ नछोड्दा सम्म
बाँच्ने आशाहरु सल्बलाउँदै थिए यो दधिची हृदयमा
तब त म, जीवन मरणको संघार टेकेरै पनि
विक्षिप्त ढुक्ढुकीको रथ हाँकीरहेथेँ
खियाले खाईसकेका मेरै गाउँबस्तीहरु माझ,
आतंकले क्षतविक्षत् मनस्थितिका साथ
छिनछिनमा हरे कृष्ण हरे राम जपेर
खाँटी पागलको उपमा खेपेर,
अनुभूतिहीन म, त्यतिबेला कम्पित स्वरमा बर्बराउँदै थिएँ
यो मुलुकमा अब पनि यस्तै भाँडभैलो मच्चिई रहन्छ भने
"भो, प्यासी रहरहरु नमौलाउन् घार्इते मनलाई जंजिरले बाँधी दिन्छु
छिचिमिराहरुले दिउँसै ताण्डव नृत्य देखाइ रहन्छन् भने
मुर्छित रहरलाई पहाडले थिचिदिन्छु,
अझै आत्मदाह नहुने हो भने, जिउने आशा नमर्ने हो भने,
बाँचेर मैले हिड्नै पर्छ भने ।"

म परदेशिनुको आशय


आचार्य प्रभा

करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरुलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।
बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनी पीडा आफन्त थियो
त्यो पल,
शायद समस्याले जकडिएको
त्यो समयमा आफ्नाहरु पनि
तर्किएर बैरी बने होलान,
मन भौंतारिएर आश्वासनको खोजिमा थियो
शान्त्वनाको पुल बाँधिदिने हातहरु
सुन्यतामा हराए शायद ,
हो यस्तै बाध्यताहरुको कसिमा
आफुलाई बाँधेर म परदेशिएकी छु।
बैरी र अवसरबादिहरुलाई आकर्षणको
फूल चढाउन
म टाढा आइेपुगेकी छु ,
मेरो टाडिनुको अर्थ हो
म आकर्षक बनुँ
जस्लाई फेरि बैरी मनहरुले
श्रद्धा र आफ्नोपनको आँखाले नियालोस
घ्रीणा र हिनभावनालाइे पखालेर
एउटा जिवित मान्छे बनोस।

(अमेरिका )

गजल

केशब आचार्य

बैँशालु त्यो उमेरमा ,तातो हावा चल्न सक्छ
मात धेरै चड्यो भने ,जवानी त्यो ढल्न सक्छ।

पुर्णिमाको जूनसँगै ,मन्द मन्द हिँडे पनि
सामिप्यमा दुई जोवन ,तात्तिएर बल्न सक्छ ।

चिसो हुन्छ कहिलेकहीं ,बाधिएको रात पनि
एक्लो मन कहिलेकहिं ,आगोसरी जल्न सक्छ।

मनै त हो ढुङ्गासरी ,जत्तिसुकै बाँधे पनि
चिसो हुन्छ फलाम तर ,भट्टी भित्र गल्न सक्छ ।

(अमेरिका )

गजल


इप्सुल मगर

रानी वनमा कोईली गाउँदा मूनाल नाच्यो अरे
जोडी ढुकुर परेवा झैं मायाँ गास्यो अरे

सुनगाभाले गुराँससँग सिन्दुरको पैँचो माग्दा
गुलाव फूल पनि आज काँढासँगै हास्यो अरे

समय सँगै परिवर्तन हुनुपर्ने रितु देख्दा आज
पतझरमा न्याउली रुँदा पानी वस्र्यो अरे

उषा र सान्ध्या भेट कहिल्यै पनि नहुँदा
ग्रहणमा चन्द्र र सूर्यले आँशु झार्यो अरे

साँच्ची नै शीतलताको प्रतीक जुनेली रातले पनि
मानवतामा स्वार्थीपन देख्दा औंसीमा आँखा छोप्यो अरे

गीतैमा रोएं


दिलिप योन्जन

गीतैमा रोएं, बेदना धुन, झन पिर भासिगो
बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो।

घामको जलन, घामैलाई होला, जूनलाई के थाहा
तरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहा
सागरै प्यासी, तनको प्यासले, झन तिर्खा लगायो
आँखैमा लुकाई, राखेको मायाले, रुवाउनु रुवायो।

हाँसोमा हाँसुं, सकियो हाँसो, ओठभरी रोदन छ
तड्पिंदा आत्मा, चर्किन्छ मुटु, बेदना बढ्दो छ
आँसुले धोएं, आत्माको जलन, निभाउन गाह्रो भो
मन थाम्न खोज्छु, भकानो फुटी, आँसुमा डुबिगो।

अमेरिका, अस्टिन

गजल


बसन्त मोहन अधिकारी

फुल्दै होलान् फूलहरु गाँउघरमा अझै पनि
बाँच्दै होलान् कयौं फूल मेरो भरमा अझै पनि

दशैं आयो तिहार आयो शान्ति भने आई छैन
प्रदेशमा बस्नु पर्यो करै करमा अझै पनि

प्रेम र विश्वास मर्दा गाँउघरमा रुवाँवासी
बाँच्नु पर्यो म नेपाली मर मरमा अझै पनी

हत्याहिंसा बलत्कार यो भ्रष्टचार पेवा हुँदा
शान्ति, प्रेम, विश्वास ढले बगरमा अझै पनि

गाँउघरमा रहि रह्यो चिसो चुल्हो नाङ्गो आङ्ग
यो दशैंमा म रुँदा हाँस्छन् शहरमा अझै पनि

यूर्एइ चितवन

गजल


आचार्य प्रभा

नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो सामू
मेरा मनका सारा ब्यथाहरु पनि ,सारें तिम्रो सामू /

दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात
आँशुको नदी पार गर्दै, आफुलाई तारें तिम्रो सामू /

उडिरहन्थ्यो यो मन पनि बहकी, सधैं कहाँ कहाँ ?
थाम्न नसकि पीडा मनको, फेरि हारें तिम्रो सामू /

आफैबाट अल्पपरिचित बनी,बांची रहेथें म एक्लै
अन्जान बनेको मनलाइ आज पारें तिम्रो सामू /

(अमेरिका )

गीत


केवल गंगा गुरुङ

म त जातै सर्मीली तिमीले पनि मुखै खोलेनौ
आँखाले त वोली रह्यो मनको कुरा कहिलै खोलेनौ

आज म त आए हेर तिमी भन्दा धेरै वर
तिमी विना सजाउँदै छु म आफ्नो निरस घर
हिड्न चाहे सँगसँगै तिमीले आउ भनेनौ
ति म्रो लागि फूलेको फूल मेरो भनि टिपेनौ

बजी रह्यो सहनार्इ शोकमा डुवेको वेला
छेक्न भनि आएनौ तिमी नजाउ कतै भनि
झरी रहेको मेरो आसु तिमीले कहिलै पुछेनौ
विदा दियौ सधैको लागि कहिले आउँछौ भनि सोधेनौ

गजल


आचार्य प्रभा

नखाएको बिषले पनि मार्दो रैछ यहाँ
षड्यन्त्रको जालमा पनि पार्दो रैछ यहाँ।

जिन्दगीलाई जितै जितमा राख्छु भन्नेले
जानी जानी बाजी पनि हार्दो रैछ यहाँ ।

मनलाई कठोर बनाइ बाँच्न खोजे पनि
एकान्तमा आसुँ पनि झार्दो रैछ यहाँ ।

तिम्रै समीप सधैं नै बाँच्छु भन्नेहरुले
चालै नपाई मनको माया सार्दो रैछ यहाँ ।

साँचो कुरा,सत्य बचन बोल्ने बहानामा
मनको कुरा खोल्न पनि टार्दो रैछ यहाँ ।

(अमेरिका )

जे छ देऊ


खगेन्द्र थापा

फूलले बास्ना दिन्छ, बिनास्वार्थ सुन्दरता दिन्छ
के थाहा उसलाई, दिनुहुन्छ हुन्न, र पनि दिन्छ
जूनले निस्वार्थ शीतलता र उज्यालो प्रकाश दिन्छ
के थाहा उसलाई दिनुहुन्छ हुन्न, तर पनि दिन्छ
तिमीमा चाहि के स्वार्थ छ र ?
तिमी त मान्छे हौ, तिमीमा ज्ञान छ, विवेकी छौ
के छैन र तिमीमा ? त्यसैले देऊ
फूल नै नभए पनि फूलको जस्तो सुवास देऊ
जून नै नभए पनि जूनको जस्तो आभा देऊ
दिंदैमा तिम्रो मन रित्तिदैन, जिउने आशा देऊ
आफ्नो पन सिद्धिदैन, बाँच्ने अभिलाशा देऊ ।
कामले दाम दिन्छ, सुन्दर नाम दिन्छ
स्वाभिमान दिन्छ, अझ अमूल्य सम्मान दिन्छ,
के थाहा उसलाई दिनुहुन्छ हुन्न, र पनि दिन्छ
घामले उज्यालो बिहानी दिन्छ, सुन्दर जवानी दिन्छ
के थाहा उसलाई दिनुहुन्छ हुन्न, तर पनि दिन्छ
तिमीमा चाहि के स्वार्थ छ र ?
तिमी त मान्छे हौ,
तिमीमा बोध छ, बुद्धिमानी छौ
बरु, के छैन र तिमीमा ?
त्यसैले, तिमीसँग जे छ त्यही देऊ
घाम नभए घामको जस्तै ज्योति देऊ
केही नै छैन भने पनि पसिनाको मोती देऊ
दिंदैमा तिम्रो ज्यान सिद्धिदैन, स्वाभिमान रित्तिदैन
बरु, बाँचुन्जेल मान पाउँछौ मरेपछि सम्मान पाउ“छौ
त्यसैले जति सक्छौ देऊ, जे सक्छौ देऊ, जसरी सक्छौ देऊ,
केहीनभए, घृणा होइन माया देऊ, शीतल छायाँ देऊ दिनचै“ देऊ
एकरत्ति कन्जुस्याँर्इ नगरी देश र जनताको लागि केही न केही देऊ ।

म गएँ है आमा


हस्त गौतम मृदुल

म गएँ है आमा भन्दै गयौ, फेरी फर्केर आयनौ
आसामायिक निधन भयो हामीलाइ देख्न पाएनौ

कस्तो दशा यतिबिधि धनजनको अपुरणिय क्षेती
के बिपत्ती आइ परयो गृमाउदा भयोनी ठुलो खती

खाउँखाउँ लाउँलाउँ भन्ने बेला दुर्घटनामा परयौ
जीवनभर आँशुमा डुवाइ हरे अकालमा नै मरयौ
आँखा ओभाएका छैनन शोकले चेत खुलेको छैन
शोकलाइ शक्तिमा बदल्नलाइ कोही सफल भैन

संयोग होकी नियतीको खेल कालले खोसी लग्यो
हेर्दा हेर्दै ति जिवित शरिर सुनकोसीमा नै बग्यो
स्तब्ध पारी अचानक हरे कैलै नर्फने गरी गयौ
बिचल्ली पारेर आफन्तलाइ अनयास बिछोड भयौ

सिंगो बस्ती नै आँशुमा डुब्यो शोकामग्न भयौ
अन्तिम श्रद्धान्जली चढाउदै भावविबहल भै रोयौ

सुकुटेमा भएको बस दुर्घटनामा सुनकोसीमा परी दिवंगत हुनेहरुलाइ श्रद्धान्जली

निर्देशक हो मन


आचार्य प्रभा

बहकिन सक्छ मन
कतै छट्पटिमा आत्तिएर
टुक्रिन सक्छ मन
कँही पीडामा बल्झिएर,
हो, मन यस्तै छ
कोमल बन्छ कहिले
नचांहिदो तर्कमा बिनासित्तिमा,
कठोर बन्छ कहिले
डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म
त्यसैले त हजार मान्छेको मन
हज्जार थरिका .........,
अनी ब्यवहार पनि परिपरिका ।
आखिर सबै परिणामहरुको
उपज हो यो मन ,
अनी त... सोँचाइ र बुझाईमा पनि
कत्ती असमानता ?
शायद मनको बर्गिकरण नभएको भए
जीवन भोगाइमा हुने थिएन भिन्नता
हो यही मनको दर्पणले
कसैको मुहारमा बुद्धको आक्रिती
झल्काएको छ भने
यही मनको रंगले कसैको मुहारमा
कालो रंग पोतिएको छ ,
म त भन्छु,
मन बजारमा तमाशा देखाउने नौटकी हो
फेरी भन्छु यो मन,
छेपारोको रंग फेर्ने प्रव्रीती हो ,
अनी भन्छु मन
आकाश गर्जिएर धर्तिलाई
त्रास देखाउने गर्जन हो
हो यो मन ,
मान्छेलाई बिभिन्न रूपमा
अभिनय गराउने निर्देशक हो ।

(अमेरिका )

गजल


बसन्त मोहन अधिकारी

अमृत भनेर मैले बिष पिएको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

आँशु पुछेर उनको आफै रुदैछु आज
यो खुसी लुर्टाई मैले आँशु साँचेको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

भिजेर उनको विष ढल्दैछु सडकमा
मलाई डसेर मार्ने र्सप पालेको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

आफन्त त्यागेर मैले उनको साथ दिदा
सिन्दुर भरेर मैले चिता मागेको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

चितवन

बोकियो भारी


दिलिप योन्जन

बोकियो भारी जिन्दगी भरी, उकाली देउराली
सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी

सबैको देख्छु हासो खुसी, मैरहेछु अभागी
बिताउदैछु नि दुखिया जिबन, आसुले पखाली

चुहियो छानो छैन मानो, मुसा कराउने
आङको लुगा आङैमा फाट्दा, मान्छे रमाउने

दुखिको दुख कस्ले देख्ने, भगवान मुर्तिको
ब्यया पिडा जिन्दगी रैछ, अभागी खपरको

धर्म गरु जातै सानो, दिदैन ढोग्नलाई
मागेरै बित्यो सकिएन अधिकार, खोसेर लिनलाई

अमेरिका

भालेको अण्डा


स्यानु पाईजा

छोपेर पनि सर्बाङ्ग
उ भुतुक्कै लजाएको बेला
बेल पाक्दै छ
चराहरु भाका फेर्दै छन
आकाश ले रँग फेरेको छ
लाटो कोसेरो रात भरि उड्छ
बिरालो डराउँछ
कुकुर नौलो मान्छे होईन
आफन्तै लाई पनि शंका गर्छ
पोथी ओथारो बसेको बेला
सुलसुले ले सताएको छ
भिटामिन मिसिएको दाना ले
भाले ले अण्डा पारेकोले छक्क छ
यहि नै हो उ लजाउनु को कारण
उ सबेरै को कुनै प्रहर पनि
बाँस्न सकेको छैन
बिचरा बोईलर को बिउ
भयङकर जीऊ भएर के काम
न कोर कोराउनु न कुखुरी काँ
केटा केटी फर्सी मा रंग दल्दैछन
महिलाहरु लाई कसौटी ले कसेको छ
बोली फेर्न लागेका केटाहरु
लाजै नमानी कन्डम फुकेर खेल्दैछन
भाले को अण्डा लिलाम हुदैछ
त्यस्तै मा हल्ला चल्यो
कालीपारी कुखुरी को अन्डा लाई
भाले को अन्डा भनेर
दश लाखमा बेचियो रे
हल्ला पनि कस्तो
उस्कै सराप बनेर आको
अब त्यसले मर्नु पर्छ
बेला न कु-बेला रेटिनु पर्छ
छेउ म अमलेट फ्राई हुदै गर्दा
उस्ले पनि मर्नु पर्छ

पात्लेखेत-७ ,म्याग्दी

गजल


आचार्य प्रभा

जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ
निराशामै अल्झिदिने जिउँदो लाश रैछ ।

जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर
पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ ।

बाँच्यौ भनी मक्ख पर्छन,यहाँ मान्छेहरु
साँचो जीवन बचाउने संघर्ष नै सास रैछ ।

जिन्दगीमा हाँसो,खुशी सबै नै अमुल्य छन
खुशी,हाँसो अँगाल्नु मात्र जीवन ह्रास रैछ ।

(अमेरिका )

दिलकी चरी

खगेन्द्र थापा

पिजडामा नथुन्दिनू वनमा रम्ने चरीलाई
तन दिनू मन दिनू एक्ली दुखी बरीलाई
माया दिएमा खुसी हुन्छे नदिएमा दुखी
खुसी पार्न गाह्रोरैछ कलियुगका हरिलाई

मन मुटु पोलिरहे हिउद बर्खा कैले हुन्न
लाज हुन्न वैरी हाल्छ आँखाको झरीलाई
जालीकुरा गरिहिड्ने बेइमानीको भर हुन्न
आँखा लाउने धेरै हुन्छन् स्वर्गकी परीलाई

राष्ट्रिय गीत


दिलिप योन्जन

देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

आमालाई रुवाई यो भुमी रङाई नगरौ है हत्या
आफ्नो देश आफै आगोले सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

बिरता देखाई नहसाउ सत्रु दाजु-भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सुर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

अस्टिन, अमेरिका

गजल


आचार्य प्रभा

कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।

मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।

म त तिम्रै चाहना हुँ,रिसाउ वा खुसाउ मसँग
रिसले होइन,दङ्याएर, पात्तिएको मन पर्छ ।

मनले माया गरेपछी,हर कुरा नै मीठो हुन्छ
म सँग रिसाएर,कागज झैँ च्यात्तिएको मन पर्छ ।

(अमेरिका)
(गजल बिशेष गरेर शुरा,सुन्दरी लाई लिएर पहिला लेखिने गरिन्थ्यो आजकल भने बिभिन्न कुरालाई समेटेर लेख्न थालिएको छ यो शिशु गजलमा मैले पनि अलिकती नशाकै चर्चा गर्ने प्रयास गरेकिछु )

अभियान


टंक सम्बाहाम्फे

हामी अहिले अभियानमा छौ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
के कस्तो अभियानमा छु होला भनेर
तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ
वास्तवमा अभियान
संकल्पको यात्रा हो
विश्वासकोगोरेटो हो
कसैले नगरेको हुन सक्छ संकल्प
कसैले नवुझेको हुनसक्छ दायित्व
तर जिवन भए पछि
स्वतह त्यो एउटा अभियानमा समाहित भएको हुन्छ
कसैलाई व्यस्तताले थाहा नहोला
कसैलाई वास्तै नहोला
कि जिवन कुनै अभियानमा छ भनेर
जव हामी अभियान थाहा पाउछौ
तव संकल्पको शुरुआत गर्र्छौ
जिवन यात्राको अनेकौ मोडहरुमा
र केहि गर्ने आट भरोसा वाधेर
संकल्प संगै दायित्वलाईअगाडी वढाउने
उत्साह जन्माउछौ
अथवा अभियानलाई दायित्वको संगालो भने पनि हुन्छ
किनभने संकल्प छैन भने दायित्व पनि हुदैन
दायित्व छैन भने संकल्प पनि हुदैन
दायित्व र संकल्प छैन भने जिवनै हुदैन
जिवनै नभए पछि संकल्प पनि हुने कुरो भएन
त्यसैले मानिसमा संकल्प र दायित्व भए झै
जिवनसंग सपनाहरु पनि गासीएका हुन्छन्
कसैलाई लाग्दो हो
अभियान नचलाए पनि जिवन चलिरहन्छ
तर त्यसलाई त्यहि कुरा थाहा नभएको हुन सक्छ
कि जिवन सुचारु हुनु नै अभियान हो भनेर
वास्तवमा
विना संकल्प
विना दायित्व
विना अभियान
जिवन सम्पूर्णता वन्न सक्दैन
बाच्नुसंग सम्झौता गर्दा
अभियान अभियान जस्तो नलाग्न सक्छ
तर अभियान भने थाहा नपाउनुसंगै चलिरहेको हुन्छ
त्यसकारण
कुनै अभियानमा छुर्इन भने पनि
कुनै दायित्व लिन्न भने पनि
कुनै संकल्प गर्दिन भने पनि
अभियानमा जुटेकै हुन्छ
दायित्वले थिचिएकै हुन्छ
संकल्पमा वाधिएकै हुन्छ
अभियानको आभाष नहुनेलाई
दायित्ववाट मुक्त भए झै लाग्दो होला
दायित्वको वोझ थाहा नहुनेलाई
संकल्प नगरे झै लाग्दो होला
तर थाहा नहुनेलाई थाहा नहुनुसंगै
उसको सम्पूर्णता चलिरहेको हुन्छ
तसर्थ जिवन भए पछि
अभियान हुन्छ
दायित्व हुन्छ
संकल्प हुन्छ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
त्यो वेग्लै कुरा हो
तर अभियान भने निरन्तर चलिरहेकै हुन्छ

राष्ट्रिय गीत


दिलिप योन्जन

देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

आमालाई रुवाई यो भुमी रङाई नगरौ है हत्या
आफ्नो देश आफै आगोले सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

बिरता देखाई नहसाउ सत्रु दाजु-भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सुर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

अस्टिन, अमेरिका