मृत्यु पर्खन सक्छु


स्यानु पाईजा

हाँसेर मान्छेको लस्कर
यि कस्को जन्ती हुन ?
कस्को बिबहा होला
दुलाहा कसरी सजिएको छ
मेरो मनको कौतुहल
खोई धोडा छ कि डोली
होईन रे यी मान्छेको लस्कर
मलामी हुन रे
मलामीको लस्कर
नयाँ तालको बाजा
नयाँ नयाँ स्वर
मौका मिलेको ले होला
लोकल सोकल सबैले
भोकल पास गर्दै रहेछन
यो मामुली मृत्यु होईन रे
यो मृत्युलाई मिडियाले
प्रचार गरेको छरे
लाईफ प्रसारण भयो रे
कयौ टेलीभिजन बाट
यो आत्महत्या हो रे
तिमीले टि भी हरे नौ ??
रेडियो खोलेनौ ??
सरकारको नयाँ नियममा
हत्या हुनेलाई मात्र होईन
आत्महत्या हत्या गर्नेलाई पनि
छतिपुर्ति दिईदै छ रे
पच्चिस लाख दिन्छ रे
डिभी परेन रे
बिदेशको भिसा लागेन रे
माथि बाट नशाको लत
नर्सरी देखी कलेज पढ्दा
पच्चिस लाख लागेको रे
लगानी दुबेको पिडाले
आत्महत्या गरेर लगानी उठाएको रे
मलामीको लर्को मलाई नाधेर गए पछी
मेरो मन मा खेलेका कुराहरु
मानौ म ब्यबारिसे लास
मेरो पनि आफन्त निस्केलान
छतिपुर्ति को रकम दामा साही लेलान
या म यहाँ छु भन्ने थाहा पाए भने
मलाई अपहरण गर्लान ?
के मलाई पनि मार्लान ??
भो डरलाग्दो कल्पना नगरौ
मलाई छतिपुर्ति दिनु पर्दैन
शान्तीले बाँच्न देऊ
मलाई मेरो देश बचाई देऊ
अपहरण नगर मलाई, अनि
मलाई आत्महत्या गर्न नउक्साऊ
म मेरो मृत्यु पर्खन सक्छु

म्याग्दी-७, पात्लेखेत

गजल

घनराज गिरी

भयो फूल यो मन तिमी आउनाले
इशारा गजवको गरी गाउनाले

म बाँके बिहारी तिमी चाहिँ राधा
यसै भन्न थाले सबै पाहुनाले

हटे बिध्न बाधा मिल्यो प्यार तिम्रो
गयो रात कालो तिमी छाउनाले

गरेँ पूर्ण सारा कथा जिन्दगीको
महायज्ञ भ्याएँ स्वयम् धाउनाले

झूकायौ परेली गयो भूइचालो
भयौ अप्सराझैं फुली लाउनाले

गजल

ध्रुव मधिकर्मी

रेखाहरु केही कोर्नु थियो
ऐनामा छैन कतै अनुहार

सोचेथें बस्ती बसाउनु पर्ला
पाएँ मैले जिन्दगी खण्डहर

अलिकति टाउको बचाउनु पर्ने
कहीँ पाइनँ जीवनको ओडार

थुप्रै छन् जग्गा जमिन त
खै कहाँ उभ्याऊँ सानो घर

गजल


भूपेन्द्र महत

.

कती रछन यहाँ छानोमा आगो फुक्नेहरु

माहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु

.

घरको बाघ बन्को स्याल हुइया कि गर्जन

शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु

.

अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान

सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु

.

स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे

अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु

.

सापटिमा हल्लिएका हुल्का हुल टाउका

वीर भएछन कसरी? थाङनामा लुक्नेहरु

विलिन व्यक्तिगत स्वतन्त्रता

किरण पौडेल

हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता, माग्न जाने काँ’पो होला
०७, १५, ३६, ४६, अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला
कति मरे, कति परे कसैसंग गिन्ति छैन
शहिद्को रगत् पानी हुंदा, चिन्ता लिने कोहि छैन
शाही शासन, राणाकालीन, पंचायती र बहुदलवाद
प्रजातन्त्र, जनगणतन्त्र, लोकतान्त्रिक गणतन्त्रको विवाद
यात्रा लामो गर्दा धरी, उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई, कुरा बुझ्न गाह्रो भयो
यिनको चासो दुइ छाक खाना, एक टुक्रा कपडाको
गर्मी, झरी, हावा छेक्ने, एक सानो झुपडीको
होईन ठूलो आशा यिनको, पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन, धेरै नै दिए बलीदान
कहिले उत्तर, कहिले दक्षिण, सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने, मर्म बुझ्ने कहिले हो नी
पुत्र नेपालको जन्मी, उद्दार गर्ने कैले होला
विलिन भा’को स्वतन्त्रता, भोग्न पाईने कैले होला

Tel: (965) 6707-3336, Kuwait

आमा


सुनिता गिरी

आमा तिमीलाई सम्झँदा ,
नयनमा मोती टल्पलाउँछ,
गाँठो पर्छ मुटुमा भक्कानीएर,
लर्बराउछ पाइला धर्तिमा,
हुकायौ बढायौ सहेर हजार चोटहरु
अनिदो ,छटपटीका रातहरु अनि भोकहरु
प्यासका पलपल घुट्कोहरु बिर्सेर,
भबिष्यको मिठो सपना बुनेर
तातेताते हिडन सिकायौ,
चिन्ताले फाटेको मन सिँउदै
अशिक्षाको डोको बेाकेरै भए पनि
सीसाकलम समाउन सीकायौ
बाहृखरी लेख्न सीकायौ
तिम्रो स्पर्श कति पबित्र,
पौडिरहे आँचल भित्र
कोरीरहन्थे सुनौलो सचित्र
भत्काउन दुखको पहाड,
निस्कीएँ आगनबाट दिनदहाड,
अग्लामहल र कारहरुको कोलाहल छिचोलेर
भावनमा डुबिरहे एकैछिन
कल्पनामा टोलाइरहेँ सम्झेर तिम्रो काख
तर, भुलिरहेँ शहरको रमझममा,
नशामा उम्लीयो तिम्रो याद,
झस्कीए, तर्सिए,आफनै छायाँ देखेर,
भुलिसकेछु तिम्रो माया
बिर्सी सकेछु तिम्रो छाँया
फोन गर्छु हरपल साथीलाई,
एक घन्टी पनि बज्दैन तिमीलाई
जन्मायौ किन यस्तो सन्तान लाई !
यो ब्यस्तताको कुहिरो भित्र
सबैबाट तिरस्कृत भएछुँ ,
अपमानको पगरी गुथेछुँ
मानवता हराएको नगरीमा एक्लो भएछुँ
निसास्सीदो यो यात्रामा ,
पोलिरहृयो तिम्रो ममताले
बाटो भुल्ने छैन पाइला लर्रबराए पनि
बिर्सने छैन आफना लक्ष्यहरुलाई
पखाल्ने छु मेरा पापहरुलाई,
रिन तिर्नेछु आमा तिम्रो चोखो स्नेहको
सुयोग्य सन्तान भएर फक्रिनेछु
तिम्रै पाउमा पुजा गर्नेछु
आमा तिम्रै सेवा गर्नेछु
हङकङ

कहिले माया


दिलिप योन्जन

कहिले माया घाम जस्तो
कहिले माया पानी
हासी खुसी बिताउ हामी
एक बारको जिन्दागानी।

दुख साटे सुख मिल्छ
जिबन भरी पल-पल
मरे पनि अमर हुन्छ
हाम्रो माया हरपल
कहिले माया फुल जस्तो
कहिले माया काडा
हासी खुसी बिताउ हामी
बाकी जिबन सारा।

खुसी फुले जिबन भरी
यही रहेछ स्वर्ग
सुख दुख जिबन सम्झे
मायामा यही धर्म
कहिले माया दिन जस्तो
कहिले माया रात
हासी खुसी बिताउ हामी
नलागोस मायामा बात।

अस्टिन, अमेरिका

डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन


आचार्य प्रभा

भ्रममा नपरौ कोही
ठुलो देशमा गएर
सानो देशलाई मानसपटलबाट
निकाल्छु भनी
त्यसो ---होइन ,
भौगोलिक स्वरूप सानो भएर के भो ?
आखिर ---'हीरा'सानो भएपनी
प्रज्वलित हुन्छ ,
आफ्नी आमा ''डल्ली '',''पुड्की ''
भएपनी जन्म दिने आमा नै हुन्छिन
आकार भनेको त स्वरूप हो ,
आफ्नोपन र सर्वगुण होइन
विश्वस्त नहौ कहिल्यै पनि
द्रब्यको मुल्य उचा छ भनी
ठुलो देशमा दु:खले
सानो मन लिएर जब हामी
'डलर','पाउन्ड ',जे नै कमाउछौ
तर ---हामी भित्रको
स्वाभिमान,माया ,स्नेह,सारा
हामीले गुमाइरहेका हुन्छौ
हो ---हामी रमाउन सक्छौ
अग्ला ,अग्ला गगनचुम्बी महलहरुका
उचाइ देखेर
तर ---हामीले बिर्सिसकेकाहुन्छौ
सगरमाथा ,अन्नपूर्ण ,मकालुका अग्लाइहरु
हामी गम्किन सक्छौ महलभित्रको
बिलाशितापूर्ण जीवन भोगाइदेखी
तर ---हामी बिस्थापित बन्छौ
आफ्नी आमाको सानो काखको
न्यानोपनको आभासदेखी
हुन सक्छ ---कहिलेकही
आफ्नो आंगन पनि बिरानो हुन्छ
आफ्नी आमा पनि सौतेनी झै लाग्न सक्छिन
तर --- आफ्नो आँगनलाई पैतालाको
भार मात्र बोकायौ भने
अनी ---आमाको छातीलाई परेड खेल्ने
मैदान मात्र ठान्यौ भने,
त्यस्तै ---आफ्नी आमालाई सन्तान जन्माउने
मेसिन सरह मात्र सोच्यौ भने ,
सानो काखलाई न्यानोपन दिने
केवल ---स्वार्थी भावना मात्र राख्यौ भने
त्यसैले ---समग्रमा भन्नु पर्छ ,
आकार,उचाइ ,मुल्य ,आफ्नोपन
जे भने पनि
हाम्रो ''भित्रीमन'' नै स्वाभिमानी हुनु पर्छ
आफ्नो आँगन मै सौन्दर्यको प्रतिक लालीगुरांस
फूलाऊनु पर्दछ ,
आफ्नी आमालाई नै ''हीरा''मा अनुवाद
गर्न सक्नु पर्दछ
हजारौ सन्ततिको गणनामा परेर लुछाचुडी हैन
एौटै सन्तानको ''प्रतिक'' बनेर
आमाको अधरमा मुस्कान छराउन सक्नु पर्दछ
अनि मात्र सानो देश पनि प्रज्वलित
''हीरा ''बन्न सक्दछ
आफ्नी आमाको स्वरूप जे जस्तो भए पनि
निसकलंक, निर्मल साईनो बन्न सक्दछ ,
अन्तमा ---देश ,आमा नै हामी सबैको
आफ्नोपन र स्वाभिमान
बन्न सक्दछ

दश हाइकु


दिव्य गिरी

थुम्काथुम्कामा
अल्झिए आँखाहरू
पछ्यौरी झर्‍यो ।

चउरभरि
कोरेली बाछीहरू
साँढे डुक्रियो ।

सहेली देख्छे
गालामा नीलडाम
नयन झुक्छ ।

मैलो रूमाल
धुँदैछिन बेहुली
सुहागरात ।

जब भेटियो
जङ्गलमा पोखरी
माछो हरायो ।

आँखा ठोक्कियो
बैँसको शिखरमा
तिमी लजायौ ।

चुनौती दिंदै
छातीमा बैँस फक्रियो
कस्ले टिप्ने हो ।

अँध्यारो गुफा
हामी दुइको यात्रा
एकान्त रात ।

साँगुरो चोली
अटेस-मटेस भो
छाती टिमिक्क ।

चैतको घाम
पारदर्शी वदन
केराको खम्बा ।

बदली धार बगी


भूपेन्द्र महत

बदली धार बगी चट्टानमा ठोक्कियौ रे
दुखेर मुटु अब सम्झनामा कोक्कियौ रे

संन्चो बिसंन्चो मात्र जिज्ञासा राख्दा पनि
शुभ बोलीलाइ धाबा बोली झोक्कियौ रे

उताब चढाबमा थिलथिले भए पछी
किनारा पुग्न नपाई बिचमै रोक्कियौ रे

मेरो जस्तो सस्तो ठान्यौ होला अरुको मुटु
सुने मुटु तोडनेको नाईके पो तोक्कियौ रे

मन र मुटुको सिमाना चेपिएछ क्यारे
खोइ कता दुखेछ आँखा भरी पोख्खियौ रे

धेरै आँखा आए


आचार्य प्रभा

धेरै आँखा आए यहाँ बास दिन्छु भनी
धेरै हात धाए यहाँ साथ दिन्छु भनी

कस्को विश्वाश गरिकन बास माग्नु मैले
कस्को भर परिकन साथ माग्नु मैले

धेरै राहत धाए यहाँ बतास दिन्छु भनी
धेरै बचण आए यहाँ हतास लिन्छु भनी

कस्को माया स्विकारेर भर पर्नु मैले
कस्को दया साचो ठानि डेरा सर्नु मैले

(अमेरिका )

जीवनलाई नजिकबाट


स्यानु पाईजा

जीवनलाई नजिक बाट हेर्दा र चियाउदा
जीवनको परिभाषा यो फरक छैन !
पिठ्युको दुवै तिर भारी बोकेर खच्चड
मुखमा दाना को थैली बाँधेर
उध्राई रहेको छ निस्तो दाना
चिया बिना, फुर्सद बिना
बोको भोको सानो डाम्लोमा
पानी उम्लेको हेर्दैछ
लाउदै गरेको धार खुकुरी मा
बिहानी मा गोरू सिगाँरी खेल्यो
दिनभरि बाँझो खेत जोतेर पनि
सियो बिरायो , हलीले लठ्ठी बर्सायो
मानौ उ कहिल्यै नजित्ने दौड मा छ
जीबन भरि यसरी नै दौडिरहुन पर्छ
हारको भार मन मा लिएर पनि
कति लामो जीवनको म्याराथुन
आफु भन्दा दोब्बर भारी उचाल्ने
गोब्रे किरा कयौ चोटी उचाल्दै र खस्दैछ
प्रयास गर सफल भईन्छ भन्ने सिकाउदै
आफु सानो सानो गरि उचालौ भन्ने नसिकिकन
फुलको पिडा उस्तै, युज एन थ्रो क्लिनेक्स जस्तै
बोट मा जति मुस्कुराए पनि
तिपे पछि मुर्झाउनु पर्ने पिडा
देबताको मन्दिरमा होस या नेता को गलामा
थुङ्गा थुङगा मा होस या माला मा
सुन्तला लाई अमिलो भए पनि छ्या ।
कागतीलाई गुलियो भए पनि छ्या ।
सबैको मालिक सम्झने मान्छे
आफै आफ्नै लोभि मनको दासी छ
कहि ईच्छा ले रेटिएको छ
कहि बाध्यता ले रेटिएको छ
तै पनि आफुलाई सर्बश्रेस्ठ थान्दै
जहाँ नभेटिनु पर्ने हो, त्यहाँ भेटिएको छ
जिवनलाई नजिक बाट हेर्दा र चियाउदा
जीवनको परिभाषा यो फरक छैन !

पात्लेखेत-७, म्याग्दी

'कबि प्रतिष्पर्धी लडाकु होइन


आचार्य प्रभा

म प्रतियोगी बन्न सक्छु
तर ...........प्रतिष्पर्धी बन्न सक्दिन
मैले कबितालाई दाउमा राखेर
कसै सँग बाजी जित्नु छैन
''कबिता ''त स्वच्छ, साचो भावना
अनी समाजको दर्पण हुनु पर्दछ
न कि .........कसैको कलमको आसुँ जित्ने लक्ष
यदी ........उसो हो भने त
आफ्नो सन्तानलाई दाउमा राखे सरह भो नि !
के कसैले आफ्नो मन ,प्राणलाई दाउमा राख्न सक्छ ?
त्यसैले ........मेरो आशयमा
साहित्यको नीती भनेको होड्बाजी गर्ने मैदान होइन ,
'कबि''साहित्यकार 'प्रतिष्पर्धी लडाकु होइनन
जो,एकापसमा लुछाचुडी गर्दछन
अनी ........त मलाई भन्न मन लाग्दछ
म आफ्नो भावनारूपी सन्तानलाई च्याखे दाउमा थापेर
कबिरूपी जुवाडेमा अनुवाद हुन चाहन्न ,
हो ........प्रतिष्पर्धाको मैदान दिइन्छ
यस्को आशय 'अर्थ'र 'अभिमान' जित्ने लालच दिनु होइन
फेरी .........जित्नुको अर्थमा अभिमानी बन्नु होइन
त्यो त कबि भावनाहरुलाई
उत्साहित गर्न स्थान दिनु हो ,
कबिको कलमलाई मलजल दिएर
फलाउनु,फूलाउनु र प्रेरित गर्नु हो /
साहित्य अर्थोपार्जनको अपेक्षामा कहिल्यै समाहित हुँदैन
बरु ........रित्तो बनेर अरुको पीडा,ब्यथा पोख्दछ
बिक्रीती,बिसंगतीको दर्पण बनेर
आफु चर्कन्छ,समाजमा छर्लङिन्छ /
कबिताको रूप भनेको कोमलताको प्रतीक हो,
ह्रीदयभित्रको स्पन्दनको बिम्ब हो
त र .........'हार' र 'जीत'को खेल होइन
त्यसैले ........म कबिता जन्माउछु
झुठो प्रशंसाको लालचको निम्ती होइन ,
म भावना प्रष्फुटन गर्छु सत्य गालीको अपेक्षामा /
हो .........यो सहि हो ,
कबिले 'गाली' पनि पाउनु पर्दछ
कबिताले 'ताली'पनी पाउनु पर्दछ
त र .........गालिको अर्थमा घ्रीणा होइन ,
अनी .........तालिको गड्गडाहटमा झुठो प्रशङ्साको धाप होइन
जस्ले कबिको भावना हत्तोत्साहित नबनोस
झुठो प्रशंसामा कबिको कलम नमात्तियोस
म कबिता फुर्दछु ,
समाजको सत्यतालाई उजागर गर्न
त र ...........म पर्तिष्पर्धी कबिता कोर्दिन
जितेर अभिमानी बन्न
किनकी ........कबिता हारजीतको खेल होइन
बरु ......हुनसक्ला ,
भावनाहरुलाई शब्दहरुमा सजाएर कबिताको स्वरूपको
तारतम्य मिलाउन नसक्नुको कमी कमजोडी
शब्दहरुलाई 'कबिताको'आक्रीती दिन नसक्नुको असक्षमता
त्यसैले ........मलाई लाग्दछ ,
कबितारूपी भावना कहिल्यै नमिठो र अशोभनिय हुँदैनन ,
हुन सक्लान ,
'कबिता'बिद्रोहको रापिलो लप्का
जहाँ अन्याय,अत्याचारले परकाष्ठा नाघेको हुन्छ
त्यसैले ........म 'कबिता'मा अर्को बिशेषण थप्न सक्छु
'कबिता'अन्याय,अत्याचार, दमनको नारा पनि हो
म;अझै पनि भन्दिन
'कबिता'दौड्ररूपी मैदानको खेल हो
बरु ........भन्छु ,
यो त सुस्त,सरल,शान्तसँग बग्ने
भावनारूपी नदीको प्रवाह हो
सत्य र सहि मर्महरुको उपज हो
संसारको मन जित्ने साधन हो
बाजिमा राखिने बस्तु होइन
मैले कबिताको 'फेत'मा नै भनी सके
कबिता कबिको मोल हो
त र .........प्रतिष्पर्धाको मुल्य होइन
त्यसैले समग्रमा म घोषणा गर्छु
म प्रतियोगी बन्न सक्छु
अह ........पर्तिष्पर्धी बन्न सक्दिन
.
(अमेरिका )

सैदान्तीक मृत्यु


अप्जसे कान्छा
.
ढुङ्गा
कट्टी
बन्दुक
मोर्टर
रकेट
मीसाइल
अणु बम
रासायनिक बम
जैविक बम
दार्शानिक बम
राजनैतिक बम
थाहा भएका
थाहा नभएका
विनाशक बम
बनाउने
चलाउने
जुनसुकै देश
अर्गनाइजेसन
जो केहि व्यक्ति
व्यक्तिले छानेको नेता
नेताको क्याविनेट
क्याविनेटको आदेश मान्ने
पुलीश
जल सेना
थल सेना
हवाइ सेना
गोप्य सेना
तिनीहरुका सेनापति
सेनालाइ पाल्ने जनता
जनतालाइ बेला बखत दुख दिने
चोर
डाका
सुसाइड बम्बर
आतंककारी
कोहिसंग पनि
म डराउने छैन
किनकी
म भित्र
डर छैन
पीर छैन
अशान्ती छैन

मैले मेरो सैदान्तीक मृत्युमा
वर्तमानसंग हस्ताक्ष्रर गरिसके
अब म जीउदो सहिद भएको छु
तर प्रश्न उठ्‍न सक्छ
सैदान्तीक मृत्युको घोषणा किन?
आखिर वर्तमानसंग यत्रो डर किन?
जब म चौबीसै घण्टा
मैले ओड्‍ने आकाशभरि
जासुसी वीमानहरु
पीउने पानीको सतहभरि
जलसेना र जलयानहरु
टेक्ने धरतीको माटोभरि
आइ.इ.डि. र माइनहरु देख्छु
म अतालीन्छु
चिच्चाउछु
कराउछु
मलाइ वर्तमानसंग
मृत्युको डर छ
बिना पीर
बिना डर
शान्तीपुर्वक बाँच्न
नयाँ सिद्धान्त
नयाँ उपाय
नयाँ बाटो
खोज्न थाल्छु म
तर कहि पनि
बिना खतरा
बिना सन्त्रास
आफुलाइ सुरक्षित पाइन

भोजपुर हाल यु.के.

गजल


दिव्य गिरी

रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।

आँखाभरि आँशु अनि छातिभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै ।

आफ्नै घर आँगनमा युद्ध चर्केपछि
कालो दिन र अँधेरी रात उस्तैउस्तै ।

हाँगाहाँगाबाट भुइँमा जब खस्न थाल्छ
झरेको फूल र पहेंलो पात उस्तैउस्तै ।

कस्को कुरा बनावटी कस्को कुरा साँचो
बाइफाले र कुटुनीको बात उस्तैउस्तै ।

२०६५।७।१९
टीकाथली-५, ललितपुर ।

किन चाडै माया


आचार्य प्रभा

किन चाडै माया मार्यौ स्वार्थी बनेर
म भने सम्झी बस्छु आफ्नो भनेर

निष्ठुरी त होइनौ तिमी के पर्‍यो त्यस्तो
लाको माया बिर्सिदिने भयौ तिमी कस्तो

ज्यानै पनि दिन्छु भन्थ्यौ भेट हुँदा जहिल्यै
तिम्रो बाचा बिर्सिन्न म जूनिभरी कहिल्यै

किन मलाई भुली दियौ छल गरेर
म भने बाँची रैछु तिम्रै भर परेर
.
(अमेरिका )

आफ्नै छायाले


दिलिप योन्जन

मनमा बसि मनै त खाए उनी
हासी हासी रुई रने पारे उनी
आफ्नै छायाले

ख्याल ठट्टा गरेर छाड्यो मायाले।
आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो
बिना बादल मनै भत्कि गईरन्छ पहिरो
मुटु चोरी मुटु नै खाए उनी
जानी जानी पागल नै पारे उनी
आफ्नै छायाले

ख्याल ठट्टा गरेर छाड्यो मायाले।
पिर ब्यथा हराउथो तिन्ले हासी खुसी बोल्दा
हासो भए बिना कसुर बाचा कसम तोड्दा
माया दिई माया मै खेले उनी
जुनी भरलाई बिरह छोडे उनी
आफ्नै छायाले
ख्याल ठट्टा गरेर छाड्यो मायाले।
.
अस्टिन, अमेरिका

नारी


पुरुशोत्तम सुबेदी

शुगन्धले भरीपूर्ण छेउ तिमी हर पल
दुर्गन्धमा मडारियकी छेउ तिमी पल पल
मुर्ख लाई अमृत बांडेकी पनि छेउ तिमी
सत्जनको दोहोलो काढेकी पनि छेउ तिमी
मायाले संसार ढाकेकी छेउ पनी तिमी
बिवसतामा बिस बांडेकी छेउ पनि तिमी
बुझ्न सके अमृत सबकी हौ पनि तिमी
बुझ्न नजाने सबैकि बिस हौ पनि तिमी
तिमी बिनाको जीवन अधुरै अधुरो सबको
अन्जान बेला बखतमा बिसै बिस हौ सबको
विद्वान पनि तिम्रै तापको रछानमा छन सबै
चन्डाल पनि तिम्रै आडको सहारामा छन सबै

कल्प ब्रिक्ष को सुरिलो हरियो बोट हौ तिमी
कतै फल फल्छेउ त कतै बिस फल्छेउ तिमी
उन्मत्त बैंस र काजल सब थोक होइन तिम्रो
दुर्गन्धको बास आउन क्षेण भर लाग्दैन तिम्रो
महलकी रानी भई सजियकी छेउ कतै तिमी
सडककी बेस्या भई भजियकी छेउ कतै तिमी
छातीमा अंम्रित बोकेकी दयालु छेउ पनि तिमी
सन्तानको रहरले दिसापिसावमा डुबेकी छेउतिमी
हरपल हर क्षण सबकी कतै धढकन हौ पनि तिमी
शुबिधा भोगी कतै बिलक्षिणी चडकन् हौ पनि तिमी
तिमी बिनाको संसार लाग्दछ सबै लाई सुनसान
फेरी पनि अबुझ सठकि भई रहेकी छेउ अपमान
तिम्रो महिमा गरेर सकिदैन कतै कहिलेइ पनि
शुभोभित छेउ जगत भरी रात दिन जहिले पनि

बेग्लै हुन्छ


पुरुशोत्तम सुबेदी

उकाली ओरलीको थकान -खाजाको साटो भट्ट र मकै संग महिको स्वाद बेग्लै हुन्छ ।
दसैं तिहार चाड पर्वमा रमाइ -तौले -लिंगे-रिङटे पिङमा मच्चिनुको स्वाद बेग्लै हुन्छ ।।

भरी घांसको डोको चौपारिको बिस्राम-पिपल पातको आवाजमा गायको गीतको स्वाद बेग्लै हुन्छ
सक्रांन्तिको मेला भेट भयको बेला-कौरा रोधी सालैजो र मादल मुर्चुङगा संग तरुलको स्वाद बेग्लै हुन्छ ।।

सासकले जनताको लागि-सान्ती र जन जिविकाको ग्यारेन्टिका लागि गरेको पहलको स्वाद बेग्लै हुन्छ । दियर खाने - बोलायर हास्ने - बिवेकी मनको समाज मा बाच्नुको स्वाद बेग्लै हुन्छ ।।

होली पर्वमा बर्षउ बन्द बोलचाल-रातो अबिर लगाइ बोली फुकाउने दुई मित्रको मिलनको स्वाद बेग्लै हुन्छ ।
जवानीको उमङग संगै संस्कार र संस्कृतिको जनाउ दिने-पहिरन र पोसाक को स्वाद बेग्लै हुन्छ ।।

सुशासन भ्रस्टचार रहित नेपाली समाजमा -नेता हुनुको स्वाद बेग्लै हुन्छ ।
लुट घुसखोरी तस्करी गुण्डागर्दी - बेईमानीहरुको समाजमा राग बेग्लै हुन्छ ।।

मुर्ख र गुण्डा बिच बलत्क्रित -एउटा म्रित आत्मा संग आउने काल बेग्लै हुन्छ ।
लोक लाई हजम नहुने संकार संग मेल नखाने - गीत संगितको ताल बेग्लै हुन्छ ।।

मनमा छुरा बोकी नक्कली साईनो संग मडारिने -सेलफिसको बोली बेग्लै हुन्छ ।
सामन्ती प्रब्रितीको फटाहा अल्छि मानिस - समाजमा सधैं एक्लै हुन्छ ।।

प्यासले तिर्खायको पल -कुवा झरनाको पानी अन्जुलीको सुर्की को स्वाद बेग्लै हुन्छ ।
संगै बाच्ने संगै मर्ने वाचामा - बांधीएको दुई मुटुको जिवनमा बाच्नुको स्वाद बेग्लै हुन्छ ।।

देबकोटालाई बिन्ती पत्र


भूपेन्द्र महत

आदर्णिय गुरु देबकोटा ,जदौ !
मनभरी देश दु:खी रैछ आराम छु भनु कसरी
छातीभरी माटो रोइ रहेछ आनन्द छु भनु कसरी
बरु ,
कट्कट्टिएको रगतको छिटामा
आंसुको थोपा घोली ,यो पत्र लेखी राछु
अनगिन्ती अनुउत्तरित प्रश्नहरु, यो पत्रमा सोधि रहेछु
ब्रुजुकहरु उपबुज्रुक भएको ठाउँमा
अन्योल र संत्रास निबारणको ,उपाय मागी रहेछु
आशा छ मलाई न्याय गर्नु हुनेछ
दिल र जातको समायोजना हुन्छ कसरी ?
धन र मनको मिलन हुन्छ कसरी ?
हुलहुल टाउकाहरु
बिचरामा बिचलन भ'का हुन कि
गूदी सकिएर रन्थनिएका हुन कि
जातिय भेदको नारामा भुल्लिन्छन टाउकाहरु
राजनीतिमा झुत्त्तिन्छन टाउकाहरु
हुलहरु मोर्चा भए ,हुलहरु संघ भए ,हुलहरु संघठन भए
हुलहरु तराइ भए ,हुलहरु पहाड भए ,हुलहरु शहर भए
हुलहरु जज्लपा भए ,सबेरो भए ,खै के के भए
तर हुलहरु कहिले नेपाली भएनन किन ?
हुलहरु कहिले नेपाल भएनन किन?
शायद ,
बिचराकै अनिकाल परेको हो कि
सोचकै खडेरी परेको हो कि
बिखल्बन्धमा परेको छु म त
हजुर जस्तो ,
नोकोटिनको सर्कामा बिचारको मुस्लो उडाउन सकेन
चुरोटको बट्टा, भित्ता कतै, कसैले सोच खोप्न सकेन
बरु ,जिलेटिनको धुँवामा बारुदको कथा लेखे
बुद्धको कांखमा बाँझलाई शरण दे
छटपटाएर शान्ती रुदा
फट्फटाएर परेबा रुदा
टाउका टाउकाहरु शर ताजको सतरंज खेले
किन ?
किन?
घरदेशका नंग्रा परदेशमा पलायन छन
आफ्नै घरगाउका बाटाहरु बिराना छन
सांध सिमानामा पनि चन्द्र सुर्य लत्रिएका छन
बांकी बचेँको सगरमाथाको टोपी पनि
लाजले झुकेर कोशीमा बगेको छ
स्वाभिमानको टाल्नै नसकिने भ्वाग परेको छ
किन ?
सबाल मात्र उठाउने म पनि लांछी छु शायद
यसैले उडी चन्द्र छुने लक्षय लिन सकिन
यसैले ,
आफ्नै माटोलाई अन्याय गरी पसिना बेची रहेछु
आफ्नै टोपी लुकाएर आँफैलाई साटिरहेछु
थाहा छैन,भडकिएको हुँ कि भडकाईएको हुँ
आफ्नै भेष भुषा भुलेर उधारोमा बाँचिरहेछु म
तेसैले ,
म जस्ता कायरहरुको बुद्धिको बिर्को खोल्न
भडकिएको टाउकोमा गिदी भर्न
हजुरलाई बिन्ती गर्छु
एक चोटि फेरी आँखा उघारी हेर्नु पर्‍यो
फेरी एउटा अर्को जन्म लिनु पर्‍यो
बरु सकिन्छ भने साथमा
हजारौं दुर्योधन र दुशासनलाई सुधार्न
एउटा बिदुर लिएर आउनु पर्‍यो
हजारौं राबण र कुम्भकर्णलाई बुँझ्याउन
एउटा राम लिएर आउनु पर्‍यो
किनकी ,
यहाँ धेरै रहरहरु बाँझो छ
र धेरै बिबेकको खाँचो छ
फेरी
दिल र जातको समायोजन पनि त गर्नु छ
सांग र सिस्नोको आनन्दिको बयान पनि त कोर्नु छ
मन र पनलाई पनि त गाँस्नु छ
तेसैले मेरो बिन्ती ,
एउटा मुनामदन फेरी कोर्न आउनोस
एउटा नयाँ सोच फेरी फोर्न आउनोस
जहाँ सुनको थैला भन्दा आनन्दी मनको आकार होस्
जहाँ मुर्ती र मन्दिर भन्दा श्रम र शिपको आधार होस
घात र प्रतिघातको हाट भन्दा सदभाबको चाँदर होस्
हजुरको आग्याकारी चेलो
बर्जस्वाँठ

माटोको नयाँ गीत गाउँदै छु


राजेश राई

यो गीत गाउँदा गाउँदै
वा गाई सकेपछि
म यो राष्ट्रको लागि
बिखण्डनकारी
अराष्ट्रिय
अथवा आंतककारी बन्नेछु
मेरो टाउकोको मुल्य तोकिने छ
र फरमान आदेशहरु जारी हुनेछ, मेरो नाउँमा
सम्भवत मेरो आफन्ताहरु माथि पनि
यस्तै आदेशहरु जारी हुनेछ
मेरो जस्तै थेप्चो नाक र चिम्सो आँखा हुनुले
म मारिन सक्छु
मेरा आफन्ताहरु मारिन सक्छ
तर म मारिए पनि
मैले गाएको गीत सुनेर
धेरै गामबस्तीहरु जुरुक्कै उठेर
यो राष्ट्रसगँ
इतिहास फिर्ता माग्ने छ ,
ओढेको आकाश र टेकेको धर्तीको
जितेर हार्नुको पीडा सुनेर
जितेर नजित्नुको दुःख बुझेर
चोमोलुङ्गमाका फेदीका गामबेशीहरु
नयाँ मुन्धुमहरु फलाक्दै
फेरी मैले जस्तै गाउने छ
जबरजस्त खोसिएको इतिहासको गीत
जीतेर इतिहास नमागेको गीत
र अब फिर्ता माग्नु पर्न माटोको गीत ।
त्यासैले मसगँ मृत्यु हारीसकेको छ
मैले मृत्युसगँको युद्ध जितीसकेको छु
र म गाउँदै छु
मैले ओढेको आकाश
र टेकेको माटोको एउटा नयाँ गीत ।
धनकुटा

पागल मान्छेको कुरा


स्यानु पाईजा

दया मरेको बस्तीमा
माग्नेको जन्म नहोस
आज खाए पछि भोली
के खाऊ कसैलाई नहोस
मलाई त यस्तो लाग्छ,
सबैको आफ्नै धर होस
बारीहरु बाँझो नरहोस
अब कोहि मुग्लान नपसोस
पैसाको समान मोल होस
डलर, यूरो, येन अनेकन
नाम होईन एऊटै नामहोस
सन्सारै भरि एउटै दामहोस
कसैले मलाई सोध्यो ?
के त्यसो भए बिश्व
एउटै मात्र देश होस त ?
यो पृथ्बी एउटै हो
देश अनेक भए पनि
जाती सबै मानव होऊन
मानबता सबैको धर्म ।
बन्जर बनेर मेरो देश माटो
बिदेशका गल्लीहरु सफा नहोऊन
कसैले भन्यो बिचरा
मान्छे बौलाहा भयो
पागल मान्छेको कुरा००००!

पात्लेखेत-७ म्याग्दी

कमरेड गोपाल किरातीलाई मन नपरेको हङकङ


टंक सम्वाहाम्फे

कमरेड साईला दाईलाई
हङकङ मन परेनछ
त्यसैले त वमन गरे विष
सार्वजानिक कार्यक्रममा
माननिय मन्त्रि ज्यूवाट
त्यसो नहुनु थियो
तर भैदियो त्यस्तै त्यस्तै

माननिय मन्त्रि ज्यूले
सम्वोधन भाषणमा भन्दै थिए
हङकङमा मेरो अपमान भो
किनकी आयोजकले थाहा पाएनन्
कि मेरो गोजीमा
फुटेका कौडी सम्म छैन भनेर
र व्यवस्था गर्नुपर्थ्यो
चौरासी व्यञ्जन
पाँचतारे होटलको वास
सवारी साधनको लागि
मर्सुडेज वेन्चकार
र माननिय मन्त्रि ज्यूले उड्ने
नयाँ हवाईजहाज
स्वागत सत्कारको लागि
पञ्च कन्या
र गन्यमान्यहरु
ती सवै सवै थिएन
त्यसैले मलाई हङकङ मन परेन
अव देखि हङकङमा
मलाई ल्याउँने चेष्टा नगर्नु
रहरै रहरको कार्यक्रम गर्दै नगर्नु
रोष्टममा चोर औंला ठड्याउँदै
प्रष्ट्याए
कमरेड साईला दाईले
कमरेड गोपाल दाईले
कमरेड किराती दाईले

हिजो जंगल पस्दा
भोकभोकै हिडेको कथा
मन्त्रि भएको भोलिपल्टै भुलेछन्
कुन्नी आफ्नो कथा भुले झैं
जातिय स्वायत्तताका कुराहरु भुल्ने हुन् कि ?
राज्य पुनर्संरचनाका कुराहरु विर्सीने हुन् कि ?
आफ्नै मन्त्रालयको उपहास गर्ने हुन् कि ?
त्यो त मन्त्रि ज्यूको कार्यकालमा
हेर्नै पर्ने भएको छ
सम्विधान नवनुन्जेल सम्म
पर्खिनै पर्ने भएको छ

गोपाल खम्वु दाई
मन्त्रि भएपछि
जनादेश पालना गर्नु पर्छ
जनताको कुरा सुन्नु पर्छ
जनभावना वुझनु पर्छ
एउटा जड्याहाले आफ्नो रिस पोखे झैं
रोष्टमवाट रीस पोख्दा
कस्लाई पुग्यो होला चोट ?
कस्लाई लाग्यो होला खोट ?
सम्झीनु भोलि कस्ले देला भोट ?
कमरेड साईला दाई
होसीयार
मन्त्रि भए भन्दैमा
नवोल्ने कुरा वोल्नु भएन
दुनियाको अगाडी आफ्नै पोल खोल्नु भएन
त्यसैले मन्त्रि खम्वु दाई
अन्याय गर्नु भो
हङकङका नेपालीहरु माथि
हामी त्यो सहन सक्दैनौ
मन्त्रि ज्यू
तपाई हङकङ आएर के हुन्छ ?
तपाई हङकङ नआएर के हुन्छ ?
आखिर केहि हुदैन
आखिर केहि पनि भएन
मात्र हङकङको विकास देखेर दंग पर्नु भो
मन्त्रि ज्यू
अव जंगलमा वोल्ने भाषा
शहरमा वोल्नु भएन
आफ्नो हैसियत आफैले खोल्नु भएन
मौका सधै सधै आउँदैन
आएको वेला देश जनताको सेवा गर्नुहोला
हामी त अव देशको पुनर्संरचना चाहान्छौ
हामी त अव जातिय स्वायत्तता चाहान्छौ
हामी त अव संघीय शासन चाहान्छौ
हिजो त्यहि कुराको वकालत गरेर
हिडेको मान्छेले
आजै कर्तव्य भुल्नु भएन
जनताको विश्वास कुल्चनु भएन
तर कमरेड साईला दाई
हङकङमा तपाईले
साह्रै अपशब्द वोल्नु भो
आफ्नै भेद खोल्नु भो
आफ्नै हैसियत देखाउँनु भो
किनकी ती सवै मन्त्रिले वोल्ने कुरा होईनन्
मन्त्रिले गर्ने कार्य होईनन्
गोपाल खम्वु दाई अव देखि
आफ्नै किराती दाजुभाईहरुको
अपमान नगर्नु होला
गोपाल खम्वुको विरुद्घमा
अरु गोपाल खम्वुहरु आउँन सक्छन्
अरु गोपाल खम्वुहरु धावा वोल्न सक्छन्

त्यसैले सावधान हुनुहोला
आफ्नै वोलीवाट
आफ्नै हैसियतवाट
आफ्नै मन्त्रि पदवाट
किनभने मन्त्रिले वोल्नु
र एउटा वहुलाले वोल्नु
एउटै भयो भने के हुन्छ ?
कमरेड चिन्तन गर्नुहोला
हामी त सच्चा किराती भएको हेर्न चाहान्छौ
हामी त सच्चा मन्त्रि भएको देख्न चाहान्छौ
हामी त गणतन्त्रवादी भएको देख्न चाहान्छौ
जंगलवाट घर आए पछि
जंगलको कुरा नगर्नु होला
घरमा घर कै कुरा गर्नुपर्छ
अलिकति सभ्य भएर वोल्नु पर्छ
अलिकति सामाजिक भएर वस्नु पर्छ
तर मन्त्रि साईला दाई
तपाईले त हङकङमा
उत्पातै गर्नु भो
हामीले सोच्दै नसोचेको
अपशब्दहरु पो वोल्नु भो

गजल


बसन्त मोहन अधिकारी

भोटको जोडले बन्छ रे मान यो ।
कारमा बारमा जान्छ रे खान यो ।

गाँसमा, वासमा आँशु भै हातमा
आजको साथमा मान भो वान यो ।

भिरमा, तिरमा, शिरमा गिद्ध भो
बुद्धको शान्ति नै भङ्गको शान यो ।

क्षारमा, मारमा मानवै पाइला
आउँदै गर्दछौं शिनुको थान यो ।

लोभमा मोहमा कर्म भै पापको
आउँछे मान त्यो प्राण नै लान यो ।

थलीएको गोर्खाली इतिहास


नरेश काङ्गमाङ्ग

प्रत्येक छुट्टीमा,
लाहुरे घर फर्कन्छ ।
म्लेच्छ संग उठबस भयो भनेर
पानी पतीया गरिदिन्थे बोर्डरहरुमा,
देशका शासकहरुले
गाउँ गाउँमा जातीय मिथकहरुले छर्की चोखाई दिन्थे
उसका बहादुरीहरु..........
चोखिए कि चोखिएनन्
निलो गाढा र रातो रङका रिवनले झुन्ड्याईएका
रसियन गनको कासको धातु
भिक्टोरिया क्रसहरु.......
सरदारस बहादुर र बहादुर तक्माहरु
आई. ओ. एमहरु
कृमियन युद्ध
स्तुपल युद्ध
भोगेरघाटी
चरेसिया र काबुल युद्धहरु....
खुदादत खानको बीरता होस या
कुलबीर थापामगरको
दोस्रो बिश्व युद्धमा पूर्खाहरुको
मौन धारणहरु
पुरै दुइ हप्ता लाग्छ,
सम्झनमा पूर्खाहरु......
यसरी लुकेर बाँचेका छन्
कफीन बिहिन चिहानहररु..........
फाक्सुसार्ट र निगालापानी गाउँ
कुलबीर थापा मगर
फोक्सीङ अल केफर र कर्ण बहादुर
रस - इज -जोई ट्युनिसीया,
अर्जिया सुम्साको
लाल बहादुर भि.सीको तितो कथा
वारपाक गजे घले र चीन हिल्स बर्मा फ्रन्टको अनुहार
घाईते गन्जु लामाको मायाको साङमो सिक्किम,
निङथोङखोङ गाउँ
राणको हुकुमी उर्दी
गल्लावालको साथमा लाहुर लागेर
भोगाङ रेलको लिकभरि
तुलबहादुर पुनले गरिबी बिछ्याउदै बिछ्याउदै लडे ।
आपस्वारा ओखलढुङगाको
बहादुर अगमसिं र्राईको
ओखलढुङगा ठूलो छ कि
सिद्धिचरण श्रेष्ठको ओखलढुङगा ठूलो छ ?
बिशेनपुरले भन्ने छ कि कविताले भन्ने छ ?
भिसी भानुभक्त बाजेले हुर्केको फाल्पु गाउँ गोर्खा र
स्नोडेन पूर्वको वर्मा एउटै माया होइनन् ।
दाहखानी चितवन गाउँ
लछुमन गुरुङ र इरावती नदी किनारको
टाङडाको बहादुरी सम्झनाहरु पनि
एउटै होइनन् ।
रम्घा गाउँ तनहुँ
भानुभक्त आचार्यको
कुवाको कथा भन्दा
फल्टै कथा बाँचेको छ तनहुँ कै
भि सी नेत्र बहादुर थापा मगर संग
बिशेनपुर पहाडै पहाड वर्मातिर लम्कदा
झस्काई दिन्छ ती कथाहरुले ।
सान मारिनो राज्यको दादा
नम इटाली
सेर बहादुरको रगत र पसिनाहरु
सम्भोग गरेका छन्
घलेछाप गाउँ मानेर
थमन गुरुङको मायाको गाउँ
सिङला गोर्खा
परिकल्पना गरिएको उहाँको फोटो
अनुहारमा बीरता र के के - के के छापिएका छन् ।
मोण्टेशान वार्तालो इटालीको लडाईमा
हुर्केका छन् वा छैनन्
भि.सि पदकका सन्तानहरु..........
राम बहादुर लिम्बू र च्याँङथापु पाँचथर
सारावाक बुर्नियोको गर्मीमा
हाँसेर त लडेनन् होला ,
र रोएर पनि लडेनन् होला ।
भिसि पाएर बाचेका र युद्ध जीतेका गोर्खा साथीहरु.........
हामी केका लागि लड्यौ ?
हामी कस्का लागि लड्यौ ?
हामीलाई कस्ले लड्न पठाए युद्धमा ?
-
द्रष्टब्य -
म्लेच्छ - पानी पतीयाले चोखाउने काम
खुदादात खान - भि.सी पाउने पहिलो भारतीय सिपाही
कुलबीर थापा - भि.सी पाउने पहिलो नेपाली सिपाही
फाक्युर्सार्ट - फ्रान्सको एक स्थान
अल केपर - प्यालेस्र्टाईनको एक स्थान
रर्सर्.इज.जोई - ट्युनेसीयाको एक स्थान
चिनहिल्स् , भोगाङ, विशेनपुर,स्नोडेन,टाङडा - वर्मामा पर्ने बिभिन्न स्थानहरु
निङथोङखोङ - वर्माकै दक्षिणी भेगमा पर्ने एक गाउँ
सानमारिना र मोण्टेशान वार्तोलो - इटालीमा पर्ने स्थानहरु
शरावाक - बोर्नियोको जंगल

मार्च७, २००८ यूके akangmang@hotmail.com

नयाँ इतिहासको जन्म


आचार्य प्रभा

नयाँ इतिहास जन्म दिनेहरु हो
सारा संसारलाई चकित गरी
नयाँ जन्म लिएकाछौ ,
त्यसैले.......जन्मेको सारलाई
सार्थक गर्न तिमीहरुले
नयाँ पालुवाको श्रीजना
गर्नुपर्छ
नयाँ बिहानिको ढोका
उघार्नु पर्छ
जुन बिहानिको प्रतिक्षामा
सारा मन ,मस्तिष्कहरु
अध्यारोमा काला रातहरु
भोगिरहेका थिए
अब........तिमिहरु संसारकै
पाले अनी रक्षक भएर
जन्मेकाछौ
त्यसैले उत्साहित बन
अध्यारो कोठामा उज्यालो छर्न
अनि........ दह्रिलो रक्षक बन्न
अनि मात्र ,
तिम्रो आगमनले प्रतिक्षित मनहरु
प्रफ्फुल्लित हुनेछन
देखाइ देउ नयाँ इतिहासको
पानाहरुमा स्वर्ण अक्षरहरुले
इतिहास भनेको रङ,जाती,भेद ,
धनी,गरीब को संघर्ष मात्र होइन
समानता र सहजता को पनि
लेखिनु पर्छ
संसारभरी शान्ती र सद्भभावनाको
दियो बल्नु पर्छ भनेर

(अमेरिका )
(समर्पित जो ,जो नयाँ इतिहास कोर्न आगमन गरिरहेका छन उनिहरुमा )
रचना ११ -०४ -००८-( ८ बजे साँझ मंगलवार )

प्रियसी


सुनिता गिरी

पाइला टेक्यो घामको झुल्को मेरो मनको माँझ
हृदयको ढोका खोली , सजाएको छु आज
सागरको मोति टीपी तिम्लाइ सजाउँनेछु
सप्तरंगी इन्द्रेणीको घुम्टो ओढाउनेछु ।

ढकमक्क फूलबारी मनमा फुली दियौ
अप्सराको बिचमा पनि तिमी एक थियौ
बर्णन गर्नै नसकिने तिम्रो मुहारको
मिलन हुन्न भन्छन क्यारे दुइ किनारको

प्रिय तिम्ले हात देउ,संसार सजाउँनेछु
तिमो न्यानो स्पर्शमा आफै हराउँनेछु
असम्भवलाई मित लगाइ सम्भव बनाउँछु
तिमी पाए जिन्दगीमा यसै रमाउँछु

साग सिस्नो मीठो हुन्छ खुशी मनले देउ
सबै दुख बिर्सिएर आउ मेरो छेउ
मरि लानु के पो छ र खाली हात जान्छौ
हाँसी खुशी जिवन बिताउँ यो नै हामी लान्छौ
हङकङ

खाडल भित्रका समानता


स्यानु पाईजा

हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए
तर हामी बहस मै समाय बितायौ
मेरो खाडलबाट यति माटो निस्केको
मेरो खाडल यति गहिरो, यति फराकिलो
तिमीले भन्दा पहिला मैले खनेको
तिमीले मेरो नक्कल गरेको
हामी यसैमा लड्यौ, बर्षौ लड्यौ
तिमी लङगडो, र म कानो हुदै सम्म लड्यौ
खाडल खाडल नै हुन्न जस्ले जे भने पनि
खाडल बिचको भिन्नतामा लड्नु भन्दा
कसिंगर र पातहरु खसालेको भए
कम्पोस्ट मल बन्थ्यो दुबै खाडलमा
तर अचम्म तिमीले मलाई खसाल्न चाहेयौ
मैले तिमीलाई खसाल्नु चाहे !
साहेद हामीले खाडल खनेको नै यसैलाई थियौ
अब तिमी लङ्गडो र म कानो भएर पनि
खाडलको भिन्नता मै फेरि लड्यौ भने
एक दिन यो खाडल चिहान हुने छ
एकले अर्कोलाई फसाउने धराप हुने छ
अब त हामीले बुझ्नु पर्छ, खाडल००००
हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए

पात्लेखेत-७ ,म्याग्दी

मेरो देशको माटो


सुनिता गिरी

आहा ! कति मलिलो छ मेरो देशको माटो
लालीगुरास फक्रीएर सजिएको पाटो
बिहानीको झिसमीसेमा झोला बोकी आएँ
प्रदेशको जिन्दगीमा आफु एक्लो पाए

डाँडापाखा हरियाली गाँउघरको मायाँ
छाती भरी छल्किरहृयो हिमालको छाया
लुटुपुटु खेल्ने आगन कस्तो भयो होला
गोठमा मेरो माली गाईले सम्झी रोयो होला

लहलह झुल्यो होला मेरो खेत बारी
साथीभाईले भन्दै होलान गयो माया मारी
कर्मरेखा कोर्ने निहुमा छाडी आएँ देश
आटो पीठो आफ्नै मीठो सुहाउने भेष

देशको माटो सम्झी आज धर्कि रोयो मन
प्रदेशको यो झिलिमीली भयो सुनसान बन
बर पिपलको चौतारी र नागबेली बाटो
सम्झी आउँछु लड्दै पड्दै मेरो देशको माटो

हङकङ

फोटो गजल


केदार सङ्केत

म तिम्रो यो देशको अब रीति तोड्दै छ्रु
म तिम्रो यो देशको अब तीथि तोड्दै छु ।

बित्थैमा यो देशले मेरो मुटु चुँडाइ दियौं
अब यो खेत पनि म स्वयम्ले जोत्दै छु ।

यो देशको एउटा हट्ठा बाउसे थिए उनी
यादमा आज उनीलाइ म यो हिलोमा खोज्दै छु ।

ज्यानलाई कसले, किन, कसरि कहां लगेर मारे
आज यहिं कुरा म देशका साशकलाइ सोध्दै छु ।

(फोटो रुद्र खड्का - साभार, लडाँइमा जनताबाट)

कबिताको बाध्यता


स्यानु पाईजा

अचेल कबिताले गाली बोकेको छ
कतै पार्टीको प्रचार र ब्यानर बोकेको छ
कतै स्वार्थ र षड्यन्त्रको भण्डार पोखेको छ
कतै बैशको कामुकता पनि बोकेको छ
तर यति मात्र होईन कबिताले कहि त !
तितो यथार्थको धरतल पनि बोकेको छ
चेतनाको मधुर दियो पनि बोकेको छ
साहित्य र सृजनाको सम्बाहक बनेको छ
सृजनाको दरिलो मियो पनि बनेको छ
माया, पिरती, मिलन, बिछोड र सम्झना
बाँचा, चाहना, कामना, बेदना पोखेको छ
बिचरा कबिता माथीको कबिताले फेरि
रिमिक्स गित जस्तै हित हुने दाँऊ मा छ
एउटा बर्षौ पुरानो कबिता गाऊँमा छ
पुरानो कपिमा ध्वाँसोले पुरिएको छ
साहेद कति कबिता यसरी नै च्यातिए होला
कबिताको बाध्यता यस्तै नै रहेछ
कसैलाई नसुनाई, च्यातिनु परेको छ
यस्तै छ कबिता अचेल गालीले किच्चिएको छ
पार्टीको प्रचार र बिचारले थिच्चिएको छ
स्वार्थ र षड्यन्त्रको भण्डारले भरिएको छ
यस्तै छ अचेल कबिता को बाध्यता ।
लाहुरे सँग कबिता प्रदेस पोईल गएको छ ।
गाऊँको सम्झनामा धेरै चोटी कबिता रोएको छ।

पात्लेखेत-७, म्याग्दी

असन्तुष्टि


उषा गिरी

पारी क्षितिजको टुप्पामा
बादलका टुक्राहरु
मनका रङगी बिरङी
गहिराइबिच
बिरक्त र बिह्वल
काला धर्साहरु सँगै
चेहरामा बिषादका
गहिराइ र खोबिल्टाहरु सँगै
आज किन चिहाउछौ?
टाढाबाट बिक्रिती सल्बलाउदै
आँखामा किन अबोध चिच्याउछौ?
आखिरी एक मुठी सास
ओझेलमा चिप्लिन्छ एक दिन
भ्रम रित्तिन्छ एक दिन
बाझो मरुभुमी भएर
अबोध भ्रुणझै,
अनिन्द्रा ननिदाउ
बिटुलो जुनको अगाडि
किनकी असारको बादलले
तिम्रा ह्रिदएमा असन्तुस्ती
सुन्यता,र त्रास उत्पन्न गर्नेछ।
.
हाल ब्रुसेल्स
चारपाने,झापा
०१-११-२००८

यादैमा तिम्रो


दिलिप योन्जन

यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।

जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई
सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई
मनको प्यासले, जल्दछ तन, बुझाउने के गरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।

फुलेको फुल्झै, जवानी गाछ, दिन-दिनै ढलेर
धोएनी छाती, आँसुले कती, पोल्दछ जलेर
घोचेको घाउझै, दुखीनै रन्छ, मै बाचु कसरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।

अस्टिन, अमेरिका