परित्याग-प्रतिक्षा


टंक वनेम

बैँस ध्वाँसे फर्सीको फूलमा रंगिन्दा
भुनभुनाउँदै आयौ
घुम्यौ नाच्यौ
ति म्रा भोका दाँतहरुले
कुन्नी ? के के टोक्यो
जि ब्रोको स्वादले
थाहा भएन के के चाख्यो
सूर्यमुखी खितखिताउँदा
तिमी पनि खुव हाँस्यौ
अनि
पखेट्टा फटफटाउँदै उड्यौ
थाहा छैन
कस्तो फूलको वाशनामा डुली रहेछौ
कस्तो यात्रामा भुली रहेछौ
त्यही बैँस
तिम्रै प्रतिक्षामा मुर्झाइ रहेछ
तर पत्यार लागेको छैना
तिमी त्यही बैँसमा फेरि
त्यसरी नैं
त्यस्तै रहरले उडेर आउँछौ
र भन्छौ
हाय प्रिय !
सूर्यास्तको कैदी हुँदा
धोकाको बीउ रोप्यो भन्छौ भने
तिम्रो परागको सिन्दुर पहिरेर
तिम्रै वरिपरि घुमी रहन्छु ।

यो साल कसरी गयो ?


स्यानु पाईजा

फाईदा र नोक्सानको खाता नै बनाईएन
किन कि यो बर्ष कुनै ब्यबसाय नै गरिएन
कता कति जुलुसमा गईयो थाहै भएन
कहाँ कति चोटी बन्द भयो हिसाबै भएन
कहिले पेट्रोलको लाईनमा बसियो
कहिले ग्याँसको लाईनमा
कहिले मुबाईलको सिम किन्ने लाईनमा
कहिले मुबाईलमा टेलीकमको दिदी बोलेको सुनेर बसियो
भनौ भने यो साल आधा नै लाईनमा गयो
कहिले कोशी डुबेको टिभी मा हेरियो
कहिले नेपाल खुम्चीएको समचार पढियो
कहिले एमाले र माओबादीको बहर जुझेको हेरियो
कहिले स्यालले कुखुरा ढुके झै, झाडीमा लुकेको हेरियो
अल्छीहरुले लुट्ने जाँगर निकालेको देखियो
कायरहरुले कुटने साहस जोडेको देखियो
सासले बोल्नेहरु फेरि गर्जेको देखियो
आश गर्दा गर्दै सास जाने हाम्रो नयाँ नेपाल देमो देखियो
मरेको समचार सुनाउने टिभीले लुटेको समचार सुनायो
कामदारले मालिक कुटेको समचार सुनायो
केहि उपलब्धि नभए पनि धन्य हो बाँचियो
नयाँ साल र नयाँ आश्पासन पाउन लाई बाँचियो
नयाँ सालको शुभकामना पाउने र दिने मा परियो
केहि उपलब्धि नभए पनि धन्य हो बाँचियो
नयाँ सालको शुभकामना


पात्लेखेत-७, म्याग्दी

म साहित्यकार हुँइन


आचार्य प्रभा

साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन /
'साहित्य' त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र ---साहित्यको औचित्य नै के रहन्छ र ?
शब्दहरुलाई बेढंगले उनेर कोर्दैमा
म कबी हुन सक्दिन
यो केवल साहित्यको ''ताते ताते ''
बामे सराइ मात्र हो
यदी --- यसैलाई पूर्णता ठाने भने
म ---साहित्यको पलायनतातिर धकेलिनेछु/
'कबि''कबिता'हुनुपर्दछ
'कबिता' 'कबि',
तब मात्र कबिता बन्छ
नत्र ---कबिताको अर्थ नै के हुन्छ?
यो त केवल सहि कबिहरुको
अपमान मात्र हुन जान्छ
जस्ले ---सेत्ताम्मे केश फूलाएर
कबि बन्ने प्रेरणा पाएका छन /
हो ---त्यसैले म भन्छु
शब्द र भावनाको थूप्रो मात्र
साहित्य र रचना बन्न सक्दैन
कलमको दौडाइ मात्र पनि
साहित्यको पाना बन्न सक्दैन
त्यसैले---म कबि हुँइन
केवल अग्रजहरुको अनुयायी मात्र हुँ /

(अमेरिका )

गजल


बसन्त मोहन अधिकारी

कति आए कति गए नँया सालहरु ।
सालै पिच्छे बढायौ लासका खालहरु ।

हत्या हिंसा सधै गरि घर आँगनमा
जमे यहाँ रगतका सधै तालहरु ।

अझै गर्छन् रुवाँवासी रोग भोक लागी
ज्यूँको तिहुँ राखि राख्यौ यी बेहालहरु ।

शिविरमै सिरेठोले ज्यान लिने भयो
बर्षौ सम्म फेरीएन मेरा पालहरु ।

मेरा लागी हैन रैछ युद्ध हत्याहरु
देखे मैले यहाँ चाल्ने सबै चालहरु ।

दया माया गर्ने मन कतै रैन रैछ
सबै हिड्छन् मान्छे मार्ने थाप्दै जालहरु ।

यि पापीका हातबाट यहाँ मर्नु भन्दा
चाडै आउँ मलाई लिन हे कालहरु ।

गजल


भूपेन्द्र महत

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ
कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ

खरिद बिक्रिको पसलमा के के मिलथ्यो कुन्नी
सपना बेच्नेको उधोग धन्दा पनि पुरा भएछ

माया हो कि दया, सदभाब भनेर जताउथे
आर्का मुटु के भर थ्यो र,फेरी टुहुरा भएछ

बल्ल बल्ल लाँको बाली हात मुख जोर्न पनि
खडेरिमै चर्को घाम,आशा जती झुरा भएछ

ढोगी जोगी कस्ले चिन्यो,गेरु बस्त्र अस्त्र थियो
दर्शन बाँडे भनी सुन्थेँ, बुद्ध पुर्ने कुरा भएछ

Ice Travel


Ningwa Shakti Limbuu

If I could the travel
the oceans blue,
these are the things
that I would do :
Fly with puffins
under the sea.
Drive with seagulls.
Fish for my tea.
Cling to the tail
of a rolling whale.
leap with doiphins
in abuffeting gale.
Soar with an eagle.
Hunt with ashark.
frolic with seals.
Fly home before dark.

यो कविता एजुकेशन डिपार्टमेण्ट हङ्गकङ्गद्धरा गत ०८ डिसेम्बर २००८ को दिन सिटिहल, सेन्ट्रलमा प्रत्येक विद्यालयबाट प्राथमिक तहका एक जना पुरुष विद्यार्थीले कविता वाचन गर्ने प्रतियोगितामा (poem speech compitition)उत्कृष्ट टप १० भित्र छनौट भएका थिए । यसको बिशेष्ता कविता वाचन गर्ने नेपाली केवल यिनि एक्लो थिए ।

नेपाल आमा


सोम थापा

नेपाल आमाको मातृभूमी
नेपाल आमाको मातृभूमी नै
बुद्धको उपदेश शान्तिको देश भनेर संसारले
नै चिनीरहेका छन्
तै पनि रोइरहेकी छिन् नेपाल आमा
'' नरोउ पनि कसरी”
आफ्नै मातृभूमीमा आफ्नै दुखि सन्तानहरुको
रगतको आल बनेको देखेर
नरोउ पनि कसरी नेपाल आमा
आफ्नै घर आगनमा आफ्नै सन्तानहरुको विभत्स लास भेटेर
त्यसैले त भनेकीछीन् नेपाल आमा
छोडि देउ ति सबै द्धन्दहरु आखिरी के नै
पायौ रगतको खोलो वगाएर
अव त त्यति वनाउछौ विटुवा (सधैं सधैं
सिन्धुरको थोपा पखालेर !
त्यसैले त रोइरहेकी छिन् नेपाल आमा
नरोउ पनि कसरी
तिनै अनाथ बाल बालिकाहरुको र तिनै
विटुवाहरुको र पिडाहरुलाई छातीमा राखेर ।

हङ्गकङ्ग

राष्ट्रीय गान


आचार्य प्रभा

सगरमाथा शिर हाम्रो,अन्नपूर्ण छाती
मकालु र लाम्टाङ हिमाल बस्छन शिरमाथी ---

पशुपती पुज्ने थलो,आस्था भद्रकाली
एकचित्त ध्यान दिइ पूज्छन गोरखाली ---

स्वयम्भु र दक्षीणकाली भाक्ने सबको थलो
मनकामना,पन्चकन्या गर्छन् सबको भलो ---

स्वयम्भु हो हामीसबको दुई आँखाका नानी
फेवाताल,रारा दह तिर्खा मेट्ने पानी ---

माछापूछ्रे,कन्चनजङा स्वाभिन हाम्रो
सुन्दरिजल रानी बन छन अत्ती राम्रो ---

लालीगुराँस,डाफे र खुकुरी हो निशान
दौरा,सुरुवाल ढाका टोपी नेपालीको पहिचान ---

चन्द्र,सूर्य ध्वजा हाम्रो बिरताको गाथा
सबैभन्दा प्यारी छिन् हाम्रै धर्तिमाता
---
(अमेरिका )

सपनाको लाश


वैरागी काईला

मेरो हजुर
सपना त रातभरिलाई हो !
गञ्जी र कमेजले ढाकेको
स्याल र फ्याउराले मात्र
अपशकुनको आवाज कराउनलाई
सम्साँझै बास बस्ने
गाउँभित्रकै यौटा बुढो ओढार- हाम्रो छात्तीलाई
अफिसको फाइलको बिटाले
अरुप्रति नदेखाई नहुने
लोकाचार र बाध्यताको धर्मसंकटले
हिर्काउँदै निर्ममतापूर्वक ....
मुख पनि नधोईकन
आफ्नो आदिम अनुहार
टेबलका ऐनामा हेरेपछि
एकजना आफूलाई त साँच्चो भन्नुपर्छ
सपना त रातभरिलाई हो !
सपना त रातभरिलाई हो,
न्रि्रा नटुटेसम्म,
बिम्झिने बित्तिकै
अज्ञानको अन्धकारबाट
सखारै सूर्य मन्दिरमा
कन्ये केटीहरुले चढाउने फूलसित
आफ्नै हातले पनि चुँडिदिनु पर्छ !
-जस्तो कि आज पनि मैले
हजुरको निम्ति भनेको मेरो मायालाई
पर --------डीलमा गाडिदिएको छु
आमाबाबुको निम्ति बलिदिएको मेरो माया,
भन्दछन्......
त्यहाँ फेरि चमेलीको बोटमा उम्रिएको छ !
मैले पनि कति खेप पहेँलो फूलको सपना पाएकेा छु ---
आजकल
आफ्नो लागि कम र अरुको लागि धेरै
बाँचिदिनु पर्ने यो जिन्दगी !
यो जिन्दगी यौटा अनुष्ठान हो !
हो, महत् अनुष्ठानको सार्थकतालाई
इतिहासमा
जीवनको बलिको दान चाहिन्छ !
ठीक हो,
हामीलाई जीवनभर तर्साउने छन्
ओछ्यानमा रातरातभरि
अतृप्त आत्माहरुले,
अनि बिहानपख
रोईराख्नेछन् रगतका आँशु कर्कलाको पातमाथि
बलि दिइएका परेवाका बचेराहरू -
कलिला कलिला हाम्रा सपनाहरूले !
तर जिन्दगी अनुष्ठान हो !
जिन्दगीको इमान राखिदिनु पर्छ !
हामीले मुठ्ठी खोलेर बाँचिदिनु पर्छ !
सि ग्रेटको खरानीसीत
टक्टक्याएर सिरानी र सिरकबाट
कतै छरिएका सपनाका अबशेषहरु
कोही डढिसकेका
कोही भाँच्चिएका
पुतलीका पखेटाहरु !
जो रातभरि लालटेनमा झुत्तिएका थिए,
पर------डाँडाको उताबाट
रगतमा चुर्लुम्म हात डुबाई
डकार्दै, टाउको उठाइरहेको सूर्यलाई,
आधि पर्दा बन्द झ्यालबाट हेरेर
चुपचाप, विवश !
उफ् ! पाइला पाइलामा
लोकाचारको पैतालाले कुल्चिदै प्रत्येक बिहान
जिन्दगीको,
मानिसले सपनाको लासमा जानुपर्छ !
प्रत्येक मानिस एक्लो मलामी हो !
प्रत्येक मानिसले

उभौली

कञ्चन लिम्बू

बर्खे भेल
उर्लेर गडगडाउँदै
उँधो-उँधो बग्दै आउँदा
संघर्षशीलहरुको
एउटा ठूलो दस्ता बनाएर
उभौलीमा
पहाड जत्रै विराट संघर्ष बोकेर
नदीको वेग,
पानीको उल्टो धार
केही नभनी
उकालै उकालो चढिजाने
संघर्षशील माछाहरु,
तिनीहरु
मानव सभ्यतामा पूजनीय हुन् ।

मुन्धुमले भन्छ,
मुन्धुमले भन्छ,
अक्वानामा
तिनीहरुले
पातालमुनी बसेर भुइचालो ल्याउँछन् ।
सृष्टिको बेला
पातालमुनीको विशाल चट्टानी प्लेटहरु
तिनिहरुले हल्लाउँदा
धर्ती फाटेर जल उम्रियो
जल सिचिएर
जीवन, वनस्पतिहरुको सृष्टि भयो
नदी बन्यो, माटो बन्यो ।

खै कुन अज्ञात चैतन्य हो त्यो
निरन्तर संघर्ष गर्न सिकेका तिनीहरुले
झन भेलबाढीमा
ठाडो पानीको बेगमा
उकालो पो चढ्न सिकेछन् ।

हामी,
उँधो बगाएर
उँभो खोज्ने मति भएकाहरु
हामी उकालो चढ्न कहालिनेहरु
प्रकृति विर्सेर
चन्द्रमा टेकेको फुर्ति लगाउनेहरु
चिप्ले ढुङ्गाको धारैधार
पल्र्टाई जाने पानीको बेग
त्यो सबै खेप्दै
उभौलीमा उँभोउँभो चढिजाने
तिनीहरुको संघर्षको कथाभन्दा
प्रविधिले सजिएर
चुचुरोमा पुग्नुमा गौरब गर्छौ ।

हामी,
प्रकृति विर्सनेहरु
पानीले बगाउँछ भन्नेहरु
छालले हुत्याउँछ भन्दै
त्यही भ्रममा रुमल्लिएकाहरु
खै त ?
तिनीहरुलाई आजसम्म नदीको कुन बेगले बगायो ?
खै,
कुन छालले हुत्यायो ।

बाध्यता कि बाहाना या चाहाना ???


स्यानु पाईजा

हामीले बयान गरेको अर्को लाँली गुराँशको
फुलहरु बोन्साई मा उकुश मुकुश फुल्दैछ
आधुनिकता भित्र हराएका मान्छेहरुको मोह
गुराँश फुल्ने पहाडहरुमा होईन, गमला मा छ
मानव रहर र परिक्षणमा तड्पीएका बनस्पतिहरु
लिष्ट नै बन्दैछन,
बोन्साई मा फलेका सुन्तला,
कागती, निमुवा, स्याऊ हरु
क्रिसमस मा किनिने गुडलक रुखहरु
महलमा सजिने मनि प्लान्टहरु
तातो पानीको सुगन्ध हरायो रे
सुनगाभा बगैचा मा फुल्दछ
यार्सागुम्बा पनि एक दिन हिमधरहरुमा ऊम्रने छ
बिदेश नपुगि बेरोजगार हुने नेपालीमन जस्तै
बेरोजगार यहाँको जडिबुटी ,बिदेश नपुगेर के गरुन
लाली गुराश बाटै भरि टेकिदा शिव शिव
एक दिन बिदेश बाट आयतित जुसमा
लाली गुरासको लोगो ,रंग र स्बाद भेट्ने छौ,
नेपाली दिमाग मा सृजनाको ठाउँ छैन
हुनेहरुको पनि नेपाल मै पोख्ने मन छैन
धरवार बन्धकी राखेर, बिदेश नुपग्ने गाउँ छैन
एक दिन हामी भन्ने छौ, आफै सँग
कुनै बेला मेरो देश थियो,
आफ्नै घर थियो, हलगोरू र बारीको मालिक थिए ।
ऊहिले गरिब मालिक थिए
अहिले धनी / गरिब नोकर छु ।

हरियो वन नेपालको धन


राकेश कार्की

हरियो वन नेपालको धन बनमारा झार भयो
उफ् कस्तो बैराग लाग्यो चुनावमा हार भयो

माईली, रिठ्ठे, मिसेरिया संसद भवन पुगे
पैताला फुटाई हिड्नेलाई पो सररर कार भयो

भत्ता, कमिशन, ऐड बटुल्दै राजमणी सम्म
थुईक्क आफू मात्र छुँटे त्यत्रो फौज पार भयो

त्यो पद त्यो कुर्सी कति ऐस आराम थियो
कता बिसाउँ मोटो जिउ आफैलाई भार भयो

भन्थे गाउँमा सफाया गर्छन शहरमै बस्नु
हारेपछि आफ्नै पाईला खुकुरीको धार भयो

दुई दुई जोडेर पाँच अब शत्ति हुनेले पार्लान्
हरुवाले जोड्दा त ट्याकरया्क्क चार भयो

लस् एन्जेलस्

सुख कहिलै नपाए पछी


पुरुषोत्तम सुवेदी

मलाई शुख चाहियको छैन- थर नै कंगाल भय पछी ।
मलाई सिकारको के खांचो- पेसै चन्डाल् भय पछी ।।

मलाई बस्त्रको के खांचो-शरिरभरी घावै घाऊ भै दिय पछी ।
मलाई के थाह हांसोको -गह भरी आसु भै दिय पछी ।।

मलाई घर महलको के महत्व-कही कतै डेरा नपाय पछी ।
मलाई न्यानोको के आभास- माया कतै नभय पछी ।।

मलाई अन्यायको के खांचो - मुलुकमै न्याय नभय पछी ।
मलाई दु:ख संग के पिडा -सुख कहिलै नपाय पछी ।।

फूल खोज्‍ने भमरा


नरेश माङपाहाङ राई

फूल खोज्‍ने भमरा झै यता तिर आईयो
विष छर्ने साँप जस्‍तो मायालु लाई पाईयो

मोटर साईकल चढि आउदा मुस्‍कान छर्न थाल्‍यो
रित्‍तो खल्‍ती देखे पछी कसिंगर झै फाल्‍यो
भोको माया टार्न लाई यता तिर आईयो
घुर्दै सुत्‍ने सुंगुर जस्‍तो मायालु लाई पाईयो

जीउको लुगा राम्‍रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्‍जेल अंगालोमा सर्पले झै बे-यो
मिल्‍ने जोडि खोज्‍दै खोज्‍दै यता तिर आईयो
काठ पसेको मूला जस्‍तो मायालु लाई पाईयो

टाढा हूदा सम्‍झिएर लेख्‍नु चिठ्ठी लेखे
मायालू लाई भेट्न जांदा अर्कै सगं देखे
मनको कूरा पोखुं भन्दै यता तिर आईयो
दुध नदिने भैसि जस्‍तो मायालु लाई पाईयो


फोक्‍स्‍टोन वेलायत
हाल :अफ्‍गानिस्‍तान

जीवन रित्तो रित्तो


आचार्य प्रभा

रोइरहेको आकाश झै भयो यो मन
न त ---खुशिमा फूल्न चाहेको छ
न त हाँसोमा भूल्न सकेको छ
केवल तड्पन छ,जलन छ
ह्रीदयभरी अट्टहास अनी चित्कार छ ,
खै!किन बैरागिएकोछ यो दिल ?
कोलाहल र भिंडमा पनि एक्लिएको छ यो तन /
झुकेको छ नयन सधैं
मौन छ अधर पनि
भन्न चाहेर पनि बोलिहरु प्रतिबन्दित छन आँफै,
सोध्न चाहेर पनि प्रश्नहरु अनुत्तरित छन भित्र भित्रै
खुल्न चाहेर पनि मन
खुम्चिएको छ स्वयम नै
खै !किन हो कुन्नी ?
अल्पपरिचित छ यो ह्रीदय
आफ्नै तन आफ्नै आवाजसँग
शायद आफ्नो क्षितिज टाडिएर हो या ---,
आफ्नी जननीको छायाबाट
ओझेल भएर हो ,
यसैले लागेको छ
केही पाएर गुमाए जस्तो
केही गुमाएर पाए जस्तो
तर ---पनी,
यस्तै आभास भएको छ
सबै शुन्य,शुन्य अनी जीवन नै फगत
रित्तो ---रित्तो /
(अमेरिका )

श्रद्धान्जली शिवलाई


आचार्य प्रभा

हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद ---
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य ---,
तर ---कुन दैवको श्राप पर्‍यो
या तिम्रो जीवन लीलाको खेलको
समाप्ती त्यती नै थियो
त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई /
छोटो आयुको समय
बोकेर आएछौ संसारमाझ
गयौ रुवाइ सबैलाई
बनाइ दुखित आज /
चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि
देह तिम्रो माटो भएपनी
अविश्मरणिय रहोस्
तिम्रो मुहारको आभा,कान्ती
अनी मिलोस तिम्रो आत्मालाई
सदा सदा शान्ती /
(अमेरिका) (प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित )

बिचरा हजुर आमा बितिछन


पुरुशोत्तम सुबेदी -बेल्जियम

सोलुको नाम्चेबजारमा सगरमाथाको चिसो
सिरेठो संगै बिदेसी पाहुनाको सत्कार गर्दै
पारिबारिक् जोहो गर्दै गरेकी बिशाल मनकी एक
बिरामी सेर्पिनी आमै डक्टरको अभावमा बितिछन ।
मेचीको हरियाली चिया बगानमा चिया टिप्दा टिप्दै
आजीवन ज्याला मजदुरिको भरमा जीवन यापन
गरेकी कुनै दिन नेपाल बन्दले भोको पेटमा पटुका
कसी संब्रिद्धीको सपनामा डुब्दा डुब्दै एउटी लिम्बुनी
आमै अकालमै दोन्दको भुमरिमा सडकछेउमै ढलिछन ।
भोटेओडार देखी बेसी शहर-अंबु खैरेनी देखी घांसी कुवा
कहिले रम्घा -कहिले लिग लिग कोट चेपे कीनार हुँदै
दमौली सम्मको फन्को मार्दै डोको भरी घांस बोकी कहिले
दु:खमा कहिले सुखमा रमाउने घांसिको जस्तो बिशाल
मन भयका अधिकारि र पौडेलनी हजुरआमा हरु बितेछन ।
माछापुच्छ्रेको सितल हावा फेवतालको रमणिय द्रिस्य संगै
पोखरा बजारलाइनै सोभायमान बनाउने प्रबासी छोरानातीको
पर्खाइमा घर चलाऊदै आयकी पुंदी भुंदिकी गुरुङसेनी आमै
कहिले लेख कहिले बेसी खेती किसान गर्दा गर्दै बितिछन ।
बागमतिको सेरो फेरो कहिले पाटन कहिले किर्तिपुर हुँदै
काठमांडौ सहरको दैलो दैलोमा खर्पनमा तरकारी बेच्ने
आफ्नै नातिनिको बेलबिबाहमा पाहुना लाई सत्कार गर्दै
हामीलाई क्वांटी चखाउने दयालु नेवारनि अजी बितिछन ।
पर्बतका गिठा र भ्याकुरको भरमा असिनाको प्रतिकार गर्दा
गर्दै जौ र आलुले बिर्सें पछी मुस्किल संग हुर्कायका बलवान
छोरा र नाती कोही ब्रिटिश कोही इन्डिया लागे-पनातिको
सहारामा आफ्नै श्रीमानको पेन्सन पट्टा सोझ्याउंन डोकोमा
बोकीइ पोखरा जांदा मगरनीआमै बिचबाटो घानरुकमै बितिछन ।

देह ब्यापार आफ्नै पुर्खज पेसा भनु वा उसजुनिको कमाइ भनु
मरेका साशक भयको देशमा भुसतिघ्रे जो आयपनी नाइ भने भोकै
भईने आफु र बतासे छोरी संगै तमसिनु पर्ने के घर के डेरा
कहिले लम्की कहिले महेन्द्र नगर कहिले दांङ घोराही -कैलाली र
कंचनपुर अहिले बांकेको कोहलपुरमा योन शोषण बाट पिडित भयकी
एच आ ई भि एडस बाट ग्रसित बिचरा एउटी बदिनी आमै बितिछन ।
तराइका सम्म फांटमा करेठ र गोवन सांप संगै पौठाजिरी खेल्दै सुर्तिको
खेती गर्मिको बेला सालको छहारि मुनी बसी गाई चराउदै तलाउ झोडमा
ढडिया को पासो जलुकाको मुठो टाउकोमा स्याखु जेठमासको गर्मी भरेको
खुराक गंगटा र घुंगी कुपोसणले बिचरा एउटी थरुनी आमै बितिछन ।
बिहानीको सुर्यकिरण सितको धौलागिरी संग हुबहु अनुहार मिल्ने कहिले
पांच पाटा कहिले माथिल्ला खोर कहिले कर्लिम मलको भारी पटुकिमा
खाजा कोर्काको नानी त्रिखायको भैंसि शुख र दु:खको पर्वै नगरि पालेका
छोरा नाती लियर १८ सालमा चितवन झरेकी धनकी धनी मनकी धनी
संतान कि धनी संस्कार र संस्कृतिकी धनी मिठोबोली कहिलेइ नरिसाउने
जापान स्पेन जर्मन पोर्चुगल बेल्जियम का नाती पनातिको पर्खाइमा
बसेकी चितवन भरतपुर ५ खोरे टोलमा बस्ने यही २०६५ साल मंसिर
९ गतेबिहुं माथिल्ला खोर बाट बसाइ सरेकी चौरासी गरेकी अत्यन्त
दयावान् न रोग न बिमार सुटुक्कइ हाम्रै हजुर आमा बितिछन ।

बसन्त वर्षा


कृष्ण प्रर्साई

संयोग नै भनु,
तिमीसंगको पहिलो भेटमै-
तिमीले मलाई बसन्त हुनु भनेकी थियौं ।
बसन्तको पर्याय-
मलाई काफल र कोइली मनपरे पनि,
राताम्मे गुरासे पाखाले मन छोए पनि,
वर्षाऋतु मन पर्नुमा-
मेरै कमजोरी हुन सक्थ्यो ।
हामी वीचको अन्तर यति नै थियो -
काफल पाक्नु र वैश फुल्नु जस्तै ।
कोइली बोल्नु र बसन्त फल्नु जस्तै ।
त्यस्तै त्यस्ता सम्झनाहरुको ताँतीमा-
मलाई मनपर्ने मनसुनहरु थाती राखेर-
मलाई मन पर्ने बादलका रातहरु छोडेर,
एक दिन मैले एकाएक तिमी मै समाहित हुने गरी,
बसन्तको पर्याय तिमीसंगै सम्झौता गरे,
त्यति खेर मलाई -
मेरो मायाको पराजय भन्दा पनि-
तिम्रो सम्मोहनको विजयले तान्यो ।
बसन्त त निकै मापाको हुदोरहेछ ,
माया गर्न मान्छेहरुलाई-
बसन्त त निकै बलशाली हुदोरहेछ,
मन चोर्न मान्छेहरुलाई ।
एक दिन त उस्ले सुटुक्क भन्यो-
मेरो सृजनामा झुक्न सक्ने कवि,
एक पटक आफै बसन्त हुन सिक त !

बिजुलीले झट्का

किरण पौडेल

८३ हजार मेगावाट, रहेछ क्षमता भारी
०३ हजार निक्लँदैन, डिजेल समेत गरी
४८ घण्टा प्रतिहप्ता, लोडसेडिङ्ग साह्रो
१३ प्रतिशत आयातले, पनि भ्याउन गाह्रो
अँध्यारोमा बच्चा बिग्रे, भविष्य अन्धकार
कर्णधारै तहस्नहस्, देशलाई पर् यो मार
कल कारखाना ठप्प भए, उद्योग भए बन्द
बेरोजगारी उर्लेर आयो, दाजुभाई मै द्वन्द
हात्ती भयो आयात त, कमिला सरी निर्यात
व्यापार भयो डामाडोल, अर्थतन्त्रमा आघात
जलश्रोतको धनी देश, डांडा पारीको जुन
बचाउन आउनु पर्छ, दैविक शक्ति पुनः
कस्लाई कोस्ने कस्लाई भन्ने, केही फाईदा छैन
नेपालीको भाग्यै क्यार, यस्तै होला चैन

Kuwait. +965-6707-3336
१९ नोभेम्वर २००८

राष्ट्रिय गीत


दिलिप योन्जन

मेरो भन्नु सगरमाथा, देशको गौरब हो
मेरो साथ धर्ति आकास, सबैको समान हो
चार जात छतिस बर्ण, हामी सबको फुल्बारी
न ठुलो सानो नभेद भाब, हामी है नेपाली।

माछापुच्छ्रे कन्चनजंगा, चादी झै झल-ल
नै मती बाजा थरी२ नाच, देशको पहिचान
दउरा सुरुवाल ढाका टोपी, कम्बरमा खुकुरी
चार जात छतिस बर्ण, हामी सबको फुल्बारी
न ठुलो सानो नभेद भाब, हामी है नेपाली।

हिमाल तराई झर्ना खोलाले, रिदय चुम्दछ
डाफे मुनाल छम२ नाच्दा,स्वर्ग झै लाग्दछ
चौबन्दी चोली चुरा र पोते, नाखैमा बुलाकी
चार जात छतिस बर्ण, हामी सबको फुल्बारी
न ठुलो सानो नभेद भाब, हामी है नेपाली।

अस्टिन अमेरिका

नैतिक उपचार


पुरुशोत्तम सुबेदी -बेल्जियम

मानिसको दुस्मन त रोग हो - सकेसम्म एसको उपचार गर ।
बरु अनबिस्वासि त तिमी हौ-अरु लाई विश्वाश दिने काम गर ।।
भन्छौ तिमी अरुहरु लाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै ।
सान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी गृहयुद्धको तिमीले नै ।।
तिम्रो जङको उपचार बेलैमा-नगर्नाले रेविज लाग्यो आज देशलाई ।
बिरामी चेतनले हुन्न जनसेवा -गर उपचार तिम्रो ट्युमर केसलाई ।।
नराख बाजी मेटासिटको तिमीले - जित्ने छौ सहज् झुटको खेती ।
राख सर्त अमृत बुटी संजिवनिको - नैतिकता तिमीमा छके कती ।।
स्वास्थ्य मन्त्री छौ रोगी ग्यांस्ट्रिकका-मिठो चोखो खानै नहुने रोग ।
सांच्चिकै पररास्ट्र मन्त्री हौभने तिमी -बिरामी सुस्ता लाई औषधी शोध ।।
कैंची समात्न नजान्नेले किन यहाँ - खोल्दछौ हायरकट सैलुन को पसल ।
राज्यको बागडोर समाल्न नसक्नेले अब-किनरा लाग्दा हुनेछ देसलाई असल ।।
ताजा रगत को खोजिमा छौ तिमी - खुब गर्जिन्छौ राष्ट्र सेवक हुँ भनी ।
सिकायौ भिक्षुलाई चान्डाल हुन तिमीले-लास चपाउदैछन बाबा अघोरी पनि ।।
आफु बलियो हुने रहरले त्यस दिन - चढायौ थाप्लोमा अज्ञानी ति मुर्ख लाई ।
मुर्खकै राज ले ज्वरो आयो सिटामोल खाने-ढलाउछौ कुन सैयामा आज देसलाई ।।
एक्काइसौं सताब्दिका जनताको आज -सोर्हौं सताब्दिको जस्तो आदिम चाल भयो ।
न रह्यो बांस न बज्यो बांसुरी-मुर्ती बुटी सबै सकिय स्वर्ग जस्तो देस कंगाल भयो ।।
अझै गर्छौ विश्वाश तिमी गाउ घरमा - दोबाटो चौबाटोमा पात्लो हलोको कुरा ।
बोलिका छौ खुब मिठा मिजासिला तिमी - मनका छौ राक्षसजस्ता महिसासुर ।।

आमा तिमी समुन्द्र हौ


आचार्य प्रभा

आमा ---
तिमी समुन्द्र हौ
त्यसैले त ---,
शान्त लहर भै बगिरहेछौ
सुस्त ---सुस्त,
न त कहिल्यै थकानको महसुश गर्यौ
न,त उर्लिदो भेल बनेर तिमीले
साराको सपना बगायौ ,
बरु ---आफु निश्चिन्त बनेर
किनारालाई साथ दिइ बगिरह्यौ /
तिमीले छहरा झै आफ्नो यौवन
उदाङ पारीनौ,
अनी ---तिमिले झरना बनेर
कसैलाई लोभ्याउने अठोट पनि त गरिनौ ,
त र ---तिमी त धैर्य बनेर बगिरह्यौ ,
केवल बग्नुको अर्थ मात्र साँचीरह्यौ /
तिमीले खहरे झै मात्तिएर
क्षणिक स्फुर्ती कहिल्यै देखाइनौ
तिमीले उर्लिदो खोला बनेर
बर्षा यामको मात्र प्रतिक्षा कहिल्यै गरिनौ
बस ---बगिरह्यौ ,
सदाबहार बनेर /
तिम्रालागी बर्षायाम पनि कहिले आउन परेन ,
तिमीले शरद,ॠतु पनि पर्खन परेन ,
तिम्रो यौवनले चन्चलताको
प्रदर्शन पनि गरेन /
खोला,झरना,छहरा,छांगा झै
तिम्रो रूपले फेरिनु पनि परेन
कहिले अन्धाधुन्द बाढि बनेर
बहुलाको नियती भोग्नु परेन
अनी ---कहिले बगरलाई नीरिह एक्लो बनाएर
तिमीले स्वार्थको ढोङ पनि रच्नु परेन
तिमी त निस्वार्थी समुन्द्र बन्यौ
जस्ले शितलता दिने कोशीश मात्र गर्यो /
तिमी सतहको प्रीय बन्यौ
आकाश छुने उदेश्य कहिल्यै बोकिनौ
जस्ले ---साथ दिइरहयो किनाराको
भरपर्दो सहारा को अस्तित्व बनेर /
(अमेरिका )

मुटु भरी दुखी रछ


भूपेन्द्र महत

मुटु भरी दुखी रछ घाऊ बनी चराई दियौ .
श्वास चली र'दा नि लाग्छ जिबन हराई दियौ

खोइ कुन बाटो थियो तिमी सँग हिडि नै रहे.
सहज यात्रा थियो धराप थापी डराई दियौ

साधनामा लिन थिए आरधना तिम्रै थियो
रियाजमा लय हाल्दै थिए तिमी कराई दियौ

फुटेको थेँ टुटेको थेँ तैपनी किन हो जुटेको थेँ
तहस नहस पारी फेरी बिजोक गराई दियौ

सुधो थिए,सच्चा थिए लप्पन छप्पन के था
धोका दीइ धोकेबाज मलाई नै दराई दियौ

गजल


आचार्य प्रभा

कार,मर्सिडिज,बीएम डब्ल्यु चड्छन सबै ॠणै ॠणमा
रेस्टुराँ र होटेल धाउछन सबै,सबै ॠणै ॠणमा

बार,डिस्को,क्लब धाउछन सबैजना मस्ती गर्छन्
सधैंभरी मीठो खोज्छन,सबै,सबै ॠणै ॠणमा
.
भब्य घर किनि टोपल्छन,बिलासी जीवनमा रमाउछन
क्यासिनो र जुवा धाउछन,सबै सबै ॠणै ॠणमा
.
जिन्दगीमा सबै गर्छन्,आफ्नो केही नभए पनि
आखिरमा माटै छाड्छन् डुबी सबै,सबै ॠणै ॠणमा

(अमेरिका)

यात्रा अझै बाँकी छ

मोहन सिटैाला

मेरी प्रियसीले पानीमा पौडी खेलेजस्तो
सृष्टिको महासागरमा अस्तित्वबोधले
पौडि खेलिरहेको अवस्थामा
भूकभूकेको मिर्मिरेमा आफ्ना पवनमयी पथ
आफैंले बोकेर उड्दै र बुड्दै
बालसूर्यका गुलावी र गुराँसे औंलाहरू
पूर्वी क्षितिजबाट छलांग मारिरहेका थिए
चाकाचुलि खेलमा मेरा बालाहरु माथि उठेजस्तै
एका विहानै मेरो चेतना
ओछ्यानबाट जुरुक्क उठेर
संघारमा हेर्यो
अनि
झ्यालबाट बाहिर हेरेर भन्यो-
' यात्रा अझै बाँकी छ’
विश्वचेतनाका अन्तर्दृष्टिको,
शिवजीको तेस्रो नेत्रको
कमलनयनका कल्याणकारी दृष्टिको
मावताका प्रतिमूर्तिको
त्यो भन्दा अझ वर माटो र मुटुको
न्याय, विवेक र करुणाको
विश्वसमानताका अधिकारको
यात्रा अझै बाँकी छ विश्वविहारको
मेरा भाव र भाषाहरु यिनै नेपाली महिमा बोकेर
यिनै उद्देश्यमा लम्किरहेछन् निरन्तर

डिसेम्बर १०, २००८

मेरेा देश


चन्द्र मादेन 'आन्छन्'

मेरो देशमा ठिङ्रिङ्ग उभिएको
मौन स्तब्ध सगरमाथा छ
मेरो देशमा वोधिसत्व वुद्धका
दुर्दान्त पदचाप छ
मेरो देशको वग्रेल्तीहरुमा
अरनीको जिजिविषा छ
मेरो देशको मान चित्र भित्र
यूगान्तकारी वीरङ्गाना छ ।
प्रकृतिको शुन्दर छटाले
मेरो देशलाई
स्वर्गकी परि वनाएकी छिन्
टलक्क टल्केकी
माछापुछ्र्रे अन्नपूर्ण र कञ्चनजङघामा
भीमकाय प्रतिविम्बले रहलिएकी छिन ।
अनि
गण्डकी धौलागिरि र कुम्भकर्ण
सुमेरु पर्वत सरिका
मेघ छुने टाकुराहरु
मेरो मनका फाँटहरुमा वसेका छन् ।
देउराली भन्ञ्याङ
थुम्की र वस्तिहरु
तर्राईका समतल चुरेभावर हरियालीहरु
मेरा मस्तिस्कका
क्यानभासमा बसेका छन् ।
जैविक विविधता एवं
अलैची चिराइतो र
यार्सागुम्बाको गुनिलो खानीले
मेरा क्षितिजमा निर्विघ्न
लाली गुरास फूलेका छन्
सक्दिन म सिमित खेस्राभित्र
मेरो माटोको दुर्दान्त वर्णन गर्न ।
जहाँको ढुङ्गा र माटोमा टेक्दै
मेरा खुट्टाहरु वलिया भए
जहांको अन्न र जल पिएर
मेरा अवयहरु विकसीत भए
जहाँको धर्तिमा पैदा गरेर
आदरार्थी विजारोपण गरेका थिए ।
प्रसव वेदनाले छटपटाएकी
मेरी मातृत्वको शिरमा
सेतो परेवाले ढाकेको
घुरघुराएको हुनै पर्दछ ।
नतमस्तक कुन्ठित मानवसागरहरुलाई
काम र मामको आमोद अनुभति
दिलाउनै पर्दछ ।
कलपूर्जा उधोग धन्दाको इन्द्रीयहरुले
उजाडिएर तिर्खाएको
धर्तिलाई छुनै पर्दछ ।
उजाड बग्रेल्तिका
उपेक्षित अकर्मण्यताहरुले
सवलाङ्ग पाखुरीहरु
चलायमान पार्नै पर्दछ ।
विप्ल्याटो मनस्थितिका
पीपासु कारिन्दाहरुले
मानविय मुर्तरुप आलोकको
सिमारेखा कोर्नै पर्दछ ।
अनकन्टार लेक वेशी
खोंच र भिर पाखाहरुमा
मोटरका असङ्ख्या माङाहरु
रगडिनै पर्दछ ।
पूर्ण निस्पट सन्नाट छाएका
झ्याउकीरीका दियालो वस्तिहरुमा
विजुलीका गुलुपहरु
नित्य ताराहरुझैं चम्किनु पर्दछ ।


(यो कविता गत ११ नोभेम्बर २००८ का दिन पोख्रेली झयालव्दारा आयोजित प्रतियोगितामा उत्कृष्ट पाँचमा छनौट भइ पुरस्कृत भएको कविता हो)

तिमीलाइ के थाहा


केदार सङ्केत

म पीडामा प्रकट भएकी
ति म्रै आमाको सन्तान
द्वन्दमा समातेर
लापत्ता पारेकी मध्यकी
तिम्रै जेठी छोरीत थिँएनी म
तिमीलाइ के थाहा
जहाँ मलाइ बलत्कार गरेर
सेतीमा बगाइ दिएका थिए ।
यहाँ सीता, पार्वती
पुजिन्छन् मन्दिरमा
तिनै सीता र पार्वती
पुनः लुटिन्छन्
अलिपरको मधुवनमा
तिमीलाइ के थाहा
तिम्रै कांनी
माहिली बहिनी त थिएनी म
जहाँ कृतिम अविहभावक भएर
पशुपतीमा जलाइएको थिए ।
आधा सरिर हेर्न पल्केका
ती नाच्नेहरु मध्य
सन्तानमा अलिक राम्री
शहर पसेकी
तिमीलाइ के थाहा
तिम्रै पातली
साहिली बहिनी त थिएनी म
जहाँ म प्रतेक रङ्गीन साँझहरुमा
बेचिएकी हुन्थे ।
पोहोर साल गस्तिमा
मुख छोपाएर पर सम्म हिडायौं
पालै पालो सरिर भरि
चुरोटका ठुट्टाहरु मार्यौ
अनि बन्दुका मोहरी धुँवाउदै रमायौं
तिमीलाइ के थाँहा
तिम्रै लिखुरी
कान्छी बहिनीत थिँएनी म
जहाँ म जिउँदै
नर्कमा पुगेकी थिए ।

उहिले र अहिले


टंक सम्वाहाम्फे

उहिले
अहिलेको जस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले
अघाउन्जेल हाँस्न पाइन्थ्यो
कुनै व्यवधान थिएन
बाचुन्जेल जिवन
बाँच्न पाईन्थ्यो
अहिले
एक्कासी बद्लिएकाछन्
समयका अनुहारहरु
र वेग्लिएका छन्
वर्तमानले वोल्ने भाषाहरु
त्यसरी नै विचारहरु पनि
वाडीएकाछन्
चुडीएका छन्
फुक्लिएकाछन्
फलस्वरुप
मानविय आस्थाहरु भत्किएकाछन्
मानविय विश्वासहरु लच्किएकाछन्
मानविय संवेदनाहरु हराएकाछन्
मात्र स्वार्थ व्युँझिएकोछ
मान्छेहरुमा यसरी मानवत्व लोप भएपछि
यहाँ हिंसा बढेकोछ
यहाँ हत्या बढेकोछ
त्यसैले मान्छेहरुको मन दुख्दैन
किनकी उनीहरुको मुटु ढुङ्गा जस्तै भएकोछ
त्यसकारण मान्छेले मान्छेलाई
हेर्ने दृष्टि र दृष्टिकोण
जङ्गवहादुरको जस्तै वनेकाछन्
अचेल यी आँखाहरुमा
दृष्टिप्रेम छैन
अचेल मान्छेहरुको हृदयमा
भातृत्व प्रेम छैन
आधुनिकताको नाममा
विकासको नाममा
मान्छेहरु यान्त्रिक बनेकाछन्
त्यसैले मान्छेले मान्छेहरुको
अस्मिता लुटेकाछन्
आकांक्ष थुतेकाछन्
यसरी मान्छेले मान्छेलाई
निर्मम शिकार वनाएकाछन्
यहाँ दृश्यहरु देख्ने आँखा मात्र छन्
सहयोगका आँखाहरु छैनन्
सद्भावका आँखाहरु छैनन्
त्यसैले ती आँखाको कुनै काम छैन
किनकी आँखा भित्र आँखाहरु छैनन्
अहिले
यसरी परिभाषीत भएकोछ
उहिले त्यस्तो थिएन
जो अहिले भैरहेकोछ
उहिलको र अहिलेको परिस्थिती
यहाँनेर यसरी छुट्टीएकोछ
यहाँनेर यसरी वेग्लिएकोछ
यहाँनेर यसरी निर्जीव वन्दै गएकोछ
अहिले
सुनियोजित ढङ्गले
लुटिनु र भुटिनुको खेल खेलिन्छ
त्यसैले अहिलेसँग
न्याय गाँसीएको छैन
निशाफ जोडिएको छैन
मात्र महत्वकांक्ष छोडिएको छ
मात्र स्वार्थ गोडीएकोछ
जस्ले वर्वरता थपीरहेकोछ
जस्ले क्रुरता निम्त्याईरहेकोछ
अहिले यसरी वौलाहीरहेछ
अहिले यसरी मौलाईरहेछ
तर उहिले
त्यस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले
अघाउन्जेल हाँस्न पाइन्थ्यो
कुनै व्यवधान थिएन
बाचुन्जेल जिवन
बाँच्न पाईन्थ्यो

खोज्नु पर्ने बेला


स्यानु पाईजा

बोन्साईमा कुजीएका धुपीका रुखहरु
उज्यालोको खोजीमा झयाल तिर तन्किएका
मनी प्लान्टका लहरे बोटहरु
शान्तीको शन्देस छर्ने बुद्वका तस्बीर
भित्ता मा सजाईएका जोर तरबार
अनि नजिकैको जोर नाल बन्दुक
मानव अधिकारका लामा लामा नारा
महान मानवको बाणीले सजिएको भित्ता
टेबुल मा सजाईएको बिश्बको मान चित्र
दराज मा दार्शनिकका मोटा मोटा कितावहरु
नपढिकन सोल्युट कस्दै हरेक मान्छेलाई
फुर्सद कहाँ थियो र हाम्रो पुर्खालाई
शब्दकोश को पङत्तीमा लुकेको शब्द
अब बल्ल खोज्न थालिएको छ
मोटो पवर लागेको चश्मा लगाएर
समाय सँगै परिमार्जन भएका शब्दहरु
नोकर, नोकरी, जागीर, जागिरे, लाहुरे
कहिले राज्य खोसेर लखेटे
कहिले जात खसालेर तुक्राए
खुब चर्चामा छ अचेल, जनजाति शब्द
प्रजातन्त्र,पन्चायत,निरदल, बहुदल
लोकतन्त्र, गणतन्त्र, अब अरु शब्द बन्दैछन
यी त जनता कराए भने अल्मलाउने
रँग दलेर राखेका मिठाईका नाम हरु हुन
जनता कराए पछि रयापर खोलीन्छ
या रयापर मा सजाएर देखाईन्छ
यो फलाना तन्त्र हो, फलाना मन्त्र हो,
यो आए पछि जनताको दिन आउछ।
दिन त आएकै छ कहाँ रोकिन्छर ?
तर,,, हरेक दिन झन कठिन हुदैछ
शब्दकोश को पङत्तीमा लुकेको शब्द
अब बल्ल खोज्न थालिए जस्तै
अस्थिरता, अशान्ती को जड पनि
खोज्नु पर्ने बेला आएको छ ।
साहेद हाम्रा आँखाहरु कम्जोर होलान
मोटो पवर लागेको चश्मा लगाएर
अब फेरि बिभिन्न जाती र समुहमा छरियौ भने
अर्को तिन पुस्ता यसैमा बित्नेछ
सोच्नु पर्ने बेला आएको छ ।
हरेक सभा र सम्मलेन पछि
जाम सकेर रंगिन साम मा
धन र समाय खर्चनु भन्दा
खोलावारी र खोलापारी को नाममा
संध र संस्थामा छरिनु भन्दा
साझा हितको बारेमा सोच्न सिक्नु जरुरी छ
सोच्नु पर्ने बेला आएको छ ।

गजल


प्रभा आचार्य

मेरो मनलाई तड्पाइ तिमीले छली गयौ
मलबिनाको बिरुवाझै ,रुखो बनाइ ढलिगयौ /

बस्छु भन्थ्यौ मेरो मनमा जीवनभरी म सँगै
थाहा नदि सुटुक्क, एक्लो बनाइ चलिगयौ /

बसन्तको पालुवा झै हाम्रो माया हुन्छ भन्थ्यौ
त र किन खडेरी भै उजाड बनी जली गयौ /

अटल, अजर राख्छु भन्थ्यौ पिरतिको कथालाई
तर हिॐको पहाड झै छणभर मै गली गयौ /

मेरो अपिल पाठकलाई


आचार्य प्रभा

मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन
यदी उसो हो भने पनि,
म पक्कै नकारात्मक सोँचहरु त
बाँड्न चाहन्न,
तर ---हुन सक्छन
भावनाहरु कसैको पनि
बिचार सँग मेल नखान सक्छ
वा ---अर्थको अनर्थ हुन सक्छ
साँचै त्यस्तै तारतम्य मिल्न गएमा
मेरो श्रीजना यदी कसैले
अद्ध्यन गर्छ भने
सबै मेरो बिचार सँग सहमत् हुन जरुरी छैन
पक्कै पनि 'ऊ'मेरालागी
असल समिक्षक बन्न सक्छ
जस्ले ---मेरो बिचार को कमिलाई
असल भावनाको कसी लगाएर
पुर्णता गरिदिन्छ
अनी ---जस्ले मेरो श्रीजनाको कमीकम्जोरिलाई
औल्याएर सहि न्याय दिन सक्छ
हो त्यस्तै पाठकको पर्खाइमा
मेरा श्रीजनाहरु प्रतिक्षित छन
हो त्यसतै कम्जोरिको ढाड भाँच्ने
समिक्षकको अभावमा मेरा भावनाहरु
अलपत्र छन
त्यसैले म अपिल गर्दछु
म प्रसङ्शाको भोको छुइन
सहि,सत्य गालीको आशामा छु
न कि ---श्रीजनाको अर्थ बुझ्ने प्रयास नगरि
बेअर्थको प्रतिक्रीया पाउने अभिलाषामा
(अमेरिका )

आस्था खोजिरहेछु


दिलिप योन्जन

त्यसै त म पागल भएँ
यातना दिई नसताउ
भुकम्प म भित्र पड्किएको छ
म छताछुल्लछरिएको छु
म धुजा धुजा भैइ फुटेर लडेको छु
बाँच्ने आशा र बिस्वास छैन
म भित्र भित्रै मरिसकेको छु
मेरो संसार भत्किएको छ
मेरो बर्तमान फुटेको सिसा झै टुक्रिंदैछ
चोट नदेउ तिरस्कार गरी.............

बेला बखत यस्तो लाग्छ
भिड र कोलाहलबाट भाग्न मन लाग्छ
एकान्त एकलासमा म एक्लै
डाँफे र मुनाल जस्तै नाच्न मन पर्छ
धुपी र सल्ला झै सुसाउन मन पर्छ
हिमाल, पाखा , पर्बतमा निदाएर
झरना र खोलामा रमाउँदै
हिउँ झै पग्ली नदी भैइ बग्न मन पर्छ
चिमल र लाली गुँरास झै फुल्न मन पर्छ
मेरो बेदना, चाहना र भाबनाहरु
डाँडाको टुप्पामा बसेर चिच्याउन मन पर्छ
जहाँ कोही नहोस् मानब भिडबाट पर
कहालि लाग्दो समाज र संस्काररबाट
एक्लै............ एक्लै..........

देखेको कुरा बोल्न नहुने
जाने बुझे पनि भन्न नहुने
सत्य र साँचो बोल्नै नपाइने
ढुखेको ढुख र चोटहरु लुकाउनु पर्ने
अन्याय र अत्याचार सहनु पर्ने
मान्छे मान्छे बिच असमानता
ठुलो सानो, धनी गरिबको पर्खल
सत्यको हार, असत्यको बिजय
धर्म, भाषा र जातीय धरातल.....

यो कस्ले बनाएको ब्यवस्या..............?
जे पनि मान्नु नै पर्ने बाध्यता..............?
लाचार भएर बाँच्नु पर्ने विवशता.............?
ढुख र पिडामा डुबेर
एक आङ र एक पेटमा तड्पेर
पाटी र पौवामा हराउँदै
आँखा भरि आँसु साँचेर
रिदय भरि बेदनामा जलेर
बर्तमानको भारी सगरमाथा बोकेर
भबिश्यको सुनसान गन्तब्य खोग्दै
क्षत विक्षत जिन्दगी सँगाल्दै
इजतदार बेइमानहरुको भिडमा
रगत चुस्ने राक्षसहरुको माझमा
कानुन र धर्मका ठेकेदारहरुसग
समानता र स्वतन्त्रताको अभाबमा
पग्लिन्दै, बल्दै, निभ्दै हरेक पल
आश्या खोजिरहेछु।

अस्टिन अमेरिका
२०५३ बैसाख ११

चंङ्गा

रामसुन्दर देउजा

खुल्ला आकाशमा
हावाको चानसंगै
निस्फीक्रीसंग
उड्न तम्सेको छ
उडिरहन्छ..........
उडिरहन्छ...........
कहिले आकासिन्छ
कहिले र्झछ तलतल
अनि
कहिले कैँची खान्छ
फनफनी
कहिले नाँच्छ छमछमी
कहिले बौडाइझैं
टक्क अड्छ त
कहिले झट्कारिन्छ बेसरी
अरुको इशारामा
नाँच्नु पर्छ उसले
अरुको भरमा
बाँच्नुपर्छ उसले
किनकि,
कसैको हातको
रिमोटबाट
संचालित छ ऊ ?

गैरीगाऊँ, काभ्रे

पाए हुन्थ्यो

कृष्णा शर्मा

आकाशतिर गाका छौ की
पछि लाग्न पाए हुन्थ्यो ।
उडिजान चरी हैन
दुइ पंख आए हुन्थ्यो ।
भेटिन्छ भने तिमीलाई
पानी भई बगे हुन्थ्यो ।
अन्तेम संसार छिट्टै छोडी
तिम्रै साथ पाए हुन्थ्यो ।
रसिला आँखा गंभिर अनुहार
फेरि छुन पाए हुन्थ्यो ।
बखान गरी श्रृष्टीका खवर
खुसी बाँड्न पाए हुन्थ्यो
समयै छ बेला हैन
किन हतार गर्‍यौ तिमीले ।
आऊँ बस मेरो छेऊ
अनि रुन पाए हुन्थ्यो ।

वाफल, काठमाडौं

जरासन्ध

कृष्ण प्रसार्इ

जरासन्ध फेरि बिउँझिएको छ
उसलाइ थाहा छ ,
फैलिनुको मजा ।
उस्लाई थाहा छ,
बन्दी बनाउनुको मजा ।
अहिले यतिखेर -
तिम्रो भुखण्ड जो छ -
इतिहासको संकटकालको नाउँबाट-
नाजुक गुज्रिरहेछ ।
आफै इमान्दार नहुनुको नाउँमा-
तिमीलाई लान्छना लागो भने पनि,
अन्यथा नठाने हुन्छ तिमीले-
जस्लाई तिमी विश्वास गरिरहेछौ,
जरासन्धले उसलाई पनि किनेको छ ।
जरासन्ध ऊ संग पनि मिलिसकेको छ ।

उसले जरासन्धकै नुनको सोझो गर्दैछ ।
सपालु छ जरासन्ध,
कहिले दिए जस्तो गर्छ -
तर जति दिन्छ,
त्यसको दशौं दोव्वर लिन्छ ।
अभ्यस्त छ जरासन्ध,
तिम्रो सम्पदामा पासा फालिरहन्छ-
गाईको रङ्गमा स्यालको मन बोकेर,
कहिले साधुको भेषमा-
कहिले जालन्धरको भेषमा,

कहिले मृगको भेषमा
पल्किसकेको छ जरासन्ध-
खजाना लुट्नलाई,
लालपूर्जा मिच्नलाई

च्याखे थापिरहनलाई ।
किमार्थ डराउदैन जरासन्ध,
धोकामा पार्न तिमीलाई ।
कसैगरि लजाउदैन जरासन्ध,
बन्दी बनाउन तिमीलाई ।
खवरदार !
असंख्य बाहाना वनाएर,
जरासन्ध यतिखेर-
तिमीलाई धरापमा पार्न
विभिन्न जाल थापेर बसेको छ ।
भेटेसम्म सिङ्गै निल्न-
भीमकाय जरासन्ध,
मात्रै दाउ हेरेर वसेको छ ।

अनामनगर, काठमान्डौ
* महाभारतकालिन असुरराज जस्ले सयौं निमुखा राज्य प्रमुख हरुलाई बन्दी वनाएको थियो ।

माया लागेर आँउछ


बसन्त मोहन अधिकारी

म फूल
यो रङ्गीन संसार
शुन्दरता र शान्तीको
अद्भुत आन्नद
अमन चयन
केवल मेरो उपहार ।

यहाँ,चुसेर रस
दिनभरी
प्यास नलागे सम्म
वाह्य स्वरुपमा
भमरा डकार्दै हिड्छ ।
सताउँदा प्यासले
लागेर तलतल
लुकी छिपी
रात विरात
ऊ धाईरहेछ .....
कठ्ठै ! उसको बाँध्यता र विवशता
यसैले मलाई
निरीह भमराको माया लागेर आँउछ ।

स्याल
निरीह कुखुरा चोरेर
खाँदै
बाघ बनेको उन्मात्तमा
पुरुस्वार्थ देखाउँन
जङ्गलको राजा झै
घमण्डै घमण्ड बिच
घुम्छ , उफ्रन्छ
फलाक्छ, कराउछ ।
जब बाघको अघि पर्छ ।
नतमस्तक
चुपचाप ज्यू ! गर्छ ।
मुस्कुराउछ
सुम्सुमाउछ
हृड्डी खुड्डी खान दिन्छ की भनेर
दिनरात
उसकै अघि पछि लाग्छ ।
यसैले स्याल कराए पनि
रोएझै लाग्छ
कठ्ठै ! निरीह जीवन
यी स्यालहरुको माया लागेर आँउछ ।

शिनु कुर्ने खानेहरु !
रातविरात धाउनेहरु !
आजकल शहरमा
कर्राईरहेछन्
केवल देखाउन
साँझ पर्दानपर्दै
हाजीरछन्
होटल, डिस्को,
क्याविन र क्यासिनोमा
यस्ता निरीह र नामर्द
जोइटिङ्गे लाक्षिहरु देखेर
मलाई माया लागेर आँउछ ।

सुन्यतामा


उषा गिरी

आजकाल किन
दोबाटोमा अत्रिप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र सुन्यतामा?
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य
पाइला पाइलामा
पछुताउछ
मौन रुन्छ एकान्तको
काखमा,
बिते थुप्रै बिभत्स
यामहरु यथार्थमा तिम्रा,
भबिष्यले तिम्रो
कृतिहरु कोरिरहेछ
असन्ख्य बिचारहरुमा
अबिसापको युग
सल्बलाउछ
स्वतन्त्रताको धरातलमा।
चारपाने झापा
हाल ब्रुस्सेल

बैरी नठान आमा


आचार्य प्रभा

बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि
छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि ---

जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,
सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी---

तर सकेनौ हामीले सपना सार्थक बनाउन तिम्रो
पश्चतापको आगोमा जलिरैछु म अहिले ---

पराइ नठान आमा मलाई म त बुढेसकालको साहारा हुँ नि
ह्रीदय तिम्रो ब्यथाले जले मै शितल जल छर्न सक्छु नि ---

एउटै हातको पाँच औंला पनि छन बेग्ला बेग्लै नै
सबैको भर नभए पनि काम दिन सक्छ कुनै एकले ---

त्यस्तै ठान आमा मलाई पाँच औंला मध्य एक
थाम्ने प्रयास गर्नेछु म आउने बाधा अड्चन हरेक ---
बैरी नठान ---

(अमेरिका )