झस्किन्छु
करिना सुब्बा
झस्किन्छु तिम्लाई सम्झी अधेरी त्यो रातमा
संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा
मीठो गीत सुनाउँथ्यौ छाती माथी टाँसी
मायाँ गरि सुम्सुम्याउँथ्यौ मेरो केश रासी
ओठहरु चुमी दिन्थ्यौ गोधुली त्यो साँझमा
संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा
छुट्यौ हामी वाध्यतामा मीठो माया साँची
वैशालु यी तृष्णा अनि चाहनालाई वाँधी
पर्खाई पनि मीठो लाग्छ तिम्रो त्यो यादमा
संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा
रेखा भित्रका रेखाहरु
टंक सम्वाहाम्फे
जव रेखा भित्रका अनेकौ रेखाहरु
यी हाम्रा आँखा अगाडी
दृश्य / अदृश्य रुपले पदार्पण हुन्छन्
तव ती रेखाहरुले मस्तिष्कमा
आकार लिन थाल्छन्
सुषुप्त दिमागहरु रेखासंग
एउटा खुल्ला मार्गमा हिडे झैं
दौडीएर हाम्रो सामु आईपुगे पछि
रेखा जीवित भएर
दुनियामा चलमलाउँन थाल्छ
यता यता / तला माथी
अथवा सवै दिशामा
र स्वरुप ग्रहण गर्न थाल्दछ
अनेकौ रुपले सजिवताको
प्रमाण पेश गर्दछ
शुन्य दिमाग भन्दा उता बाचेको रेखा
जव विस्तारै मस्तिष्क टेक्दछ
तव यी रेखा भित्रका रेखाहरु
जीवनसंग मित्रता गाँस्दछन्
र हामी रेखालाई स्विकार्दछौ
किनकी रेखाहरु पाइलै पिच्छे
अनेकौ रेसामा आफ्नो रुपरङ्ग
आफ्नो लाम्बाई / चौडार्इ
आफ्नो उचाई र गहिरार्इका साथ
प्रस्तुत हुँदछन्
हामी त्यसलाई आत्मा साथ गर्दै
पछ्याउँन थाल्दछौ
अनन्त छन् रेखाहरु
अनगिन्ति छन् रेखाहरु
तर हामीले थाहा पाउँनु छ
कुन हो जीवन रेखा भनेर
अनेकौ प्रयत्नहरुसंग
अनेकौ दुख र कष्टहरुसंग
पौठेचोरी खेल्दै
त्यो रेखा जीवनभर खोजी रहेका हुन्छौ
हामी हरेक पल देख्छौ
रेखा भित्रका रेखाहरु
तर हामीले चाहेको रेखा
कुन हो थाहा हुदैन
अथाह रेखाभित्र हराएका हामी मान्छे
के रेखा भन्दा बाहिर
निस्कन सक्छौ र ?
अवश्य सक्दैनौ ती सीमा रेखाहरु नाघेर
किनभने हामी त्यहि रेखामा आवद्ध भएकाछौ
हामी त्यहि रेखामा लामवद्ध भएकाछौ
यी रेखा भित्रका रेखाहरुमा
हामी कतिले थाहा पाएर हिडेका छौ
हामी कतिले थाहा नपाएर हिडेका छौ
हामी कतिले चाहेर अंगालेका छौ
हामी कतिले नचाहेर अंगालेका छौ
मानौ कुनै न कुनै रेखामा हिड्नु
हाम्रो बाध्यता हो
हाम्रो विवशता हो
अव भन्नुहोस्
के रेखा भित्र रेखाहरु हुँदैनन् र ?
गजल
इप्सुल मगर
सम्झना गर्दा तिम्रो एकान्तमा टोलाई रा' छु
कल्पना गर्दा तिम्रो विन्ति सुन वोलाई रा' छु
कहिले कहि भेट्दा पनि गाह्रो मान्छौ वोल्न किन
सत्य तिम्लाई मायाँ गर्छु भन्न म डरार्इ रा' छु
नभने नी बुझी देउ न प्रिये मनको ब्यथा
साँच्ची प्रिय यादमा मुटु मैले जलाई रा' छु
एकहोरो हो की मायाँ निष्ठुरी झैंलाग्छ कहिले
तैपनि तिमी पाउने आशा मनमा झुलाई रा' छु
तिमी नै हौ सवथोक मेरो नभन्दिनु होइन
त्यसैले त लक्ष्य भेट्न पाईलाहरु डोरार्इ रा' छु
आई दियौ
करिना सुब्बा
आई दियौ मायाँ लिई बैशाकको हुरी भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई
पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु
किनार भई साथ देउ सागर वनि चुमी दिन्छु
वजाई दियौ वासुरी मन छुने धुन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई
वषन्त तिमी वनि देउ फूल वनि फूलि दिन्छु
रात भई साथ देउ जुन भई चम्कि दिन्छु
वहि दियौ सीतल मनमा विहानीको पवन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई
पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु
किनार भई साथ देउ सागर वनि चुमी दिन्छु
वजाई दियौ वासुरी मन छुने धुन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई
वषन्त तिमी वनि देउ फूल वनि फूलि दिन्छु
रात भई साथ देउ जुन भई चम्कि दिन्छु
वहि दियौ सीतल मनमा विहानीको पवन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई
शुभकामना छोडि जाने निष्ठुरिलाई
चकेन्द्र रार्इ
तिमी
आफुलाई शिक्षित ठान्छौ
आधुनिक र सभ्य हुँ भन्छौ
मैले पनि तिमीलाई
मानब जातिकै असल पात्र मानेको थिए
तर तिमी त एकै
समयमा जन्ती र मलामी हुन चाहन्छौ......।
माया गर्छौ भने
अलिकति मायाको चिसो चाख
अलिकति मायाको तातो चाख
त्यो चिसो र तातो नै हो माया
सक्छौ भने जुनि भरी सगाली राख.....।
मैले
बुझिन या
तिमीले बुझेनौ
कहिले वारी कहिले पारी
पुर्याउने नदी को डुंगा होइन म
तिमीले जे/जे भने, जे/जे गरे
चुपचाप सही रहने ढुङ्गा पनि होइन म ....।
शायद
माया दिन आएको थिएनौ तिमी
धोका दिन मात्र आएको थियौ तिमी
त्यसैले मेरो पवित्र मायालाई
शङ्काको आगोले जलाउन चाहन्छौ तिमी......।
ठिकै छ
जान्छौ भने जाउ
मनको जस्केली खुल्ला छ
सबै तिम्रो बाचाहरु तोडेर जाउ
मायाको बिच सागरमा
मलाई अलपत्र छोडेर जाउ
तर्न सके तरुला/नसके मरुला.....।
एउटा आत्मा
भित्रै पनि दो मन हुन सक्छ
मायामा दुई आत्मा एक मन हुन सक्नु पर्छ.....।
हासो पछी रोदन
मिलन पछी बिछोड
जिबन पछी मृत्यु
यो पनि सास्वत सत्य हो
यसलाई पनि स्विकार्नु सक्नु पर्छ.........।
अब
खोज्नु छैन मैले
मायाको अर्थहरु
आत्मा नै नभएको आत्माहरुमा......।
पाउनु मात्र होइन माया
गुमाउनु पनि माया नै हो ,
तिमी जाउ मेरो संसार बाट
कहिले नभेट्ने मेरो नजर भन्दा पर जाउ.....।
लाख लाख शुभ कामना छ
खुशी भएर सयौ बर्ष बाच्नु
दुनियाँ भरी तिम्रो जय जयकार होस
तिम्रो नाम सुवास हावा सरी फैलियोस.......।
यही शुभकामना छ,
प्रेमी हुन नसकेको मेरो असल प्रेमी लाई........।
तिमी
आफुलाई शिक्षित ठान्छौ
आधुनिक र सभ्य हुँ भन्छौ
मैले पनि तिमीलाई
मानब जातिकै असल पात्र मानेको थिए
तर तिमी त एकै
समयमा जन्ती र मलामी हुन चाहन्छौ......।
माया गर्छौ भने
अलिकति मायाको चिसो चाख
अलिकति मायाको तातो चाख
त्यो चिसो र तातो नै हो माया
सक्छौ भने जुनि भरी सगाली राख.....।
मैले
बुझिन या
तिमीले बुझेनौ
कहिले वारी कहिले पारी
पुर्याउने नदी को डुंगा होइन म
तिमीले जे/जे भने, जे/जे गरे
चुपचाप सही रहने ढुङ्गा पनि होइन म ....।
शायद
माया दिन आएको थिएनौ तिमी
धोका दिन मात्र आएको थियौ तिमी
त्यसैले मेरो पवित्र मायालाई
शङ्काको आगोले जलाउन चाहन्छौ तिमी......।
ठिकै छ
जान्छौ भने जाउ
मनको जस्केली खुल्ला छ
सबै तिम्रो बाचाहरु तोडेर जाउ
मायाको बिच सागरमा
मलाई अलपत्र छोडेर जाउ
तर्न सके तरुला/नसके मरुला.....।
एउटा आत्मा
भित्रै पनि दो मन हुन सक्छ
मायामा दुई आत्मा एक मन हुन सक्नु पर्छ.....।
हासो पछी रोदन
मिलन पछी बिछोड
जिबन पछी मृत्यु
यो पनि सास्वत सत्य हो
यसलाई पनि स्विकार्नु सक्नु पर्छ.........।
अब
खोज्नु छैन मैले
मायाको अर्थहरु
आत्मा नै नभएको आत्माहरुमा......।
पाउनु मात्र होइन माया
गुमाउनु पनि माया नै हो ,
तिमी जाउ मेरो संसार बाट
कहिले नभेट्ने मेरो नजर भन्दा पर जाउ.....।
लाख लाख शुभ कामना छ
खुशी भएर सयौ बर्ष बाच्नु
दुनियाँ भरी तिम्रो जय जयकार होस
तिम्रो नाम सुवास हावा सरी फैलियोस.......।
यही शुभकामना छ,
प्रेमी हुन नसकेको मेरो असल प्रेमी लाई........।
खिचे तस्विर
करिना सुब्बा
खिचे तस्विर तिम्रै लागि हृदयमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ
हुरी आउदा पहाड बनि मलाई छेकी देउ है
घाम लाग्दा बादल बनि सीतल छाई देउ है
फूलि दिए तिम्रै लागि फूलवारीमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ
फूल हुँ म टिपी लान्छन् काँडा बनि देउ है
मुटु भित्र मेरो मायाँ साँची राखी देउ है
सपनी हुँ तिम्रो लागि निदरीमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ
चराहरु
लोक सिंगक
सिनुमा लडार्इ स्यालहरुको
अवाक बस्ति
हरेक साँझ
ब्वासाहरुको झगडा
यहाँ रातको राजले
बिध्वम्स मच्चाएको छ ।
बेखवर चराहरु
सकी सके ओत लाग्ने रुखहरु
खङग्रङ्ग बुढो रुख
चीलहरु सुकेको हाँगाहरुमा ।
यहाँ चीलले झम्टन्छ चराहरुलाई
गुँड खडेरीले खाएकोछ
बीचरा ! चराहरु
स्तब्ध छन् बोलीहरु
मुर्छित छन् बिचारहरु
लङ्गडिएकाछन् सीपहरु
जन्मदै काटिएकाछन् जिब्राहरु
हुचिल, नङ्ग्रा र ब्वासाहरु ।
तल अक्करे छागो
माथि साँडेहरुको जुधाई
ब्वासाहरु सिनुको पर्खाइमा
कस्तो हुने हो
थाहा छैन बदलिदो आकास
बिचरा ! चराहरु
निःशब्द हेरिरहेछन्
बादल हुडुलिएको आकास ।
कीर्तिपुर, काठमाण्डौं
सिनुमा लडार्इ स्यालहरुको
अवाक बस्ति
हरेक साँझ
ब्वासाहरुको झगडा
यहाँ रातको राजले
बिध्वम्स मच्चाएको छ ।
बेखवर चराहरु
सकी सके ओत लाग्ने रुखहरु
खङग्रङ्ग बुढो रुख
चीलहरु सुकेको हाँगाहरुमा ।
यहाँ चीलले झम्टन्छ चराहरुलाई
गुँड खडेरीले खाएकोछ
बीचरा ! चराहरु
स्तब्ध छन् बोलीहरु
मुर्छित छन् बिचारहरु
लङ्गडिएकाछन् सीपहरु
जन्मदै काटिएकाछन् जिब्राहरु
हुचिल, नङ्ग्रा र ब्वासाहरु ।
तल अक्करे छागो
माथि साँडेहरुको जुधाई
ब्वासाहरु सिनुको पर्खाइमा
कस्तो हुने हो
थाहा छैन बदलिदो आकास
बिचरा ! चराहरु
निःशब्द हेरिरहेछन्
बादल हुडुलिएको आकास ।
कीर्तिपुर, काठमाण्डौं
म टेलिभिजन हेर्दिन आमा !
दिव्य गिरी
आमा !
हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन
टेलिभिजनको पर्दामा
जति पनि अनुहार देख्छु
तिनीहरूलाई देखेर
मलाई घृणा लाग्छ
तिनका बोली र तिनका भाषण सुनेर
मलाई वाकवाकी लाग्छ
र तिनका हाँसो देखेर
मलाई आश्चर्य लाग्छ
आमा !
ती तिम्रै रगत चुसेर
ती तिम्रै पसीना चुसेर
खरिजुका झैं मोटार्इरहेछन्
ती हाम्रै भविष्य लुटेर उग्राइरहेछन्
मलाई आश्चर्य लाग्छ आमा
ती स्याललेझैं झम्टिरहेछन् तिमीमाथि
ती गिद्धलेझैं लुछिरहेछन् तिम्रो शरीर
ती ब्वाँसोलेझैं झिकिरहेछन् ति म्रो मुटु र कलेजो
कसरी भन्नु तिनीहरू पनि तिम्रै सान्तान हुन
कसरी भन्नु तिनीहरू पनि मान्छे हुन्
मान्छेको रुपमा दानव जस्ता !
मान्छेको रुपमा यमराज जस्ता !
आफै मान्छे मार्छन् र गोहीको आँसु झार्छन्
खै यहाँ मान्छेको मुल्य ?
खै मान्छेप्रतिको माया ?
ती आफुलाई मात्र मान्छे देख्छन्
ती आफुलाई मात्र महान ठान्छन्
न तिनमा लाज छ, नत सरम
न तिनमा विश्वास छ, नत धर्म
विडम्बना आमा
तिनीहरूकै पञ्जामा छयौ तिमी
तिनीहरूकै हातमा छ मेरो देश
रत म सधैं आतङकीत छु
सधैंसधैं त्रसित छु
हर पल, हर क्षण
हर दिन, हर रात
तिनै नकचरा
तिनै व्यभिचारी
तिनै भ्रष्टाचारीको अनुहार हेर्नुपर्छ मैले
त्यसैले आमा
हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन
टेलिभिजनको पर्दामा
म जसको अनुहार देख्छु
तिनीहरूकै कारण
ति म्रो अस्तित्व सङ्कटमा छ
हा म्रो भविष्य सङ्कटमा छ
मेरो देश, मेरो भेष
मेरो भाषा, मेरो धर्म
मेरो संस्कृति, मेरो परम्परा
सबै सबै सङ्कटमा छ ।
२०६७ पौष १५
आमा !
हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन
टेलिभिजनको पर्दामा
जति पनि अनुहार देख्छु
तिनीहरूलाई देखेर
मलाई घृणा लाग्छ
तिनका बोली र तिनका भाषण सुनेर
मलाई वाकवाकी लाग्छ
र तिनका हाँसो देखेर
मलाई आश्चर्य लाग्छ
आमा !
ती तिम्रै रगत चुसेर
ती तिम्रै पसीना चुसेर
खरिजुका झैं मोटार्इरहेछन्
ती हाम्रै भविष्य लुटेर उग्राइरहेछन्
मलाई आश्चर्य लाग्छ आमा
ती स्याललेझैं झम्टिरहेछन् तिमीमाथि
ती गिद्धलेझैं लुछिरहेछन् तिम्रो शरीर
ती ब्वाँसोलेझैं झिकिरहेछन् ति म्रो मुटु र कलेजो
कसरी भन्नु तिनीहरू पनि तिम्रै सान्तान हुन
कसरी भन्नु तिनीहरू पनि मान्छे हुन्
मान्छेको रुपमा दानव जस्ता !
मान्छेको रुपमा यमराज जस्ता !
आफै मान्छे मार्छन् र गोहीको आँसु झार्छन्
खै यहाँ मान्छेको मुल्य ?
खै मान्छेप्रतिको माया ?
ती आफुलाई मात्र मान्छे देख्छन्
ती आफुलाई मात्र महान ठान्छन्
न तिनमा लाज छ, नत सरम
न तिनमा विश्वास छ, नत धर्म
विडम्बना आमा
तिनीहरूकै पञ्जामा छयौ तिमी
तिनीहरूकै हातमा छ मेरो देश
रत म सधैं आतङकीत छु
सधैंसधैं त्रसित छु
हर पल, हर क्षण
हर दिन, हर रात
तिनै नकचरा
तिनै व्यभिचारी
तिनै भ्रष्टाचारीको अनुहार हेर्नुपर्छ मैले
त्यसैले आमा
हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन
टेलिभिजनको पर्दामा
म जसको अनुहार देख्छु
तिनीहरूकै कारण
ति म्रो अस्तित्व सङ्कटमा छ
हा म्रो भविष्य सङ्कटमा छ
मेरो देश, मेरो भेष
मेरो भाषा, मेरो धर्म
मेरो संस्कृति, मेरो परम्परा
सबै सबै सङ्कटमा छ ।
२०६७ पौष १५
एकान्तमा एक्लै
करिना सुब्बा
एकान्तमा एक्लै एक्लै हाँस्न थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु
लाज लाग्छ कता कता तिम्लार्इ सम्झी दिदा
पहिलो भेटमा तिमीसंग न्यानो मायाँ साटी दिदा
वन पाखामा तिम्रै गीत गाउँन थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु
फूल टिपी मेरो शीरमा तिम्ले सीउरी दिदा
मेरो उजाड संसारमा तिमी आर्इ दिदा
जुनेली तिम्रै छायाँ देख्न थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु
गोदाबारी फूलबारीमा
करिना सुब्बा
गोदाबारी फूलबारीमा पहिलो मायाँ साट्यौ
दुर्इ आत्माको मिलन संगै संसारलाई भुल्यौ
सिरीरी बताससंगै हाम्रो मायाँ उड्दै थियो
कोइलीको भाका संगै हाम्रो मायाँ गाउँदै थियो
शिशिरको उजाडमा पनि बषन्त झैं हरियाली थियो
दुर्इ आत्माको तृष्णा मीठो प्रेममा लिप्त थियो
जुन पनि हामीलाई देखि लजाएको थियो
हिमाल पनि हामीलाई देखि मुस्कुराएको थियो
हाम्रो चोखो मायाँ संगै धड्कन बढ्दै थियो
प्रकृतिले पनि हामीलाई चिहाई रहेको थियो
Subscribe to:
Posts (Atom)