म टेलिभिजन हेर्दिन आमा !


दिव्य गिरी

आमा !
हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन
टेलिभिजनको पर्दामा
जति पनि अनुहार देख्छु
तिनीहरूलाई देखेर
मलाई घृणा लाग्छ
तिनका बोली र तिनका भाषण सुनेर
मलाई वाकवाकी लाग्छ
र तिनका हाँसो देखेर
मलाई आश्चर्य लाग्छ
आमा !
ती तिम्रै रगत चुसेर
ती तिम्रै पसीना चुसेर
खरिजुका झैं मोटार्इरहेछन्
ती हाम्रै भविष्य लुटेर उग्राइरहेछन्
मलाई आश्चर्य लाग्छ आमा
ती स्याललेझैं झम्टिरहेछन् तिमीमाथि
ती गिद्धलेझैं लुछिरहेछन् तिम्रो शरीर
ती ब्वाँसोलेझैं झिकिरहेछन् ति म्रो मुटु र कलेजो
कसरी भन्नु तिनीहरू पनि तिम्रै सान्तान हुन
कसरी भन्नु तिनीहरू पनि मान्छे हुन्
मान्छेको रुपमा दानव जस्ता !
मान्छेको रुपमा यमराज जस्ता !
आफै मान्छे मार्छन् र गोहीको आँसु झार्छन्
खै यहाँ मान्छेको मुल्य ?
खै मान्छेप्रतिको माया ?
ती आफुलाई मात्र मान्छे देख्छन्
ती आफुलाई मात्र महान ठान्छन्
न तिनमा लाज छ, नत सरम
न तिनमा विश्वास छ, नत धर्म
विडम्बना आमा
तिनीहरूकै पञ्जामा छयौ तिमी
तिनीहरूकै हातमा छ मेरो देश
रत म सधैं आतङकीत छु
सधैंसधैं त्रसित छु
हर पल, हर क्षण
हर दिन, हर रात
तिनै नकचरा
तिनै व्यभिचारी
तिनै भ्रष्टाचारीको अनुहार हेर्नुपर्छ मैले
त्यसैले आमा
हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन
टेलिभिजनको पर्दामा
म जसको अनुहार देख्छु
तिनीहरूकै कारण
ति म्रो अस्तित्व सङ्कटमा छ
हा म्रो भविष्य सङ्कटमा छ
मेरो देश, मेरो भेष
मेरो भाषा, मेरो धर्म
मेरो संस्कृति, मेरो परम्परा
सबै सबै सङ्कटमा छ ।

२०६७ पौष १५

No comments: