सोल्टिनी र मायाँको रेखा


टंक सम्वाहाम्फे

ओ,सोल्टिनी
हामी त मायाँको समानान्तर रेखामा
नजिकिंदै रहेछौ
किनकी हाम्रा दृष्टिहरु
उसरी नै समान भएर फैलिएका रहेछन्
मानौ हामी मायाँको एउटै रेखामा छौं
यदि यसो नहुनु हो भने
हाम्रो अन्तर सम्वन्धको रेखा
हाम्रो प्रेमको रेखा
हाम्रो बिचारको रेखा
हाम्रो जीन्दगीको रेखा
अथवा सोल्टि र सोल्टिनीमा
हुनु पर्ने सवै सवै रेखाहरु
समान वा सिधा भएरै त
हामी प्रेममय भएका छौं
हामी बिचका रेखाहरु
बाङगाटिङगा हुने हुन् भने
पवित्र सोचका रेखाहरु
निश्चय नै हाम्रो साइनोमा
यसरी विकसीत हुने थिएन
तर आज मायाँको रेखा
यसरी वलियो हुँदै गयो
मानौ अव कहिल्यै मेटीने छैन
वा बाचुञ्जेल सम्मको पुल वनेर
रहि रहने छ
ओ,सोल्टिनी
भन्नुहोस्यो मायाँको रेखा
कवि पवित्र छ ?
कति सोझो छ ?
कति वलियो छ ?
के यो मायाँको रेखालाई
नकार्न चाहनु हुन्छ ?
चाहे जो सुकै सोल्टि र सोल्टिनी
मायाँ को रेखा
त्यसरी नै फैलिएको हुन्छ
साइनोमा
सम्वन्धमा
अथवा पवित्र हेरार्इमा
त्यसैले यो रेखा समान्तर भएर
फैलिएको हुनुपर्छ
मायाँको रेखामा कलङक हुँदैन
र्इश्या हुँदैन
रोष हुँदैन
कुनै बन्धन हुँदैन
यो स्वतन्त्र रेखा हो
जहाँ जसरी पनि हिड्न सकिन्छ
किनभने मायाँको रेखा
चाहेर कारीदै जाने होइन
त्यो आफै कोरीदै जाने रेखा हो
न त छेक्न सकिन्छ
न त बाँध्नै सकिन्छ
त्यसैले यो एउटा गतिशील समय हो
जसको प्रवाह वा गति
कसैले गति रोक्न सक्दैनन्
हो,त्यसैले सोल्टिनी
हाम्रो मायाँको रेखा
समानान्तर भएको हुनु पर्छ
नभए त सोल्टिनीसंगको
यो तपस्या
यो त्याग
अवश्य प्रेममा परिवर्तीत हुने थिएन
आज हामी मात्र होइन
योदुनियाँमा किटपतङग देखि लिएर
हरेक प्राणीमा
मायाँको रेखाले नजिकिएका हुन्छन्
र न्यानो सम्वन्ध विस्तार भएको छ

गीत


करीना सुब्बा (वनेम)

नखसाउ यि नयनबाट अनमोल यि आँसु
नसम्झ ति चोट अब चोखो मायाँ गासुँ,,

तरी आउ मायाँको सागर थापी दिन्छु पुल,
यति धेरै मायाँ दिन्छु सारा दु:ख भुल,,
नबल्झाउ ति छाती अब तिमी हामी हाँसु,
नसम्झ ति चोट अब चोखो मायाँ गासुँ,,

बिगतलाई कुल्चि आउ बिछ्यार्इ दिन्छु तुल,
बजाई दिन्छु प्रेमको धुन सारा अतित भुल,,
नदुखाउ ति मुटु अब रमाई हामी बाचुँ,
नसम्झ ति चोट अब चोखो मायाँ गासुँ

सुत्नु मेरो नियती


हस्त गौतम मृदुल

सुत्नु मेरो नियती होइन तै पनि सुतेकै छु।
निरही यो जीन्दगीमा मृत्युलाइ थुतेकै छु।
खै कहाँ छन मैले उठाएका ति मान्छेहरु
खै कता थन्किएका छन मेरा ति सृजनाहरु

खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा
बाध्यताले सुत्नु परेको छ मृत्य कुरी दैलोमा
खै कता हराए चासो देखाउने ति मान्छेहरु
खै कहाँ बाटो बिराए सदासयता देखाउनेहरु

मैले जे सकेको थिएँ त्यही दिएर थन्केको छु
पीडाको संगितमा दुखको गीत भै घन्केको छु।
खै के त्याग गरे त संसार बदल्छु भन्नेहरुले
खै के योगदान दिए आफनै पोल्टो भर्नेहरुले

भो बिर्सी देउ क्षेणिक आनन्दमै रमाउनेहरुले
मेरो सृजना त्याग र बलिदानलाइ भुल्नेहरुले
के देलान आहातको बेला राहात निको हुन
गिद्ध मुखै पर्खेका छन मृत्युको समाचार बटुल्न

परदेशिएर


पञ्च विस्मृत

मनभित्र कतै
बज्छ सौन्दर्यको तीखो आवाज
म सुन्छु
म हेर्छु
परेलाहरुमा अडिएर
टिलपिल टिलपिल आँशु
साँच्ची
यहाँ बसेपछि त
प्रेमनगर पनि देखिंदोरहेछ

बज्छ
दर्दनाक आवाज
म सिर्फ केर्छु एक्लै एक्लै
हो, यहाँ बसेपछि त
मनको बाढी पहिरो
सबै सबै देखिंदोरहेछ

अनि नियाल्छु अन्तरले
यस्तरी आफ्नो उद्गमस्थल कि
अलि पर मा...थी
कहिल्यै नफर्किनेगरि परदेशिएर
सिर्फत्यागिएको मलमुत्र
धोइएको मैलो
अफालिएको शारीरिक विकार
मनको विकार

यहाँ बसेपछि त
टुटार्इफुटार्इ, संयोग वियोग
स्वदेश विदेश
सबै सबै थाहाहुँदोरहेछ

८ मे २००९ २४ वैशाख २०६६ मलाक्का मलेशिया

आँखा चिम्ली मनन् गरौं


भानेन्द्रकुमार सम्बाहाङ्फे

आँखा चिम्ली मनन गरौं, हामी किन पछि पर्यौं ?
स्रोत साधन हुँदाहुँदै, हामी किन गरिब भयौं ?

प्रकृतिले हामीलाई, मुठ्ठी खोली दिएकी छिन्
सगरमाथा हाम्रै हो, नदीनाला हजारौं छन्
हिमाल पहाड तरार्इ, अनुपम उदाहरण
शान्तिदूत हाम्रै बुद्ध, सन्सारमै प्रख्यात छन् ।

तरार्इ हिमाल पहाड, गाँसबाँस सबै दिन्छन्
नदीनाला शक्तिशाली, उर्जा दिने मुहानै हुन्
हावापानी नेपालको, दुनियाँमै उदाहरन्
तर पनि हामीलाई, सन्सारकै गरिब भन्छन् ।

सत्य कुरा बुझौँ साथी, हामी गरिब हुँदैहैनौँ
मिली सब जागौँ अब, स्वर्ग जस्तो देश चिनौँ
हत्या हिंसा त्यागौँ आजै, विकासमा एक बनौँ
स्वतन्त्र हामी नेपाली, शान्तिप्रेमी जनता बनौँ ।

काठमाण्डौ ।
२०६६/०४/११

जहाँ हामी


केशर थुलुङ

यो माटो हाम्रो हो
पसिना बगाउनुपर्छ
यो ढुङ्गा हाम्रो हो
पौरखी बनेर फोड्नुपर्छ
मिलाएर राख्नुपर्छ
अनि मूल फुटाउनुपर्छ
उर्वरताको

यहाँ दुःख छ, पीडा छ
माया र सद्भाव फुलाउनुपर्छ
खुसी बाँड्नुपर्छ
संस्कृतिलाई इतिहासको
पानामा बन्दी होइन
आ-आफ्नो ठाउँबाट जागरित बनाउनुपर्छ
पहिचानको निम्ति

अन्याय/अत्याचारको
असीम चक्रव्यूहभित्र
तिमी फसेका छौ
म पनि फसेको छु
उठ्नुपर्छ/जुर्मुराउनुपर्छ
एक बनेर यसको विरुद्धमा

त्यसैले उठ अब
झुप्रो-झुप्रोबाट उठ
बस्ती-बस्तीबाट उठ
शहर-शहरबाट उठ
सबै जुटेर, सबै मिलेर
एउटा नयाँ अध्याय थाल्नुपर्छ
जहाँ हामी
हाँसी-हाँसी बाँच्न सकौँ
जहाँ हामी
हाँसी-हाँसी मर्न सकौँ ।

मेरो प्रण


टोपबहादुर रार्इ

पग्लिएर हिमाल झैं
हाँस्दिन म मेरो देश दुख्दा
काले र कात्तिके झैं
लडि्दन म देशको शिर झुक्दा ।

बोकेर गन्ध वाग्मती झैं
बग्दिन म त्यो श्वार्थी शहरमा
लुटिएर सप्तकोशी झैं
सुसाउदिन म त्यो लहरमा ।

खेपेर पिडा अक्करे भिरको
फुल्दिन बुकी झैं हिमाली राजमा
ढोगेर माटो छात्तिमा टाँस्दै
छोड्दिन कित्ता परार्इको माझमा ।

हिडेर पुछ्दै घामको पाईला झैं
मेटि्दन आमा पुर्खाको बलिदान
हातमा खुकुरी, काधमा राइफल
बेच्दिन बाबा गोर्खाली स्वाभिमान ।

श्रद्धान्जलि गीत


हस्त गौतम मृदुल

केटा स्तब्ध भै शोकमा डुवे असामायिक् निधन्ले
अनयासै चुँडी लग्यो निर्दयी त्यो बिधाताले
केटी दिवांगत त्यो आत्मामा ईश्वरले बास गरुन
श्रद्धान्जली चढाऊछु चीर शान्तीले भरुन

केटा तिमीले हिडेका तिनै गोरेटा सुन्सान छन
तिमीले बोलेका तिनै शब्द गुन्जि रहन्छन
केटी अमुल्य ति स्मृतिहरु हृदय भरी साँच्नेछु।
तिनै दिब्य सम्मुनामा आँशु पिएर बाँच्नेछु।

केटी अब त संगै बसेर रमाउने दिन गए
ति सुख दुखका क्षण स्मृतिमै सिमत रहे
केटा बियोगले छट्पटीएँ तिमीलाइ गुमाउदा
संसार नै उजाड भो तिम्रो साहारा नहुँदा

दिन


टंक सम्वाहाम्फे

टेक्छु पट्यार कोलाहल
र गन्छु औंला भाची समय
उन्मुक्त दिनहरु
कल्पन्छु
मात्रै फक्रोस उज्यालो
तर पाहुना साझ
टुप्लुकिए पछि
परदेसीन्छ दिन

क्रमश...
जीन्दगीको
कुर्इनेटो नाप्दै
आरोह अवरोहमा
छलाङ्ग मार्दै उमेर
बगी रहे
युगसंग सुसेली हालेर
बाच्नु शब्दजालसंग मुछीदै
वेहिसावकिताप
विरानीन्छ दिन

सदा झैं घाम
छाद्छ उज्यालो
र बुनिन्छन् सपनाहरु अनेक
अनि कोर्न खोज्छु त्यसलाई
खोपडीको क्यान्भाषमा
भ्रमका र वास्तविकताका
नक्साहरु
त्यो पनि अध्यारोले चाट्दा
आकार नवनिदै
भत्किन्छ दिन

जीवनले
कर्तब्यका पाईलाहरु
कुल्चदै
भीरको यात्रा
छिचोल्न खोज्दा
झन तन्किछ समय डोरी
हत्तारोमा घामका प्रकाशहरु
छेक्न खोज्छु
पाउभरि
र छाम्छु उज्यालो
तर त्यसै मेटिन्छ दिन

यूग हुन्छ भनेर
अल्मलिदा
फड्को मार्छ एक्कासी शताब्दिले
क्षणसंग
सन्धि गर्न खोज्दा
छुट्छन् आग्रहका हातहरु
नरोकिएको प्रवाह
कैयौ प्रयासको बाँध हाल्दा पनि
हेर्दा हेर्दै
चिप्लिन्छ दिन

गीत


करिना सुब्बा

जीउँन धेरै गाह्रो भयो आज तिमी विना
जाल भित्रको माछी जस्तै भए पानी विना

एकैछिनको पर्खाई लाग्यो बर्षौ जस्तो
सबै साथमा भएपनि केहि छुटे जस्तो
तिम्लाई पनि यस्तै हुन्छ मेरो साथ विना
जाल भित्रको माछी जस्तै भए पानी विना

विहानीको पवन पनि राप भई पोले जस्तो
तिमी साथमा नहुँदा छाती सवै दुखे जस्तो
वादल लाग्यो आकाशमा हाम्रो मीलन विना
जाल भित्रको माछी जस्तै भए पानी विना

गजल


इप्सुल मगर

रसार्इरह्यो गह अझ आसुँ सुक्दा पनि
बोक्नै नसक्ने ब्यथा रै'छ हेर्दा हृदयमा खनि

पूर्णिमाको रात मलार्इ वन्दा काल रात्री अव
शायद मेरो भाग्यले गर्दा होला मनोमानी

जसो पर्ला उसै टर्ला भन्ने गर्छन् सवले
जसरी नी जिउनै पर्ने जिन्दगीको रीत जानी

बाह्रमासे फूल हाम्रो होइन रै'छ जीवन
त्यसैले त मन बुझाउँन उपमा 'संघर्ष' छ नी