साथी र मृत्यु सन्यास

विष्णु पुन

एका बिहानै मुटु जस्तै
प्यारो लाग्ने साथिको
मृत्युको शन्देस
जब कसैले सुनाउँछ ।
मेरो मन कहाली लाग्दो
निस्पट्ट रात झैँ एकाएक
कहालिन पुग्छ ।

डढेलोले खाएको बन जस्तै
न्यास्रो न्यास्रो यो क्षण
दुर्भाग्य या सँसारको रित
जिवन पथमा एउटा प्रिय
साथी छुट्यो।

म गहन पिडा र भावविह्ल
मनले साथिको सम्झनामा
शोकमग्न आँखाहरु चिम्लेर
श्रदाञ्जलीका बलिन्द्रधारा
आँशुहरु बगाउँछु ।

आँखामा सजिब हाँसिरहने
प्यारो साथी
मनको साथी
कसरी पत्याउँ म
अब मेरो साथमा छैन भने ।
चम्किलो त्यो उज्यालो तारा
अब मेरो अँध्यारो बस्तिमा
फेरि कहिल्यै उदाउने छैन भनेर ।

प्यारो साथी
मनको साथी
बिहानी पखको तारा जस्तै
मेरो हृदयको आकाशबाट
एका एक अस्ताएर गयो आज
तर पनि किन किन
मुटु भित्रको त्यो असिम साथी
लाग्छ वरिपरि सम्झनाको बिम्वमा
यतै कतै मेरो वरिपरि छ ।

कतै हाँस्दै त कतै रुँदै
आफ्नो सुन्दर सपना
इन्द्रेणीको सप्तरङ्गी हार सजाउँदै
मनको साथि
प्यारो साथी
लाग्छ मैरै स्वप्निल आँखामा छ ।
तर अदिृष्य
प्यारो साथी
मनको साथी

जरुर साथी म पनि त आउनु छ।
तिमी गएको अदृष्य सँसार
र शुन्य लोकमा
जरुर साथी त्यो दिनको
मिलन पर्खिराख..............।

No comments: