अरु, म र बिचरा ऊ


परिहास

मान्छेहरुले भने
बिचरा !
कति कलिलो उमेरमा
अकालमै गएछ
यो दैवको लिला पनि !

मलाई लाग्यो
आहा कति भाग्यमानी
न त मानविय दुःख भोग्नुपर्नेछ अब उसले
न त कुनै पिंडा दर्दहरु नै
माया , शोक, भोकको निम्ती तड्पिनु पर्ने छैन अब ।

ठिकै समयमा
ठिकै घडिपलकमा
संघार काटेर सडक टेकेछ उसले
बरु अब
जिउँदा हरेक आत्मा हरुलाई
चिर शान्तिको कामना ।।

No comments: