असफल प्रयास - लघुकथा



आचार्य प्रभा
आफ्नी श्रीमतीलाई क्रुरकालको पंजाबाट बचाउन उसले हर प्रयत्न गरिरहेको थियो /आफ्ना सारा सम्पति स्वाहा गर्यो /जिवनमा कहिल्यै नगरेका काम हरुमाँ पनी पैसा आर्जनका लागी हात हाल्यो जसले गर्दा उसको इमान्दारिता माँ पनी आंच आयो केवल श्रीमतीलाई बचाउने प्रयासका लागी /यत्तिका सारा प्रयास बावजूद पनी उसले श्रीमतीलाई भयानक रोगबाट मुक्त गर्यो / त्यतिन्जेल सम्ममा उसले आफ्नो सारा सम्पति, स्वाभिमान गुमाई सकेको थियो त..र अफ्शोच यत्तिका प्रयास पश्चात् पनी अन्त्यमा उसकी श्रीमतीले म्रीत्युको काख नै रोज्नु पर्यो /एकदिन अनायास बाटोमा हिडिरहेको समयमा अचानक अंधाधुन्द चलेको गोली बाट उसकी श्रीमतिको म्रीत्यु भयो /अन्त्यमा उ सम्पतिबाट पनी पराई बन्यो र श्रीमतिको साथ अनि श्रीमतिको ज्यान को लागी गरेका अनेकों प्रयास हरु बाट पनी बंचित भयो / अहिले उ सोची रहेछ /यो कुन दैवको खेल भनी ? अनि रंभुल्लमा परिरहेछ म कुन न्यायको ढोका ढक ढकाउ भनी .../

(अमेरिका )

No comments: