चाईनाको चामल आयो ??


स्यानु पाईजा

चाईनाले बनाएको सस्तो चामल किन आएन
भोको मान्छे ले पेट भरि खानै पाएन
पोहरै हो सुनेको चाईनामा सस्तो समान जस्तै
सस्तो चामल बनी सक्यो भन्ने सुनेको
काकुल काठमाडौलाई मेलाम्चीको पानी जस्तै
कुरे को कुरै भईयो सस्तो चामल किन आएन
यहाँका एक हुल मान्छे शान्ती खोज्न निस्केका छन
यहाँका अर्को हुल मान्छे शान्ती फर्काउन जुटेका छन
यहाँका एक हुल मान्छे सिलो टिप्नु अर्को गाँउ पुगेका छन
यहाँका अर्को हुल मान्छे पैचो माग्नु गएका छन
यहाँका एक हुल मान्छे जागीर खोज्न प्रदेश पसेका छन
धेरै दु:ख पाईयो , खान नपाई मर्न लाईयो
गरिब र दु;खी प्रमाणीत गराउदै शिर झुकाएका छन
शान्ती खोज्ने हो हुल र शान्ती फर्काउने को हुल
बिचै मा जम्का भेट भए र ठेला ठेल्म गरे
शान्ती खोज्ने र फर्काउने हरुले नै अशान्ती मच्चाए
सिलो टिप्नु गएकाहरुले धमिरा लागेको आलु भेट
पैचो खोज्नु गएकाहरुले झुपडी बन्ढकी राखेर फर्के
यहाँका मान्छे आफ्नो जमीन बाँझो फालेर
मुग्लानमा खै... के ? गमलामा फुल सार्दैछनरे
हुने खाने हरु होटेल मै डिनर लन्च गर्छन रे
नहुने हरु चाउचाउले भोक मेट्छन रे ।
दिन दिनै पसले लाई सोध्दै छन चाईनाको चामल आयो ?

नोट : सिलो- खेतको बाली धनी ले बाली भित्राए पछि छुटेका अन्न टिप्ने काम

No comments: