प्रशासन साक्षि बन्ने बेला आएको छ


चकेन्द्र राई कैदी

अन्यायमा परेकाहरुको
लागी न्याय दिलाउने
राष्ट्र कै एक अभिन्न अङ्ग
निस्कलंक मानिन्छ प्रशासनहरु ।
सबै सबै निर्धा जनताको
बिश्वास र आस्थाको केन्द्र बिन्दु
समाजको आदर्श मान्छे मानिन्छ प्रशासकहरु ।
तर
यो मानवताको पराकाष्ट
भन्नै पर्छ जहाँ कार्यलय मा नै
सहकर्मीको बलात्कार गरिन्छ भने
उल्टै चरित्रहिनको दोष देखाईन्छ भने
अपराधिलाई नै बचाउन खोजिन्छ भने
सिङ्गै प्रशासन साक्षि बन्ने बेला आएको छ ।
बैसले मातिएकाहरु
ओहोदाले पातिएकाहरु
राष्ट्रको ढुकुटि बाट पालीएकाहरु
जनताको पसिनाबाट पोसिएकाहरु
अर्काको अस्मिता लुट्न पल्केकाहरु
कथित ठुला मान्छे भनाउदा राक्षसहरु
यी दानवहरुलाई हदै सम्मको सजाय हुनै पर्छ ।
जनताहरुलाई कानुनको प्रत्याभुति दिलाउनै पर्छ ।
होईन भने
मानव अधिकारबादीहरु
महिला अधिकार बादीहरु
कानुनि राज्य चाहानेहरुको
सबै मिलेर फेरी सडक तताउनु नपरोस ।
कुरा सन्तुको मात्र होईन

कुरा प्रशासन को पनि नि हो ।
कुरा प्रशासकहरुको पनि हो ।
कुरा राष्ट्र र राष्ट्रियताको पनि हो ।
त्यसैले
यस्तो जघन्य अपराधिहरुले
माफी माग्दैमा माफी पाउन हुदैन ।
राजनिती र नाताको आडमा मुक्ति पाउनु हुदैन ।
साच्चि नै यो दुनिया लाई देखाउनु छ ।
सिङ्गै प्रशासन साक्षि बन्ने बेला आएको छ ।

No comments: