अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल ?


चकेद्र रार्इ कैदी

बाँच्न पर्ने बाध्यताले
अनि सुख किन्ने रहरले
जन्मभुमि बाट टाडिएको
एक नेपाली हु म ।

परिस्थीति सँग मुकाबिला र संझौता गर्दै
उज्वल भविश्यको खोजि गर्दैछु .......।
जसरी
तिमी नेपालमा शान्ति खोजि रहेको छौ ....।
मलाई थाहा छ,
तिमीलाई यति बेला
पसिना आई आईरहेको छ ।
यस्तै हुदो रहेछ अनमिन
जन्ता भन्दा नेता धेरै
नेता भन्दा सांसद धेरै
साँसद भन्दा मन्त्रि धेरै भएको देशमा ।
तिमीले सोचे जस्तो छैन हाम्रो देश......।
ताल परे
३६५ दिन नै बन्द हुन्छ हाम्रो देश ।
अभागी जन्ताहरुको हाम्रो देश,
भाग्यमानि नेताहरुको हाम्रो देश,
दिन दाहडै हराउदै गरेको हाम्रो देश
आज तिमी
कानुनको कुरा गर्छौ
मानव अधिकारको कुरा गर्छौ
शान्ति र सुरक्षाको कुरा गर्छौ
नयाँ संबिधानको कुरा गर्छौ........।
तर म
नेपालको कुरा गर्छु
भन त अनमिन कहाँ छ सिङ्गो नेपाल ?
संयुक्त राष्ट्रसंघको बडापत्रमा छ की,
काठमाण्डौको संविधान सभा भित्र छ नेपाल ?
हिजोको टिस्टा र कांगडामा छ कि,
किमाथाङका र सुस्तामा छ नेपाल ?
अनमिन आखिरी कहाँ छ हाम्रो सिङ्गो नेपाल ??

No comments: