बिश्वासको बीज छरेर उमार जनजनमा


बिष्णुनन्द चाम्लिंग

सुन्दर नेपाल र्सबभौम राज्य
इतिहाँसले त भन्छ
पहिला त थियो अरे बिशाल नेपाल
अंगे्रजले निल्यो रे टिष्टा र काङ्गडा
लडेर देखाए अरे बहादुरी खुकुरी कै भरमा
बलभद्र कुँवर र उनका सिपाहीँहरुले
छुन दिएनन् अरे बाँकी भूभाग
परन्तु
दुःखको कुरो
गुमाइका टिष्टा र काङ्गडा
फर्काउँन सकेन योद्धाहरुले
भारतीयहरुले त लडेर भगाए अँगे्रजलाई
सिङ्गो भारत छोड्न बद्य बनाए
लडे नेपाली नेताहरुले पनि
नेहरु र गान्धिको पुच्छर भएर
भारत छाडेर जा भन्न सक्नेले
किन भनेन नेपालको जमिन पनि फिर्ता गरेर जा ?
किन लडेनन् आफ्नो गुमेको जमिन फर्काउँन ?
आखिरमा अँग्रेज र भरतले नेपाललाई
झाडा पखालाले ग्रसित बिरामीलाई
बिना जीवन जल जस्तै बनायो
१९५०को सन्धी लादेर
त्यही सन्धीले बिकासमा हथ्कडि र नेलकडि लगाइ दियो
अधिकारको कुरा गर्न खपिस हाम्रा नेताहरु
आफ्ना आमाबाबु, दाजुभाइ दिदीबहिनीसँग
अधिकारका लागि लड्न सक्छन्
आफनो देशको भूभाग फिर्ता लिनलाई
किन सक्दैनन् अन्तराष्ट्रिय अदालतमा
आफ्नो अधिकार खोज्न र माग्न ?
अहिले बाँचेका बाँकी भूभाग पनि
कति त मिचे अनि मिच्दै छन् बिस्तारबादी भारतले
तर
देख्दैनन् र बुझ्न चाहँदैनन् नव देशभक्तिहरुले
मात्र
जानेका छन् शत्रुको सामु धनुष्टंङ्कार बन्न
बस यत्ति
सिङ्गापूर, स्विजरल्याण्डको सपना देख्छन्
जनतालाई ढाँट्ने बाटो
जन्ताको आँखामा छारो हाल्ने काम
भन्छन् उनीहरु
म नेपाललाई सिङ्गापूर बनाइ दिन्छु्
स्विजरल्याण्ड बनाइ दिन्छु
तर
बिचरोहरुलाई के थाहा
स्विजरल्याण्ड संसारमा चिनिन कत्ति समय लाग्यो
कत्ति वर्षलाग्यो सिँगापूर बनिनु
ए नव देश भक्तिहरु हो
अब त भाषण होइन
अब त आशन होइन
बिश्वासको बीज छरेर
उमार जनजनमा
अँध्यारोमा उज्यालो खोज बिश्वासको टुकी बालेर
भेट्ने छौ बिकासको सही बाटो
चुमेर हेर नेपालको उर्बर माटो ।

१७ फेब्रुवरी १०
इन्द्रेणिपोखरि ३ खोटांग
हाल - हंगकंग
८५२-६३४०७०१४

तेसैले त तिमीले..


रामु गैरे

मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।

मटीतेलमा बाल्ने बत्ती मन परेन होला
तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ
चोखो माया बाहेक के नै थियो र तिमीलाई दिन
तेसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ ।

पैदल हिंड्न तिमीलाई थकाई लाग्यो होला
तेसैले त सरर गूड्ने मोटर बाइक् रोज्यौ
तिमीलाई पैसै ठुलो रहेछ म सोझोलाई के थाहा ?
तेसैले त तिमीले धन माथि नाता जोडेउ ।

गुन्द्रुक र धिडो तिमीलाई मन परेन होला
तेसैले त चिकेन तन्दुरी, मटन् बिरयनी अनी बियर व्हिस्की रोज्यौ
यिनै यिनै चिज नपुग रहेछ र पो म मा
तिमी र म बिचको नाता सधैंका लागि तोडेउ ।
अर्घाखाँची चिउरामाटी
हाल : दुबइ
gaireram25@gmail.com

सबै आफ्नो


दिलिप योन्जन

सबै आफ्नो पराइ भए, बाच्नु केको लागी
तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !

एउटा मुटु दुइटा भयो, लागे पछि खोट
बाच्नु भन्दा मर्नु निको, लागे पछि चोट
बाहिर जती हासे पनि, मनै रहेछ पापी
तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !

हिड्दा हिड्दै ठेस लाग्छ, लागे पछि दिन
साचो माया झूटो बनाई, लगाई छाडी रिन
बाहिर रुइ भित्र हास्ने, मान्छे रैछ जाली
तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !

अस्टिन, अमेरिका

गजल


बसन्त मोहन अधिकारी

आजभोली माग्ने भन्दा लुट्नेहरु महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरु महान अरे

पाप धर्म हाम्रो कर्म आफैलाई थाह छैन
गल्ती गरि बिना दण्ड छुट्नेहरु महान अरे

दुःख पर्दा आँशु झार्दै मेरो राजा भन्नेहरु
फकाएर लुटिसकी चुट्नेहरु महान अरे

कर्म गरि खानेहरु गाउँघरका पाखेँ भए
कुकर्म र वासनामा जुट्नेहरु महान अरे

लोभीपापी घरभरी सुख सयल खोजी राछन्
आफ्नो घर भडाएर फुट्नेहरु महान अरे
यूएर्इ

गुन्द्रुकको परिभाषा


स्यानु पाईजा

जीवनलाई बुझ्न खोजेको बेला
जीवन गुन्द्रुक जस्तै अमिलो छ
तिमी यस्लाई के भन्छ्यौ ??
म अमिलोलाई मिठो मानेर खान्छु
जीवनलाई मैले हरेक कोणमा दाँज्दा
हेराई, बुझाई, सोचाई फरक हुन सक्ला
समाय र परिवेशमा अलग ब्याख्या होला
कोहि भन्दछन- गुन्द्रुक कुहिएको साग हो
कोहि भन्दछन- गुन्द्रुक गरिव को भाग हो
कोहि भन्दछन- गुन्द्रुक नेपाली को माग हो
कोहि भन्दछन- गुन्द्रुक मसला नचाहिने साग हो
अझ कति ले भन्छन- गुन्द्रुक उमाल्नु पर्दैन
समाय , अनुभव फगतका कुरा होईनन
जस्ले जति ब्याख्या गरे आफ्नो अनुभवले गरे
साच्चै जीन्दगीका रहर, बैश, यौन प्रदेशमा
गुन्द्रुक जस्तै अमिलो बनाएर कुहाईको छैन र ?
कहिले गरिव बनेर, कहिले आभाव बोकेर
बिदेशिने आशा र ईच्छा आफ्नै होईन र ?
म अचानक रिसाउछु ।
कसैले मेरो जिन्दगी गुन्द्रुक हो भनेकोमा
अरु सित होईन आफै सित
जिन्दगीलाई गुन्द्रुक बनाएको मा
अमिलो भएर मात्रै जीवनलाई
गुन्द्रुक सित दाजेर हेरेको
गुन्द्रुक पनि सयौ बर्ष यसरी नै बन्छ
मात्र खाने पुस्ता फेरिन्छन
जीवन पनि यसरी नै चलेको छ
मात्र भोग्ने पुस्ता फेरिन्छन ।

पात्लेखेत-७, म्याग्दी

बलेको आगो


राकेश कार्की

बलेको आगो नै ताप्छन् सबै
बलेकोलाई नै च्याप्छन् सबै

बखान गरेर अक्षरले
तिनैका खबर छाप्छन् सबै
बलेकाकै कानमा भरेर
स्याबासीको धाप खाप्छन् सबै

बचेको खुचेको झर्ला भनि
दुबै हात मुख थाप्छन् सबै
फाइदा तिर जाउँकी भनि
को धेरै बलेको नाप्छन् सबै

लस् एन्जेलस्

प्रेम दिवस गीत


आचार्य प्रभा

भन्नेहरु भन्दै गरुन प्रेम झुटो भनि
सोंच्नेहरु सोँच्दै गरुन माया खोटो भनि ............../

देखाउँन सकौँ हामी प्रेम अमर छ भनि
बताउँन सकौं हामी माया अजर छ भनि ................/

बन्न सकौँ मायाँमा अमर जोडी हामी
लेखौँ हामी पिरतीको अमर काहानी ................./

फेर्न सकौं कलंकको अमिट प्रेम कथालाई
साट्न सकौँ दुई मुटुको पिर ब्यथालाई ............../

(रचना समय २ /१२ /१० साँझ ५ :१५ )

सङ्कटको द्धारबाट अब हामीले निक्लनै पर्छ


डी. वी. पालुङ्वा

यहाँको ब्योम मार्ग पहिल्याएर
कुनै द्वार खोल्न सकिन
निश्चित रुपमा
यहाँको चट्टान संग कुर्इना जुधाउनु
मेरो लागी एउटा भ्रम मात्रै रहेछ ।
यहाँ कुबेलामा भाले बाँस्नु र
यो अशुभताको प्रभातले
यस्तै खाले दिनहरुको सङकेत दिदैछ

यहाँ एउटा गन्तब्यको लागी
दिल बहादुर लिम्बुको विसंगत मृत्यु अनि
यस्तै खाले धेरै संगती अनि विसंगतीहरु
भनुन हाम्रै
घटना एवं दुर्घटनाहरु
हाम्रो जीवनको उत्तरार्द्धमा यस्तो खाले
विर्सजन प्रति मलाई पश्चताप छ ।

अथवा यो वल्लो किनारको जलधारमा उभिएर
यो गालामा हात लगाउनुको के अर्थ छ ?

यो वितृष्णा र कुण्ठाको वैशाखी विसाएर
अब म सवलाङग हिड्न चाहान्छु

यहाँ एउटा लामो अन्तरालपछि
दृष्यहरु नजर बन्द भएका छन् ।
म यहाँ कतै देखिईन , कतै चिनिईन
यो ट्वान्टी फोर आवरको उज्यालो प्रकाशमा

यस्को बिरोधमा पूर्वबाट एउटा जुलुस निकाल्नै पर्छ
यहाँका बगैंचाहरुमा , हाम्रा मसिना बिरुवाहरुको
यहाँका जडताहरुबाट शोषित
यहाँका पर्यावरण नमिलेको
निरस माटो देखि दमित
मसिना फूलहरुलाई
स्थानान्तर एउटा चैतन्यमा रोपेर
आफ्नै र्सार्वभौमताको , आफ्नै परिवेशको उष्णतामा
वेरिईन दिनु पर्छ , बाफिन दिनु पर्छ , चिसिईन दिनु पर्छ
एउटा जडतालाई उत्कृष्टतामा बदलेर
पूर्वबाट उदाएको शुभ प्रभातलाई
हामी सबैले स्वागत गर्नै पर्छ
अब एउटा द्वार खोल्नै पर्छ
र त्येहीँबाट हामीले निक्लनै पर्छ ।

हङकङ

डाँडाखोला तर्दा


दिलिप योन्जन

डाँडाखोला तर्दा पनि भेटिन देउराली
बस्यो माया केसारो याद आउछ झल्-झली
बनै फुल्यो फुल
डबलीमा रुमाल साट्नु गरे मैले भूल !

ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले
बन है पाखा न्याउली रुन्छ मनैको पिरले
पिखुवा सेरा बग्यो सल-ल रोकिन् कहिले
ढुख र पिडा पोख्न खोज्छु सुन्दैन कसैले !

ट्कसार माथी सल्लाको घारी के सारो सुसाउछ
कोमल आत्मा सक्दिन रोक्न मोती झैँ छल्किन्छ
परेवा साची सिद्काली भाकी तिमीलाई माग्दैछु
पल-पल हेर्छु तस्बिर तिम्रो त्यसैले बाच्दैछु !

अस्टिन, अमेरिका
(मेरो जन्म थलो भोजपुर देउरालीको सम्झनामा)

दृश्य र म


टंक सम्वाहाम्फे

दृश्यहरु
म देखिरहेछु
र हेरीरहेछु
मन्त्रमुग्ध भएर
एउटा रमितेले झैं
क्षण क्षण बद्लीरहने अनेकौ दृश्यहरु
लागिरहेछ
दृश्यहरु म जुन देख्छु
ती दृश्यहरुले
मलाई पनि हेरीरहेछ
जसरी म दृश्यलाई हेरीरहन्छु
किनकी हरेक दृश्यहरुले
मेरो मनस्थितीमा
एकाएक सत्ता जमाउछ
र दृश्य भयावह हुदा
मलाई भयभीत तुल्याउछ
दृश्य शोकग्रस्त हुदा
मलाई शोकाकुल वनाउछ
दृश्य रमणिय हुदा
मलाई पुलकित वनाउछ
दृश्य यसरी
अनायासै
म भित्र पसेर
आदेश गर्छ
र म आज्ञाकारी भै
दृश्यहरुको निर्देशनलाई पालना गर्छु
अझै पनि म भ्रमीत भैरहेछु
कि दृश्यको म दर्शक हु
वा त्यसको इमान्दार सेवक हु
किनकी म दृश्यवाट
वारम्वार सन्चालित भैरहेको छु
र हरेक दृश्यको परिवर्तन संगै
मरो सम्पूर्ण मनस्थिती
वद्लीरहेको हुन्छ
त्यसैले दृश्य मेरो दृष्टि भएर उभिदिएको छ

कुमारी


केवल गंगा गुरुङ

जहाँ तिमी थियौ
किन हो किन म थिए
हामी दुवै थियौ
तर त्यहाँ
मेरो मन थिएन
मेरो मन त हिमालको शिरमाथि
उडिरहेको थियो
स्वच्छ प्वाँख फिँजाएर
म धेरै बेर टोलाए
त्यो कुमारी हिमालको अलौकिक शुन्दरताभित्र
त्यसको काखमा
सेतो हिउँ पवित्रताको प्रतीक
उसको अस्मिताको पहरेदार
हरीयो डाँडापाखाहरु
उसैको आँसुले वग्ने
खोलानालाहरु
अचानक
मेरो मौनता भङ्ग गरिदियौ
मलाई स्पर्श गर्न खोज्यौ
र भन्यौ
मौन किन ? केही त बोल न
एकान्तमा छौं हामी दिल खोल न
कता कता
एउटा भिषण बज्रपातले
कुमारी हिमाललाई
चकनाचुर बनाएको
मेरो मनले देख्यो

भन्न मन लाग्यो
आफ्नै स्थितीमा रहन देउ
तिमीले आशय बुझेनौ
प्यासी सम्झेर अंगाल्ने प्रयत्न गर्‍यौ
त्यही पारीको
कुमारी हिमालको प्रतिष्ठामा
दख्खल पुगे जस्तै लाग्यो

म अर्थात हामी


दिव्य गिरी


अर्थात
हामी
यतिबेला तमासेको भीडमा
कूबेलाको लाखेनाच हेर्दै
बिर्सिरहेछौं आफैले आफैलाई
भुलिरहेछौं गन्तव्य र लक्ष्य
र, हराइरहेछौं अन्यौलको भूमरिमा
कुहिराको कागझैँ
भौंतारिरहेछौं कताकता दिशाहीन
राजनीतिका खेलाडीहरूले
क्यारमबोर्डको गोटी बनाउँदा
अनावश्यक नौटङ्कीको 'जोकर' बनाउँदा
ढुङ्गा, लाठी र जुलुसमा रुपान्तरण हुँदा

अर्थात
हामी
खेतवारिबीच उभिएको
बुख्याचा भएर
टुलुटुलु हेरिरहेछौं
आफ्नै मातुभूमिलाई पराइले लुछेको
चुपचाप हेरिरहेछौं
भत्किएका सीमा स्तम्भ
र मिचीएको सीमारेखा
सहिरहेछौं सृङ्खलाबद्ध
आक्रमण, अपहरण र अतिक्रमण

अर्थात
हामी
तमासे नेताको मीठो भाषाणमा मख्ख पर्दै
स्वार्थी नेताको झूठो आश्वासनमा दङ्ग पर्दै
उनीहरूकै पछिपछि दौडिरहेछौं
जसरी हिँड्द भोको स्याल
बुढो साँढेको पछिपछि ।
जनताको बिल्ला छातीमा टाँसेर
जनता हुनुको गर्वले छाती फुलाएर

अर्थात
हामी
अशान्ति र असुरक्षाको घेराभित्र खुम्चिएर
हेरिरहेछौं अग्लिँदै गएको दण्डहिनताको पहाड
र होचिदै गएको स्वतन्त्रताको शिखर ।
२०६६ पौष १३
टीकाथली-५ ललितपुर, काठमाडौं

मेरो साधारण जिन्दगी


रामु गैरे

ठुला ठुला महल हैन मलाई
मात्र शरीर ओत्ने बास भये पुग्छ
ठुला ठुला रेस्टुरेन्टको खाना हैन मलाई
मात्र आफ्नै घरको गुन्द्रुकको गास भये पुग्छ !!

हिड् डुल् गर्न मोटर गाडी हैन मलाई
भगवानले दिएको दुई खुट्टा भये पुग्छ
काडा अनी सानो तिनो छेस्कोबाट बचाऊन
मात्रा एक जोर सस्तो र बलियो जुत्ता भये पुग्छ!!

ठुला धनीहरुले पनि त हिरा मोती अनी
सुनचादी अन्य बस्त्र त खादो रहेन्छ
जती भये पनि मरेर जादा आखिर
मात्र एउटा कात्रो सिबाये अरु केही लिएर जादो रहेन्छ!!

ठुला ठुला बोर्डिङ् स्कुल सकिदैन छोरा छोरीलाई पढाउन
मात्र असल, अनुशाशित र लगनशिलको पाठ् भये पुग्छ
खुशी र सुखी जिन्दगी भनेको त मलाई
सम्पन्न नै सधैंभरी परिवार सँग अटुट् साथ भये पुग्छ!!

तेरो मेरो भन्नु नै जिन्दगीमा के रहेछ ? र
मात्र हासखेल् गरी रमाइ बाच्नु रहेछ
यो दुई दिनको मरी जाने चोलामा सम्पूर्ण सँग
हजुर,तपाईं, नमस्कार को माया गास्नु रहेछ!!

अर्घाखाँची चिउरामाटी हाल : दुबइ

गीत


पवित्रा गुरुङ

अध्यारो तिम्रो त्यो झुपडी म
एउटा दियो जलाउँछु

रातको जुन र त्यो तारालाई हेर
धर्ती उज्यालो पारी रहेछ
त्यसैलाई हेरी म पनि
एउटा उदाहरण वन्नु छ ।

भरोसा राख्नु तिमी
म एउटा विश्वासको महल वनाउँछु
अध्यारो तिम्रो त्यो झुपडीमा म
मायाँको सानो संसार वनाउँछु ।

गजल


इप्सुल मगर

वाह ! आधुनिकताको क्या चाल छ
युवाहरुमा खाली कूलत र मायाँ जाल छ

रमिता हेर्ने भन्दा रमिता देखाउँने धेरै
त्यसैले त प्रत्येक विषयमा हड्ताल छ

आकाश छुने पझेरोले पुगेन रे कसैलाई
अझ पनि कुर्चीको लोभले वेहाल छ

अरुको त के कुरा भो यहाँ लोग्ने र स्वास्नी मै
महिनै पिच्छे सम्वन्ध बिच्छेदको गोलमाल छ

भरिएको रोचासँगै सफलताको गर्व गर्दा
र्इर्श्या र लोभ अनि व्दन्दले मर्ने कंकाल छ