गीत


दिलिप योन्जन

सधै-सधै छाती भरी तिम्रो माया छ नि
छाडी गएउ ब्यथा पिडा मुटु भो खरानी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

रातै भिज्यो आसुले दिने भो सपनी
सम्झनाले पोलिरह्दा हासौ कि रोउ नी
र्हिदय भरी सजाको माया म भुलु कसरी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

बाचा बन्धन माया प्रिती सबै भो काहानी
मुटुको माया रिदयको तस्बिर के गरी मेटुनी
तिम्ले भुलेउ कुन खुसीमा म भुलु कसरी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

संगीत : आलोक श्री, गायक : यम बराल
अस्टिन, अमेरिका

तिम्रै सम्झना


कल्पना तुम्रोक

तिमी आउछौ भन्ने आशमा
चौतारीमा एक्लै कुर्न सकिन
नयाँ बाटो रोजेर
चौतारिलाई छोड्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

फक्रनु अनि फल्नु जिवन रे
के भमरा बिना फुलको अस्तित्व हुदैन र ?
किन यो मनहरु लाग्छन रित्तो रित्तो
तर कहि कतै कसैको आवागमनको पुर्वाभास जस्तो
अनि फेरि उही बियोगको कोशेली जस्तो ।

तिमी आउछौ भन्ने आशमा
मनको ढोका खुल्लै छोड्न सकिन
एक्लिएको यो रित्तो घरलाई
छोडेर हिड्न पनि सकिन ।

छल्किएको नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

भो मलम नलगाउ घाउहरुमा
झनै पोल्छन भतभती
चर्किन्छन चरचरी
बाँच्न देउ मलाई
मेरो आफ्नै जिवन
थकित भएको यो मेरो तन ।

कोहि आउला भन्ने आशमा
दोबाटोमा कुरिन
बैरागी भइ खरानी नी घस्न सकिन
आँखाहरु टोलाइ रहे परार्इहरु आफ्ना भएन
दिल खोलेर मनको कुरा
भन्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

आमाको चित्कार


अविचन्द्र र्इङनाम

कहालिएर चिच्याउदै रोइ रहेछिन आमा
भन्छीन आउबचाउ मेरो अश्मितालाई
बिभिन्न रङ्ग र रुपका भए ता पनि
मेरा सन्तती नै हौ तिमीहरु सबै
भबिश्य तिमीहरुकै लागी हो - २

ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले
काटन लागे ति मेरा हिडने खुट्टाहरु अनि
दुश्मनहर संग लडने ति मेरा हातहरु
मलाई फाल्न खोजि रहेछन यो धर्तिमा
केवल मेरो धुकधुकी मात्र राखेर यहा- २

जन्मिए म बाट धेरै सन्ततीहरु यहा
तर तिनै भए मेरा बैरि आज यहा,
नभएका होइनन सपुतहरु यहा, तर
लिए हुर्मत तिनीहरुको यिनै लाछीहरुले
बनाए क्षत बिक्षत अनि शक्ति हिन - २

बिश्वास नास्तिकहरुले गरुन वा नगरुन
नून पानीको कसमलाई बेवास्ता गर्दा
एकतिसेको बेहाल भएको छिपेको छैन
अब एकाईसेहरुले पनि बुझेनन भने
समय आउनेछ लिएर मेरो करामत - २

हुन नदेउ बाघको छालामा स्यालको रजाई
संघर्ष गर एकथोपा रगत रहे सम्म यहा
यदि मेरो सपुत हौ भने तिमीहरु सबै
एकजुट भएर अघी बढ हात मिलाएर
म सक्ति बनि आईरनेछु पछि पछि - २

मेरो ऐतिहासिक अस्तित्वलाइ बचाएर
तिमीहरुको भविश्यको निर्माण गर यहा
यहिछ मेरो चित्कार तिमीहरु सबलाई
बुझिदेउ यो लिम्बुवान आमाको चित्कार
सुनिदेउ कान खोलेर यो आमाको चित्कार - २
यो आमाको चित्कार ।

मुजोत्लुङ हाङबाट

निस्ठुरीको यादमा


योगेन्द्र योगी ,संघश,

कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा

ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा
यो मुटुमा रोग लग्यो लडे सानु बिस्वसघतामा

पागल दिनहरु गुजारीरहेछु सानु उही निस्ठुरीको
यादमा
सम्झनाले सताईरहन्छ सानु यो दु.खी कर्ममा
मेरी सानुको यादमा
मेरो सानु लाई सम्झिरहे

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी-नेपाल
email-yogendra.yogen@yahoo.com

सम्झना गिरीजाबाबुको

रामचन्द्र जोशी 'चिन्तन'

दीगो शान्ति संविधानको स्वप्ना छोड्दै गए उनी
तानाशाही प्रवृत्तिको डोरी तोड्दै गए उनी

लोकतन्त्र जन्माउन प्रचण्डलाई छोपी छोपी
नेपालको बगैंचामा बीज रोप्दै गए उनी

जीवनको लगानी नै राजनीति बनाएर
देशलाई गणतन्त्रमा आफैं मोड्दै गए उनी

अस्त्र शस्त्र गोला बारुद रगतका फोहरामा
बिचल्लीमा परेकाको नाता जोड्दै गए उनी

राजतन्त्र फाल्न भनी आन्दोलनको सर्जक बनी
बुढो जोश तन्नेरीमा आज पोख्दै गए उनी

शिर्ष८ सलौन डडेल्धुरा

तिमी रिसाउनुको अर्थ


सरोज पङ्हाङ्गो

होला
मैले केही भने
अर्थात
-
झोक्किएर ;
तिम्रो स्वप्निल संसारमा
लात बजारे ।

फलत :
तिमी रिसायौ
र सर्तबाट
अलग्गियौ ।

अलग्गिनुको
'अर्थ'
अर्को बाटो रोज्नु
अर्थात फेरी एउटा
शक्तिको स्रीजना गर्नु
यही न हो
-
तिम्रो र मेरो बर्तमान
र बर्तमानभित्रको
खोक्रो आदर्श ।

धेर थोर
तल
- माथि
म र हामी बिचको कुरा
हिजो हामी थियौ
आज म र मेरो
भएका छौ
!
अब त
-
स्वतन्त्रता छ तिमीलाई
आफु खुशी चल्न सक्छौ
उडाउ
'हिट्लर' को 'यान'
हामी हेरौं
;

सक्दैनौ
मेरो प्रिय मित्र
!
बिदुवा आमाइको स्वप्ना जस्तो
स्वर्निम सुहागरात
-
बिना बित्थामा
अर्को स्वप्ना
बिलखबन्द हुनसक्छ
बिच बाटोमै
-
फ्यात्त
......

त्यसैले
तिमी जित्दैनौ
र म पनि
-
अब आउँदा युद्दहरु
हिजो जस्तो
सजिलै
!

नकि
-
तिमी रिसाउनुको अर्थ
-
यहाँ अर्को पर्तिस्पर्दा जन्मिनु हो
आक्रमण बड्नु र
...
एउटा ब्रिहत शक्ती टुक्रिनु हो
त्यसैले आउ
! मित्र- 'बरु तयार होउ'
अर्को परजय भोग्न
-
अस्ति झैं
चुप्चाप
......

"अन्तिम कोशेली"गिरिजालाई


आचार्य प्रभा

एउटा हस्ती अनी
राजनीतिक धरोहरको
समापन .......
आखिर पेवा न हो मृत्‍यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरुले
त्यसैले उ निभेछ
राजनीतिक आकाशबाट
तर निभ्ने छैनन्
उस्का समर्पण र उदेश्यहरु /
हो मृत्‍यु अवश्यम्भावी छ
चाहे जो ,जे सुकै होस्
कालले उस्लाइ
पर्खिरहेकै हुन्छ
त्यसैले .........
आफ्ना लक्ष,उदेश्यलाई
थाँती राखेर पनि
धर्तीलाई बिदा माग्नैपर्छ
संसारकै नियम सम्झी /
हो..... मान्छे हो ,
जीवनभर कोशिश र संघर्षमा
जीवनलाई उप्केरा दिँदै
फलाउन फुलाउन चाहन्छ
कत्ति कोशिश फल बनेर झाँगिन्छन
कत्ति प्रयास तुषारोले
कुहाइदिन्छन ,
त र पनि नहार्नुको
एउटा ईतिहास लेखेर
मृत्‍यु रोज्नु मान्छेको
महानता र शाहस हो
हो यही शाहसको एउटा
पर्याय हो गिरिजा
जस्ले जस,अप्जसका
ढाकरहरु बोकेर पनि
आफुलाई थकित नमान्नुको
एउटा बहादुर भरिया
साबित गरेकोथियो/
पौढताको सिमालाई पनि
तरुणपनको जलप लगाएर
नव जोश,जांगरको
पहिचान दिएकोथियो
सलाम छ त्यो
अडिग बिस्वाशलाई
अनि प्रणाम छ त्यो
शाहसिक कदमलाई /
शरीर माटो बन्न सक्छ
बन्ने छैनन् उस्का
समर्पणका चेतनाहरु
सधैंभरी हर नेपालीका छात्तिमा
दुख्नेछन उस्का
अभावका बेदनाहरु /
सुत चिर निन्द्रामा तिमी
त र पनि ब्युँझनेछन
तिम्रा हर समर्पित भावनाहरु
दिन्छौं यही बिदाइका शब्दहरु
श्रदान्जली ठानी अन्तिम
कोशेलीहरु /

(रचना -३/१९/२०१० /समय ४ बजे बिहान )

यहाँ निर्दोषहरु बदनाम हुन्छ


स्यानु पाईजा

यो साँझ जहिले पनि मेरो चियो गर्छ
आउँदा जाँदाको अनुहार हेरेर
म भित्रको अनुमान लगाउछ
म महसुस गर्छु- म मुस्कुराउनुको अर्थ
हरेक चोटी गलत लाग्छ
म महसुस गर्छु- म उदास हुनुको अर्थ
हरेक चोटी अनर्थ लाग्छ
मान्छे हुँ मान्छे को मन
मान्छे बनेर नबुझी यी साँझहरु
जासुसी बन्नेर मलाई नियाल्छन
अनि-
काल्पनिक रिपोर्टहरु तयार गर्छन
गुजमुजुल्टिएका शब्दहरु मा
मलाई जहिले पनि बिग्रेको मान्छे
सुध्रन नसक्ने मान्छे साबित गर्न खोज्छन
सुलसुले जस्तै ओथारो बसेको कुखुरीलाई
आक्रमण गर्दछन अनि बिग्रेका अण्डाहरु
मलाईनै हिर्काउनलाई खोल्टी भरि बोक्छन
बिचरी सुलसुले लागेको कुखुरी
अन्योलको तातो खरानीमा भुटभुटी खेल्छे
केहि प्बाँखहरु पोलिन्छन
गन्ध बाहिर सम्म फैलिन्छ
स्यालहरु थुकनिल्छन
साँझ अब उस्को पछि लाग्छ
अब उस्को चियो हुन्छ
बिश्वास को कम्जोर धागो छिन्दै
यहाँ निर्दोषहरु बदनाम हुन्छ
यो साँझ यसरी नै
सबको पछि लागेको छ
होसियार ! यो साँझ
सबको पछि लागेको छ
तिमीलाई बदनाम साबित गर्न
भित्ता भित्तामा कान थापेको छ

पात्लेखेत-७, म्याग्दी

सस्तो शहिद

प्रकाश श्रेष्ठ ‘प्रीयतमा’

के हो शहिद, को कसरी बन्छ शहिद
सोध्ने हो भने थाहा छैन होला
जसले सडकमा टायर बालेर चक्काजाम गर्छ
जसले शहिद घाषणाको माग गर्दछ,
जसले बन्द आहृवान गरी जनतालाई दुख दिन्छ
जसले क्षतिपूर्तिको माग गर्दै
विकास निर्माणमा अवरोध सिर्जना गर्छ

तिनलाई के थाहा
चक्का जाम गर्न पाएपछि,
बन्द आहृवान गर्न पाएपछि,
शहिद घोषणको माग गर्न पाएपछि,
सरकारबाट १० लाख क्षतिपर्ति पाएपछि,

विचरा मर्ने मर्‍यो, मर्नेलाई के थाहा
आफनो नाममा यत्रो विधम्सा मच्चाएको
राष्टषको ढुकुटीबाट रकम असलेको
मर्नेको बहानामा सारालाई बिचमै बिचल्ली पारेको
बाच्ने र बचाउने आशमा दौडिएकालाई अलपत्र पारेको
के शान्ति पाउला तिनको आत्माले
के तिनले बुझेको होला शहिदको अपमान भएको ।

बाटो काट्न लाग्दा दर्घटनामा मरेपनि
आफनो अस्तित्व रक्षा गर्दा बलत्कारी मरेपनि
हाडी गाउमा जात्रा हेर्न जादा भिरबाट लडी मरेपनि
व्यक्तिगत रिस र्इष्याले हत्या भएपनि
आखिर सडकमा टायर त बलेकै छ
चोकचोकमा नारा जुलस त निस्केकै छ
शहिदको माग भएकै छ

राष्टष निर्माणमा जिवन वलिदान गर्ने पनि शहिद
बसबाट खसेर मर्ने पनि शहिद
छतमा बसेर आन्दोलन हेर्ने पनि शहिद
हुदा हदै हेर त गुन्डागर्दी गर्ने पनि हुने भए शहिद

यदि जो जहा जसरी जहिले मर्दा मार्दा पनि हुने भए शहिद
किन मनाउनु पर्‍यो शहिदको नाममा एक दिनका दिवस
किन शोक सभा र श्रद्धाञ्जली गर्न पर्‍यो
आखिर सबै वन्ने भएपछि सस्तो शहिद

म त डुंगा भए


दिलिप योन्जन

म त डुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु
जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु !

देबी देउता झुटो भयो, दुई दिन बिछोड हुदा
जानी बुझी छुरी हानी, तिमी बिना मर्छु भन्दा !

माया पनी सस्तो महँगो, फलाम भए सुन पाउदा
फुल सरी सजाउछु भन्थी, काडा भए तिन्लाई छुदा !

तिमी जिबन तिमी साहारा, मायाको नि खेल कस्तो
खुसी पाए दुखी भुल्ने, बाचा बन्धन कती सस्तो !

अस्टिन, अमेरिका

मेहेर्बुङ


सरोज पङ्हाङ्गो

एक टुक्क्रा थाङ्ना टिपेर
काला रौहरु छोप्दै
मध्य रात नभनी
कसैले देखिहाल्छ कि - 'भन्ने डरले'
हस्याङ फस्याङ गर्दै
घर पस्न लगेकी
बलत्कारीत स्वास्नी
लोग्नेसामु -के पुग्न मात्र लगेकी थि
फेरी बलत्कार भै ऊ
आफ्नै लोग्ने र
लोग्ने भनाउदाको
दुई - चार जना साथीहरुबाट
तै पनि थकित देखिन्न ऊ
बरु आक्रोसमा -
गुप्ताङ्गका आला रगतहरु
निधरका ताता पसिनाहरुमा घोलेर
छरपस्टिएका कपालहरु हल्लाउदै
चिम्टे माटोको डल्लाहरु टिपेर
युद्द गर्न तम्तयार देखिन्छे
अधिनायकबादी बुर्जुवा बोकाहरु माझ
पुरनो हिसाब किताब
चुक्ता गर्ने सुरमा
आसक्त - मेहेर्बुङ

आत्मनिर्णय र
स्वायतताको निम्ती
सधैं सधैं, मसँग ।

(मेहेर्बुङ पुर्बी नेपालको तेह्र्थुम जिल्ला, जल्जले- १ मा पर्ने एउटा सानो गाउँ जहाँ मेरो जन्म भएको थियो )

गजल


बिष्णुनन्द चाम्लिंग

गोप्य पत्र लेखेको थेँ सुनाएछौ सबैलाई
तिमीलाई आफ्नो ठाँने चुनाएछौ सबैलाई

ठान्थेँ म त तिमी मनकी सँसारमा एउटी
ज्ञानी भनि ठानेको थेँ भूलाएछौ सबैलाई

निर्मल निस्चल सागरकी सोझी माछी ठान्थे
जाल ढँडिया बुन्नै पर्ने बनाएछौ सबैलाई

भ'की रहेछौ आजभोलि घमण्डको पोको
आफू सद्ये अरु पागल गराएछौ सबैलाई

२२ फेब्रुवरी २०१०
http://bishnunandacham.blogspot.com/
इन्द्रेणिपोखरि ३ खोटांग
हाल - हंगकंग
८५२-६३४०७०१४

बगर


प्रतीक चाम्लिङ

हामी,
दुर्इ समानान्तर रेखामा
तिमी अनि म बाचिरहेछौं
तिमी बगीरहेछौं/ हिडीरहेछौं निरन्तर निरन्तर
अनन्त सागरसम्म
म तिम्रो लहरहरुलाई कुरेर
जीवनको सन्ताप जलाई
हराएको मिलनभित्र
लडिरहेको बगर म ।

तिमीलाई पच्छ्याउदा पच्छ्याउदै
म छाडिएको बगर
निष्ठूरी तिमी
प्यासमा छट्पटाएर मलाई
सागरमा पौडिने
कस्तो तिम्रो बानी ?
यति सम्म तिमीलाई पच्छ्याए
न त म पारी तरे
न त म वारी तरे
लम्पसार म बेहाशीमा
किनार म बगर भएर पल्टिरहें ।

तिमी जीवनका मिठा गीतहरु सुसाउदै
शीतलताको कवज खेल्दै
बगीरहेको तिमी भाव सागरमा
विझाउदै म आफैमा
सक्दो म दुख्छु
म आफैमा जल्छु
शायदै आफैमा बल्झेर होला
म बगर भएर बाच्न सकिरहेको छैन
फेरी.....फेरी
तिमी बाढी भएर आउछौ
मलाई डुबाएर जान्छौ
तर...तर
तिमी कहिल्यै डुब्दैनौ
जीवन डुब्दै र सुक्दै
बगर म पल्टिरहन्छु
दिनभरी घामको छहारीमा
छातीभरी आगोको राप पोको पारेर
रातभरी जूनको शीतमा
प्यास मेटाउदै
अघोषित मृत्यु युग युग बांचिरहेछु ।

खोटाङ्ग खिदीमा-८, हाल-हङकङ

केहि हाइकुहरु


अप्जसे कान्छा

(१)
अप्ठारो बाटो
न जुत्ता भनेजस्तो
बिजोक खुट्‍टा

(२)
मरे या मारे
कुनै निहुमा कोहि
आतंककारी

(३)
कहिले सम्म
भेडा जस्तै बाच्ने
नेपाली वीर

(४)
हरियो गति
पात झर्नु र पल्नु
वृक्ष चेतना

(५)
अनियन्त्रीत
ज्ञात अज्ञात वायु
प्रभुको सास

(६)
चाहिन्न घाउ
त्यतिकै दुख्न सक्छ
मायालु मन

(७)
मेरो बन्दुक
मेरै छातिमा ताक्ने
कस्तो समय?

(८)
देशमा क्रान्ती
कार्यकता सहिद
कुर्सिमा नेता

(९)
लाहुरे माया
ठ्‍याक्कै बन्दुक जस्तो
पड्‍किने डर

(१०)
पैताला मुनि
ब्रेभेस्ट अफ द ब्रेभ
लेायल गोर्खाली

(११)
सागर माया
बरफ झैं जम्ला है
तिमी मौसम

(१२)
आइया होउ
अन्तिम युद्ध बोली
फक्रेन भोली

(१३)
प्रदेशि तन
आकाश छुने मन
श्रीमति बाटेा

(१४)
भत्काइस् भन्ने
बनाउन नदिने
मुख्य दोषि को?

(१५)
न्यानो घाम
जाडोमा मात्र संझिस्
स्वार्थी मौसम

(१६)
संहाल्न गाह्रो
कति चञ्चले मन
बैश चढेछ

(१७)
चढियो घोडा
ओर्ली हाल्नु पर्ने
गोडा पल्कीयो

(१८)
क्रान्ती नगर्ने
रोक्न पनि नसक्ने
अशान्ती भो रे

(१९)
हार्दिन लाग्छ
कोरल छिर्ने बेला
कैले जीतिन

(२०)
संसारै भुल्ने
भा जति पैशा हुल्ने
प्यारो कोरल

(२१)
छोटो लाउछौ
काँ काँ न्याक्नु लाग्छ नि
मेरो के दोष?

(२२)
फेसन चर्को
ध्यान बिउटिमा
ब्रेनमा बिर्को

भोजपुर दोभाने
हाल–व्रेकन,वेल्स

देश


स्यानु पाईजा

कहिले कहि लेखि सके पछि
मेटाएका लाईनहरुमा
मन भित्र देश हराएको छ
देश भित्र मन हराएको छ
एउटा उदाङ्गो मन भित्र
अश्सील रहरहरु जन्मिएको छ
जुन खोई कुन मुड मा
पोस्टर भरि देश पोखिएकोछ
बिचरा यि भित्ताहरु
बिना सित्तैमा कित्ता कित्ता हुन्छन
कहि सेतो रँगले जिन्दाबाद
कहि निलो रँगले मुर्दाबाद
कहि सफल पारौ,कहि बिफल पारौ
गाली बोकाईएका निर्दौष भित्ताहरु
दुई बिद्वान कानेखुशी गर्दै भिए
भित्ताको पनि कान हुन्छन
यो कुरा अरुलाई नभन्नुहोस
त्यो लाई अमेरीकाको भिषा मिलाई दिए
जनजातिलाई बुद्वको मुर्ति बोकाएर फर्काईदिए
पड्के बिटो बोकेर शहरमा बस्छ
गाउँले को के चिन्ता ?
सबै मोटर बाटो खन्न मै ब्यस्त छन
बाटो बने पछि देश बनेको सम्झन्छन
यस्तो सुनेर-
कहिले कहि लेखि सके पछि
मेटाएका लाईनहरुमा
मन भित्र देश हराएको छ
देश भित्र मन हराएको छ
म अल्मलि रहेको हुन्छु
देश भित्र मन खोजु कि
मन भित्र देश खोजु

पात्लेखेत- ७ , म्याग्दी

निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती


डी.बी. पालुङ्वा

प्रियतमा के म तिमीबाट एउटा शुन्दर
तर श्वेत पङखको उडान भन्दा कोमल
असिम आकाशबाट
यी धर्तिका क्षितिजहरु माथि पुरै
स्वेत एवं रेसादार पर्दा खसालेर
एउटा अनौठो स्पृहतामा
अनुपम भेटको आशा गर्न सक्छु ?

किनभने यतिखेर म
यो धर्ति र महासागरको छातीमा टेकेर
गहन तर रहस्यमय प्रबृत्तबाट अथवा
यो उद्धेक लाग्दो दलदलबाट
एकै क्षण मुक्त भएर
एउटा आँधीले भत्काएको चाँदमुनि
तिम्रो मायाको पछयौरीको फेरो समाएर
तिम्रो हृदयको सिकुवा सम्म आउने आँट गरें

यद्धपी कृपया तिम्रो हृदयको आँगनमा
गुलाफको फूलले कुनै महत्व नराखे पनि
यस महान घडीमा यी बन्द ओँठमुनि
एउटा इतिहासको किताबलाई तासीमा राखेर
खाली माया र स्पृहताको चाँदमुनि सुनसान फाटकमा
यो म प्रतिको तिम्रो प्रेम या घृणाको दहबाट
गोप्य तवरले बाहिर आएर
बैजयन्ती मालाले सिँगारिएको एउटा
स्वर्गिय स्वप्निल स्मृतिको देउरालीमा
तिमीलाई मेरो हार्दिक निमन्त्रणा छ लाई
स्वीकार गरी देउ र आउ एकै क्षण
यो निख्लाम आकाश माथि
यो अप्ठयारो ठाउँको घाउ अथवा पिलोको कुरा
यहाँ अभिब्यक्ति अथवा प्रदर्शनको कुनै गन्जायस नभएता पनि
जहाँ एउटा तिर्खाएको छाती र
यी म्याद सकिएर मुर्झाई सकेका फूल र पातहरुबाट
अलग हुँदै उराठ लाग्दो र रुग्ण रुखका
फैलिएका हाँगाहरु छन्
आएर लहरार्इ दिने धृष्टता गरी दिन सक्छौ ?

यो तिमी प्रतिको मेरो अनुकम्पाले
तुरुङ घिसार्दै निस्पृहतामा अथवा
तिम्रो पछयौंरीमा
एकै क्षणको मेरो समर्पणलाई
स्वीकार गरिदेउ मेरी प्रमोदिका
म यो विनोदको काविल छु या छुर्इन
तर यो मेरो सरोकारको पूर्णता भने होईन

किनभने मैले तिम्रो हृदयलाई जितेको
अथवा त्यो बिजयउत्सवको महान क्षणलाई
म कुनै पनि महान पुरस्कार सँग तुलना गर्न सक्दिन

किनभने जतिखेर अर्कौ एउटा हृदय
यति रोमान्चित अनि बिलक्षण बनेको थियो
जस्ले त्यो सालिन कोमलता र सौंदर्यको थुङगालाई
अरु लोभी आँखाहरुको अगाडी छोपेर सधैं
आफ्नै आँखाहरुको अगाडी राख्न चाहान्थ्यो

यद्धपी शुन्दरता र सौंदर्यको आकर्षण र शक्ति
न कसैको बसमा हुन्छ ,
न कसैले आफनो बनाएर राख्न सक्छ ,
न त सधैं छोपेर राख्न सकिन्छ

अत : यो संसारलाई उस्ले
अविश्वासको आँखा भित्र बन्दि बनाएर राख्यो
या त उस्ले स्वयमलाई
एउटा असल कलाकार सम्झयो

किनभने बाँच्नलाई कला एउटा अपरिहार्यता
एवं सार्थकतामा , बाहाना अदभुत बिषय होइन ।

परन्तु : यसो भन्दैमा एउटा असल कलाकार
खाली दर्शन र आदर्शको कुन्जमुनि
दोष मुक्त भने हुनै सक्दैन

किनभने दर्शन र आदर्शमा मात्रै
वास्तविकताले सधैं सम्झौता गर्न सक्दैन
तर मलाई विश्वास छ क्षमा एउटा अपबाद होइन

तथापी एउटा फकिरलाई
र्इश्वरबाट कुवेरको आशिर्बाद भन्दा पनि
महान कृपा हुन सक्छ ।

त्यसो भए आउ एउटा सम्झौता गरौं प्रियतमा
यो दुनियाँ भन्दा पर , एउटा सहृदयको चाँदमुनि
यो असिम आकाशबाट , यी धर्तिका क्षितिज भरि
स्वेत एवं रेशादार पर्दा खसालेर
म प्रेमको गीत गाउछु , तिमी कोरश भर
म बाँसुरी बजाउछु , तिमी घुंघुरु बजाउदै सरगम नाच
किनभने समर्पण छन यहाँ यी काँधहरु
तिमी यस माथि तिम्रा कोमल हातहरु राख
म तिम्रो केशराशी बिस्तारै हटाउछु , तिमी मेरो ओँठ चुम
म पहाड भई उभि दिन्छु , तिमी यसै माथि लहरार्इ देउ
म प्रेमको महासागरमा निदाई दिन्छु
तिमी यसै माथि एउटा गहन समर्पणमा
मायायुक्त हातहरु फुकाएर जाउ ।

निष्ठुरीलाई मैले


दिलिप योन्जन

ब्यार्थै किन माया गरे निष्ठुरीलाई मैले
मनमा बसी मुटु रेटी बैगुनीले अहिले !

जति सियो फाटिरने कस्तो मेरो मन
खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन
जति बिर्सियो उति आउने निष्ठुरीको याद
नशा पिए मेटीन्दैन बरै बैगुनीको प्यास !

झर्ने आसु बगिरंछ दिन रात सधै
हास्दै हेर्छन जोरी पारी भन्दैन बरै
कसम किन खाए मैले निष्ठुरीको साथ
जन्म२ जिउला भन्थे उडाई छाडी बास !

अस्टिन, अमेरिका