यहाँ निर्दोषहरु बदनाम हुन्छ


स्यानु पाईजा

यो साँझ जहिले पनि मेरो चियो गर्छ
आउँदा जाँदाको अनुहार हेरेर
म भित्रको अनुमान लगाउछ
म महसुस गर्छु- म मुस्कुराउनुको अर्थ
हरेक चोटी गलत लाग्छ
म महसुस गर्छु- म उदास हुनुको अर्थ
हरेक चोटी अनर्थ लाग्छ
मान्छे हुँ मान्छे को मन
मान्छे बनेर नबुझी यी साँझहरु
जासुसी बन्नेर मलाई नियाल्छन
अनि-
काल्पनिक रिपोर्टहरु तयार गर्छन
गुजमुजुल्टिएका शब्दहरु मा
मलाई जहिले पनि बिग्रेको मान्छे
सुध्रन नसक्ने मान्छे साबित गर्न खोज्छन
सुलसुले जस्तै ओथारो बसेको कुखुरीलाई
आक्रमण गर्दछन अनि बिग्रेका अण्डाहरु
मलाईनै हिर्काउनलाई खोल्टी भरि बोक्छन
बिचरी सुलसुले लागेको कुखुरी
अन्योलको तातो खरानीमा भुटभुटी खेल्छे
केहि प्बाँखहरु पोलिन्छन
गन्ध बाहिर सम्म फैलिन्छ
स्यालहरु थुकनिल्छन
साँझ अब उस्को पछि लाग्छ
अब उस्को चियो हुन्छ
बिश्वास को कम्जोर धागो छिन्दै
यहाँ निर्दोषहरु बदनाम हुन्छ
यो साँझ यसरी नै
सबको पछि लागेको छ
होसियार ! यो साँझ
सबको पछि लागेको छ
तिमीलाई बदनाम साबित गर्न
भित्ता भित्तामा कान थापेको छ

पात्लेखेत-७, म्याग्दी

No comments: