"अन्तिम कोशेली"गिरिजालाई


आचार्य प्रभा

एउटा हस्ती अनी
राजनीतिक धरोहरको
समापन .......
आखिर पेवा न हो मृत्‍यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरुले
त्यसैले उ निभेछ
राजनीतिक आकाशबाट
तर निभ्ने छैनन्
उस्का समर्पण र उदेश्यहरु /
हो मृत्‍यु अवश्यम्भावी छ
चाहे जो ,जे सुकै होस्
कालले उस्लाइ
पर्खिरहेकै हुन्छ
त्यसैले .........
आफ्ना लक्ष,उदेश्यलाई
थाँती राखेर पनि
धर्तीलाई बिदा माग्नैपर्छ
संसारकै नियम सम्झी /
हो..... मान्छे हो ,
जीवनभर कोशिश र संघर्षमा
जीवनलाई उप्केरा दिँदै
फलाउन फुलाउन चाहन्छ
कत्ति कोशिश फल बनेर झाँगिन्छन
कत्ति प्रयास तुषारोले
कुहाइदिन्छन ,
त र पनि नहार्नुको
एउटा ईतिहास लेखेर
मृत्‍यु रोज्नु मान्छेको
महानता र शाहस हो
हो यही शाहसको एउटा
पर्याय हो गिरिजा
जस्ले जस,अप्जसका
ढाकरहरु बोकेर पनि
आफुलाई थकित नमान्नुको
एउटा बहादुर भरिया
साबित गरेकोथियो/
पौढताको सिमालाई पनि
तरुणपनको जलप लगाएर
नव जोश,जांगरको
पहिचान दिएकोथियो
सलाम छ त्यो
अडिग बिस्वाशलाई
अनि प्रणाम छ त्यो
शाहसिक कदमलाई /
शरीर माटो बन्न सक्छ
बन्ने छैनन् उस्का
समर्पणका चेतनाहरु
सधैंभरी हर नेपालीका छात्तिमा
दुख्नेछन उस्का
अभावका बेदनाहरु /
सुत चिर निन्द्रामा तिमी
त र पनि ब्युँझनेछन
तिम्रा हर समर्पित भावनाहरु
दिन्छौं यही बिदाइका शब्दहरु
श्रदान्जली ठानी अन्तिम
कोशेलीहरु /

(रचना -३/१९/२०१० /समय ४ बजे बिहान )

No comments: