Thursday, September 30, 2010

गजल


इप्सुल मगर

ए मेरो हजुर ! ए मेरो प्राण प्रिय प्याला
भेट्छु त्यै भट्टीमा लिर्इ महिना भरको ज्याला

सधै गर्छु तिम्रै भक्ती तिमी नै हौ मेरो शक्ती
जसरी नी पाउछु तिम्लाई ज्यान गए जाला

रातभरी रछ्यानमा सपनी आहा ! कति मीठो
अस्थिपञ्जर यो शरिर अचम्मै भो मेरो छाला

गास,बास,कपास सबै भयौ तिमी मेरो
खल्ती रीतो भो सबै हेर्छन् मेरो विजोकको चाला

0 comments: