म एक्लो छु,नितान्त एक्लो !!


चकेन्द्र राई


माटो भएर ढुङ्गा सगै
टासिन जानिन ……
किनार भएर नदी सगै
गासिन जानिन……
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……
आकाश भएर क्षितिज सग
मिसिन जानिन……
त्यसैले.....
म एक्लो छु , नितान्त एक्लो !

न बुढो राजनीतिक
ईतिहासको खोल ओडेर
यथास्थितिमा लम्पसार परी
काग्रेस बन्न सके…………

न म
दोबाटोमा दोधार/ दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……

न त
मिठा मिठा सपना बाड्दै
आशै आशाको स्वर्ग दिलाउदै
धामसको खेती गर्ने
ए.माओवादी बन्न सके ……
त्यसैले.....
म एक्लो छु , नितान्त एक्लो !!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले.....
म एक्लो छु , नितान्त एक्लो !!!

आज सोच्छु
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबार बाट एकान्त कुना तिर बसाइ सरे
कोहि कल्पनाको आकश बाट यथार्थको धरतिमा झरे
नहुने जति नेपालमा नै हुदो रहेछ हरेकाहरुले नै चैन गरे
त्यसैले.....
म एक्लो छु , नितान्त एक्लो !!!!

प्रवाशबाट


दिव्य गिरी

बितेका वर्षरूमा जस्तै
यो वर्षपनि आँखामा झझल्को आईरहेछ
घर अगिल्तिरको बगैंचामा
गोदावरी फुलेको होला
मखमली फुलेको होला
सयपत्री फुलेको होला
तिनै फूलहरूको सुगन्धले
आँगन मग्मगाएको पनि होला
तिनै फूलहरूको सौन्दर्यले
आँगन जग्मगाएको पनि होला
र, घर पूर्णतः
नयाँ दुलही जस्तै सिँगारिएको होला ।
दिदी,
तिमी मनको मजेरीमा
विश्वासको दीयो जलाएर
माला गाँसिरहेकी हौली
यसपालि त भाईलाई तिहारले अवश्य ल्याउंछ भन्दै
भाईटीकाको दिनलाई औंलाहरूमा गन्दै
घरसम्म जोडिएको नागवेली गोरेटोभरि आँखा तान्दै ।
तर दिदी,
गएका वर्षरूमाझैँ
तिमीले गांसेको माला
मेरो गलामा नसुहाउंदै ओईलाउने भयो
माला भित्ताको किलामा झुण्डाएर
तिमी पूर्ववतः रुने भयौ ।

म सात समुद्रपार रहे पनि
मन त्यहीं पुगेको छ
सोच्न त पोहरको वर्षपनि सोचेको थिएं
त्रि्रो हातबाट टीका लगाएर
दीर्घायुको आशिर्वाद माग्छु
तर दिदी,
सोचे जस्तो हुंदै रहेनछ जिन्दगी
मैले पाएको भनुँ वा रोजेको भनुँ
मेरो वन्दकी जिन्दगी
बलिदिन पन्साएको बोको जस्तै
मेरो फौजी जिन्दगी
न पत्नीलाई चाहेजति माया दिन पाइन्छ
न नानीहरूलाई काखभरि खेलाउन पाइन्छ
नत बृद्ध बाबु-आमाको आश पूरा गर्न सकिन्छ
खै, के जिन्दगी भोगेको छु भन्नु र ?
मात्र जिन्दगी आँसुमा अनुवाद भैरहेछ
मात्र जिन्दगी आशैआशमा झुण्डिरहेछ
मनको फाँटहरूमा व्यथाको बिस्कुन सुकाउनु पर्छ
झर्नै लागेको आँसु गहमा नै लुकाउनु पर्छ ।

सत्य हो दिदी,
नढाँटी भन्छु
म बन्दुक बोकेर बाँचिरहेछु
म बन्दुक भिरेर मर्दैगैरहेछु
पुर्खाले आर्जन गरेको वीरत्वको नाममा
पुर्खाले आर्जन गरेको वीरत्वको आडमा
परार्इको लागि आफुलाई अर्पेर
म प्रवाश भोगिरहेछु
आँखाको नानीभित्र देशको सम्झना लुकाएर
म परदेश बाँचिरहेछु ।
विवश छु
इतिहासको उपस्थितिमा शिर झुकाउनु पर्छ
मन आत्मग्लानीले पानी पानी हुन्छ
कत्रो विडम्वना !
पुर्खाहरूले देश जिते
वदलामा म देश हारिरहेछु
पुर्खाहरूले वहादुरी कमाए
वदलामा म वहादुर गुमिरहेछु ।

थाहा छैन दिदी,
कुन दिन विजयको आशिर्वाद शिरमा थापेर
युद्ध-मोर्चातिर कुँदनु पर्ने हो
कुन क्षण खांदाखांदैको गाँस छोडेरर्
मर्न र मार्न तम्सनु पर्ने हो
यसरी निश्चित मृत्यु आफ्नै पिठ्यूंमा बोकेर
अनिश्चित जिन्दगी बांचेको ति म्रो भाइ
आएन भनेर आँसु नखसाल्नु
किन आउंथ्यो भनेर चित्त नदुखाउनु
बरु मेरो चिठी हेरेर मन बुझाइदिनु
अन्त्यमा एउटा अनुरोध दिदी,
मेरो प्रत्येक चिठी पढ्दा वा सुन्दा भने
मनलाई दह्रो गराएर मात्र पढ्नु है
मनमा धैर्य बटुलेर मात्र सुन्नु है
यस कारण कि
चिठीभित्र ति म्रो फौजी भाइले
लडार्इमा वीरको भूमिका नवीकरण गरेको खवर पनि हुनसक्छ
लडार्इमा वीरगति प्राप्त गरेको समाचार पनि हुनसक्छ ।

विगत वर्षरूमा जस्तै
यो वर्षपनि
दिदी, तिमीलाई केवल
मेरो मनभरिको सम्झना
मेरो मुटुभरिको शुभ-कामना ।

टीकाथली-५, ललितपुर, काठमाडौं

THE SNOWMAN


Ningwa shakti Maden

Once there was a snowman
Stood outside the door ,
Thought he’d like to come inside
And run around the floor ;
Thought he’d like to warm himself
By the firelight red ;
Thought he’d like to clamber up
On that big white bed .
So he called the North wind;; Help me now I pray .
I’m completely frozen , standing here all day .

So the North wind came along and blew him in the door
And now there’s nothing left of him
But a puddle on the floor .
Note..
these poem 61st Hong Kong Inter- School Speech
Festival ; Ningwa shakti Maden has winners
The 2nd runner up ;

गजल


इप्सुल मगर

भूल मेरो के थियो र सजाय यति गाह्रो किन ?
पार्यौ मलाई मर्नु भन्दा बाँच्नु यति साह्रो किन ?

नयन भरि सजिएकी छ्यौ मात्र तिमी देख्छु भन्थ्यौ
आज त्यहि नानी मान्यौ तिमीले यति छारो किन ?

ओ हो ! गर्नु सम्म गर्थ्यौ वयान पहिले मेरो हुँदा
त्यही पूर्णिमा तिम्लाई लाग्छ यति अध्यारो किन ?

दिनै पर्छ तिम्ले उत्तर मेरा यी प्रश्नहरुको
यो 'इप्सुल' को माया तिम्ले लियौ उधारो किन ?

आमा


उषा गिरी

जीवन सङ्ग जुझ्दै
हारहरुलाई स्विकार्दै
द्रिढ अठोट मनभरि पाल्दै
बिचलित नभैकन
चुला र चौकामा
ढिकि र जातोमा
बिबसतामा रमाइरहेकी
प्रफुल्ल मेरी आमा
तिमीले आफ्नो
पिडाको क्षणलाई
हासी हासी
हामीलाई हसाउदै
अस्मिताको जोखिमहरुलाई भुली
रज्वस्स्वलाको कष्टप्रद
गर्बधारणाको पट्यारलाग्दो
समयको ख्याल नगरि
निरुत्तर जन्म दियौ
को खा को खा भन्दै
नानी खा भन्दै
उदास छाप्रोमा
एकादेशको कथा सुनाउदै
खान सिकायौ
मन भरि आशुको
सलेदो सल्काउदै
पसिना रुदै
तिम्रा मलीला हातहरुले
काख भरि भरि खेलायौ
ओठभरि सुम्सुमायौ
मुस्कान छर्दै हास्न सिकायौ
तर म टाढाछु आमा !
बिरक्त बन्दी जस्तो
बादलको छेउबाट चिहाइ रहेछु
मनका छिटाहरुबाट
आमाको खातिर
हाङ्गा बिनाको
हिउदको रुखझै
एकान्की चिन्तन
पालिरहेछु।।

चारपाने झापा
हाल: ब्रसेल्स,बेल्जियम
u-giri@hotmail.com

गजल


गीता थापा (दोषी)

सत्ता जित्न पाए बिकास गर्छु भन्थ्यौ पहिले तिमी
देश यो हालतमा पुर्‍याइ चुप'चाप अहिले तिमी

सुस्त छन् चल्ने पाइँला छेपारोले झैं रंग फेरि
ठूला-ठूला भाषण ठोक्ने गर्छौ,अझैँ जहिले तिमी

हाम्रा कुरा सुने-सुने जस्तो गरि उडाइ दिन्छौ
दोष जति अरु लाई राम्रो गरें भन्छौ मैले तिमी

भन-कति जोड्ने! चिसो चूलो मागी पराइ सँग ?
सुरक्षा र शान्तिको स्थापना गर्छौ कहिले तिमी ?

शुभकामना दशैको !!!


रामु गैरे

घर फोन गर्या थिए
दशै आयो रे !!!
कमेरोले घर पनि पोते होलान
घरको पर्खालमा मखमली
फुल पनि फुल्न लाग्या होलान
ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान
टिका नथापेको पनि सालौ भईसक्यो
प्यारी श्रीमती अनी छोरा छोरीले मेरो बाटो हेर्दै होलान
निर्दयी भनी नभन्नु मलाई
यस सालको दशै पनि पर्खाइमै बित्ने भयो
यसैलाइ आशिर्बादको रुपमा लिनु

"सदा सर्बदा सुखी रहनु, जिबनको गोरेटोमा
कहिल्यै काँडा नआओस,रहोस् स्वोच्छ भाबना
दिर्घायु हुनु,हरेक कदम,हरेक काम सफल होस
यही छ मेरो बिदेशबाटै यो दशैको शुभकामना"

"आधी बेहरीको तुफान, हुरीको बेग जस्तै गती
बनी हरेक दु:ख, कष्ठहरुको गर्दै जानु सामना
म साथमा हुँ या न हुँ, रहुँ या नरहुँ
यही छ मेरो यो बिजय दशैको शुभकामना"

"सगरमाथाले जस्तै उच्च शिर उठाइ
आत्मविश्वाशका साथ रहोस् अटुट भावना
रहोस् सधैं हरेक परीवारमा मेलमिलाप
यो आउँदै गरेको बिजया दशैको शुभकामना"

दशैँ !


बिष्णुनन्द चाम्लिङ्ग

यताउता चारैतिर हेर्दे
घुर्यानको एकछेउमा
दशाको पोका खोल्दै
सबैलाई भागवण्डा लगाइरहेछ दशैँ

हरेकसाल
बालबालीकाहरुको मनमा
उमङ्ग लिएर आउँने दशैँ
अभिभावकहरुको सामू
बहीखाता लिएर आउँने गर्छ

जाति र धर्मको नाम पुकार्दै
चाड र पर्वको मुकुण्डोले छोपिएर
सर्प जस्तै सलसली घिस्रिँदै
दुःखी दरिद्रीहरुको डाडमा डस्न आइपुग्छ दशैँ

दशैँ !
रीति हो कि कुरीति ?
कुरीति हो कि रीति ?
संस्कार हो कि कुसँस्कार ?
कुसंस्कार हो कि संस्कार ?
संस्कृति हो कि बिकृती ?
बिकृती हो कि संस्कृति ?
ठम्याउँन गाह्रो छ

तेरो मेरो
मेरो तेरो
फलानाको
ढिस्काको..........अरे
हाम्रो किन भएन ?
किन समस्त नेपालीको हुँन सकेन दशैँ ?
भूगोलले कि भाकलले छुट्यायो ?
भाकलले कि भूगोलले छुट्यायो ?
यसको निर्क्यौल गरिनु पर्दछ


यौटै आकाश ओढेर
यौटै धर्ती टेकेर
यौटै बतासको सास फेरेर
अनि
यौटै रङ्गको रगत बोकेर
धर्मको
धर्र्सोले
भिन्न
बनाइरहेको छ किन ?
समाजले दशैँलाई भाँड्दैछ कि
दशैँले समाजलाई भाँड्दैछ ?
वास्तबमा कसको हो दशैँ ?

रचना समय: १२ अक्टुबर २०१०
http://bnchamling.blogspot.com/
हाल - हङ्गकङ्ग

रेखाहरु


टंक सम्वाहाम्फे

मलाई थाहा थिएन
आज सम्म म कुनै रेखामा छु भनेर
तर म त एउटा रेखामा पो
यति वर्ष दौडिरहेको रहेछु
आजै मात्र थाहा पाए
जुन रेखाहरु
शुन्यताबाट शुरुआत भएर
शुन्यतातिरै अदृश्य हुदै जाने रहेछन्
जहाँ देखिरहेका हुन्छौ
जहाँ देखिरहेका हुँदैनौ
हेरार्इ सबैको एउटै हुँदैन
हरेक मान्छेको आ-आफ्नै हुन्छ
जुन रेखाहरुको स्वरुप
एकबाट अनेक र अनेकबाट एक भएर
फैलदै फैलदै जाने रहेछन् ।
जब मैले थाहा पाए
रेखाहरुलाई
तव त्यसका आकृतिहरु सम्झदै गए
हिजो त्यो निक्कै सिधा थियो
रुलर राखेर कोरे जस्तै सिधा
तर आज त्यसको आकृति र प्रकृति
मेरा हस्त रेखाहरु भन्दा
वेग्लिएर गएका छन्
कहि त्रिभुजाकार देख्छु
कहि वर्गाकारमा भेट्छु
कहि पृथ्वी जस्तै गोलाकारमा रिङछु
के अव रेखाहरु छैनन् भन्न मिल्छ र ?
यदि रेखा नभैदिएको भए
यहाँ सम्म आईपुग्ने यात्राको तय
कसरी हुन्थ्यो होला ?
जव रेखाहरुले
मेरो जीउमा बाँधी दियो
मेरो सुषुप्त मस्तिष्कमा कुल्ची दियो
मेरो अन्जान आत्मामा छोइदियो
तव मैले रेखाहरुलाई सुम्सुम्याए
र बुझ्न खोजे रेखा के हो भनेर ?
र चाख्न खोजे रेखाको स्वाद कस्तो हुन्छ भनेर ?
लाग्यो रेखा भ्रम हो
लाग्यो रेखा केहि होइन
तर मैले रेखा केहि होइन भनेर पनि
मेरो सामु त्यो रेखा मैले देखे
अनेकौ स्वरुपमा
यति हुँदाहुँदै पनि रेखा छैन भन्नु
रेखा प्रति न्याय होला र ?
जव कि नबुझेर /नजानेर पनि
रेखाहरुसंग हामीले सम्झौता गरेका छौं ।
किनकी हामी कुनै न कुनै रेखामा छौं ।
थाहा नभएको हुन सक्छ
रेखा के हो भनेर ?
तर रेखा एउटा जीवन रहेछ
जो निरन्तर कुल्चदै हिडिरहेछौं ।
जो निरन्तर पछ्याउँदै दौडिरहेका हुन्छौ ।
हामी सबै कुनै न कुनै रेखाहरु कुल्चेर बाँचीरहेका हुन्छौ ।

असमानताको गहिरो


गीता थापा (दोषी)

असमानताको गहिरो पर्खाललाई नढाली
कसरी उच्च बनाउँनु गर्वले शिर,नेपाली?

आज भैसक्यो हिजो जस्तो छ जमाना
सबैमा खुशी छाओस गरौं न: कमाना

यहाँ सधैं धनीहरुलाई सुखकै अनुभूती
गरीबहरुका जीवनमा अनेकौ आपती

आफ्नै हो पहाडनि तराईनि आफ्नै हो
सबै हामी आफन्त को यहाँ पराइ हो?

गर्नसकें सबैका हितमा रिस-राग फाली
र पो गर्व गर्न पाईन्छ सधैं भनेर नेपाली

असमानताको गहिरो पर्खाललाई नढाली
कसरी उच्च बनाउँनु गर्वले शिर,नेपाली?

दशै को फरक फरक सम्झना


स्यानु पाईजा

फरक फरक समायमा
फरक फरक मुडमा
फरक फरक बिचारले
फरक फरक आँखाले
फरक फरक स्वार्थले
फरक फरक परिचय बोक्छ दशै
फरक फरक पहिचान बोक्छ दशै
फरक फरक यथार्थ बोक्छ दशै
फरक फरक बाध्याता बोक्छ दशै
मैले मनाएका फरक फरक दशैहरु
फरक फरक सम्झना हुन सक्छ
फरक फरक उमेरमा फरक बुझाई हुन सक्छ
मामाको काँध कुट्टी चढेर मावलीमा
मासु भात खानु दशै हो
बाजेले नाक मा रक्सीको सास पस्ने गरी
दहि चामल निधार मा टाँस्दै
ठुलो मान्छे बन्नु आषिक पाउनु हो दशै
दक्षिणा मा पाएको दाम गन्नु हो दशै
नयाँ लुगा फेर्नु हो दशै
उमेर सँगै दशै को बुझाई फेरिन्छ
सबै भन्दा बढि पिङ खेल्नु हो दशै
रक्सीले हल्लेका हरुलाई जिस्काउनु हो दशै
सबै भन्दा ठूलो पिंङ हाल्नु हो दशै
दोहरी मच्चाउनु हो दशै
राती राती चम्चा खेल्नु जानु हो दशै
तास खेल्ने स्वतन्त्रता हो दशै
धोर्ले खसी दोहराउनु हो दशै
हरेक रात देबी देउतालाई पुजा गर्नु हो दशै
लाग्ने खडगले मार हान्नु हो दशै
टिका को दिन मा मात्र घर फर्कने गरी
मेला मान्नु जानु हो दशै
मन परेको तरुनीलाई नजर लागाउनु हो दशै
मन परे को कटीलाई उपहार दिनु हो दशै
बाउ-आमा लाई उपहार माग्ने अबसर हो दशै
उमेर को परिबर्तन सगै जिम्मेवार बन्नु हो दशै
परिवारको दिमाण्ड सम्झेर ननिदाउनु हो दशै
बैकको लामो लाइन उभिनु हो दशै
नयाँ नोट नमिले रिस पोख्नु हो दशै
एक पटक त हो बा-आमालाई भेट्नु
सासु-ससुरालाई भेट्ने भाका हो दशै
आफन्तलाई गन्ने आँखा हो दशै
नाति नातिना लाई टिका कै बाहानामा
लामो लामो आसिस कै बाहानामा
उस्को निधार सुम्सुमाउनु हो दशै
जिवनको क्यालेन्डर मा नयाँ दिन हो दशै
परदेशी को फर्कने भाका,आशा हो दशै
जिम्मेवार,कर्तब्य नामको माटो को धैलो बोक्नु हो दशै
जिबनको उकाली ओरालीमा हिड्न सिक्नु हो दशै
बाजेको निधारमा लेखेको बांङगो रेखा जस्तै
बुझ्नेले अनेक अर्थ लगाउन मिल्ने कथा हो दशै
तिमीले मैले यो कथा सिके हुन्छ।
तिमीले मैले यो कथा लेखे हुन्छ।
बाजेको पाला मा कलम र कपी थिएन
मौका मिले को बेलामा सोधे हुन्छ
यो दशै मा बाजे को कथा सुने हुन्छ।
जब तिमी जान्ने हुने छौ
तर पनि नयाँ नै लाग्ने छ यो पुरानो कथा
तिमी परिमार्जन गर्न सक्छौ
समाय हो समय सगै परिभाषा फेरिन सक्छ
शब्दको अर्थ दशै को अर्थ दशा लगायो भने
अनर्थ हुन सक्छ।
दशै आशा हो- नयाँ उत्साह को
दशै वाँचा हो – नयाँ सृजनाको
दसै भाका हो- आफन्त मिलन को
दशै शन्देश हो- जीवनको
दशै महाकाब्य हो- जिउँदो जिबनको।
दशै सुत्र हो – समस्या समधानको
दशै समस्या र समधान को उपाय हो
दशै सबैले भोग्नु पर्ने मिठो पिडा हो।

पात्लेखेत-७, म्याग्दी

मायालु साइकल


निर्भीक रार्इ
(गुनिलो साइकल तर हेला भएको)
आत्मनिर्भरताको नीति लागु गर्दा
खुट्टाले बाटो वा सडक नाप्दै हिँड्नु उचित हुने ।
तर त्यो अतिवाद ठहरिने ।
साँगुरो वा अप्ठेरो बाटो र एकल वा
नजिकको यात्राको लागि
सबभन्दा गुनिलो बाहन साइकल हुने ।
थोर लगानी, थोर मर्मत खर्च र
मान्छेको पेटमा हालेको खानाको भरमा
साइकल मान्छे र भारी बोक्नत यार हुने ।
तेर्सोमा साइकललाई तीन प्याडल हान्दा त्यसको चक्का
कम्तीमा छ फन्को घुमी त्यो अघि बढ्ने ।
उकालोमा साइकललाई डोर्‍याएको साटो
ओरालोमा आफै खुरुरु गुड्ने कस्तो इमान्दारिता !
उकालोमा साइकलको प्याडल हान्दा गलिए पनि
व्यायाम भएको महसुसले आफूलाई ताजा बनाउने ।
साइकलले जीउको बोसो पगाल्न सघाउने ।
च्वाँकतिर नजर अल्झँदा वा
अन्य कारणले अरुलाई साइकलले हान्दा
ठूलो दण्डमा नपरिने ।
साइकल कोचेक्रो (साँगुरो) ठाउँमा समेत
पार्किङ गर्न मिल्ने, फोक्टामा बोका अटेझैँ ।
साइकल चढेकोमा नलजाउनु पर्ने
आत्मनिर्भरवादी, पौरखी र प्रदुषण विरोधीहरुले ।
ट्राफिकजाम, ढल वा बाटोनिर्माण वामर्मतकार्य र
बन्दहडतालको कारणहरुले साइकलन रोकिने ।

२०६७ भदौ १५
मनमैजु, काठमाण्डू ।
जन्मथलो - भोजपुर, नेपालेडाँडा ।
पेसा - स्वतन्त्र अध्ययन र लेखन ।